राजनीति

    Showing 4,811-4,820 of 9,622 items.
  • नेकपा (एकीकृत समाजवादी) को वृह्त पत्रकार सम्मेलन तथा कार्यकर्ता भेला आज

    काठमाडौ— नेकपा (एकीकृत समाजवादी) ले आज वृहत पत्रकार सम्मेलन तथा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न गर्दैछ। पार्टी अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरुले सम्बोधन गर्ने पत्रकार सम्मेलनमा हजारौँ नेता कार्यकर्ताहरूको सहभागिता रहने केन्द्रीय आन्दोलन संयोजन कमिटीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिP। बबरमहलको कार्की ब्याङ्क्वेटमा आयोजना गरेको कार्यक्रममा पार्टीका जनसंगठन, काठमाडौँ, भक्तपुर र ललितपुरलगायतका नेताहरुको उपस्थिति रहनेछ। उक्त पत्रकार सम्मेलन तथा कार्यकर्ता भेलामा उपस्थित हुन नेता कार्यकर्ताहरूलाई पार्टीले अपिलसमेत गरेको छ। 

    • प्रकाशित मितिः चैत १, २०८१
    • 414 पटक पढिएको
  • समाजवादी मोर्चाको बैठक सुरु

     काठमाडौं— समाजवादी मोर्चा नेपालको बैठक सुरु भएको छ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो । बैठकमा मोर्चामा आवद्ध दलका शीर्ष नेताहरु सहभागी छन् । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुनेछ । मोर्चाको आगामी रणनीतिका विषयमा पनि छलफल हुने बताइएको छ। मोर्चाले चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।मोर्चाले १५ गते गणतन्त्रको पक्ष र प्रतिगमनविरुद्ध विरोध प्रदर्शनसहितको सभा गर्ने तयारी गरेको छ । 

    • प्रकाशित मितिः चैत १, २०८१
    • 411 पटक पढिएको
  • परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

    काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज अपराह्न भारतको राजधानी नयाँ दिल्ली पुगेकी छन् । भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा दर्शन तथा पूजाआजापछि उनी आज नयाँ दिल्ली पुगेको उनको सचिवालयले जनाएको छ । मन्त्री डा राणालाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावर तथा भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्माले स्वागत गरेका थिए ।मन्त्री डा राणा भारतको विदेश मन्त्रालयसँगको सहकार्यमा ‘द अब्जर्भर रिसर्च फाउन्डेसन’ (ओआरएफ) द्वारा यही मार्च १७ देखि १९ सम्म नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रममा सहभागी हुनेछिन् ।मन

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 382 पटक पढिएको
  • ‘होलीले अध्यक्षमाथि भइरहेको अन्यायविरुद्ध लड्ने प्रेरणा दिनेछ’

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले होली पर्वले अन्यायविरुद्ध लड्न प्रेरणा दिने बताएका छन् ।विहीवार रास्वपाको केन्द्रीय कार्यलयमा आयोजना गरिएको होली मिलन कार्यक्रममा बोल्दै उनले पार्टी सभापति रवि लामिछानेमाथि भइरहेको अन्यायविरुद्ध लड्न होली पर्वले प्रेरणा दिने अपेक्षा व्यक्त गरे । ‘होली न्यायको प्रतिक पर्व हो । अन्याय गर्नेहरु अन्याय गरिरहन चाहन्छन् । तर कुनै एउटा क्षण आउँछ अन्याय सकिएर न्यायको सुरुवात हुन्छ । होली त्यसैको प्रतिबिम्व हो । अहिलेको राजनीतिक परिवेशमा सभापतीमाथि कानूनी हतियार प्रयोग भएर मुद्दाहरु चलिरहेको छ । त्यो एकप्रकारको अन्य

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 404 पटक पढिएको
  • आन्दोलनका कार्यक्रम घोषणा गर्दै एकीकृत समाजवादी

    काठमाडौं— प्रतिपक्षी नेकपा (एकीकृत समाजवादी)ले आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । शुक्रबार दिउँसो १२ः३० बजे पत्रकार सम्मेलन गरेर आन्दोलन घोषणा गर्न लागेको हो । एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले नै सरकारका गलत क्रियाकलाप, भ्रष्टाचार, बेथितिविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको थियो । प्रचार विभागका अनुसार मुलुकको पछिल्लो राजनीतिक परिस्थतिबारे विशेष घोषणा गर्न लागिएको हो । पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेता सहभागी हुने तय भएको छ । एकीकृत समाजवादी समाजवादी मोर्चामा पनि सहभागी छ । मोर्चाले पूर्वराजा ज्ञानेन्द्रको सक्रियताबारे काठमाडौ

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 315 पटक पढिएको
  • डा. तोसिमा कार्की भन्छिन् न्याय प्रणालीमाथिको विश्वास झन बलियो भयो

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले न्याय प्रणालीमाथिको विश्वास झन बलियो भएको बताएकी छन् ।प्रतिनिधि सभा सदस्यमा आफ्नो उम्मेदवारी खारेजीसम्बन्धी निर्वाचन आयोगको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन् ।साढे २ वर्षअघि प्रतिनिधि सभा सदस्यमा कार्कीको उम्मेदवारीलाई लिएर परेको अजुरीका आधारमा निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएको थियो । त्यसविरुद्ध कार्की सर्वोच्च अदालत गएकी थिइन् । अदालतले कार्कीको उम्मेदवारी कायम गर्न स्टे अर्डर गरेको थियो ।हालै सर्वोच्च अदालतले उक्त मुद्दामा फैसला गर्दै उम्मेदवारी खारेजीसम्बन्धी निर्वाचन आय

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 480 पटक पढिएको
  • स्ववियु निर्वाचनः त्रिवि केन्द्रीय क्याम्पसमा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी

    काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय ९त्रिवि० केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनको अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परेको छ । क्याम्पसले सार्वजनिक गरेको अन्तिम उम्मेदवारको सूचिमा अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु क्रान्तिकारी  र स्वतन्त्र विद्यार्थी समूहलगायत स्वतन्त्रले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका क्याम्पस निर्वाचन अधिकृत प्राडा कृष्णप्रसाद न्यौपानेले जानकारी दिए ।उनका अनुसार अनेरास्ववियुबाट सिद्धान्त भट्ट, नेपाल विद्यार्थी सङ्घबाट दीपकराज जोशी, अखिल ९क्रान्तिकारी०बाट प्रवीन दाहाल, स्वतन्त्र विद्यार्थी समूहबाट

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 563 पटक पढिएको
  • माधव नेपाल भन्छन् समुन्नत मुलुक निर्माण गर्ने दिशातर्फ क्रियाशील बनौँ

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सामाजिक न्याय, समानतासहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमबाट समुन्नत समाजवादी मुलुक निर्माण गर्ने दिशातर्फ क्रियाशील हुनुपर्ने बताएका छन्।फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले मुलुकमा जनताको सार्वभौम अधिकारको रक्षा गरी उनीहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा जोड दिएका छन्।बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो देशमा  विभिन्न समुदायका रीति, परम्परा र संस्कृति हाम्रा मौलिक पहिचान र बहुमूल्य सम्पत्ति भएको बताउँदै अध्यक्ष नेपालले

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 404 पटक पढिएको
  • महिला अधिकार रक्षाका निम्ति नेपाल प्रतिबद्ध छः मन्त्री सुडी

     काठमाडौं— महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाका अधिकार रक्षा तथा सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध रहेको बताएका छन्।महिलाको स्थितिसम्बन्धी राष्ट्रसंघीय आयोगको ६९ औँ बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्र्दै हाल न्यूयोर्कमा रहेकामन्त्री सुडीले संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा बुधबार आयोजित मन्त्रिस्तरीय गोलमेच बैठकमा उनले यो प्रतिबद्धता जनाएका हुन्। उनले महिलालाई राज्यका सबै तहमा अवसर दिने, उनीहरूविरुद्धका हिंसा उन्मूलन गर्न नेपाल पूर्ण प्रतिबद्ध रहेको भन्दै त्यसका लागि कानूनी तथा नीतिगत संरचना बलियो बनाएको बताए। न्यूयोर्कस्

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 488 पटक पढिएको
  • प्रतिगामी शक्तिविरुद्ध सङ्घर्ष गर्ने एकीकृत समाजवादीको निर्णय

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले प्रतिगामी शक्तिविरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको छ ।आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको काठमाडौँमा उपलब्ध पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय सदस्यको संयुक्त बैठकले परिवर्तनका पक्षमा क्रियाशील सबै दललाई एकताबद्ध भएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा तथा निरङ्कुशताविरुद्ध अगाडि बढ्न आग्रहसमेत गरेको छ ।पोलिटब्यूरो सदस्य ताज मोहम्मद मियाँले बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गरिएको, गणतन्त्रात्मक व्यवस्थालाई थप समुन्नत र सुदृढ गर्न समाजवादी गणतन्त्र कायम गर्न सबै लोकतान्त्रिक शक्तिसँग सहका

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 450 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.