राजनीति

    Showing 4,841-4,850 of 6,719 items.
  • कामु प्रधानन्यायाधीशको जिम्मेवारी दीपक कार्कीलाई

    काठमाडौं / महाअभियोगको प्रस्ताव दर्तासँगै प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा स्वतः निलम्बनमा परेपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपक कुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश बन्ने भएका छन् ।कार्कीले संवैधानिक परिषदको, न्याय सेवा आयोग, न्यायपरिषदको पनि कामु अध्यक्ष भएर काम गर्न पाउनेछन् । सर्वोच्च अदालतमा निलम्बनको पत्र पुगेपछि वरिष्ठत न्यायाधीश कार्की स्वतः कार्यबहाक प्रधानन्यायाधीशको रुपमा कायम हुनेछन् ।संविधानको धारा १०१ (६) अनुसार, महाअभियोगको प्रस्ताव टुंगो नलागेसम्म कुनै कामकार्बाही गर्न पाइँदैन ।

    • प्रकाशित मितिः फागुन १, २०७८
    • 86 पटक पढिएको
  • महाअभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीश जबरा स्वतः निलम्बित

    काठमाडौं  / प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी पदबाट स्वतः निलम्बनमा परेका छन् । नेपालको संविधानको धारा १०१ (२) अन्तर्गत संसद् सचिवालयमा प्रधानन्यायधीशविरुद्ध दर्ता भएपछि उनी स्वतः निलम्बनमा परेका हुन् । यससम्बन्धी पत्र सर्वोच्चमा पुगेपछि निलम्बनले औपचारिकता पाउनेछ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संविधानको धारा १ सय १ को उपधारा २ बमोजिम संसदमा महाअभियोग दर्ता गरेको जानकारी दिएका छन् ।प्रधानन्यायाधीशविरुद्ध संसदमा महाअभियोग दर्ताप्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले पनि बिहान सांसदहरू आएर महाभियोग दर्ता गरेको जानकारी दिएका छन्।

    • प्रकाशित मितिः फागुन १, २०७८
    • 139 पटक पढिएको
  • नेपालसहित १४ सांसदको कारबाहीको रिटमा सुनुवाई हुँदै

    काठमाडौं / नेकपा एमालेले पार्टीका निस्कासन गरेका माधव नेपालसहित १४ सांसदलाई कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदन आइतबार पेशीमा चढाइएको छ ।न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा सो मुद्धामा अहिले सुनुवाई हुँदैछ । नेकपा एमालेले १४ जना सांसदलाई कारबाही र नेकपा समाजवादीको खारेजीको माग गर्दै एमाले अध्यक्ष केपी ओलीको तर्फबाट भदौ १७ गते सर्वोच्च हालिएको रिट निवेदन लामो समयदेखि हेर्न नभ्याइने भन्दै सर्वोच्चले पन्छाउँदै आएको थियो ।रिटमा सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, माधव नेपालसहित १४ सांसद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लगायतलाई विपक्ष

    • प्रकाशित मितिः फागुन १, २०७८
    • 144 पटक पढिएको
  • प्रधानन्यायाधीशविरुद्ध संसदमा महाअभियोग दर्ता

    काठमाडौं / प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएको छ।   आइतबार बिहान दर्ता भएको महाअभियोगमा सत्तारूढ तीन दलका ९८ जना सांसदहरूले हस्ताक्षर गरेका छन् ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका ९८ जना सांसदहरूले महाभियोग प्रस्तावमा हस्ताक्षर गरेको एक सांसदले जानकारी दिएका छन् ।महाअभियोग दर्ता गर्नेमा सांसदहरू गगन थापा, मीनेन्द्र रिजाल, पुष्पा भुसाल, देव गुरूङलगायत छन् । संसदमा महाअभियोग दर्ता भएपछि अब प्रधानन्यायाधीश राणा स्वतः निलम्बनमा पर्नेछन् ।प्रधानन्यायाधीशमाथि मन्त्रिपरिषदमा भागबन्डा खोजेको, विभिन्न मुद्दाहरूमा

    • प्रकाशित मितिः फागुन १, २०७८
    • 73 पटक पढिएको
  • नेपालको कूटनीतिक सम्बन्ध १७३ देशमा फैलियो

    काठमाडौं / नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको सङ्ख्या १७३ पुगेको छ ।संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सोही विश्व संस्थाका लागि उक्त मुलुकका स्थायी प्रतिनिधि कार्लिटो नुनेसले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त पत्रमा शुक्रबार हस्ताक्षर गरेका हुन् ।दुवै राजदूतले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसलाई नेपाल र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी गराउने सम्बन्धी संयुक्त पत्रमा पनि शुक्रबार नै हस्ताक्षर गरेका न्यूयोर्कस्थित संयुक्त

    • प्रकाशित मितिः माघ २९, २०७८
    • 86 पटक पढिएको
  • प्रचण्डको अभिव्यक्ति दूर्भाग्यपूर्ण : ईश्वर पोखरेल

    काठमाडौं / प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एमसीसीका विषयमा दूर्भाग्यपूर्ण अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाएका छन्। उनले जनतालाई अलमल्याउने गरी एमसीसीका विषयमा झिल्केमिल्के कुरा गरेर देशलाई गम्भीर नोक्सान पुर्याउने काममा माओवादी अध्यक्ष प्रचण्ड लागि परेको बताएका हुन् ।शनिबार काठमाडौं महानगरपालिका (४ मा निर्माण गरिएको धुम्बाराही पार्कको उद्घाटन गर्दै पोखरेलले यस्तो बताएका छन् । विदेशीसँग एउटा कुरा, कार्यकर्तासँग अर्को कुरा र जनतासँग बेग्लै कुरा गरेर फट्याई गरिरहेको आरोप समेत उनले लगाएका हुन् । उनले  राज

    • प्रकाशित मितिः माघ २९, २०७८
    • 76 पटक पढिएको
  • सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच बालुवाटारमा छलफल हुँदै

    काठमाडौं / सत्ता–साझेदार दलका तीन शीर्ष नेता शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच आज बालुवाटारमा छलफल हुँदैछ ।प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति देउवा, नेकपा (माओवादी केन्द्र) का प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच एमसीसी, स्थानीय चुनवालगायतका विषयमा छलफल हुने बताइएको छ ।अमेरिकाले फेब्रुअरी अन्तिमभित्र जसरी पनि एमसीसी पारित गर्न दबाब दिइरहेको छ । तर, यसबारे सत्तारुढ गठबन्धनमा नै मतभेद रहेको छ । कांग्रेस एमसीसी पारित गर्ने पक्षमा रहेको छ भने माओवादी र एकीकृत समाजवादी संशोधनसहित एमसीसी पारित गर्नुपर्ने बताउँदै आइरहेको छ ।आगामी प्रत

    • प्रकाशित मितिः माघ २९, २०७८
    • 157 पटक पढिएको
  • सोलुखुम्बु र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी फेरिए

    काठमाडौँ / सोलुखुम्बु र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । गृह मन्त्रालयका अनुसार सोलुखुम्बुमा अनिल खनाल सीडीओ बनेर गएका छन् भने सोलुखुम्बुमा कार्यरत गणेश विक्रम शाहीलाई त्यहाँबाट सरुवा गरेको छ ।ताप्लेजुङमा महेश पोखरेललाई सीडीओ बनाएर पठाइएको छ । यसअघि पोखरेल सुनसरीको सहायक प्रमुख जिल्ला अधिकारी थिए ।

    • प्रकाशित मितिः माघ २९, २०७८
    • 85 पटक पढिएको
  • कांग्रेसको १६ जिल्लाको अधिवेशन फागुन १३मा हुने

    काठमाडौँ / नेपाली कांग्रेसको अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ गते हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले यसअघि माघ १५ गतेका लागि तोकेर स्थगित भएका १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको हो ।कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम जिल्लाको अधिवेशन हुन बाँकी छ ।

    • प्रकाशित मितिः माघ २९, २०७८
    • 94 पटक पढिएको
  • फागुन १ गते प्रदेश नं २ मा सार्वजनिक विदा

    रौतहट //सरकारले फागुन १ गते प्रदेश नं २ मा सार्वजनिक विदा दिने भएको छ। मधेश सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक विदा दिने भएको हो।मधेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी गराएका छन्। मधेश सरकारमा नेकपा माओवादी केन्द्र सहभागी भएपछि पहिलोपटक सरकारले औपचारिक रुपमा  जनयुद्ध दिवस मनाउन लागेको हो । यसअघि सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालले भने मधेश आन्दोलनसँग केन्द्रित रहेर विभिन्न कार्यक्रमहरु गदै आएको थियो ।यसैगरी जनयुद्धको दिवसको अवसरमा मधेश सरका

    • प्रकाशित मितिः माघ २८, २०७८
    • 128 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा