राजनीति

    Showing 4,921-4,930 of 10,435 items.
  • राप्रपाभित्रको गुटबन्दी तीव्र, असन्तुष्ट पक्ष आयोगमा उजुरी लिएर

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र आन्तरिक विवाद चुलिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देन स्वेच्छाचारी ढंगले चलेको भन्दै इतर पक्षले निर्वाचन आयोग गुहार्ने निर्णयमा पुगेको छ ।इतर पक्ष आज ११ बजे निर्वाचन आयोग जान लागेको हो । विधान विपरीत पार्टीका नेताहरुलाई अध्यक्ष लिङ्देनले कारबाही गरेको भन्दै उनीहरु निर्वाचन आयोग जान लागेका हुन् ।पार्टीका महामन्त्री धवलशम्शेर राणासहितका नेताहरुले लिङ्देनका पछिल्ला काम–कारबाही प्रक्रिया संगत नभएको आरोप लगाउँदै आएका छन् ।केही दिन अघिमात्रै लिङ्देनले सगुन सुन्दर लावतीलाई प्रवक्ताबाट बर्खास्त गरेका थिए । यसका साथै राजावादी आन्दोलनका संयोजक बनेका नवराज सुवेदी

    • प्रकाशित मितिः असार २९, २०८२
    • 526 पटक पढिएको
  • प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन

    झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको आज उद्घाटन गरेका छन् । नेपालकै पहिलो तत्कालीन प्रधानपञ्च भागीरथा  न्यौपानेको नाम जोडिएको सो आधारभुत अस्पताल १० शैय्याको रहेकोे छ । अस्पतालले दैनिक चार सयलाई सेवा दिनेछ ।प्रधानमन्त्री ओलीले पुरानो पुस्ताको आदर्श व्यक्तित्व भागीरथाका सन्तानले जग्गा दान दिएर अस्पताल बन्न सकेको उल्लेख गर्दै मर्दा कसैले केही नलाने भएकोले भागीरथाहरुको प्रेरणाबाट सामाजिक सेवामा लाग्न आग्रह गरे । उनले अस्पतालको क्षमतावृद्धिका लागि सरकारले सहयोग गर्ने विश्वास पनि व्यक्त गरे । प्रधानमन्

    • प्रकाशित मितिः असार २८, २०८२
    • 381 पटक पढिएको
  • गणतन्त्रको मेरुदण्ड राजनीतिक दल हुन् : सभामुख घिमिरे

    काठमाडौं । सभामुख देवराज घिमिरेले गणतान्त्रिक व्यवस्थाको सफल कार्यान्वयनमा राजनीतिक दलको भूमिका अपरिहार्य रहेको बताएका छन् ।शनिबार राजधानीमा आयोजित ‘शक्ति राष्ट्रहरूका राजनीतिक दलहरू — तुलनात्मक अध्ययन’ पुस्तक विमोचन तथा पुस्तक चर्चा कार्यक्रममा बोल्दै सभामुख घिमिरेले विश्वका विभिन्न राजनीतिक संरचनामध्ये गणतन्त्रात्मक अथवा प्रजातान्त्रिक व्यवस्था सबैभन्दा उत्कृष्ट रहेको धारणा राखेका हुन् ।उनले भने, ‘विश्वका विभिन्न राजनीतिक संरचनामध्ये गणतन्त्रात्मक अथवा प्रजातान्त्रिक व्यवस्था सबैभन्दा उत्कृष्ट हो । यो व्यवस्थाको मेरुदण्ड भनेकै राजनीतिक दल हुन् । दलहरूले व्यवस्था सुदृढ गर्ने, जनताले महसुस गर्

    • प्रकाशित मितिः असार २८, २०८२
    • 271 पटक पढिएको
  • न्यायाधीश कालोमोसो प्रकरणः २८ दिनपछि छुटेका नेताहरुलाई बहुमतले गर्यो अभिनन्दन

    काठमाडौं । अफ्ताव आलमलाई उन्मुक्ति दिएको भन्दै न्याधीशहरुलाई कालोमोसो दल्ने नेकपा (बहुमत) का नेताहरुलाई पार्टीले सम्मान तथा अभिनन्दन गरेको छ । शनिबार राजधानीको संवाद डबलीमा पार्टीको ३ नम्बर ब्यूरो (बागमती प्रदेश)ले पत्रकार सम्मेलन गरी स्वागत तथा अभिनन्दन गरेको हो ।पार्टीका स्थायी समिति सदस्य उदयबहादुर चलाउने‘दिपक’ले गरिव तथा निमुखा जनताको न्यायको लागि जोखिम उठाएर हिक्मत गरेका नेताहरुलाई बधाई तथा धन्यबाद दिए । चलाउने पछिल्लो समयमा राज्यका तीनवोटै अंगहरुमा भ्रष्टाचार चरमचुलिमा पुगेको बेला आफ्नो पार्टीले त्यसविरुद्ध नयाँ अभियान चलाएको पनि बताए । जनताले सहिप्रकारको जनउत्तरदायी न्यायप्रणाली र

    • प्रकाशित मितिः असार २८, २०८२
    • 274 पटक पढिएको
  • नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्भावनाहरु छन् : प्रकाशमान सिंह

    काठमाडौं । सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्भावनाहरु रहेको बताएका छन् ।शनिबार काठमाडौंमा आयोजित एसईई सम्मान कार्यक्रममा बोल्दै उनले देशमा भएको अवसरलाई सदुपयोग नगरेर केही भएको छैन् भन्ने कुराको पछि दौडिने प्रवृत्ति बढेको भन्दै नेपालमा नै प्रशस्त सम्भावनाहरु रहेको बताए ।उनले भने, ‘नेपालमा नै बसेर राम्रो शिक्षा प्रप्त गर्ने अवसर छ । यसको सदुपयोग गर्नुपर्छ ।  हामीसँग भएको अवसरलाई सदुपयोग गर्न जान्नु पर्छ । भएको कुरा केही होईन र हुदैँ नभएको कुराको पछि पछि दौडिएर हामीले के पाउने । नेपालमा प्रशस्त सम्भावनाहरु छन् ।’यस्तै, उनले नेपाललाई वि

    • प्रकाशित मितिः असार २८, २०८२
    • 366 पटक पढिएको
  • मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रका व्यवहारिक आवश्यकतालाई बेवास्ता गरेको नाइमाको आरोप

    काठमाडौं । समयमै प्रस्तुत गरेका सुझावहरू नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीतिमा समावेश नगरिएकोप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले गम्भीर दुख व्यक्त गरेको छ ।  नाइमाले अटोमोबाइल क्षेत्रको दीर्घकालीन सुधार र सन्तुलित विकासका लागि विशेषतः कर्जा अनुपात व्यवस्थालाई अन्तर्राष्ट्रिय मापदण्ड, सवारीको प्रकृति र बजारको माग अनुसार पुनरावलोकन गरिदिन अनुरोध गरेको थियो जसमा सबै प्रकारका सवारीका लागि ८०%, २०% कर्जा अनुपात कायम गरिनुपर्ने स्पष्ट रूपमा उल्लेख गरिएको थियो । तर, मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रका लागि यस्तो कु

    • प्रकाशित मितिः असार २८, २०८२
    • 301 पटक पढिएको
  • प्रधानमन्त्री ओलीको अध्यक्षतामा सिंहदरबारमा ५४औं विकास समस्या समाधान बैठक...

    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय विकास समस्या समाधान समितिको ५४औं बैठक बसिरहेको छ। मुलुकको समग्र विकास प्रक्रियामा देखिएका समस्याहरूको पहिचान र समाधानका उपायहरूबारे छलफल गर्न बैठक आह्वान गरिएको हो। समितिको यो बैठक विकास योजनाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक समन्वय र रणनीतिमा केन्द्रित रहेको बताइएको छ।

    • प्रकाशित मितिः असार २७, २०८२
    • 629 पटक पढिएको
  • धान रोप्दै विप्लव नेकपाको गण्डकी प्रदेश समितिको रोपाईँ उत्सव...

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्व) गण्डकी प्रदेश कार्यालयले पोखरामा रोपाईँ महोत्सवको आयोजना गरेको छ।शुक्रबार पोखरास्थित एक खेतमा पार्टी कार्यकर्ताहरूले सामूहिक धान रोप्दै परम्परागत शैलीमा रोपाईँ महोत्सव मनाएका हुन्। कार्यक्रममार्फत विप्लव नेतृत्वले श्रम, कृषि र आत्मनिर्भरताको सन्देश दिन खोजिएको बताइएको छ। यसअघि सोही पार्टीले चितवनमा पनि यस्तै खालको रोपाईँ महोत्सव आयोजना गरिसकेको थियो।

    • प्रकाशित मितिः असार २७, २०८२
    • 632 पटक पढिएको
  • अशोक यादवमाथिको मुद्दा खारेज नगरे सशक्त संघर्षको चेतावनी...

    सर्लाही  जनता समाजवादी पार्टी (जसपा), मधेश प्रदेशले प्रदेशसभा सदस्य अशोक यादवमाथि लगाइएको मुद्दा खारेज नगरे कडा संघर्ष गर्ने चेतावनी दिएको छ।शुक्रबार जनकपुरधामस्थित पार्टीको प्रदेश कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जसपाले सांसद यादवमाथि लगाइएको झुठा मुद्दा तत्काल खारेज गर्न र सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्र कुमार खड्कालाई कारबाही गर्न माग गरेको हो।जसपा मधेश प्रदेश समितिकी उपाध्यक्ष निर्मला यादवले सांसद यादवमाथि गरिएको दुव्र्यवहारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउँदै भनिन्, “सर्लाहीका सरकारी कार्यालयहरूमा कर्मचारीको मनपरी, भ्रष्टाचार र प्रहरी प्रशासनको झुठा मुद्दा लगाउने

    • प्रकाशित मितिः असार २७, २०८२
    • 443 पटक पढिएको
  • सर्लाही पुतलीचोकमा यौनधन्दा रोक्न रास्वपाको ध्यानाकर्षण.....

    सर्लाही, । सर्लाहीको बागमती नगरपालिका–पुतलीचोक क्षेत्रमा अवैध यौनधन्दा संचालन भइरहेको गुनासो बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तत्काल कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ध्यानाकर्षण पत्र बुझाएको छ।रास्वपा सर्लाहीका जिल्ला सभापति सरोज बानियाँका अनुसार, स्थानिय नागरिक र सञ्चारकर्मीहरूले बारम्बार इलाका प्रहरी कार्यालयमा जानकारी गराउँदा पनि बेवास्ता भएकाले बाध्य भएर जिल्ला प्रशासनमार्फत औपचारिक रूपमा ध्यानाकर्षण गराइएको हो।हामीसँगको संवादमा सभापति बानियाँले भने, “ध्यानाकर्षण पत्रमा पुतलीचोकमा भइरहेको अवैध क्रियाकलापबारे स्पष्ट रूपमा उल्लेख छ।

    • प्रकाशित मितिः असार २७, २०८२
    • 1,413 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.