काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान मिश्रित निर्वाचन प्रणालीबारे पुनः बहस आवश्यक रहेको भन्दै प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत नै समावेशी संसद् निर्माण गर्ने विकल्पमा राष्ट्रिय छलफल गर्न प्रस्ताव गरेका छन्।पोखरामा आयोजित कार्यक्रममा बोल्दै थापाले समावेशिता लोकतन्त्रको आधारभूत मूल्य भएकाले त्यसलाई कुनै पनि रूपमा कमजोर पार्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पारे। उनका अनुसार दलित, महिला, जनजातिलगायत उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न प्रत्यक्ष निर्वाचन क्षेत्रमा निश्चित सिट वा क्षेत्र आरक्षण जस्ता विकल्पमाथि पनि खुला बहस हुन सक्छ।थापाले संविधान संशोधनका क्रममा सुशासन,
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान बालेन नेतृत्वको सरकारमाथि तीव्र राजनीतिक आक्रमण गर्दै यसको गठन हत्याहिंसा, तोडफोड, कब्जा र आगजनीको पृष्ठभूमिमा भएको आरोप लगाएका छन्।पार्टीको संसदीय मामिला विभागले आयोजना गरेको सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले अहिलेको राजनीतिक अवस्था दिशाविहीन, विधिविहीन र थितिविहीन बन्दै गएको टिप्पणी गरे। लोकतान्त्रिक व्यवस्थामा सरकार परिवर्तनका लागि संविधानले स्पष्ट कानुनी प्रक्रिया तय गरेको भए पनि अहिलेको सरकार त्यही प्रक्रियाबाट नभई अराजक गतिविधिको वातावरणबाट बनेको उनको दाबी थियो।ओलीले मुलुकको राजनीति अहिले स्
काठमाडौं । नेपाल राष्ट्र बैंकलाई प्रविधिमैत्री, पारदर्शी र समावेशी बनाउने उद्देश्यसहित प्रतिनिधि सभामा विचाराधीन नेपाल राष्ट्र बैंक ९तेस्रो संशोधन० विधेयक, २०८३ माथि १८ जना सांसदले ७७ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले नियमावलीअनुसार सबै संशोधनलाई स्वीकृति दिएका छन्।संशोधन प्रस्तावहरूमा विशेषगरी डिजिटल बैंकिङ, केन्द्रीय बैंक डिजिटल मुद्रा ९ऋद्यम्ऋ०, क्रिप्टोकरेन्सी नियमन, साइबर सुरक्षा, महिला प्रतिनिधित्व, गभर्नरको कार्यकाल र सञ्चालकहरूको योग्यता जस्ता विषयलाई प्राथमिकता दिइएको छ।डिजिटल वित्तीय प्रणालीलाई कानुनी आधार दिन सांसदहरूले ‘डिजिटल बैंक’ को स्पष्ट परिभाषा रा
काठमाडौं। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले शिक्षा, स्वास्थ्य र रोजगारीलाई राज्यको प्राथमिक दायित्व बनाउन नसक्दा नागरिकमा राज्यप्रतिको असन्तोष बढेको बताएका छन्। एमाले संसदीय मामिला विभागले च्यासलमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै महासचिव शङ्कर पोखरेलले जनविश्वास पुनः स्थापित गर्न सरकारले यी आधारभूत क्षेत्रमा प्रत्यक्ष जिम्मेवारी लिनुपर्ने बताए । पोखरेलले नागरिकले शिक्षा र स्वास्थ्यका लागि आफ्नो सम्पत्ति खर्चिनुपर्ने बाध्यताले राज्यप्रति निराशा बढेको बताए। यही असन्तोष क्रमशः राजनीतिक दलहरूप्रति पनि रूपान्तरित भएको उल्लेख गरे। पोखरेलले गुमेको जनमत पुनः प्राप्त गर्न राज्यले शिक्षा,
काठमाडौं / प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले रुपन्देहीस्थित बालसुधार गृह तत्काल स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएको छ ।हाल सञ्चालनमा रहेको भवन साँघुरो र बालसुधार गृह सञ्चालनका लागि अनुपयुक्त रहेको निष्कर्षसहित समितिले प्रयोगविहीन जिल्ला समन्वय समिति रुपन्देहीको भवनमा सुधार गृह सार्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएको हो । आइतबार बसेको समितिको बैठकमा सभापति समीक्षा बास्कोटाले उपसमितिको स्थलगत अनुगमनका क्रममा प्राप्त सुझावका आधारमा हालको बालसुधार गृह तत्काल स्थानान्तरण गर्नुपर्ने आवश्यकता औंल्याइन् । उनले हाल बालसुधार गृह रहेको भवन जिल्ला समन्वय समिति रु
काठमाडौं ।देशभर राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहका ९५ जनप्रतिनिधिका पद रिक्त रहे पनि उपनिर्वाचनको टुंगो लाग्न सकेको छैन। कानुनी व्यवस्थाका कारण स्थानीय तहका ७५ पद आगामी निर्वाचनसम्म खाली रहने निश्चित देखिएको छ भने प्रदेश सभा र राष्ट्रिय सभाका रिक्त पदमा पनि मिति नतोकिँदा अन्योल बढेको छ।निर्वाचन आयोगका अनुसार हाल राष्ट्रिय सभाको १, प्रदेश सभाका १९ र स्थानीय तहका ७५ गरी कुल ९५ पद रिक्त छन्। स्थानीय तहमा जिल्ला समन्वय समिति प्रमुखदेखि नगर प्रमुख, गाउँपालिका अध्यक्ष र वडाध्यक्षसम्मका पद खाली छन्।स्थानीय तहको कार्यकाल सकिन एक वर्षभन्दा कम समय बाँकी रहेकाले प्रचलित कानुनअनुसार ती पदमा अब उपनिर
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद भूमिका श्रेष्ठले देशभरका बाल सुधार गृहको अवस्था सन्तोषजनक नरहेको भन्दै सुधारका लागि सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताएकी छन्। सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले भक्तपुर, रूपन्देही र कास्कीस्थित बाल सुधार गृहको अनुगमनपछि तयार गरिएको प्रतिवेदनले पूर्वाधार, सुरक्षा र व्यवस्थापनमा गम्भीर कमजोरी देखाएको जानकारी दिइन्। श्रेष्ठका अनुसार रूपन्देहीस्थित बाल सुधार गृहको अवस्था अत्यन्तै कमजोर रहेकाले त्यहाँ रहेका बालबालिकाको व्यवस्थापनका लागि गृह मन्त्रालय र भूमि व्यवस्था मन्त्रालयबीच समन्वय
काठमाडौं। संसद्मा आफ्ना सांसदहरूको भूमिका थप प्रभावकारी, समन्वयात्मक र परिणाममुखी बनाउने उद्देश्यसहित नेकपा (एमाले) ले आइतबार विशेष अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुने कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई संसदीय भूमिका, राजनीतिक जिम्मेवारी र प्रभावकारी प्रस्तुतिबारे प्रशिक्षण दिने भएका छन्।एमालेको संसदीय विभागको आयोजनामा हुने कार्यक्रममा संघीय संसद्का दुवै सदनका सांसदहरू सहभागी हुनेछन्। पार्टी सचिव तथा संसदीय विभाग प्रमुख पद्मा अर्यालका अनुसार संसद् सचिवालयका पूर्वसचिव हर्कराज राईले संसद्को कार्यप्रणाली, समितिहरूको
काठमाडौं। प्रदेश सरकार गठनका लागि नयाँ राजनीतिक समीकरणको चर्चा चलिरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले दक्षिणपन्थी शक्तिसँग कुनै पनि प्रकारको राजनीतिक साँठगाँठ नगर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन्। उनले सत्ता समीकरणबारे निर्णय गर्नुअघि केन्द्रीय संयोजन समितिको बैठक बोलाएर संस्थागत छलफल गर्नुपर्नेमा जोड दिएका छन्।आइतबार जारी वक्तव्यमा खनालले अहिलेको जटिल राजनीतिक परिस्थितिमा हतारमा सत्ता साझेदारीतर्फ नलागी पार्टीको क्रान्तिकारी उद्देश्य, वर्गीय दृष्टिकोण र दीर्घकालीन हितलाई केन्द्रमा राखेर मात्रै नीति तय गर्नुपर्ने बताएका छन्। केही नेताको कुर्सीमोह र व्यक्ति
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेश सरकारमा सबै प्रमुख दललाई समेटेर सरकार बनाउने प्रस्तावप्रति कडा असहमति जनाएका छन्। उनका अनुसार यस्तो अभ्यासले जनताले दिएको मतादेशको मर्मलाई कमजोर पार्ने मात्र होइन, प्रदेश सभालाई प्रतिपक्षविहीन बनाउने जोखिम पनि बढाउँछ।ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै थापाले सत्ता साझेदारीको नाममा सबै दल सरकारमै बस्ने प्रवृत्ति लोकतन्त्रका लागि उपयुक्त नहुने बताए। उनले कांग्रेसले सरकारमा बस्ने अवसरभन्दा लोकतान्त्रिक मूल्य र सिद्धान्तलाई प्राथमिकता दिने दाबी गरे।थापाले विगतका राजनीतिक अभ्यासतर्फ संकेत गर्दै सत्ता केन्द्रित राजनीतिले दलहरूको विश्वसनीयता कमजोर
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.