राजनीति

    Showing 5,131-5,140 of 10,435 items.
  • श्रमिक र उत्पीडित वर्गको जीवन व्यवहारमा परिवर्तन नआएसम्म अभियान रोकिदैँनः अध्यक्ष प्रचण्ड

    ललितपुर, १० असार । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमिक र उत्पीडित वर्गको जीवन व्यवहारमा परिवर्तन ल्याउन नसकेसम्म जनताको पक्षमा पार्टीले सञ्चालन गरेको अभियान नरोकिने बताएका छन् ।ललितपुरमा आयोजित ‘बेतलबी र घरेलु हेरचाह कार्यसम्बन्धी संवाद कार्यक्रम’लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानले सुनिश्चित गरेका श्रमिकका हक–अधिकार व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नु आजको आवश्यकता भएको स्पष्ट पारेका हुन् । पूर्वप्रधानमन्त्री प्रचण्डले आफू सरकारमा रहँदा औपचारिक तथा अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समा

    • प्रकाशित मितिः असार १०, २०८२
    • 240 पटक पढिएको
  • सांसद घिमिरेको प्रश्न : संसद बहिष्कार गरेर कति दिन चल्छ ?

    काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक तथा सांसद श्याम घिमिरेले प्रतिपक्षी दलहरुले संसद बहिष्कार गरेर कति दिन चलाउने भन्दै प्रश्न गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारमाथि विश्वासै नगर्ने हो भने कसरी यो संसदीय अभ्यासमा सामेल हुन सकिन्छ ? भनेर प्रश्न गर्दै समितिले दिने प्रतिवेदन पर्खिन प्रतिपक्षी दलहरू रास्वपा र राप्रपालाई आग्रह समेत गरे । उनले भने, ‘अख्तियारले छानविन गरेर जनतासामु तथ्य प्रमाणसहित ल्याउला । म पूर्ण रुपले विश्वस्त छु । उहाँ बेदाग चरित्र हो । उहाँले यस काममा भित्रैबाट सदाशयताका साथ काम गर्ने विश्वास गर्न सकिने पर्याप्त आधारहरू र ठाउँ पनि&n

    • प्रकाशित मितिः असार १०, २०८२
    • 262 पटक पढिएको
  • सदनमा उठेको सबैको भावनालाई समेटेर समिति गठन भएको छ : मन्त्री लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन गरिएको सदनलाई जानकारी दिएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नै प्रस्तावमा छानबिन समिति सरकारले गठन गरेको भन्दै समितिले भिजिट भिसाको समस्या पहिचानगरी  दीर्घकालीन रूपमा निराकरण गर्नेगरी बताए । उनले भने, ‘मैले नै प्रस्ताव गरेर निर्णय गरेको छ । सरकारले छानविन समिति गठन गरेको छ । सरकारले समस्या छ, सबैलाई थाहा छ । व्यक्तिगत विषयको कुरा होइन । यो समस्यालाई सबै मिलेर समस्याको पहिचानगरी दीर्घकालीन रूपमा निराकरण गर्नेगरीसमिति गठन गरिएको छ । त्यसका लागि उठेका सबै विषयलाई समेटेर कार्

    • प्रकाशित मितिः असार १०, २०८२
    • 305 पटक पढिएको
  • रास्वपाले गर्‍यो संसद् बैठक बहिष्कार

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंगलबारको संसद् बैठक पनि बहिष्कार गरेको छ । भिजिट भिसा प्रकरण छानबिनका लागि गठन गरिएको समिति अस्वीकार गर्दै रास्वपाले सदन बहिष्कार गरेको हो ।

    • प्रकाशित मितिः असार १०, २०८२
    • 268 पटक पढिएको
  • विपद व्यवस्थापनमा पत्रकारको भूमिका अग्र स्थानमा छ : मन्त्री लेखक

    काठमाडौं  :  गृहमन्त्री रमेश लेखकले विपद व्यवस्थापनमा पत्रकारको भूमिका सबैभन्दा अग्र स्थानमा रहने बताएका छन् । मंगलबार संचार मन्त्रालयको सहयोगमा विपद पत्रकारिता संजालले काठमाडौमा आयोजना गरेको ‘विपद व्यवस्थापनमा पत्रकारको भूमिका’ विषयक एक दिने प्रशिक्षण कार्यक्रममा बोल्दै उनले विपदको व्यवस्थापनमा सबैभन्दा ठूलो कुरा सूचना रहेको र सूचनासँग पत्रकार जोडिने भएको कारण विपद व्यवस्थापनमा पत्रकारको भूमिका अग्र स्थानमा रहने बताएका हुन् । उनले भने,‘विपदको व्यवस्थापनमा सबैभन्दा ठूलो कुरा सूचना हो । सूचनासँग पत्रकारहरु जोडिनुभएको छ । त्यसकारण विपद जोखिम न्यूनिकरण गरेर यसको व्यस्थापन गर्न

    • प्रकाशित मितिः असार १०, २०८२
    • 201 पटक पढिएको
  • त्रिविमा १२ दिनदेखि तालाबन्दी, फास्ट ट्र्याक नियुक्तिको विरोधमा प्राध्यापक आन्दोलनमा

    काठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति, रेक्टर, रजिष्ट्रार तथा सेवा आयोग कार्यालयमा १२ दिनदेखि तालाबन्दी जारी छ। त्रिविका आंशिक प्राध्यापकहरूको केन्द्रीय संघर्ष समितिले ‘फास्ट ट्र्याक’ प्रक्रियाबाट १३० जना प्राध्यापक नियुक्ति गर्न ल्याइएको विज्ञापनको विरोधमा गत जेठ ३० गतेदेखि तालाबन्दी गर्दै आएका हुन्।सेवा आयोगले १०० जना उप–प्राध्यापक र ३० जना सह–प्राध्यापक/प्राध्यापक पदका लागि अनुसन्धानमा आधारित अन्तर्वार्तामार्फत नियुक्तिको प्रक्रिया अघि बढाएको थियो। तर, संघर्ष समितिका अध्यक्ष गोकुल लिम्बुका अनुसार यो प्रक्रिया त्रिविको ऐन, नियम र कानुनको उल्लङ्घन हो, र नियुक्तिको नाममा आफ्ना

    • प्रकाशित मितिः असार १०, २०८२
    • 486 पटक पढिएको
  • मुख्यमन्त्री सिंहको छड्के : अवैध असुली भइरहेको ठाउँबाट तीन जना पक्राउ

    जनकपुर -  मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सोमबार पर्साको ड्राइपोर्टदेखि परवानीपुरसम्मको सडकखण्डमा गरिएको छड्के अनुगमनका क्रममा अवैध रूपमा सवारी कर असुली गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ ।मुख्यमन्त्री सिंहले भारतबाट भित्रिने सवारीसाधन, विशेषगरी भारतीय गाडीहरुमाथि तोकिएको भन्दा बढी रकम असुली भइरहेको गुनासो बढेपछि अनुगमनमा निस्किएका हुन् । ड्राइपोर्टदेखि परवानीपुरसम्मको नयाँ सडकखण्डका विभिन्न स्थानमा राखिएको अस्थायी ढाट ९टोल नाका० मा अवैध असुली भइरहेको पाइएपछि सोही स्थानबाट तीन जनालाई रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय, पर्

    • प्रकाशित मितिः असार १०, २०८२
    • 320 पटक पढिएको
  • सत्ता पक्षीय दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी

    काठमाडौं  - सत्ता पक्षीय दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता पक्षी दलका शीर्ष नेताहरु बैठक बसि रहेका छन् ।  बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा। सीके राउतलगायत सहभागी छन् ।

    • प्रकाशित मितिः असार १०, २०८२
    • 281 पटक पढिएको
  • गृहमन्त्रीको राजीनामाको माग गर्दै रास्वपा–राप्रपाको प्रतिनिधि सभा बहिष्कार

    काठमाडौं— भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजको प्रतिनिधि सभा बैठक बहिष्कार गरेका छन्।प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै रास्वपाका सांसद शिव नेपालीले भिजिट भिसाको नाममा मानव तस्करी भइरहेको गम्भीर आरोप लगाउँदै उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग गठन गर्न माग गरेका थिए। उनले संसदमा प्रतिपक्षको आवाज दबाउने काम भइरहेको आरोप पनि लगाएका छन्।रास्वपा र राप्रपाले गृहमन्त्रीको राजीनामा माग गर्दै बैठक बहिष्कार गरेका हुन्। उनीहरूले भिजिट भिसा दुरुपयोग प्रकरणको निष्पक्ष र गहिरो छानबिनको माग

    • प्रकाशित मितिः असार ९, २०८२
    • 610 पटक पढिएको
  • सांसद सुमन शर्मा रायमाझी कानुनी घेरामा, पक्राउ पुर्जी जारी

    पर्सा— लुम्बिनी प्रदेशकी समानुपातिक सांसद सुमन शर्मा रायमाझीविरुद्ध बैंकिङ कसुरको अभियोगमा पक्राउ पुर्जी जारी भएको छ । रायमाझी जनमत पार्टीकी प्रदेशसभा सदस्य हुन् ।पर्सा जिल्ला अदालतले जेठ १६ गते रायमाझीलाई फरार प्रतिवादीका रूपमा देखाउँदै पक्राउ पुर्जी जारी गरेको हो । अदालतको आदेशका आधारमा असार ३ गते पर्सा प्रहरीले बर्दिया प्रहरीलाई रायमाझीको घरठेगाना खानतलासी गरी पक्राउ गर्न पत्राचार गरेको छ ।पर्साको पोखरियाकी आशा कुमारी चौहानले सांसद रायमाझीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गराएकी थिइन् । रायमाझीले चौहानसँग साढे पाँच लाख रुपैयाँ सापटी लिएर चेक दिएकी थिइन् । तर, ती चेक बैंकमा

    • प्रकाशित मितिः असार ८, २०८२
    • 297 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.