राजनीति

    Showing 5,171-5,180 of 6,719 items.
  • कांग्रेस महाधिवेशन : सहमहामन्त्रीको मतगणना सुरु

    काठमाडौँ  / नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको मतगणना सुरु भएको छ।नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्र्तगत भएको चुनावमा सभापति, उपसभापति र महामन्त्रीको मत गनिसके लगतै सहमहामन्त्रीको मत गणना सुरु भएको हो । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मत गणना सुरु भएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । कांग्रेको १४औँ महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भइसकेका छन्।

    • प्रकाशित मितिः पुस १, २०७८
    • 74 पटक पढिएको
  • रिजालले बुझाए प्रधानमन्त्री देउवालाई राजीनामा पत्र

    काठमाडौँ  / रक्षामन्त्री मीनेन्द्र रिजालले कांग्रेस महामन्त्रीमा पराजित भएपछि पदबाट राजीनामा दिएका छन् । रिजालले पदबाट दिएको राजीनामा पत्र प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका हुन् । महामन्त्री पदका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । जसमा महामन्त्रीको निर्वाचनमा रिजालले ८०९ मत प्राप्त गरेका थिए ।  कांग्रेसको महामन्त्रीमा देउवा प्यानलका विश्वप्रकाश शर्मा र डा. शेखर कोइराला प्यानलबाट गगन थापा विजयी भएका छन् । 

    • प्रकाशित मितिः पुस १, २०७८
    • 74 पटक पढिएको
  • काँग्रेस महामन्त्रीमा तीन हजार २३ मत ल्याएर गगन थापा विजयी

    काठमाडौं / नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको चुनावमा महामन्त्री पदमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । गत आइतबार सम्पन्न कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको बिहीबार भएको मतगणनामा थापा र शर्मा विजयी भएका हुन् । शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थापाले सबैभन्दा बढी  ३०२३ मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका छन् भने देउवा प्यानलबाट महामन्त्रीमा उम्मेदवार दिएका शर्माले १९८४ मत प्राप्त गरेका छन् । प्रकाशशरण महत १५५० मतसहित तेस्रो स्थानमा रहे । त्यस्तै प्रदीप पौडेल १४०९, मीनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १

    • प्रकाशित मितिः पुस १, २०७८
    • 80 पटक पढिएको
  • रक्षामन्त्रीबाट राजीनामा दिँदै रिजाल

    काठमाडौँ /  रक्षामन्त्री मीनेन्द्र रिजालले पदबाट राजिनामा दिने घोषणा गरेका छन् । कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेद्वारी दिएका रिजालले आफू हार्ने पक्का भएपछि राजीनामा दिने घोषणा गरेका हुन् । उनले समाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका हुन् । उनेले लेखेका छन्, –‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु।’महामन्त्रीको अन्तिम मत परिणाम प्राप्त हुनासाथ आफूले प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्ने उनले बताए ।&nb

    • प्रकाशित मितिः पुस १, २०७८
    • 70 पटक पढिएको
  • अपडेट : १०७५ मत गन्दा गगन र विश्वप्रकाशको अग्रता, कसको कति मत ?

    झापा / नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा गगन थापाले फराकिलो अग्रता कायम राखेका छन् ।१०७५ मत गन्दा गगनले ६७३ मत प्राप्त गरेका छन् । विश्वप्रकाश शर्माले ४३४, प्रकाशशरण महतले ३५३, प्रदीप पौडेलले ३४२ र मीनेन्द्र रिजालले १९४ र राजाराम कार्कीले ३८ मत प्राप्त गरेका छन् ।दुई महामन्त्री चयन गर्नुपर्ने भएकाले एउटा मतपत्रमा दुईवटासम्म मत दिन पाउने व्यवस्था छ । कांग्रेस मुख्यालय सानेपामा ३ स्थानमा मतगणना भइरहेको छ ।सभापति र उपसभापति पदको मतगणना भने यसअघि नै सकिएको छ ।सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् भने उपसभापतिमा देउवा प्यानलका पूर्णबहादुर खड्का र डा. शे

    • प्रकाशित मितिः पुस १, २०७८
    • 88 पटक पढिएको
  • कांग्रेस महाधिवेशन : महामन्त्रीको मतगणनामा गगन र विश्वप्रकाशकाे अग्रता

    काठमाडौं  / नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भएको चुनावको महामन्त्रीको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माको अग्रता रहेको छ । पार्टी कार्यालय, सानेपामा सुरु भएको गणनामा ९०० मत गन्दा थापाले ५५९ मत ल्याएका छन् भने उनका प्रत्यासी विश्वप्रकाश शर्माले ३५७ मत पाएका छन् ।प्रदीप पौडेलले ३००, प्रकाशशरण महतले २९७, मिनेन्द्र रिजालले १५३ र डाक्टर राजाराम कार्कीले ३१ मत पाएका छन् ।यसअघि सभापति र उपसभापतिको मत गणना भइसकेको छ । सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा डा. शेखर कोइराला पक्षका धनराज गुरुङ र देउवा पक्षका पूर्णबहादुर खड्काले जित हात पारेका छन् । 

    • प्रकाशित मितिः पुस १, २०७८
    • 70 पटक पढिएको
  • कांग्रेस महाधिवेशन : महामन्त्री पदको मतगणना सुरु

    काठमाण्डौ / नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना बिहीबार बिहान १०ः२० बजेबाट सुरु भएको छ ।कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य सिताराम केसीले  पार्टी केन्द्रीय कार्यालय सानेपामा तीन स्थानमा मतगणना सुरु भएको र ६ घण्टाभित्र मतपरिणाम आइसक्ने जानकारी दिए  ।कांग्रेस विधान अनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । महामन्त्री पदमा पार्टीका युवा नेताहरू गगनकुमार थापा, डा. प्रकाशशरण महत, प्रदिप पौडेल, डा। मीनेन्द्र रिजाल, डा। राजाराम कार्की र विश्वप्रकाश शर्मा उम्मेदवार छन् ।सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये

    • प्रकाशित मितिः पुस १, २०७८
    • 74 पटक पढिएको
  • संसद अवरोध एमसीसी पास गर्ने खेल – भीम रावल

    काठमाण्डौ / नेकपा एमालेका नेता भीम रावलले आफ्नो पार्टीले संसदमा अवरोध गरेर एमसीसी सम्झौता अनुमोदन गर्न खेल खेलेको हनसक्नेमा शंका व्यक्त गरेका छन् ।  आफ्नो पार्टीले संसदमा गरिरहेको अवरोधको औचित्यबारे प्रश्न उठाउँदै नेता रावलले एमसीसी सम्झौता अनुमोदन गर्ने खेल भएको हुन सक्ने बताएका हुन् ।‘सरकारका कामकारवाही गर्न दिएर संसदका बैठकहरू अवरूद्ध गर्ने कुराको औचित्य के हो ?  सामाजिक सञ्जालमा रावलले लेखेका छन्, ‘यो कतै कसैलाई बोल्ने मौका नै नदिएर होहल्लाको बीचमा एमसीसीसँग गरेको सम्झौता अनुमोदन गर्ने खेल त होइन ’ उनले यस्तो गरियो भने राष्ट्रघात ठहर्ने समेत बताएका छन् ।नेकपा एमालेले सभामुखक

    • प्रकाशित मितिः पुस १, २०७८
    • 69 पटक पढिएको
  • चिनियाँ आक्रमण पत्ता लगाउन अमेरिकाले बनायो सफ्टवेयर

    एजेन्सी  / र अमेरिकाले प्रशान्त महासागरमा चीनका गतिविधि निगरानी गर्ने एउटा सफ्टवेयर विकास गरेको दाबी गरेको छ । प्रशान्त क्षेत्रमा अमेरिकी कमाण्डरहरूले विकसित गरेको सफ्टवेयरले सैन्य अभ्यास र अन्य अमेरिका विरोधी गतिविधिलाई चिनियाँ सरकारले कसरी प्रतिकृया जनाउँछ भनेर भविष्यवाणी गर्नेछ ।प्रशान्त क्षेत्रमा चीनको सम्भावित हमलाबारे पनि सफ्टवेयरले पूर्व जानकारी दिनेछन् । मंगलबार अमेरिकी सहायक रक्षामन्त्री क्याथलिन हिक्सले हवाईस्थित इन्डो प्यासिफिक कमान्डको भ्रमण गरेर सो सफ्टवेयरबारे जानकारी लिएकी थिइन् ।रक्षा मन्त्रालयलका एक अधिकारीहरुका अनुसार सो सफ्टवेयरले रणनीतिक टकरावलाइ पनि अनुमान ग

    • प्रकाशित मितिः पुस १, २०७८
    • 97 पटक पढिएको
  • दाइलाई पराजित गरेका देउवालाई शसांकको बधाई

    काठमाण्डौ / नेपाली कांग्रेसका निवर्तमान महामन्त्री शशांक कोइराला नवनिर्वाचित प्रधान मन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई बधाई दिन बालुवाटार पुगेका छन् ।१४औं महाधिवेशनभन्दा अगाडि इतर पक्षमा रहेका शशांक महाधिवेशन जारी हुँदा देउवाको पक्षमा खुलेको थिए । यसपछि उनी बिहीबार बिहान बालुवाटार पुगेर देउवालाई बधाई दिएका हुन् ।सभापति चयनको प्रक्रियाअन्तर्गत दोस्रो चरणको मतदान हुँदासमेत शशांकले देउवालाई नै समर्थन गरेका थिए । जबकि— उनका दाइ डा। शेखर कोइराला उनै देउवासँग सभापतिको निर्वाचनमा ९०७ मतले पराजित भएका हुन् ।

    • प्रकाशित मितिः पुस १, २०७८
    • 74 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा