काठमाण्डौ / नेपाली कांग्रेसको महाधिवेशन सुरु हुन केही दिन बाँकी रहँदा पार्टी नेतृत्वमा दावी गर्दै आएका संस्थापन इतर समुहका नेता साझा उमेद्धार छनौट गर्न छलफलमा जुटेका छन् ।जिल्ला अधिवेशन र प्रदेश अधिवेशनमा देउवा पक्ष बलियो देखिएपछि समस्यामा परेका संस्थापन इतर पक्षका सभापतिका आकाङ्क्षाहरू डा। शेखर कोइराला , शशांक कोइराला , रामचन्द्र पौडेल , विमलेन्द्र निधी र प्रकाशमान सिंह साझा उमेद्धार तय गर्न छलफलमा जुटेका हुन् ।सोमवार पनि उनीहरु बिच भएको छलफलले साझा उमेद्धार तय गरी देउवासँग प्रतिष्पर्धा गर्ने समझदारी भएको थियो । सोमबार भएको छलफलले दुई दिन भित्र आफ्नो समुहबाट सभापति सहित पदाधिकारीका
काठमाडौं / नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या सबै पक्षको संवादबाट समाधान हुनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज संक्षिप्त कुराकानीका क्रममा उनले लोकतन्त्रको सुदृढीकरण र संघीयता रक्षा गर्न बनेको राजनीतिक गठबन्धनमा कुनै समस्या नदेखिएको बताए ।अध्यक्ष नेपालले तीन तहको एकैपटक निर्वाचन गर्ने हो वा अलग अलग गर्ने हो त्यस विषयमा छलफल भइरहेको बताउँदै उनले भने, आफूले गठबन्धन गर्दा राम्रो, अरूले गर्दा नराम्रो मान्ने मानसिकता खराब होउनले अरू निर्वाचनमा मुलुक प्रवेशै नगरेको र केही दिनमा हुने राष्ट्रिय सभाको निर्व
भरतपुर / नेकपा एमाले का सचिव योगेश भट्टराईले चितवनमा भएको महाधिवेशनबाट एमाले एकताबद्ध भएर मिसन र कार्यदिशामा शक्ति आर्जन गरेर फर्केको बताएका छन् । भरतपुरमा आज प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले एमालेले महाधिवेशनबाट आर्जन गरेको शक्ति आगामी निर्वाचनमा देखिने उल्लेख गर्दै ५० प्रतिशत बढी स्थानीय तहमा जित्ने र संघ तथा प्रदेशमा पनि बहुमत हासिल गर्ने लक्ष्यका साथ एमाले हिँडेको बताए ।एमाले महाधिवेशनको उद्घाटन सत्रमा सात लाख बढी जनता सहभागी भएको जिकिर गर्दै उनले भने, ‘हामीले रकेर्ड बनाइसक्यौँ, त्यो रेकर्ड तोड्न नसकेरै कांग्रेसले आफ्नो महाधिवेशन र माओवादीले
झापा / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले पदभार ग्रहण गरेका छन् । पार्टीको एकता महाधिवेशनमा भएको निर्वाचनमा निवर्तमान अध्यक्ष कमल थापालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका लिङ्देनले आज (सोमबार) पार्टी कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । आइतबार बिहान मत परिणाम आएपछि दिउँसो निर्वाचन समितिको संयोजकमा हरिबहादुर बस्नेतबाट पद तथा गोपनीयताको शपथ लिएका लिङ्देनले आज (सोमबार) पदभार ग्रहण गरेका हुन् । शपथ ग्रहण कार्यक्रममा लिङ्देनले निवर्तमान अध्यक्षहरू कमल थापा, पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनी अभिभावकको रूपमा मात्र नभएर सक्
अछाम / नेकपा माओवादी केन्द्र अछामले जिल्लाका १० वटै पालिकामा संगठन विस्तार कार्य सम्पन्न गरेको छ ।माओवादी केन्द्र जिल्ला इन्चार्ज झपट साउँदका अनुसार ढकारी गाउँपालिकाको संगठन विस्तार भएसँगै जिल्लाका सबै पालिकाको संगठन विस्तारको कार्य सकिएको हो ।जिल्ला इन्चार्ज साउँदका अनुसार ढकारी गाउँपालिकामा नृप थापाको अध्यक्षतामा २६ सदस्यीय गाउँपालिका संगठन कमिटी गठन भएको छ । बान्नीगढी जयगढ गाउँपालिकामा जगत थापाको अध्यक्षतामा २७ सदस्यीय, चौरपाटी गाउँपालिकामा जीवन विक्रम साउँदको अध्यक्षताका २७ सदस्यीय, रामारोशन गाउँपालिकामा शेरबहादुर बोहरा शिशिरको अध्यक्षमा ५५ सदस्यीय र मेल्लेख गाउँपालिकामा ज्
रूपन्देही / नेपाली कांग्रेस लुम्बिनी प्रदेशका नवनिर्वाचित सभापति अमरसिंह पुन मगरले अव पार्टीलाई एक ढिक्का बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । देउवा पक्षका भरतकुमार शाहलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका पौडेल पक्षका पुनले भैरहवामा पत्रकारसँग कुरा गर्दै सो कुरा बताएका हुन् । उनले भनेका छन्, –‘चुनावपछि पार्टीमा कुनै गुट उपगुट हुँदैन, अब म कांग्रेसलाई एकढिक्का बनाएर लैजान्छु ।’सभापतिमा विजयी भएका पुनले ८५२ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी शाहले ७६७ मत प्राप्त गरेका छन् । एक उप–सभापति बाहेक अन्य सबै पदमा पुनको प्यानलनै विजयी भएको छ ।
विराटनगर / नेपाली कांग्रेस प्रदेश नम्बर १ को सभापति पदको निर्वाचनमा पराजित भएका गुरुराज घिमिरेले पुनः मत गणना गर्न माग गर्दै प्रदेश निर्वाचन समितिमा लिखित निवेदन दिएका छन् । संस्थापन पक्षका उम्मेदवार उद्धव थापासँग दुई मत अन्तरले पराजित भएका घिमिरेले मत परिणाममा चित्त नबुझेको भन्दै पुनः मत गणनाको माग गर्दै केन्द्रीय र प्रदेश निर्वाचन समितिमा लिखित निवेदन दिएका हुन् । १ हजार ७ सय ५२ मत खसेकोमा थापाले ८ सय ४४ मतका प्राप्त गरेका छन् भने घिमिरेले ८ सय ४२ मत पाएका छन् ।
विराटनगर / नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापा निर्वाचित भएका छन् । पौडेल समूहबाट उम्मेदवार बनेका गुरुराज घिमिरेलाई दुई मतले पराजित गर्दै थापा निर्वाचित भएका हुन् । थापालाई सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाको समर्थन थियो । १ हजार ७ सय ५२ मत खसेकोमा थापाले ८ सय ४४ मतका प्राप्त गरेका छन् भने घिमिरेले ८ सय ४२ मत पाए । प्रदेश उपसभापति पदमा पनि संस्थापन पक्षका रमेशजंग रायमाझी ८ सय ९१ र टंकप्रसाद राईले ८ सय ४७ मत प्राप्त गरी विजयी भएका छन् । महामन्त्रीमा संस्थापन समूहका भुपेन्द्र राई ८ सय २४ र संस्थापन इतरका उमेश थापाले ८ सय २३ मत ल्याएर विजयी भए । सहमह
विराटनगर / प्रदेश –१ को कांग्रेस सभापतिको निर्वाचनको मत गणनामा गुरुराज घिमिरेले अग्रता कायम गरेका छन । २०० मत गणना हुँदा घिमिरेले १०८ मत पाएका छन भने उनका प्रतिद्वन्द्वी उद्धव थापाले ८३ मत पाएका छन । त्यस्तै उपसभापतिमा गोविन्द प्रसाद ढुङ्गानाले ८५, टङ्क प्रसाद राई ९७, रमेशजङ्ग रायमाझी ८७ र विश्वनाथ रिजालले ८२ मत प्राप्त गरेका छन् । महामन्त्रीमा उमेश थापाले ९६, दिपन कुमार थापा ८९, पदम सुन्दर पालुङ्वा ८४ र भुपेन्द्र राईले ८८ मत प्राप्त गरेका छन् ।
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.