राजनीति

    Showing 5,351-5,360 of 5,392 items.
  • सरकारले लोकतन्त्रको बाटो नबिराउने प्रधानमन्त्रीको दाबी

     काडमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र प्राप्तिपछि शान्तिपूर्ण राजनीतिभन्दा अर्को बाटो हुन नसक्ने भएकाले असन्तुष्ट पक्षलाई संवादका माध्यमबाट मूलधारमा आउन आग्रह गर्नुभएको छ ।७१औँ प्रजातन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शान्तिपूर्ण लोकतान्त्रिक प्रणालीप्रतिको आफ्नो आस्था एवं विश्वास बढाउन र त्यस अभ्यासलाई आत्मसात गरी इमान्दारिताका साथ अगाडि बढ्न आग्रह गर्नुभयो ।लोकतन्त्र आइसकेपछि पनि अन्य बाटोबाट अघि बढ्न सकिन्छ भन्ने तथा रोज्ने प्रवृत्ति कायम रहेको उल्लेख गर्दै उहाँले नेपाली जनता त्यस्ता कुराबाट सतर्क हुनुपर्ने बताउनुभयो । “

    • प्रकाशित मितिः फागुन ७, २०७७
    • 56 पटक पढिएको
  • नेकपा ओली समूहले झापामा गर्यौ मार्च पास

    बिर्तामोड । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयको बचाउमा नेकपाको ओली समूहका कार्यकर्ताले शुक्रबार झापाका प्रमुख सहरहरुमा प्रर्दशन गरेका छन् । झापाको बिर्तामोड र दमक लगायतका सहरमा सो समुहका कार्यकर्ताले मार्च पास सहित ओलीको संसद विघटन गर्ने निर्णयको बचाउ गरेका हुन् ।  बिहान बिर्तामोडमा सयौंको संख्यामा ओली समुहका नेता तथा कार्यकर्ताले मार्च पास गरेका हुन् । शहरका मुख्य भागको परिक्रमा पछि मुक्ति चौकमा कोण सभा गर्दै प्रधानमन्त्रीको निर्णयको उनीहरुले बचाउ गरेका थिए । कोणसभालाई छवी चुँडाल , मनोज लिम्बु , दिपेन पोमु र घनश्याम अधिकारी लगायतले संवोधन गरेका थिए । झापाकै

    • प्रकाशित मितिः फागुन ७, २०७७
    • 72 पटक पढिएको
  • नेकपा प्रचण्ड–माधव समूह निर्वाचन आयोग जाँदै

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूह केन्द्रीय कमिटीका सदस्यहरुको नागरिकता र हस्ताक्षर सहित निर्वाचन आयोग जाने तयारीमा जुटेका छन् ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको स्थायी कमिटी बैठकपछि प्रचण्ड–माधव समूह आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाने भएका हुन् । मध्यान्ह १२ बजे केन्द्रीय कमिटीका सदस्यहरुलाई नागरिकता सहित उपस्थित हुन भनिएको नेकपा नेता लिलामणि पोखरेलले जानकारी दिएका छन् ।नेकपा विभाजन भएपनि निर्वाचन आयोगले भने दुवै पक्षलाई मान्यता दिएको छैन् । आयोगले नेकपा नफुटेको आशयसहितको निर्णय गर्दा प्रचण्ड–माधव समूह आक्रोशित छ । आफूसँग स्पष्ट बहुमत हुँदा पनि आय

    • प्रकाशित मितिः फागुन ७, २०७७
    • 55 पटक पढिएको
  • पूर्व राजा ज्ञानेन्द्र परिवारसहित झापाको धुलावारीमा

    बिर्तामोड / विगत केहि समय यता झापाको दमकमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसँगै झापाको धुलाबारी पुगेका छन् । उनी पूर्व युवराज पारस शाहबाहेकका परिवारका सदस्य लिएर मेचीनगरको फाइभ स्टार होटल मेची क्राउनमा केहि दिनको बसाईका लागि पुगेका हुन् ।बिहीबार दिउँसो आफ्नै निजी सवारीसाधन चढेर परिवारका सदस्य सहित धुलावारी पुगेका उनी केहि दिन सोहि होटलमा बस्ने कार्यक्रम रहेको पूर्व राजपरिवार निकटस्थहरुले बताएका छन् । होटल व्यवस्थापनका एक कर्मचारीले दिएको जानकारी अनुसार पूर्व राजा ज्ञानेन्द्र शाहसँगै उनी पत्नि एवं पूर्व रानी कोमल, बुहारी हिमानी अनि नातिनी पूर्णिका र कीर्तिका शाह केहि दिनको ब

    • प्रकाशित मितिः फागुन ६, २०७७
    • 180 पटक पढिएको
  • प्रधानमन्त्री ओली लिखित जवाफसहित सर्वोच्चमा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अवहेलना सम्बन्धी मुद्दामा जवाफ दिन सर्वोच्च अदालतमा उपस्थित भएका छन् ।अदालतको अवहेलना मुद्दामा सर्वोच्चको आदेशअनुसार प्रधानमन्त्री ओली आफै लिखित जबाफ बोकेर सर्वोच्च अदालत गएका हुन् । प्रधानमन्त्री ओली पौने १२ बजे सर्वोच्च अदालत प्रवेश गरेर १२ बजे फर्किएका थिए ।गत ५ पुसमा गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटमाथि सुनुवाइ जारी रहँदा प्रधानमन्त्री ओलीले संविधानमा संसद् पुनःस्थापनाको व्यवस्थै नभएको उल्लेख गर्दै संवैधानिक इजलासमा हुँदै आएको बहसलाई ‘तमासा’ भनेका थिए ।ओलीले सो मुद्दाको गत आइतबार म्याद बुझेका थिए । दालतको अवहेल

    • प्रकाशित मितिः फागुन ६, २०७७
    • 141 पटक पढिएको
  • ६ सय कैदीलाई छाड्ने तयारी

    काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बिहीबार नियमित बैठक बस्न लागेको हो ।आजको मन्त्रिपरिषद्को मुख्य एजेन्डा प्रजातन्त्र दिवसको अवसरमा ६ सय कैदीको कैद मिनाहा गर्ने सम्बन्धि छ । शुक्रबारको प्रजातन्त्र दिवसको अवसरमा  कैदीहरुलाई छाड्न लागिएको हो ।यसपटक जन्मकैद पाएका दुई सय कैदीलाई पनि छाड्न लागिएको छ । नियमावली नै संशोधन गरेर यसपटक सरकारले धेरै कैदी छाड्न लागेको हो ।

    • प्रकाशित मितिः फागुन ६, २०७७
    • 53 पटक पढिएको
  • प्रधानमन्त्री ओली सर्वोच्च जाँदै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न आज  सर्वोच्च अदालतमा आफैं उपस्थित हुने भएका छन्। प्रधानमन्त्री ओली मध्यान्ह १२ बजे सर्वोच्चमा उपस्थित हुने बताइएको छ। प्रधानमन्त्री ओलीले माघ ९ गते आफ्ना कार्यकर्ताको भेलामा  वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको तथा वहसलाई तमासा भनेको भन्दै अवहेलना मुद्दा दर्ता भएको थियो।गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री र चार पूर्व प्रधानन्यायधाीशहरु तथा पूर्व सभामुख दमनानाथ ढुंगानालाई आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो।यसअघि चार पूर्व प्रधान

    • प्रकाशित मितिः फागुन ६, २०७७
    • 40 पटक पढिएको
  • टुँडिखेल घेर्दै नेकपा प्रचण्ड–माधव समूह

    काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले आज टुँडिखेल घेराउ गर्ने भएका छन् । मानव साङ्लो बनाएर टुँडिखेल घेर्ने कार्यक्रम रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।उनका अनुसार उपत्काका जिल्ला कमिटी र जनवर्गीय संगठनहरुका लागि निश्चित स्थान तोकिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीलाई रत्नपार्क– आकाशेपुलदेखि भद्रकालीसम्म, मजदुर संगठनहरुलाई भोटाहिटीदेखि रत्नपार्कको आकासे पुलसम्म, भद्रकालीदेखि सुन्धारासम्म विद्यार्थी संगठनका लागि स्थान तोकिएको छ ।सबै सहभागीहरुलाई पौने चार बजेसम्म तोकिएको आर्कमा पुगिसक्न निर्देशन दिइएको प्र

    • प्रकाशित मितिः फागुन ६, २०७७
    • 47 पटक पढिएको
  • संसद विघटन मुद्दा : एमिकस क्युरीले राय दिने क्रम जारी

    काठमाडौं / सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी संसद विघटनविरुद्धको मुद्दामा एमिकस क्युरी अर्थात अदालतका सहयोगीले राय दिने क्रम जारी छ। दोस्रो दिन आज वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले आफ्नो बहस सुरु गरेका छन्। बहसको सुरुमा उनले आफू चार प्रश्नमा केन्द्रित हुने इजलासलाई जानकारी दिएका छन्। उनले विभिन्न प्रश्न गरेका छन् उनको पहिलो प्रश्न  निर्विवाद बहुमत प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने अधिकार संविधानले दिएको छ कि छैन भन्ने छ।यस्तै उनले  संसदीय लोकतन्त्रमा प्रधानमन्त्रीले संसद् विघटन गर्ने सार्वभौमिक अभ्यास छ कि छैन भनेका छन्। त्यसै गरी उनले  मूल्य र मान्यताकै भरमा विघट

    • प्रकाशित मितिः फागुन ५, २०७७
    • 103 पटक पढिएको
  • ओली समूहका विद्यार्थीद्वारा प्रचण्ड–नेपाल पक्षमाथि आक्रमण

    काठमाडौं । आरआर क्याम्पसमा प्रधानमन्त्री केपी शर्मा ओली समूहका विद्यार्थीले प्रचण्ड–नेपाल समूहका विद्यार्थीमाथि आक्रमण गरेका छन् ।ओली पक्षका विद्यार्थीको आक्रमणबाट प्रचण्ड–नेपाल पक्षका दिपक बस्नेत, दिलिप खड्का, विशाल रिजाल र मनिस बस्नेत घाइते भएका हुन्।मंगलबार बिहान सरस्वती पूजा गरिरहेका समयमा ओली समूहका लोकेश खड्का, उज्वल खड्का लगायतले प्रचण्ड–नेपाल पक्षका विद्यार्थीमाथि आक्रमण गरेका हुन्। उनीहरुले क्याम्पस प्रांगणमै आक्रमण गरेको प्रचण्ड–नेपाल पक्षका विद्यार्थी नेताहरुले बताए।आक्रमण गर्ने खड्का सो क्याम्पसका ओली पक्षका युथ फोर्स अध्यक्षसमेत हुन्।‘अराजक समूहबाट आक्रमण भएको हो। आक्रमणमा चार जना

    • प्रकाशित मितिः फागुन ४, २०७७
    • 64 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा