काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास निर्माणमा अब पुरानै नीति होइन, 'पूर्णरूपमा नयाँ सोच' ल्याउने घोषणा गर्दै संसद हल तताएका छन्! प्रतिनिधिसभामा आइतबार नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै ओलीले यसपटकको नीति कार्यक्रम पुरानै ढाँचाको भनेर होच्याउनु ठूलो भ्रम भएको दाबी गरे।उनले स्पष्ट पारे, अबको नीति कार्यक्रमले विकासको ढाँचा, गति र संस्कृति नै परिवर्तन गर्ने हो, जुन पूर्ण रूपमा नयाँ हो र व्यवहारमा लागू गर्ने दृढ प्रतिबद्धता पनि सरकारसँग रहेको छ।प्रधानमन्त्री ओलीले विकास निर्माणमा देखिएका कमी कमजोरीलाई सच्याउँदै विगतमा घोषणा गरिएका सबै पूर्वाधार परियोजनाको प
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि आज सुनवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा उनको बन्दी प्रत्यक्षीकरणको मुद्दामाथि सुनवाइ हुन लागेको हो । लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले गत वैशाख ७ गते लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।वैशाख ९ गते न्यायाधीश अजीज मुसलमानको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारीसमेत गरेको थियो ।
काठमाडौं— प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने भएका छन् । आइतबार सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई आइतबार निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ । आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल आ.व. २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी जेठ १५ गतेदेखि गरिने आन्दोलन निष्कर्षमा पु¥याएरै छाड्ने दाबी गरेका छन् । राजावादीले संयुक्त रुपमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।जेठ १५ गतेदेखि गरिने आन्दोलन निष्कर्षमा पु¥याएरै छाड्ने र देशले थप क्षति व्यहोर्न नपरोस् भन्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्झौताको लागि तयारी गर्न उनले आग्रह गरे । उनले भने,‘जेठ १५ गतेदेखि गरिने आन्दोलन देशको लागि हो । अब निष्कर्षमा नपुगिकन छोड्नेवाला छैनौं । अहिलेको प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु–देशले थप क्षति व्यहोर्न नपरोस् भन्नको लागि आग्रह
काठमाडौं, २५ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले उपप्रधान तथा सहरी बिकास मन्त्री प्रकाशमान सिंहकी दिदीलाई पक्राउ नगरेकोमा आपत्ति जनाएका छन् । तीनकुने घटनामा राप्रपाका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रलाई मुद्दा नचलाई ४३ दिनसम्म थुनेको तर मुद्दा चलाइएको उप प्रधानमन्त्री श्रेष्ठकी दिदी रिता सिंहलाई भने प्रकाउसमेत नगरे पछि उनले आक्रोश ब्यक्त गरेका हुन् ।‘उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको काठमाण्डौं(१ का चुनावी प्रतिस्पर्धी राप्रपा वरिष्ठ उपाध्यक्ष रबीन्द्न मिश्र ४३ दिनदेखि नाजायज रुपमा प्रहरी हिरासतमा हुनुहुन्छ, उता सिंहकी दिदी रिता सिंह वैद्यविरु
काठमाडौं, २६ बैशाख । मे ७ मा भारतीय सेनाले पाकिस्तानका ७ सहरमा रहेका ९ आतंकवादी लुकेका ठाउँमा ‘अपरेशन सिन्दूर’ चलाएको थियो । अहिले यो नाम पाउनका लागि बलिउडमा प्रतिस्पर्धा चलेको छ । रिपोर्टहरू विश्वास गर्ने हो भने लगभग ५० फिल्म निर्माताहरूले ‘अपरेशन सिन्दूर’ शीर्षकमा चलचित्र बनाउनका लाग आवेदन दिएका छन्।दैनिक भास्करका अनुसार फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लॉइज (आइएमपीए) का उपाध्यक्ष बीएन तिवारीले यसको पुष्टि गरेका छन्। अपरेसन सिन्दूरको खबर आएलगत्तै दर्जनौं चलचित्र निर्माताले यो नाम दर्ता गराउन सम्पर्क गर्न थालेको उपाध्यक्ष बीएन तिवारीले बताएका हुन । उनका अनुसार वलिउडका फिल्म निर्माता
काठमाडौं — संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र 'पूर्णरूपमा असफल' भएको दाबी गर्दै राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाको मागसहित राजावादीहरूले १५ जेठदेखि अनिश्चितकालीन जनआन्दोलन सुरु गर्ने धमाकेदार घोषणा गरेका छन्।राजावादी आन्दोलन सुस्त बन्दै गएको चर्चा भइरहँदा, उनीहरूले फेरि चर्को शैलीमा आन्दोलन अघि बढाउने बताएका छन्। आन्दोलनको अगुवाइ गरिरहेको संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदीले संविधानद्वारा प्राप्त अधिकार प्रयोग गर्दै शान्तिपूर्ण तर सशक्त सडक संघर्ष गर्ने चेतावनी दिएका छन्।सुवेदीका अनुसार, "गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता जनताको चाहनाविपरीत जबर्जस्ती थोपिएको हो। अब व्
काठमाडौं, २५ बैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने बताएका छन् । राष्ट्रिय युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा पोखरामा आयोजित भेलालाई बिहीबार सम्बोधन गर्दै पोखरेलले पार्टीलाई राष्ट्रिय शक्ति बनाउन युवाको महत्वपूर्ण भूमिका हुने बताए । ‘एमालेलाई निर्णायक शक्ति बनाउने सामर्थ्य कोहीसँग छ भने त्यो ४० वर्ष मुनिका युवासँग छ’, उनले भने । ४० वर्ष मुनिका युवालाई आरक्षणको विशेष व्यवस्था गर्ने पार्टी नेकपा एमाले नै भएको उहाँले दाबी गर्नुभयो । पार्टीको वडादेखि केन्द्रसम्म ४० वर्ष मुनिका युवालाई आरक्षण गर्ने काम नेकप
काठमाडौं— गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिनुमा कुनै ‘मनसाय’ नरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा चौधरी पक्राउको विषयमा जवाफ दिँदै मन्त्री लेखकले यसो भनेका हुन् ।‘कानुनको कार्यान्वयन गर्ने बाहेक कुनै मनसाय नभएको जानकारी गराउन चाहन्छु ।’ उनले भने, ।चौधरीलाई पक्राउ गर्दा उनको परिवारजनमा भएको पीडाप्रति लेखकले दुःख व्यक्त गर्न गरेका छन् । सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टको ‘विवेक बाहिरको पत्र व्यहोरा’को कारण चौधरीलाई पक्राउ गर्नुपर्ने अवस्था आएको मन्त्री लेखकको भनाइ छ । वैशाख १७ मा सर्वोच्च अदालतका शाखा
काठमाडौं— राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि भन्दै जनआन्दोलन घोषणा भएको छ । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै जनआन्दोलन घोषणा गरेको हो ।राजसंस्था पुनर्स्थापनका लागि गठित समितिका संयोजक नवराज सुवेदीले पत्रकार सम्मेलन गर्दै जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन घोषणा गरेको बताए । ‘जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौं,’ सुवेदीले पत्रकार सम्मेलनमार्फत् भनेका छन्, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । भद्र अवज्ञा र सत्याग्रह हाम्रो आन्दोलनको स्वरुप हुनेछ ।’आफूहरूको आन्दोलन व्यवस्था परिवर्तनका लागि भएको भन्दै कुनै पनि सरकार वा सत्तामा रहेका द
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.