राजनीति

    Showing 5,361-5,370 of 10,435 items.
  • गोर्खा सैनिकलाई भारत - पाकिस्तान युद्धको अग्र पङ्तिमा नराख्न सासंद तामाङ को आग्रह

    काठमाडौँ —  प्रतिनिधिसभामा सांसद मिना तामाङले चर्को चेतावनी दिएकी छिन् – “भारत र नेपालबीच कुनै पनि सैन्य संघर्ष भए गोर्खा सैनिकलाई पहिलो पंक्तिमा प्रयोग नगरियोस्!”बिहीबार संसदको शून्य समयमा बोल्दै तामाङले नेपाल सरकारलाई तत्काल भारतसँग गम्भीर संवाद र कूटनीतिक पहल गर्न आग्रह गरिन्। उनका अनुसार नेपाली नागरिक, विशेषगरी गोर्खा सैनिक, भारत–पाकिस्तान संघर्षको सिधा शिकार बन्ने जोखिममा छन्।“कश्मीर क्षेत्रमा भएको सांघातिक आक्रमणले मानवीय क्षति भएको छ। यस्ता घटनाले भारतमा रोजगारीमा रहेका नेपालीहरू समेत जोखिममा पर्छन्,” तामाङले भनिन्, “त्यसैले उनीहरूको सुरक्षा र उद्धार सुनिश्चित गर्नुपर्ने बेला आएको

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 271 पटक पढिएको
  • देउवाले कांग्रेसको पदाधिकारी बैठक बोलाए

    काठमाडौं— सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको पदाधिकारी बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार बस्नेगरी बैठक बोलाएका हुन्।मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक शुक्रबार बिहान ९ बजे पार्टी सभापति देउवा निवासमा बस्नेछ।बैठकमा पछिल्ला विकशित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रमलगायतको विषयमा कुराकानी हुने उनले बताए।

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 299 पटक पढिएको
  • जसपा नेपालले चार जिल्लाको अधिवेशनको कार्यतालिका सार्वजनिक गर्यो

     काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपाल कोशी प्रदेशअन्तर्गतका चार जिल्ला समितिले अधिवेशनको कार्यतालिका सार्वजनिक गरेका छन्। प्रदेशअन्तर्गतका धनकुटा, संखुवासभा, मोरङ र सुनसरी जिल्ला समितिको अधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको पार्टी स्रोतले जानकारी दिएको छ।जसअनुसार धनकुटा जिल्ला समितिको अधिवेशन शुक्रबार (भोलि) हुने भएको छ । धनकुटा बसपार्कस्थित भूपू सैनिक भवनमा जिल्ला अधिवेशनको उद्घाटन हुने पार्टीले जनाएको छ। शनिबार खाँदबारीस्थित होराइजन होटलको सभाहलमा संखुवासभा जिल्ला समितिको अधिवेशन हुने भएको छ।विराटनगरस्थित मारवाडी सेवा सदनको सभा हलमा वैशाख २९ र ३० गते जसपा नेपालको मोरङ जिल्ला अध

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 340 पटक पढिएको
  • प्रशासन शाखा प्रमुखमाथि वडाध्यक्षले गरे हातपात, ४ संगठनले ध्यानाकर्षण बुझाउँदै वडाध्यक्षलाई कारबाहीको माग गरे

     काठमाडौं— वडाध्यक्षले प्रशासन शाखा प्रमुखमाथि हातपात गरेपछि पोखरा महानगरपालिकाका कर्मचारीले सेवा ठप्प पारेका छन् । वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीले मङ्गलवार प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रशासन महाशाखा प्रमुख ईश्वरीप्रसाद पोख्रेललाई हातपात गरेका हुन् ।महानगरपालिकाका कर्मचारीलाई तालिममा पठाउँदा सल्लाह नगरेको भन्दै आफूमाथि हातपात गरेको प्रशासन शाखा प्रमुख पोख्रेलले बताए । प्रशासकीय अधिकृतको कार्यकक्षमा पुग्ने बित्तिकै वडाध्यक्षले अपशब्द बोल्दै हातपात गरेको उनको आरोप छ । वडाध्यक्षले उक्त समयमा मादक पदार्थसमेत सेवन गरेको पोख्रेलको दाबी छ ।उक्त घटनाका विषयमा कर्मचारी सम्बद्ध

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • 474 पटक पढिएको
  • वीर अस्पताल १३५ बर्षमा, राष्ट्रपतिले गरे प्रशंशा

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पु¥याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न हाम्रो ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।राष्ट्रपति रामचन्द्र पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३ औँ वार्षिकोत्सव समारोहलाई मङ्गलबार यहाँ सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् । “हाम्रो संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षाजस्ता आधारभूत आवश्यकताको प्रत्याभूतिको व्यवस्था सुनिश्चित गरेको छ, संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पु¥याउन र स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्न हाम्रो ध्यान केन्द्रित

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • 355 पटक पढिएको
  • जसपाका अध्यक्ष यादव भन्छन नीति तथा कार्यक्रमको कर्मकाण्डी धान्नु बाहेक कुनै औचित्य छैन

    काठमाडौं— जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नीति तथा कार्यक्रमको कुनै औचित्य नरहेको बताएका छन् ।मंगलबारको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले नीति तथा कार्यक्रम कर्मकाण्डी धान्नु बाहेक अरु औचित्य नरहेको जिकिर गरे ।उनले नीतिगत आधारमा हेर्दा एक ठाउँमा समाजवाद उन्मुख भन्ने शब्द प्रयोग भएपनि समष्टिगत रुपमा नीति र कार्यक्रम पढ्दा यसको उद्देश्य र गन्तव्य नवउदारवादतर्फ रहेको बताए । उनले नवउदारवाद र समाजवाद एक अर्काका विपरित भएको बताए ।अध्यक्ष यादवले भने, ‘नीति तथा कार्यक्रम वास्तवमा कहिले कहाँबाट शुरु भएर

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • 469 पटक पढिएको
  • राजसंस्थाको ‘सिनो गन्हायो’: धनराज गुरूङको संसदमा ज्वालामुखी जस्तो टिप्पणी

    काठमाडौं — नेपाली कांग्रेसका सांसद धनराज गुरूङले प्रतिनिधिसभामा यस्तो धमाकेदार अभिव्यक्ति दिएका छन्, जसले राजनीतिक वृत्तमा बहसलाई तातो बनाइदिएको छ। मंगलबार, सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि संसदमा बोलेका गुरूङले राजसंस्थालाई 'मरिसकेको बाघ' को संज्ञा दिँदै कटाक्ष गरेका हुन्।"२०६२/६३ सालको जनआन्दोलनमा जनताले लखेट्दै लखेट्दै भीरबाट लडाएर मारेको बाघ हो राजसंस्था। अब केही मान्छे त्यसलाई काँधमा बोकेर ‘यो त जिउँदै छ’ भन्छन् भनेर हामी पनि झुक्किनु हुँदैन," गुरूङले स्पष्ट शब्दमा भने।उनले अगाडि थपे, "मरिसकेको बाघको सिनो बोक्ने मान्छेको काँध त गन्हाउँछ नै। हामीले पनि त्यस्तो सिनोलाई लात्ताले

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • 411 पटक पढिएको
  • वैशाख २५ गते गृहमन्त्रीले रेशम चौधरी पक्राउबारे जवाफ दिने

    काठमाडौं— नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको गिरफ्तारीबारे गृहमन्त्री रमेश लेखकले वैशाख २५ गते संसदमा जवाफ दिने भएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरेले सो जानकारी गराएका हुन् ।जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसदसहित प्रतिपक्षी अन्य दलका सांसदले पनि रेशमको चौधरीको गिरफ्तारीबारे सरकारले जवाफ दिनुपर्ने भन्दै ध्यानाकर्षण गराएका थिए । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले बैठकमा उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सदनमा जवाफ दिन सरकारलाई रूलिङ गरे ।यद्यपी, जनमत पार्टी र नाउपाका सांसदले मिति तोक्न माग गर्दै उठेर विरोधलाई निरन्तरता दिए । त्

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • 484 पटक पढिएको
  • सूर्य पश्चिमबाट उदाउला,तर माओवादीसँग मिल्न सक्दैनौं,एमाले नेता थापा

    काठमाडौं — नेकपा (एमाले) का नेता तथा प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले माओवादी केन्द्रसँग पुनः कुनै पनि हालतमा गठबन्धन नबन्ने दाबी गरेका छन्। एउटा कार्यक्रकमा  कुरा गर्दै उनले तीव्र रुपमा भने, “सूर्य पश्चिमबाट उदाए पनि माओवादीसँगको गठबन्धन असम्भव छ।”क्षेत्रीले अहिलेको सरकारलाई अस्थिर बनाउन प्रचण्ड नेतृत्वको प्रयास अस्वीकार्य रहेको स्पष्ट पारे। “सरकार तासको पत्ताजस्तो फेरिरहने काम भयो भने देश झन् अस्थिरतामा जान्छ,” उनले चेतावनी दिए।उनले माओवादी अध्यक्ष प्रचण्डमाथि कटाक्ष गर्दै भने, “प्रचण्डजी अघोरी बाबा बन्न खोज्न आवश्यक छैन। काँधमा राखेर सत्तामा पुर्‍याएका एमाले–कांग्रे

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • 507 पटक पढिएको
  • रेशम चौधरी पक्राउबारे नाउपाले माग्यो प्रधानमन्त्रीको जवाफ, जवाफ नदिए सरकारबाट बाहिरीने चेतावनी

    काठमाडौं— दुवै पार्टी बिच एकता हुने भनिएकै दिन फिल्मशैली पक्राउबारे नाउपाले प्रधानमन्त्रीसंग जवाफ माग गरेको छ । आफ्नो पार्टीका सांसद रेशम चौधरी पक्राउबारे मन्त्रीसंग जवाफ माग गरेको हो । सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद लालवीर चौधरीले भोलिको बैठकमा रेशम चौधरी पक्राउबारे जवाफ नदिए सरकार छाड्ने चेतावनी समेत दिएका छन् ।‘वैशाख १७ गते नाउपा र जनमत पार्टीको एकता प्रक्रिया अघि बढिरहेका बेला सांसद रेशम चौधरीलाई अपहरण गरेर डिल्लीबजार पुर्‍याइयो’, चौधरीले भने, ‘जुन पुर्जीका आधारमा उहाँलाई पक्राउ गरियो, त्यसलाई फर्जी भनिएको छ । तर सरकारले जवाफ दिएको छैन । प्रधानमन्त्रीले भोलिको बैठकमा जवाफ दिनु भएन

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • 541 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.