राजनीति

    Showing 5,371-5,380 of 10,435 items.
  • काङ्ग्रेसले सरकारको आलोचना गरेको भन्दै संसदमा एमालेले विरोध जनायो

    काठमाडौं— नेपाली काङ्ग्रेसका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचना गरिरहेको भन्दै एमालेले संसदमा विरोध जनाएको छ ।एमालेका सांसद सुर्य थापाले गठबन्धन सरकारको मर्म र मान्यतालाई विर्सिएर काङ्ग्रेसका नेताहरूले एमाले नेतृत्वको गठबन्धन सरकारमाथि प्रहार गरिरहेको भन्दै विरोध जनाएका हुन् ।काङ्ग्रेसका नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सरकारको कार्यशैली सच्याउनुपर्ने भन्दै सरकारको प्रखर आलोचना गरिरहेका छन् । उनीहरूले पार्टीको आन्तरिक प्रतिस्पर्धालाई राष्ट्रिय राजनीति र सरकारतर्फ सोझाएको भन्दै उनले आपत्ति जनाएका हुन् ।

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • 437 पटक पढिएको
  • पूर्वमन्त्री चौधरी जनमत पार्टीमा प्रवेश

    काठमाडौं— पूर्वमन्त्री दानबहादुर चौधरी जनमत पार्टीमा प्रवेश गरेका छन्। आइतबार जनमत कपिलवस्तुले मायादेवी गाउँपालिकाको पकरी चौकस्थित युके होटलमा आयोजना गरेको अगुवा नेताकार्यकर्ता भेटघाट कार्यक्रममा उनी जनमत पार्टीमा प्रवेश गरेका हुन्। कपिलवस्तुका दिग्गज राजनीतिकर्मी मानिने पूर्वमन्त्री चौधरीसहित पिछडावर्गका राष्ट्रिय उपाध्यक्ष विनोद चौधरी पनि जनमतमा प्रवेश गरेका छन्। उनीहरू दुबै जनालाई जनमतका अध्यक्ष डा. सीके राउतले खादा माला लगाएर स्वागत गरे। 

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • 356 पटक पढिएको
  • पाटन संयुक्त क्याम्पसमा नेवि संघको प्यानल नै विजयी

    काठमाडौं— त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसमध्ये पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी सङ्घका रोहित कपालीको प्यानल नै निर्वाचित भएको छ ।कपालीले ९०६ मत प्राप्त गरे । यस्तै उनका प्रतिस्पर्धी तीलकबहादुर कुमालले ३६५ मत पाए ।दीपक कुमार रानामगरले १५३ मत पाउँदा अन्य ८ जना उम्मेदवारले सय मत पनि कटाएनन् ।यस्तै सचिवमा रुपक न्यौपाने विजयी भएका छन् । उनले ५४७ मत ल्याएका छन् भने नितिन पाण्डेयले ४८६ मत पाए । टीकाराम खत्रीले ४५६ मत पाए ।कोषाध्यक्षमा प्रज्वल तामाङ विजयी भए । उनले ५९२ मत ल्याए ।

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 454 पटक पढिएको
  • सिम्रौनगढका मेयरले नगद नपाएपछि अफिसर कुटे भन्ने समाचार बाहिरिए पछि यसो भन्छन् मेयर

    बारा - मधेश प्रदेशस्थित स्थानीय निकायमा कतिसम्म बेथिती बढेको छ भने त्यसको उदाहरण बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाको अवस्थाले देखाइरहेको छ। सिम्रौनगढका मेयरको मौखिक आदेशमा लाखौंको भुक्तानी नदिँदा प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरिएको घटना सार्वजनिक भएको छ । यसअघि पनि मेयरको स्वार्थ पूरा नहुँदा त्यहाँका योजना प्रमुखलाई समेत मेयरका छोरा र समर्थकहरुले कुटपिट गरेका थिए ।कानुन विपरीत बिना शीर्षक भुक्तानी नगरेपछि मेयर किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवाललाई कुटपिट गरेका हुन् । गत १६ गते आदर्शकोतवाल गाउँपालिका कोतवाली चोकस्थित जानकी आयल नजिकै निजी निवासमा मेयर कलवारले बोल

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 509 पटक पढिएको
  • डा. मुकुल ढकाल हिरासतमा रहेको दुर्गा प्रसाईँ र रबिन्द्र मिश्र सङ्गको भेटवार्ता पछि यसो भन्छन्...

    काठमाडौं : हिरासतमा रहेको दुर्गा प्रसाइ र रबिन्द्र मिश्रलाइ रास्वपा पुर्व महामन्त्री मुकुल ढकालले हिरासतमा भेटेपछि यसो भन्छन्; "आज रविन्द्र मिश्र र दुर्गा प्रसाईलाई हिरासतमा भेटे । दुवैजना स्वस्थ हुनुहुन्छ, र उहाँहरूको आत्मबल पनि उच्च छ । "गोलि ठोक" भनेर १७००० मार्ने प्रचण्ड त खुलेआम राजनीति गरेर हिँडिरहेका छन् । चैत्र १५ गतेको आन्दोलनका क्रममा राज्यको घुसपैठ र हस्तक्षेपका कारणले २ जनाको ज्यान जाने गरि दु:खद घटना घट्यो । पूर्णत: राजनीतिक मुद्दा भएकाले उहाँहरू पनि सम्मानित अदालतले न्याय दिनेमा, छिट्टै छुट्नेमा आशावादी हुनुहुन्छ , म पनि आशावादी छु । चैत्र १५ गतेको आन्दोलनको निष्पक्ष छानविन

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 654 पटक पढिएको
  • नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

    काठमाडौं— सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्नेछ ।एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम शुक्रबार संसदमा प्रस्तुत गरेपछि पार्टीको धारणा बनाएर संसदको छलफलमा सहभागी हुनका लागि बैठक बोलाइएको जनाइएको छ ।सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमा सोमबारदेखि संसदमा निरन्तर छलफल हुनेछ ।

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • 281 पटक पढिएको
  • आज सङ्घीय संसद्को संयुक्त बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने

    काठमाडौं— सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार (आज) सङ्घीय संसद्मा प्रस्तुत हुँदैछ ।राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक आज दिउँसो ३ः०० बजेका लागि बोलाइएको छ ।सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार संयुक्त बैठकको सम्भावित कार्यसूची तय भएको छ । नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।सभामुख देवराज घिमिरेले दिनको २ बजेर ४५ मिनेटभित्र प्रतिनिधिसभाका सदस

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 302 पटक पढिएको
  • पूर्वप्रधानमन्त्री खनाल भन्छन श्रमिक वर्गले परिवर्तनको नेतृत्वदायी भूमिका खेल्न सक्छन्

    काठमाडौं— पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालका समस्त श्रमजीवी जनताका मुक्तिका निम्ति तथा अग्रगति, प्रगतिका निम्ति अझ ठुला सफलताहरू प्राप्त गर्न सकियोस् भन्दै अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिएका छन् । श्रमिक वर्गले नै नेपाली समाजको क्रान्तिकारी रूपान्तरण र परिवर्तनको नेतृत्वदायी शक्तिको भूमिका खेल्न सक्ने भन्दै उनले देशमा श्रमिक वर्गले आफ्नो अग्रदूत नेपाल कम्युनिस्ट पार्टी मार्फत नेपालको पुँजीवादी–जनवादी क्रान्तिलाई सफलतापूर्वक सम्पन्न गरिसकेको उल्लेख गरेका छन् । देशमा पुँजीवादी क्रान्ति भएको पनि १९ वर्ष भइसकेको भए पनि जनताको आर्थ

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • 370 पटक पढिएको
  • महाधिवेशनसम्ममा सदस्यता सङ्ख्या सात लाख ५० हजार पुर्याउने एमालेको लक्ष्य

    काठमाडौं— नेकपा (एमाले)ले पार्टीको आगामी विधान महाधिवेशनसम्ममा सदस्यता सङ्ख्या सात लाख ५० हजार पुर्याउने जनाएको छ ।एमालेले यस वर्षलाई पार्टीको आन्तरिक जीवनको वर्षको रूपमा लिएको जनाउँदै सङ्गठन विभाग सचिव माधव ढुङ्गेलले पार्टीको विधान महाधिवेशनसम्म पार्टी सदस्यता कुल मतदाताको ६ प्रतिशत पुर्याउने लक्ष्य लिएको बताए ।नका अनुसार पार्टी सदस्यता यही वैशाखभित्र प्रदेश कमिटीलाई पठाउन निर्देशन दिएको छ । “नयाँ पार्टी सदस्यता र नवीकरण यही वैशाखभित्र सम्पन्न गरी प्रदेश कमिटीलाई बुझाउन जिल्ला कमिटीलाई निर्देशन दिएका छौँ,” उनले भने, “त्यसपछि जेठको पहिलो सातासम्म प्रदेश कमिटीले केन्द्रीय कार्यालयमा सदस्यता विव

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • 341 पटक पढिएको
  • प्रधानमन्त्री भन्छन रोजगारीका सबै अवसर आमनागरिकसम्म पुग्नुपर्छ

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका सबै अवसर आमनागरिकसम्म पुग्नुपर्ने बताएका छन् । १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बिहीबार ९वैशाख १८० श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित कार्यक्रममा उनले वैदेशिक रोजगारमा देखापरेका चुनौती नियन्त्रण गर्नुपर्ने पनि बताए ।“श्रम बजारको विकास गर्न तालिम होस् या उद्यमशीलता विकास होस् या सहुलियतपूर्ण कर्जाहरू हुन्, सरकारले उपलब्ध गराउने सबै श्रम तथा रोजगार सेवाहरूलाई जनताको घरदैलोमा पुर्‍याउनका लागि र श्रम, रोजगार तथा सामाजिक सुरक्षाका सम्पूूर्ण सेवालाई सबै नेपालीको पहुँचमा पुुर्‍याउन ‘श्रमसंसार’ पोर्टललाई निकट भविष्यमा ना

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • 335 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.