काठमाडौं/ सरकार जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीले चलखेल सुरु गरेका छन् । प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरसँग सोमबार विहान वालुवाटारमै छलफल गरेको स्रोतले बताएको छ ।जसपा स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अब आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र अलग–अलग भएपछि ओली संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुई दल भन्दा बढीको समर्थनमा प्रधानमन्त्री भन्नुपर्नेछ ।अर्थात अब सदनमा ओलीले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने छ । माओवादी केन्द्रले साथ छोड्दा उनी अल्पमतमा पर्नेछन् । त्यसैले विश्वासको मत लिनका ल
काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट पुनर्स्थापित नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई निर्वाचन आयोगले पत्राचार गर्ने भएको छ । दुबै दलका नाम र चुनाव चिन्हका लागि सम्पर्कमा आउन पत्राचार गर्ने भएको हो ।नेकपा विवाद टुंग्याउने ठूलो सकस पाएको आयोग अदालतको फैसलाबाट सहज बनेको छ । उसले फैसला कार्यान्वयन गर्ने गरी आयोगले पत्राचार गर्ने तयारी गरेको हो ।अदालतको फैसला अनुसार दुबै दललाई पुनः एकीकरण भएर नयाँ नाम लिएर आउन वा साविककै एमाले र माओवादी केन्द्रको नाम दर्ताका लागि प्रक्रिया अगाडि बढाउन आयोगले मौका दिनेछ । एमालेको सूर्य चिन्ह र माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथौडा नै हुनेछ ।
बिर्तामोड/ प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो ।ओली सरकारमा अहिले पूर्वमाओवादी केन्द्रमा रहेकाहरू पनि मन्त्री छन् । यसैबीच सरकारले जारी गरेका केही अध्यादेश पनि संसदमा पेश गर्न बाँकी छ । आइतबारको संसद बैठकमा एउटा अध्यादेश पेस भए पनि बैठक अवरूद्ध भएपछि प्रक्रिया अघि बढ्न सकेको थिएन ।सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) एकीकरण खारेज गरिदिएर पहिलाका नेकपा (एमाले) र माओवादी केन्द्र ब्युँताउने फैसला गरेपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।
काठमाडौं / सर्वोच्च अदालतले नेकपाको आधिकारिक नामका सन्दर्भमा २०७७ फागुन २३ गते गरेको फैसला निर्वाचन आयोगमा कार्यालय समयमा नै पुगेर फागुन २३ गते नै दर्ता भएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता गर्ने आयोगको २०७५ जेठ २३ र २०७५ कात्तिक ९ मा भएको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरिएको सम्बन्धी फैसला प्राप्त भएको जानकारी दिएका थिए । आयोगको विज्ञप्तिमा भनिएको छ, “सर्वोच्च अदालको आदेश एवं फैसलाको जानकारी पठाएको सम्बन्धी पत्रसाथ संलग्न नेपाल कम्युनिष्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टीसँग मिल्ने गरी नेपाल कम्युनिस्ट पार्टी (
विराटनगर / सर्वोच्च अदालतको फैसलापछि नेकपाको दुई समुहमा विवाद जारी रहेकै बेला ओली समुहका कार्यकर्ताले विराटनगरको पान्चाली स्थित कार्यालय कब्जा गरी एमाले व्युतिएको सार्वजनिक रुपमा घोषणा गरेका छन् । ओली पक्षीय समुहले विराटनगरमा रहेको नेकपाको कार्यालयमा बोर्ड नै समेत परिवर्तन गरेका छन् । आईतवार सर्वोच्च अदालतको आदेश लगत्तै पुर्व एमाले व्यतिएको भन्दै उनीहरुले विराटनगर–१२ मा रहेको नेकपाको कार्यालय कब्जा गरी एमालेको वोर्ड नै परिवर्तन गरेर नेकपा (एमाले) पार्टी संचालनमा आएको सन्देश दिएका हुन् ।नेकपाको अर्को समुह प्रचण्ड – नेपाल समुहले भने ओली समुहको यो हर्कत लाजमर्दो भएको बताएका छन् ।
बिर्तामोड / नेपाली फिल्मकी चर्चित अभिनेत्री रेखा थापाले नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेट गरेकी छन् । उनले समाजिक संजाल फेसबुकमा भेटको एक तस्विर सार्वजनिक गर्दै भेटको बारेमा जानकारी दिएकी हुन् ।केही दिन अगाडि सरकारसँग वार्ता र सम्झौता गर्दै शान्तिपूर्ण राजनीतिमा आएका ‘विप्लव’ र रेखाबीच किन भेट भयो भन्नेबारे चासो हुनु स्वाभाविक हो । उसो त सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाएपछि रेखाले विरोध समेत गरेकी थिइन् । यहीबीचमा उनको भेटवार्तालाई लिएर विभिन्न आकलन र टिकाटिप्पणी भइरहेको बेला रेखाले ‘विप्लव’सँगको आफ्नो भेटलाई राजनीतिक रुपमा नहर्ने आग्रह गरेकी छन् । ‘‘विप्लव’सँ
बिर्तामोड/ पुर्व राजा ज्ञानेन्द्र शाह र भारतीय प्रधानमन्त्री एउटै समयमा भारतको पश्चिम बंगाल क्षेत्रमा पुगेपछि यो भ्रमणलाई राजनितिक वृत्तमा शंकाको नजरले हेर्न थालिएको छ । शाह आकस्मिक रुपमा भारत भ्रमणमा निस्किए लगत्तै भारतीय प्रधानमन्त्री सहित सत्तारुढ भारतीय जनता पार्टीका शिर्ष नेताहरुको पनि सोही क्षेत्रमा चहलपहल बढ्ने भएपछि यो भ्रमणलाई नेपालको राजनितिमा शंकाको नजरले हेर्न थालिएको हो ।नितान्त पारिवारीक अनि निजी भेट र भ्रमणका लागि भन्दै गएका शाह उनी निकटको समुह भारतको पश्चिम बंगालमा नै रहेका वेला सोहि क्षेत्रमा भारतीय सत्तारुढ दलका प्रभावशाली नेताको उपस्थिति देखिनु र प्रधानमन्त्री मोदी समे
काठमाडाैं / नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा पार्टी विवादबारे सर्वोच्चको फैसला अपेक्षा गरे भन्दा फरक आएको बताएका छन् ।सर्वोच्चले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई त्रुटिपूर्ण भन्दै बदर गरिदिएको सम्बन्धमा सिंहदरबार परिसरमा पत्रकारसँग संक्षिप्त प्रतिक्रियाका क्रममा उनले उक्त धारणा व्यक्त गरेका हुन् ।दाहालले भने- ‘सर्वोच्चको फैसला अध्ययन नगरी टिप्पणी गर्ने बेला भएको छैन । फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएकाे छ ।’नेपाल कम्युनिस्ट पार्टीका संयोजक ऋषिराम कट्टेलले आफूहरूको नाम जुधाई नेपाल कम्युनिस्ट प
काठमाडौं । सर्वोच्च अदालतले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णय त्रुटिपूर्ण भन्दै बदर गरिदिएको छ ।सर्वोच्चको यस निर्णयसँगै हाल दुई खेमामा विभाजित नेकपामाथिको दाबी विवाद झनै जटिल बनेको छ । अब दुवै खेमा मिलेर पार्टीको मूल नामको पछाडि अर्को शब्द झुन्ड्याउनुपर्नेछ ।सर्वोच्चको यस फैसलासँगै निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई नाम परिवर्तनका लागि बोलाउनेछ । त्यसका लागि दुई अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड र महासचिवमा विष्णु पौडेल भएको पार्टी नै आधिकारिक निर्णय गरेर आयोगमा जानुपर्नेछ ।नाम परिवर्तन गर्दा विधानसमेत प
काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषि कट्टेललाई दिएको छ ।आइतबार न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदनमा फैसला गर्दै नेकपाको आधिकारिकता उनलाई दिएको हो ।सर्वोच्चको फैसलासँगै वर्तमान सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) खारेज भएको छ । अब सत्ताधारी नेकपाले अर्को दल दर्ता गर्नुपर्ने हुन्छ ।तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भएपछि आफ्नो पार्टीसँग मिल्दो नाम राखेको भन्दै ऋषिराम कट्टेलले २१ मंसिर २०७५ मा निर्वाचन आयोगमा मुद्दा दर्ता गरेका थिए ।आयोगले कट्टेलको पार्टीको नामको छोटकरी रुप (न
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.