झापा । नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशन आगामी चैत १५ र १६ गते बिर्तामोडमा हुने भएको छ । एमाले जिल्ला कमिटीको फागुन २६ गते बसेको नवौं पूर्ण बैठकले अधिवेशनको मिति टुङ्गो लगाएको हो।

बैठकले अधिवेशनको तयारी सुरु गर्ने निर्णय गर्दै आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । जिल्ला अधिवेशनमार्फत एमाले झापाको नयाँ नेतृत्व चयन हुन लागेको हो । अधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गर्ने छन ।Messenger_creation_bf52db5f-375a-4ea7-ae02-a6f906098734FB_IMG_1710036550523

एमाले झापाको अध्यक्षमा प्रेम गिरी र शिव ढुङ्गेल आकांक्षी रहेका छन् । गिरि झापाको कार्यबाहक अध्यक्ष हुन भने ढुङ्गेल झापाको सचिब हुन। गिरि नेताको नजरमा परेपनी कार्यकर्तामाझ कम्जोर देखिएका नेता हुन भने  झापाको जनबर्गिय सङठनहरु अधिकाङ्स युवाहरु भएकाले ढुङ्गेल युवामाझ निकै लोकप्रीय छन त्यसैले झापाको अध्यक्ष हुन उनलाइ सहज देखिएको छ।

नेता,नेतृत्व प्रेम गिरीको पक्षमा देखिएता पनि अधिकांश पालिकाकाे स्थानीय नेता र ग्राउन्डमा भने शिव ढुङ्गेलकाे पकट बलियाे देखिएको छ।