काठमाडौं । फागुन २७ गते राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालयमा एकजना नेतामाथि भएको कुटपिट प्रकरणमा तीनजना निलम्बनमा परेका छन्। डा. ठाकुरमोहन श्रेष्ठमाथि कुटपिटको घटनामा संलग्न भएको आरोपमा तीन कार्यकर्तालाई निलम्बन गरिएको हो।
राप्रपाको केन्द्रीय अनुशासन समितिको सिफारिस बमोजिम राप्रपाले उपाध्यक्ष विक्रम पाण्डेका सहयोगी सहितलाई ४ वर्षका लागि निलम्बन गरेको हो। राप्रपाले उक्त घटनामा संलग्न पार्टीका सहायक महामन्त्री प्रेम बलायर निलम्बनमा परेका हुन्। उनी उपाध्यक्ष पाण्डेका सहयोगी हुन्।
काठमाडौं क्षेत्र नं ४ का क्षेत्रीय अध्यक्ष रिद्धीप्रताप राणा र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई निलम्बन गरिएको राप्रपाले बताएको छ।






































