राजनीति

    Showing 671-680 of 7,637 items.
  • आर्थिक विपन्नताका कारण नेपालीहरुले दुःख पाए : मन्त्री पुन

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आर्थिक विपन्नताका कारण नेपालीहरुले दुःख पाएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले आर्थिक विपन्नताले रोजगारी सिर्जना, बाटो, अस्पताल र विद्यालय निर्माण र सञ्चालनमा समस्या आएको भन्दै नेपालीहरुले पनि दुःख पाएको बताए । उनले भने, ‘आर्थिक विपन्नताले गर्दा देश विकास हुदैँन्, रोजगारी हुदैँन्, बाटोहरु राम्रो बन्दैन्, अस्पतालहरु राम्रो बन्दैन्, राम्रो सेवा पाइदैँन्, विद्यालयहरुलाई सञ्चालन गर्न सकिदैँन् । यस्ता धेरै कुराहरु आर्थिक विपन्नताले हुन्छ र यसले गर्दा नै नेपालीहरुले दुःख पाएको हो । आर्थिक विपन्नतालाई सम्पन्नता

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • 102 पटक पढिएको
  • टुकुचामा निर्माणाधिन ढल प्रशोधन केन्द्रको अवलोकन गर्दै घिसिङले भने : काम चाँडै सकिन्छ

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले टुकुचा स्थित निर्माणाधिन ढल प्रसोधन केन्द्रको स्थलगत अनुगमन गरेका छन् । शनिबार मन्त्री घिसिङले टुकुचास्थित निर्माणाधिन ढल प्रसोधन केन्द्रको अनुगमन गरेका हुन् । अनुगमनको क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री घिसिङले टुकुचा खोलाबाट ढलहरु मिसिएर आउने पानी सफा गरेर मात्र बागमतीमा फाल्ने बताए । ‘यो खेर जाने पानीको प्रसोधन गर्ने ठाउँ हो । टुकुचाबाट ढलहरु मिसिएर आउने सम्पूर्ण पानीलाई सफा गरेर यसबाट निस्केको फोहोरलाई निकालेर सफा पानी बनाई बागमतीमा फाल्छौ । यो एडिबीको सहयोगमा काम भइ

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • 121 पटक पढिएको
  • भदौ २३ र २४ को घटनालाई ‘क्रान्ति’ भनेर महिमा मण्डन गर्नु वुद्धिहीनता : केपी ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ को प्रतिगमनलाई ‘क्रान्ति’ भनेर महिमा मण्डन गर्नु वुद्धिहीनता भएको बताएका छन् । शनिबार नवयुग ई–बुलेटिन शुभारम्भ समारोहमा उनले प्रतिगमन पछिका तीन महिनाको कुरा गर्दा त्यस्तो प्रतिगमन देशका लागि दुर्भाग्य भएको भन्दै यसलाई ‘क्रान्ति’ भनेर महिमा मण्डन गर्नु वुद्धिहीनता भएको बताए । उनले भने, ‘यति धेरै परिवर्तन भएको छ । तैपनि केही मान्छे व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्छन् । वितेको तीन महिनामा चाही परिवर्तन भयो कि । तीन महिनामा परिवर्तन भयो भनेर बौद्धिक व्यक्तित्वहरुको विश्लेषण र तर्क सुन्दा दया लाग्छ । जे होस प्रतिग

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • 129 पटक पढिएको
  • कांग्रेस सुधार अभियान (यु–४०) ले तोक्यो ७७ जिल्लामा संयोजक

    काठमाडौं— नेपाली कांग्रेस सुधार अभियान (यु–४०) ले देशभरका ७७ जिल्लामा संयोजक तोकेको छ। अभियानको केन्द्रीय संयोजन समितिका तर्फबाट पूर्व नेविसंघ केन्द्रीय कोषाध्यक्ष शिव रिमालले शुक्रबार विज्ञप्ति जारी गर्दै जिल्लागत संयोजक घोषणा गरेका हुन्। यस क्रममा रामेछाप जिल्लाको संयोजकमा सुन्दर घिमिरेलाई जिम्मेवारी दिइएको छ।  अभियानले युवा नेतृत्वलाई सशक्त बनाउने उद्देश्यसहित जिल्लागत संरचना विस्तार गरेको जनाएको छ। विज्ञप्तिमा सुधार अभियानले संगठनलाई गतिशील बनाउन र कांग्रेसभित्र सुधारको आवाजलाई संस्थागत गर्ने लक्ष्य रहेको उल्लेख गरिएको छ।

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • 203 पटक पढिएको
  • मधेस प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादव नियुक्त

    जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका सांसद कृष्णप्रसाद यादव नियुक्त भएका छन् । ७७ जना सांसदको समर्थनमा दाबी पेस गरेका यादव मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।गत बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । सात दलीय गठबन्धनले कांग्रेसका कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने सहमति गरेका थिए ।यादवलाई जसपा, जनमत, लोसपा, माओवादी, नेकपा एस र नागरिक उन्मुक्तिका सांसदले समर्थन गरेका छन् । मुख्यमन्त्रीमा नियुक्त भएसँगै एक साताभित्रै विश्वासको मत लिने सात दलीय गठबन्धको तयारी छ । सातै दलका नेताहरूले दाबीपत्रम

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 124 पटक पढिएको
  • ११ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाऔं : बादल

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले पार्टीको आगामी ११ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अहिले प्रतिगामी शक्तिहरूले एमालेको नेतृत्वलाई सिद्ध्याउन चाहेको भन्दै अब नेतृत्वको रक्षा गरेर मात्रै प्रतिक्रान्तिहरुको षड्यन्त्र चिर्न नसकिने बताए । उनले भने, एमालेको ११ औं महाधिवेशन एकताको महाधिवेशन बनाउनुपर्छ । प्रतिस्पर्धाको नामबाट नेतृत्वलाई विस्थापित गर्ने काम गर्नुहुँदैन् । पार्टीलाई एकताबद्ध गर्ने र नेतृत्वको रक्षा गर्नुपर्छ । अहिले प्रतिगामी शक्तिहरूले नेतृत्वलाई सिद्ध्याउन चाहन्छ

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 112 पटक पढिएको
  • प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट

    काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि जापानका राजदूत  मायदा तोरुले शिष्टाचार भेट गर्नुभएको छ ।  आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल–जापान सम्बन्धको ७०औँ वर्षगाँठ मनाउने सन्दर्भका विविध पक्षमा छलफल गर्नका लागि शिष्टाचार भेट गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावतले जानकारी दिनुभयो ।  सो अवसरमा महामहिम राजदूतले सरकारको समयमै चुनाव गराउने सङ्कल्पको सराहना गर्नुका साथै सरकारले चाहेको आवश्यक सहयोग उपलब्ध गराउन जापान सरकार तयार रहेको दोहो¥याउनुभयो । प्रधानमन्त्री कार्कीले जापानले नेपालको विकासलगायत विविध क्षेत्रमा पु¥या

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 260 पटक पढिएको
  • आज ४ बजे सर्वपक्षीय बैठक बस्दै राजनीतिक दलदेखि ‘जेन-जी’ प्रतिनिधिसम्म सहभागी हुँदै

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दैछ।प्रधानमन्त्रीको सचिवालयका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न अपराह्न ४ बजेका लागि बैठक बोलाइएको हो।बैठकमा प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका प्रमुख तथा प्रतिनिधिलाई आमन्त्रण गरिएको छ।साथै, ‘जेन-जी’ प्रतिनिधि, निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरूलाई पनि छलफलमा बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए।सरकारले प्रतिनिधिसभा र राष्

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 392 पटक पढिएको
  • राप्रपाका प्रवक्ता शाहीद्वारा संविधान संशोधन र संवैधानिक राजसंस्थाको माग

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले वर्तमान शासनव्यवस्था असफल भएको भन्दै राजनीतिक तथा संवैधानिक संरचना परिवर्तनको माग गरेका छन् ।शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बेल्दै शाहीले सरकारले जनतालाई रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा दिन नसकेको आरोप लगाउँदै अत्यधिक कर तिर्नुपरे पनि जनताले सुविधा नपाएको बताएका हुन् । उनले भने, ‘जनताले आज रोजगारी पाएका छैनन् । ७५ प्रतिशत कर तिर्दा पनि न शिक्षा पाइएको छ, न स्वास्थ्य पाइएको छ, न सडक सुधारिएको छ, न न्याय पाइएको छ । ति संविधान भित्रका धाराहरु, दफाहरुलाई यदि परिमार्जन गरिँदैन भने भगवान वि

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 365 पटक पढिएको
  • रविलाई भेट्न नख्खु कारागार पुगेका सुदन गुरुङलाई दिए यस्तो जवाफ

    काठमाडौं— गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले बिहीबार बिहानै एकता संवादका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न नख्खु करागार गएका थिए।फेसबुकमार्फत उनले ‘बालेन र कुलमानलाई मिलाएको’ उल्लेख गर्दै भनेका थिए ‘बालेन र कुलमानको एकतापछि, हामीले गरेको बाचा अनुसार आज एकता संवादको लागि रवि लामिछानेसँग भेट गर्दैछौं र उहाँको धारणा पनि सुन्नेछौं।’गुरुङले रविलाई नख्खु कारागारमा भेटपछि उनले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै एकताबारे कुरा भएको सुनाए। उनका अनुसार रविले आफ्नो पार्टीले जेनजीहरुले उठाएको मुद्धामा पूरा साथ दिने बचन दिएका छन्।गुरुङ र रबिको कुराकानी

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 386 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा