राजनीति

    Showing 6,831-6,840 of 10,441 items.
  • अधिकार प्राप्तिका लागि फेरि मधेश आन्दोलन; सीके राउत

    वीरगन्ज । जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले मधेस आन्दोलनका माग प्राप्तिका लागि फेरि आन्दोलनको तयारी भइरहेको बताएका छन् ।शनिबार वीरगन्जमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले यस्तो बताएका हुन् ।उनले विगतमा भएका मधेस आन्दोलनमा मधेसी नेताहरूले गद्धारी गरेका कारण मधेसका माग पूरा नभएकाले ती माग प्राप्तिका लागि फेरि आन्दोलनको तयारी भइरहेको बताए ।२२ जिल्लको एक मधेस प्रदेश, नागरिकता, मधेसीको सम्मान र पहिचान मधेस आन्दोलनको माग भए पनि तीमध्ये कुनै पनि माग पूरा नभएकाले फेरि मधेस आन्दोलनको तयारीमा जनमत पार्टी लागिसकेको राउतको भनाइ छ ।

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • 242 पटक पढिएको
  • सरकारले राम्रो काम गरेपछि भ्रष्टहरू अत्तालिए

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले देश र जनताको हितमा एकपछि अर्को काम गर्न थालेपछि भ्रष्टहरू अत्तालिएको बताएका छन् ।शनिबार दिउँसो नुवाकोटको लाँकुरी भञ्ज्याङमा पञ्चकन्या गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले वर्तमान सरकारले देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरेपछि भ्रष्टहरू अत्तालिएको र विरोधका लागि विरोध गरेको बताए ।‘सिंहदरबारलाई जनताको घरदैलोमा ल्याउन हामीले ठूलो संघर्ष गर्यौं, त्यसको बलमा मात्र सिंहदरबार गाउँघरमा आएको हो, यसले स्थानीय क्षेत्रको विकास र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ,’ प्रधानमन्त्रीले भने, ‘तर एउटा वर्गला

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • 231 पटक पढिएको
  • आम जनता पार्टीका दुई संगठनबीच एकता

    काठमाडौँ । प्रभु साह नेतत्वको आम जनता पार्टीका दुई भातृ संगठनबीच एकता भएको छ ।शनिबार नेपाल क्रान्तिकारी ट्रेड युनियन फेडरेशन र आम ट्रेड युनियन महासंघबीच एकता भएको अध्यक्ष साहले बताए । सो अवसरमा दुईटै संगठनहरूको संयुक्त केन्द्रीय समितिको बैठक पनि बसेको छ।

    • प्रकाशित मितिः जेठ २७, २०८०
    • 158 पटक पढिएको
  • वामदेव गौतमको एमालेमा जाने तयारी गर्दै

    काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमालेले बोलाए आफु र केहि नेताहरु एमालेमा एकीकृत हुन जाने बताएका छन्।बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले पार्टीमा समावेश हुन बोलाए अहिलेको अवस्थामा नै एमालेसँग एकीकृत हुन जाने बताएका हुन्।उनले यसअघि आफुलाई नै रोक्नका लागि ७० बर्षे उमेरहद ल्याएको तर्क गरे। ७० बर्षे उमेरहद नहटाए एमालेमा अनुभव व्यक्तिहरु बाहिरिनुपर्ने अवस्था आउने उनले बताए। गौतमले आफु छाडेको कहिल्यैपनि नभनेको र पार्टी सदस्यता अहिले पनि एमालेमै रहेको उल्लेख गरे।उनले नेकपा एमाले आफुसँग नभएकाले पार्टी भएकाले नै पार्टीले नै औपचारिक रुपमा बोलाउनु

    • प्रकाशित मितिः जेठ २५, २०८०
    • 232 पटक पढिएको
  • नक्साबारे बंगलादेशले भारतसँग स्पष्टीकरण माग्ने, नेपालमा दलहरू घोचपेचमै व्यस्त

    काठमाडौं । भारतको नयाँ संसद भवनमा राखिएको अखण्ड भारतको नक्साप्रति आपत्ति जनाउँदै बंगलादेशले भारतलाई स्पष्टीकरण तयारी गरेको छ । बंगलादेशले नक्साबारे भारतीय विदेश मन्त्रालयसँग स्पष्टीकरण माग गर्न दिल्लीस्थित आफ्नो मिसनलाई निर्देशन दिइसकेको छ।नक्साकाबारेमा नेपाल र पाकिस्तानमा समेत व्यापक विरोध भइरहेको छ । नक्सामा नेपाल, बंगलादेश र पाकिस्तानका केही भूभागसमेत सामेल गरिएको छ । नक्साले बंगलादेशको स्वतन्त्रता र सार्वभौमिकताको लागि खतरा उत्पन्न गराएको बंगलादेशले बताएको छ ।नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड केही दिनअघि आफैँ भारत भ्रमणबाट फर्किएका छन् । भ्रमणका क्रममा प्रचण्डले नक्साबारे नबोले

    • प्रकाशित मितिः जेठ २४, २०८०
    • 450 पटक पढिएको
  • माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने

    काठमाडौँ । माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ। विराटनगरमा मंगलबार बसेको पार्टीका प्रदेश पदाधिकारी र संसदीय दलको संयुक्त बैठकले कोशी प्रदेश सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो।बैठकले कोशी प्रदेश सरकारमा रहेका मन्त्रीहरुलाई मंगलबार राजीनामा दिन निर्देशन दिँदै फिर्ता बोलाइएको छ। कोशी प्रदेश सरकारमा माओवादीबाट दुर्गा चापागाईँ भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन्।

    • प्रकाशित मितिः जेठ २३, २०८०
    • 545 पटक पढिएको
  • एमालेमा ७० वर्षे उमेरहद हट्यो

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफनो पार्टीको विद्यानमा रहेको ७० वर्षे उमेरहद हटाउने निर्णय लिएको छ । यो निर्णय पार्टीको सचिवालय बैठकले गरेको हो ।एमालेको सचिवालयको पछिल्लो बैठक जेठ १९ गते बसेको थियो । यही बैठकले यस्तो निर्णय गरेको एमालेका एक पदाधिकारीले  बताए ।यसलाई पार्टीको केन्द्रीय समिति र विद्यान महाधिवेशनमा लगेर पारित गराउन बाँकी छ । तर सचिवालयले उमेरहद हटाउने निर्णय गरेसँगै अब अध्यक्ष केपी ओलीलाई फेरि अध्यक्ष बन्ने बाटो खुल्ला भएको छ । त्यस्तै एमालेका अहिलेका धेरैजसो पदाधिकारीलाई फेरि एमालेको नेतृत्वमै रहन पाउने गरी बाटो खुल्ला गरिएको छ ।एमालेको काठमाडौंमा भए

    • प्रकाशित मितिः जेठ २३, २०८०
    • 465 पटक पढिएको
  • मधेस प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक

    काठमाडौँ । मधेस प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज बसेको प्रदेशसभा बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।बैठकमा मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले अगामी आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

    • प्रकाशित मितिः जेठ २३, २०८०
    • 314 पटक पढिएको
  • आइतबार स्थगित दुवै सदनको बैठक आज बस्दै

    काठमाडौँ । विपक्षी राजनीतिक दलले गरेको अवरुद्ध पारेपछि आइतबार स्थगित गरिएका संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।आइतबारको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरू एमाले, रास्वपा र राप्रपाका सांसदहरूले निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गरेर असंवैधानिक काम गरेको, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विवादास्पद रहेको र अदालतको फैसलाको पूर्ण पाठ नआउँदै कैदीलाई आममाफी दिएको विषयमा विरोध जनाउँदै बैठक अवरुद्ध गरेका थिए ।  बैठक सञ्चालनको प्रयास विफल भएपछि सूचना टाँस गरेर सोमबारसम्मका लागि बैठक सारिएको थियो । अवरुद्ध संसद् खुलाउन सभामुख घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतक र सचेतकस

    • प्रकाशित मितिः जेठ २२, २०८०
    • 291 पटक पढिएको
  • प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक एक घण्टाका लागि स्थगित

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायत प्रतिपक्षी दलहरूले संसद बैठक अवरोध गरेका छन् । प्रतिनिधि सभा बैठक सुरू हुनासाथ दलहरूले उठेर संसद अवरोध गरेका हुन् ।राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेको भन्दै एमाले, रास्ववा, राप्रपा लगायतका दलले बैठक अवरोध गरेका हुन् ।एमाले प्रमुख सचेतक पदम गिरीले निष्क्रिय भइसकेको विधेयकलाई असंवैधानिक ढंगले प्रमाणीकरण गरको भन्दै आपत्ति जनाए ।सभामुखको पटक पटकको आग्रहपछि पनि अवरोध नखुलेपछि बैठक एक घण्टाका लागि स्थगित गरिएको छ 

    • प्रकाशित मितिः जेठ २१, २०८०
    • 158 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.