राजनीति

    Showing 6,911-6,920 of 10,441 items.
  • उपराष्ट्रपति रामसहायप्रसाद यादबले आज शपथ लिँदै

    झापा ।  नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणको कार्यक्रम तय भएको छ ।यादव यही चैत्र ३ मा उपराष्ट्रपति पदनमा निर्वाचित भएका थिए । निर्वाचनमा यादवले ३० हजार ३२८ मतभार प्राप्त गरेका थिए ।यादवले आइतबार पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन् । साथै उनले सांसद पदबाट पनि राजीनामा दिएका छन् ।

    • प्रकाशित मितिः चैत ६, २०७९
    • 125 पटक पढिएको
  • प्रधानमन्त्रीले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा.भरतराज गौतमले जानकारी दिए ।बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले विश्वासको मत लिनेछन् । नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारको समर्थन फिर्ता लिएपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । कुल २७५ सदस्यीय संसद्बाट विश्वास पाउन प्रधानमन्त्रीलाई १३८ मत चाहिन्छ ।गएको पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले पुस २६ गते २६८ सांसदबाट विश्वासको मत पाएका थिए ।

    • प्रकाशित मितिः चैत ६, २०७९
    • 153 पटक पढिएको
  • देशभरका ३५ साना क्याम्पसको मतगणना सकियो, स्ववियु निर्वाचनमा अनेरास्ववियु बर्चस्व

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा आइतबार भएको निर्वाचनको प्रारम्भिक मतपरिणाम आउँन थालेको छ । विशेषगरी कम विद्यार्थी संख्या भएका सम्बन्धन प्राप्त कलेजहरुको नतिजा आएको हो ।बिहान ८ बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो । ३ सय भन्दा कम मतदाता भएका कलेजको भने परिणाम पनि आइसकेको छ । आइतबार साँझ साढे ६ बजेसम्म प्राप्त मतपरिणाम अनुसार २० वटा क्याम्पसमा सभापति जितेर एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा छ ।त्यस्तै माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले ७ वटा क्याम्पसमा सभापति जितेको छ भने नेपाली कांग्रेसनिकट नेविसंघले ३ र नेकपा एसनिकट अनेरास्

    • प्रकाशित मितिः चैत ५, २०७९
    • 163 पटक पढिएको
  • बिराटनगर तनावग्रस्त , ४ जना पक्राउ

    कोशी । कोशी प्रदेशको नामकरणलाई लिएर विराटनगर तनावग्रस्त बनेको छ । भूगोलका आधारमा प्रदेशको नाम राखेर पहिचान नामेट गरिएको भन्दै प्रदर्शनकारीहरु आज सडकमा उत्रिएका छन् ।प्रदर्शनकारीहरुले प्रदेशको नाम सच्याइनुपर्ने माग राख्दै विराटनगरमा निषेधित क्षेत्र तोडेर मुख्यमन्त्री कार्यालय नजिकै प्रदर्शन गरेका छन । प्रहरीले प्रदर्शनकारीमध्ये चार जनालाई पक्राउ गरिएको छ भने पक्राउसँगै भीड नियन्त्रण गर्न असमर्थ भएको प्रहरीले एक दर्जन अश्रुग्यास र ३ राउन्ड हवाई फायर गरेको छ ।प्रदेशसभाले फागुन १७ गते विरोधका बीच बहुमतले प्रदेशको नाम कोशी पारित गरेको थियो । बाहिर निषेधाज्ञा नै जारी गरेर प्रदेशको नाम कोशी पारित भएप

    • प्रकाशित मितिः चैत ५, २०७९
    • 361 पटक पढिएको
  • नेकपा एसका असन्तुष्ट कार्यकर्ताले गरे पार्टी परित्याग

    कोशी । नेकपा एकीकृत समाजवादीका जिल्ला तहका नेताले पार्टी परित्यागकाे घोषणा गरेका छन् ।नेकपा एस दाङ–१ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री मेटमणी चौधरी र जिल्ला अध्यक्ष शुरामणि बेलवासेको गतिविधिप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय परिषद् सदस्य मिना गुरुङसहितले एस परित्याग गरेका हुन । यसरी पार्टी परित्याग गर्नेमा चाैधरीका प्रमुख स्वकीय सचिव भुमाण्डव केसीलगायत छन् ।यसरी पार्टी परित्याग गर्नेहरुमा मिना गुरुङ, भुमाण्डव केसी, गौरसिंह महरा, केन्द्रीय परिषद् सदस्य मिना गुरुङ, प्रदेश सदस्य सीता चौधरी, जिल्ला सचिवालय सदस्य तथा लमही नगर अध्यक्ष हिमाल अधिकारी, जिल्ला सचिवालय सदस्य तथा लमही सचिव रमेशमान रोका

    • प्रकाशित मितिः चैत ५, २०७९
    • 364 पटक पढिएको
  • विश्वासकाे मतबारे निर्णय गर्न, कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

    काठमाडौं । नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बिहान साढे १० बजे बैठक बस्न लागेकाे मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।बैठकमा राष्ट्रपति र उपराष्ट्रपति चुनावकाे समीक्षा, सरकारलाई दिने विश्वासकाे मत, सरकारमा सहभागिता लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएकाे छ ।बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो) संशोधन विधेयक, २०७९ बारे पनि औपचारिक निर्णय हुनेछ । शनिबार बसेकाे १० दलय गठबन्धनकाे बैठकले टीआरसी विधेयक सदनमा पेस गर्नका लागि एकमत भएर उभिने निर्णय गरेकाे थ

    • प्रकाशित मितिः चैत ५, २०७९
    • 229 पटक पढिएको
  • बालुवाटारमा सत्ता गठबन्धनको बैठक सम्पन्न

    काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका १० दलका शीर्ष नेताको बैठक सम्पन्न भएको छ।बैठकमा आइतबार  संसदमा प्रस्तुत गर्ने विधेयक र सोमबार चैत्र-६ गते सरकारले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको छ।

    • प्रकाशित मितिः चैत ४, २०७९
    • 209 पटक पढिएको
  • संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले तेस्रो उपराष्ट्रपति रामसहायप्रसाद यादव विजयी

    झापा । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले तेस्रो उपराष्ट्रपति पाएको छ । शुक्रबार संघीय संसद् भवन नयाँ वानेश्वरमा भएको निर्वाचनबाट रामसहायप्रसाद यादव विजयी भएसँगै देशले तेस्रो राष्ट्रपति पाएको हो । गठबन्धन दलको तर्फबाट उमेदवार बनेका यादवले ३० हजार ३२८ मतभार प्राप्त गर्दै विजयी हासिल गरेका हुन् । उनले संघ तर्फ १८४ र र प्रदेश तर्फ ३२९ मत  मत प्राप्त गरे ।अर्का उमेदवार अष्टलक्ष्मी शाक्यले १६ हजार ३२८ मत प्राप्त गरिन् । उनी एमालेबाट उमेदवार भएकी हुन् । यस्तै जनमत पार्टीबाट उमेदवार बनेकी ममता झाले २ हजार ५३७ मतभार प्राप्त गरिन् । यस्तै जसपाबाट अर्का उमेदवार प्रमिला कुमारीले ४८ म

    • प्रकाशित मितिः चैत ३, २०७९
    • 312 पटक पढिएको
  • त्रिवि क्याम्पसको स्ववियु चुनावमा भोटिङ मेसिन

    काठमाडौं - यहि चैत ५ गते आइतबार हुने स्ववियु निर्वाचनमा त्रिभुन विश्व विद्यालयकाे केन्द्रीय क्याम्पसमा भोटिङ मेसिन प्रयोग गरिने भएको छ । त्रिवि स्ववियु निर्वाचन अधिकृतकाे कार्यालयले आइतबार हुने स्ववियु निर्वाचनमा भोटिङ मेसिन प्रयोग गरिने जनाएकाे हाे ।निर्वाचनमा प्रत्यक्षतर्फ १२ अध्यक्षसहित विभिन्न पदमा ६२ जना र ५० जना समानुपातिकतर्फका उम्मेद्‌वार रहेका छन् । त्रिवि स्ववियु निर्वाचनका अनुसार केन्द्रीय क्याम्पमा ३ हजार ४ सय २ जना मतदाता विद्यार्थी रहेका छन्।

    • प्रकाशित मितिः चैत ३, २०७९
    • 224 पटक पढिएको
  • नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पत्रकार महासङ्घको बधाई

    काठमाडौँ-  नेपाल पत्रकार महासङ्घले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा पुगेर महासङ्घको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई सफल कार्यकालको शुभकामना दिएको हो । सो अवसरमा महासङ्घका अध्यक्ष विपुल पोख्रेलले यही चैत १७ गते लुम्बिनीमा हुने ‘मिडिया सम्मेलन’मा राष्ट्रपति पौडेललाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गर्नुभयो । भेटमा महासङ्घको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई पत्रकारको अवस्था र नेपाली पत्रकारजगतले भोग्दै आएका समस्याबारे जानकारी गराएको थियो ।सो क्रममा राष्ट्रपति पौडेलले सही र सत्यतथ्य सूचना प्रवाहमा छाता सङ्गठनका रुपमा महासङ्घले निर्वाह गरेक

    • प्रकाशित मितिः चैत ३, २०७९
    • 246 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.