राजनीति

    Showing 6,921-6,930 of 10,441 items.
  • प्रधानमन्त्री दाहालले चैत्र ०६ गते सोमबार विश्वासको मत लिने

    झापा । प्रधानमन्त्री पुष्पकमल दाहालले चैत्र ६ गते सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । उनले सोमबारको बैठकबाट विश्वासको मत लिने गरी व्यवस्था मिलाउन आग्रह गरेका छन् । विश्वासको मत पाउन १ सय ३८ सांसदको समर्थन जुटाउनुपर्छ ।गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले २६ गते विश्वासको मत लिएका थिए । त्यस बेला २ सय ६९ सांसदको विश्वास पाएका उनले सरकारबाट नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बाहिरिँदै समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिन लागेका हुन् ।सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताका कारण

    • प्रकाशित मितिः चैत ३, २०७९
    • 239 पटक पढिएको
  • राप्रपा उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने

    काठमाडौं । राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारलाई मतदान नगरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपराष्ट्रपतिको निर्वाचनमा पनि तटस्थ बस्ने भएको छ ।राप्रपाको यही बुधबार सम्पन्न केन्द्रीय कार्यसम्पादन समिति बैठकले उपराष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारलाई मत नहाल्ने निर्णय लिएको हो ।यसअघि फागुन २५ मा सम्पन्न राष्ट्रपति निर्वाचनमा पनि राप्रपाले मतदान नगर्ने निर्णय लिएको थियो ।उपराष्ट्रपतिको निर्वाचन अहिले बिहान १० बजेदेखि ३ बजेसम्म हुँदैछ । सो पदका लागि एमाले पार्टिको समर्थनमा अष्टलक्ष्मी शाक्य, गठबन्धन पार्टिहरुका समर्थनमा रामसहायप्रसाद यादव र जनमत पार्टिको समर्थनमा ममता झा प्

    • प्रकाशित मितिः चैत ३, २०७९
    • 245 पटक पढिएको
  • कोशी नाम खारेजको माग गर्दै विरोध प्रदर्शन गर्ने दुईजना पक्राउ

    विराटनगर - कोशी प्रदेश नाम खारेजीको माग गर्दै विराटनगरस्थित प्रदेशसभा भवन अगाडि राखिएको विरोध कार्यक्रमबाट प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । प्रदेश सभा सचिवालय अगाडि राखिएको पहिचानका लागि सडक साहित्यिक यात्राु नाम विरोध कार्यक्रमबाट प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको हो । वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पत्रकार एवम् लेखक जनकऋषि राई र सञ्जय याक्खा रहेका छन् ।राई पत्रकार महासंघ सुनसरीका अध्यक्ष समेत हुन् । पहिचानसहितको नामकरण र कोशी नाम खारेजीको माग गर्दै कविता वाचन गर्ने क्रममा राई र याक्खालाई प्रहरीले नियन्त्रणमा लिएको किँरात अन्त

    • प्रकाशित मितिः चैत २, २०७९
    • 218 पटक पढिएको
  • जसपाले गर्‍याे मञ्जु अन्सारीलाई समानुपातिक सांसदमा सिफारिस

    काठमाडाैं - जनता समाजवादी पार्टी, नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधि सभा सदस्यको लागि सिफारिस गरेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको हो । उनी सप्तरी निवासी हुन् ।

    • प्रकाशित मितिः चैत २, २०७९
    • 176 पटक पढिएको
  • उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन रास्वपाद्वारा बैठक आह्वान

    झापा-उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैठक बोलाएको छ । रास्वपाले शुक्रबार बिहान साढे ११ बजेका लागि पार्टी पदाधिकारी र संसदीय दलको संयोक्त बैठक बोलाएको हो । बैठकले उपराष्ट्रपति निर्वानमा पार्टीले कसलाई भोट हाल्ने भन्नेबारे निर्णय लिने एक नेताले बताए । उपराष्ट्रपतिको निर्वाचन शुक्रबार हुँदैछ भने हालसम्म रास्वपाले कसलाई भोट हाल्ने भन्नेबारे निर्णय गरेको छैन । यसअघि राष्ट्रपति निर्वाचनमा रास्वपाले सत्ता गठबन्धनका उम्मेदवारलाई भोट हालेको थियो । 

    • प्रकाशित मितिः चैत २, २०७९
    • 205 पटक पढिएको
  • कांग्रेस कोशी प्रदेश संसदीय दलको उपनेतामा कार्की नियुक्त

    झापा -  नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको उपनेतामा हिमाल कार्की नियुक्त भएका छन्। संसदीय दलका नेता उद्धव थापाले कार्कीलाई उपनेता नियुक्त गरेका हुन्। कार्की कांग्रेस उदयपुरका जिल्ला सभापति पनि हुन्। राजेन्द्र राई नेतृत्वको सरकारमा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका उनी उदयपुरको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १९२० बाट निर्वाचित भएका थिए। कोशी प्रदेशमा कांग्रेसका २९ सांसद छन्।

    • प्रकाशित मितिः चैत २, २०७९
    • 240 पटक पढिएको
  • झापाका तीन क्याम्पसमा स्ववियु निर्वाचन अन्योल

    झापा - चैत ५ गतेका लागि निर्धारित स्ववियु निर्वाचन झापाका तीन वटा क्याम्पसमा अन्योलमा परेको छ । विद्यार्थी सङ्गठनहरूले तालाबन्दी गरेपछि झापाका १३ वटा क्याम्पसमध्ये तीन वटा क्याम्पसमा स्ववियु निर्वाचन अन्योलमा परेको हो । विद्यार्थीहरूले काँकडभिट्टा बहुमुखी क्याम्पस, गौरादह बहुमुखी क्याम्पस र गरामनि क्याम्पसमा तालाबन्दी गरेका हुन् ।काँकडभिट्टा बहुमुखी क्याम्पसमा विवाद सिर्जना भएपछि स्ववियु निर्वाचन कार्यक्रम स्थगित भएको छ । त्रिविको निर्वाचनसम्बन्धी आचारसंहिता अनुसार आचारसंहिता लागु भएपछि विद्यार्थी भर्ना गर्न नपाइने व्यवस्था छ। तर काँकडभिट्टा क्याम्पसले आचारसंहिता विपरीत जबरजस्ती भर्ना कार्यक्र

    • प्रकाशित मितिः चैत १, २०७९
    • 226 पटक पढिएको
  • उपराष्ट्रपतिमा रामसहायलाई मत दिने कांग्रेसको निर्णय

    काठमाडौं- नेपाली कांग्रेसले उपराष्ट्रपति पदको निर्वाचनमा जनता समाजवादी पार्टी, नेपालबाट उम्मेदवार रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।बैठकले नेपालको संविधानको धारा ६७, धारा ६९ र धारा ७० बमोजिम संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति पदको निर्वाचनमा गठबन्धन दलहरुका तर्फबाट साझा उम्मेदवार रहनुभएका जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिका सदस्य रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी

    • प्रकाशित मितिः चैत १, २०७९
    • 129 पटक पढिएको
  • नेपालको पूर्वाधारमा चीनको लगानी खोजिएको प्रधानमन्त्रीको भनाई

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको पूर्वाधारको क्षेत्रमा चीनको लगानी खोजिएको बताएका छन् । मंगलबार बिहान नेपाल–चीन बिजनेस फोरमको बैठकमा उनले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको दोहोर्‍याए । नेपालको विकासका लागि चिनियाँ लगानी आवश्यक भएको उनले बताए ।नेपाली वस्तुलाई सहज रूपमा बजार दिन उनले माग गरे । नेपालमा लगानीको सुरक्षामा समस्या नरहेको र लगानीबाट हुने लाभांश लैजान समस्या नरहेको उनले बताए । फोरमको बैठकमा भाग लिन आएका चाइना काउन्सिल फर दी प्रमोसन अफ इन्टरनेसन ट्रेड (सीसीपीआईटी)का उपाध्यक्ष झान साओनले चीनले ९८ प्रतिशत वस्तुलाई भन्साररहित बजार प्रवेश दिइएको बताए । चियालगायत

    • प्रकाशित मितिः फागुन ३०, २०७९
    • 213 पटक पढिएको
  • रवि लामिछानेले भने : आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा छैन

    झापा - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताएका छन्। सोमबार पत्रकारसँग कुराकानी गर्दै उनले अहिलेको परिस्थितिको मूल्याङ्कन गर्नेकाम भइरहेको बताए। उनले सत्ता समीकरण परिवर्तन भएपछि सरकारमा जानु परेमा कारण स्पष्ट पारेर मात्रै सहभागी हुने बताए। 'सरकारमा जाने तयारी भन्ने होइन । परिस्थितिलाई मूल्याङ्कन गर्नुपर्ने हुन्छ,'अहिले सरकारमा जाने नजाने भन्ने विषयमा पार्टीभित्र छलफल भएको छैन,'उनले भने।रास्वपा छुट्टै परिचय बोकेर बनेको दल भएकाले पछिल्ला राजनीतिक घटनाक्रम नियाल्दै गरेको उनले बताए । आफ्नो दलको राजनीतिक अभ्यास सुरुआती चरणमा रहेक

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • 204 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.