राजनीति

    Showing 9,141-9,150 of 10,447 items.
  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

    काठमाडौँ / नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (आइतबार) बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो १ बजेका लागि बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  बैठकले पार्टीको आसन्न १४ औँ महाधिवेशनको कार्यतालिका अनुमोदन गर्नेछ । शनिबारको पदाधिकारी बैठकले कार्यतालिका तय गरेको थियो । कांग्रेसको महाधिवेशन २४ देखि २६ मङ्सिरका लागि काठमाडौंमा तय भइसकेको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको सहभागिता रहनेछ । आजको बैठकमा भ्रातृ संस्थाबाट हुने प्रतिनिधित्व र विदेशस्थित जन

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • 94 पटक पढिएको
  • घरबाटै गठन गरे प्रधानन्यायाधीशले १० इजलास

    काठमाडौँ / प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले १० वटा इजलास गठन गरेका छन् । कानुन व्यवसायहरुको विरोधबीच प्रधानन्याधीश जबराले आइतबारका लागि १० वटा इजलास गठन गरेका हुन् ।  नेपाल बारले सर्वोच्च प्रवेश गर्न नदिने भन्दै मूल गेटमा धर्ना दिएपछि जबराले बालुवाटारस्थित प्रधानन्यायाधीश निवासबाटै इजलास गठन गरेर मुद्दाको पेसी तोकेका हुन् । उनले एउटा एकल र नौवटा संयुक्त इजलासका लागि २७२ मुद्दाको पेसी तोकेका छन् । नेपाल बारले शान्तिपूर्ण प्रर्दशनमा हस्तक्षेप गरेको भन्दै बहस बहिष्कार गर्ने निर्णय गरेको छ । कानुन व्यावसायहरुले प्रधानन्यायाधीश जबराको राजिनामा माग गर्दै गत कात्तिक १४ गते द

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • 95 पटक पढिएको
  • आज सातवटै प्रदेशमा अधिवेशन गर्दै राप्रपा

    काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार सातवटै प्रदेशमा अधिवेशन गर्दैछ । यसअघि वडा र ७६ जिल्लाको अधिवेशन गरिसकेको राप्रपाले आइतबार सातवटै प्रदेशमा अधिवेशन गर्न लागेको महाधिवेशन प्रचारप्रसार समितिका प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाले प्रदेश नेतृत्व चयनका लागि अधिकतम सहमतिको प्रयास गर्नेछ भने सहमति नभएको खण्डमा लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्नेछ । जिल्ला तहको अधिवेशन गर्दा भक्तपुरमा विवाद भएका कारण सो जिल्लामा भने नेतृत्व चयन भएको छैन ।  राप्रपाको महाधिवेशन आगामी मंसिर ११ देखि १३ सम्म काठमाडौंमा हुँदैछ ।

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • 88 पटक पढिएको
  • बारको विरोधमा प्रदर्शन गर्ने ५ पक्राउ

    काठमाडौं / बारको विरोधमा प्रदर्शन गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सर्वोच्च अदालत अगाडि बारको विरोधमा प्रदर्शनमा उत्रिएका गोरखाको फुजेलका नुरप्रसाद अधिकारीसहित ५ जनालाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो।  कार्यलय समय सुरु हुनासाथ प्रधानन्यायाधीशलाई कार्यालय प्रवेशमा अवरोध गर्ने उद्देश्यका साथ बार आन्दोलनमा उत्रिँदै गर्दा अधिकारीलगायत बारकै विरोधमा प्रदर्शनका लागि अदालत परिसर पुगेका थिए । प्रधानन्यायाधीशको समर्थनमा प्रदर्शन गर्ने उनीहरूलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको छ । न्यायालय शुद्धीकरण जरुरी रहेको र प्रधानन्यायाधीशले सेटिङ गरिरहेको तथा उनले राजीनामा दि

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • 97 पटक पढिएको
  • प्रधानन्यायाधीशविरुद्ध आज पनि वकिलहरूको धर्ना

    काठमाडौँ  / नेपाल बार एसोसिएसनको अगुवाइमा आज (आइतबार) पनि वकिलहरूले प्रदर्शन गरेका छन् ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग गर्दै दुई सातादेखि आन्दोलन गरिरहेका कानून व्यवसायीहरूले आज सर्वोच्च अदालतमा प्रदर्शन गरेका हुन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मुख्य प्रवेशद्वारमै रोक्ने तयारीसहित कानून व्यवसायीहरूले धर्ना दिन सर्वोच्च पुगेका छन् । गत शुक्रबार पनि प्रधानन्यायाधीश जबरालाई प्रवेशमा रोक लगाउने उद्देश्यले कानून व्यवसायीहरूले प्रदर्शन गरेका थिए । उनीहरूलाई सुरक्षाकर्मीले भित्र प्रवेश गर्न दिएको थिएन तर आज भने उनीहरू सुरक्षाकर्मीको घेरा तोडेर सर्वोच्च प

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • 101 पटक पढिएको
  • ब्लडप्रेसर बढेपछि प्रचण्ड अस्पताल भर्ना

    काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन्। रक्तचाप बढेपछि दाहाललाई शनिबार मेडिसिटी अस्पताल भर्ना गरिएको हो । शनिबार बमिट गरेपछि भने प्रचण्डलाई मेडिसिटी लगिएको उनकी छोरी रेनु दाहालले जानकारी दिइन् । 

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • 94 पटक पढिएको
  • प्रतिनिधि छान्दा समझदारी अपनाउन अध्यक्ष ओलीको आग्रह

    काठमाडौं / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उच्च समझदारीका साथ आसन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न पार्टीका सदस्यलाई आह्वान गरेका छन् ।महाधिवेशनका लागि आज देशभर प्रतिनिधि चयनको मिति तय भएको सन्दर्भमा अध्यक्ष ओलीले आज सन्देश जारी गर्दै दलभित्र आपसी समझदारी सुदृढ एकताको आधार हुने भएकाले यसलाई लोकतन्त्रकै अभ्यासका रुपमा प्रयोग गर्न आग्रह गरेका हुन् ।“हाम्रो पार्टी एउटा लोकतान्त्रिक पार्टी हो । हामी लोकतन्त्रलाई प्रणालीको रूपमा मात्रै होइन, प्रक्रिया र पद्धतिको रूपमा पनि बुझ्दछौँ । तदनुसार नै व्यवहारमा पनि लोकतन्त्रको अभ्यास गर्दछौँ ।” अध्यक्ष ओलीको सन्देशमा भनिए

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • 93 पटक पढिएको
  • पत्रकारलाई रक्सी नखान माधव नेपालको निर्देशन

    काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले पत्रकारहरूलाई रक्सी नखाई निष्ठावान् बनेर पत्रकारिताको धर्म  निभाउन सुझाव दिएका छन् । शनिबार काठमाडौँमा आयोजित पार्टीनिकट समाजवादी प्रेस संगठनको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पत्रकारहरूलाई सो सुझाव दिएका हुन् । ‘पत्रकार साथिहरुले साँझ पर्ने बितीकै होटल नधाई र निष्ठावान् बनेर पत्रकारिताको धर्म निभाउनुस् ।’ अध्यक्ष नेपालले भने, – ‘पत्रकार भनेको जनतालाई सुसुचित गर्ने काम मात्रै होइन देशलाई मार्गदर्शन गर्ने माध्यम हुनुपर्छ ।’अध्यक्ष नेपालले पत्रकारले प्रतिगामी तत्त्वहरूको जरो उखेल्नु पर्ने र गलत

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • 103 पटक पढिएको
  • १० जिल्लामा आजबाट कांग्रेसको स्थगित अधिवेशन हुँदै

    काठमाडौं  / नेपाली कांग्रेसका रोकिएका अधिवेशनहरू आजदेखि सुरु हुँदैछ । आज कांग्रेसको १० जिल्लामा वडा अधिवेशन हुने भएको हो । कांग्रेसमा १३ जिल्लामा वडा अधिवेशन हुन बाँकी रहेकोमा दश जिल्लामा आज अधिवेशन हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार आज डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, बारा, रौतहटमा वडा अधिवेशन हुने र सोलुखुम्बु, दार्चुला र म्याग्दीमा प्रदेश सभा क्षेत्रीय अधिवेशन हुने महाधिवेशनको कार्यतालिकामा उल्लेख छ ।तर वडा अधिवेशन हुन बाँकी रहेको पर्सा, सर्लाही र रसुवामा भने आज अधिवेशन नहुने समितिले जनाएको छ । क्रियाशील सदस्यत

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • 111 पटक पढिएको
  • कांग्रेसको १४ औँ महाधिवेशन : नीतिगत बहसभन्दा नेतृत्वकै चर्चा

    काठमाडौँ / नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पार्टीका नेताहरूको नीतिगत बहसभन्दा नेतृत्वकै वढी चर्चा हुने गरेको छ । पार्टीका नेताहरूले केन्द्रीय महाधिवेशन आउन एक महिनाभन्दा कम समय रहे पनि पार्टीले लिने नीतिगत निर्णयका विषयमा भने अहिलेसम्म पार्टीको केन्द्रीय समितिमा छलफल सुरु नै गरेका छैनन् । पार्टीका नेताहरूले महाधिवेशनको पूर्वसन्ध्यामा आफ्नो पक्ष बलियो बनाउन विभिन्न समूहगत बैठक, लन्च तथा डिनर मिटिङ दैनिकजसो चलिरहे पनि पार्टीले तय गर्नुपर्ने राजनीतिक, आर्थिक, साङ्गठनिक नीतिका विषयमा भने ध्यान दिएका छैनन् ।महाधिवेशनमा नीति र नेतृत्व दुवैको निर्वाचन एकै पटक भएकाले धेरैको ध्यान नेतृत्व

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • 99 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.