राजनीति

    Showing 9,271-9,280 of 9,679 items.
  • एमाले संसदीय दलको निर्णय : सरकारलाई दिएको समर्थन फिर्ता नलिने

    धनगढी / नेकपा (एमाले)को स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन गरेको निर्णय प्रदेश संसदीय दलको बैठकले कार्यान्वयन नगर्ने भएको छ । संसदीय दलका नेतासमेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहको अध्यक्षतामा आज बसेको बैठकले तत्काल सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको हो । अहिले तत्कालका लागि कोभिडलगायतको अवस्थालाई हेरेर तत्काल समर्थन फिर्ता नलिने र यसबारे सबै दलसँग छलफल गर्ने निर्णय गरिएको प्रदेशसभा सदस्य पूर्ण जोशीले जानकारी दिए ।उनले वर्तमान अवस्थामा पार्टीको केन्द्रीय स्थायी कमिटीको निर्णय परिपक्व नभएको र हालसम्म आधिकारिक रूपमा नआएको बताए । सा

    • प्रकाशित मितिः जेठ १२, २०७८
    • 129 पटक पढिएको
  • जसपाका अध्यक्ष ठाकुरद्वारा यादवलाई स्पष्टीकरण

    काठमाडौँ / जनता समाजवादी पार्टी (जसपा) ले पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेको छ । जसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीको निर्णय विपरीत गुटगत गतिविधि सञ्चालन गर्दै आएको भन्दै पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेको हो । अध्यक्ष यादवलाई तीन दिनभित्र पार्टी कार्यालयभित्र पठाउने गरी सातबुँदे स्पष्टीकरण सोधिएको छ ।पछिल्ला दिनमा जसपाको मूल्यमान्यता, नीति तथा पार्टीको विधान विपरीत कार्य गर्दै आएकाले विधानबमोजिम अनुशासनको बारबार्हीको व्यवस्थाअनुसार स्पष्टीकरण सोधिएको अध्यक्ष ठाकुरद्वारा मङ्गलबार अबेर जारी विज्ञप्तिमा भनिएको छ ।स्पष्टीकरणमा लुम्बिनी प्रदेशका चारजना प्रद

    • प्रकाशित मितिः जेठ १२, २०७८
    • 87 पटक पढिएको
  • संसद विघटन विरुद्ध ३० रिट निवेदन दर्ता, बिहीबार देखि सुनुवाइ हुने

    काठमाडौँ / सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा बिहीबारदेखि सुनुवाइ हुने भएको छ । प्रतिनिधिसभा विघटनकै विषयलाई लिएर हालसम्म ३० रिट निवेदन दर्ता भएका छन् । त्यसको सुनुवाइ बिहीबारदेखि नियमित इजलासमा र संवैधानिक इजलासका लागि तोकिएको मुद्दा शुक्रबारदेखि सुनुवाइ हुनेछ ।अन्तरिम आदेश माग गरिएका १९  रिट निवेदनको पेशी बिहीबार र संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११  निवेदनको पेशी शुक्रबारका लागि तोकिएको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।   सर्वोच्च अदालतमा प्रतिनिधिसभालाई पुनःस्थापना  गर्नुपर्ने माग गर्दै २६ तथा केपी शर्

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 138 पटक पढिएको
  • राष्ट्रहित विपरीत कार्य नगर्न ओलीलाई विप्लवको चेतावनी

    काठमाडौं  / नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राष्ट्र हित विपरीतको कार्य नगर्न केपी ओली सरकारलाई चेतावनी दिएका छन् । राष्ट्रपतिले आइतबार जारी गरेको नागरिकता सम्बन्धी अध्यादेशमा पार्टीको धारणा सार्वजनिक गर्दै विप्लवले ओलीलाई चेतावनी दिएका हुन् ।विप्लवले नागरिकताजस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई बुझ्न र विज्ञहरूको व्यापक परामर्श लिन आवश्यक हुने तर्क प्रैस्तुत गर्दै सरकारले एक्लौटी गरेको आरोप समेत लगाएका छन् ।विप्लवको विज्ञप्तिमा भनिएको छ, ‘सट्टा सरकारले आफ्नो सत्तासङ्कट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी पार्नका लागि मात्र यस्ता निर

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 127 पटक पढिएको
  • निवर्तमान १४६ सांसदको सर्वोच्चमा रिट निवेदन दर्ता

    काठमाडौँ / सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनःस्थापना गरी नेपालको संविधानको धारा ७६ (५) बमोजिम नेपाली कांगे्रसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेशको माग गर्दै रिट निवेदन दर्ता भएको छ ।निवर्तमान प्रतिनिधिसभा सदस्य १४६ जनाका तर्फबाट देउवाले आज सर्वोच्च अदालतमा पुगी दायर गरेको रिट निवेदनमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को यही जेठ ८ को सिफारिशमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते  निर्वाचन तोक्ने राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको  निर्णय बदर  गर्न माग गरिएको छ ।रिट निवेदनमा भनिएको छ, “असंवैधानिक रुपमा विघटन भएको प्र

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 125 पटक पढिएको
  • १ सय ४९ सांसद रिट निवेदनमा सनाखत गर्न सर्वोच्चमा लाइन

    काठमाडौँ /  वैकल्पिक सरकार बनाउन गठबन्धन सहित अघि बढेका पाँच दल प्रतिनिधि सभा विघटन भएपछि १ सय ४९ सांसदको नागरिकता र हस्ताक्षरसहित सर्वोच्च अदालत जाने तयारीमा जुटेका छन् ।प्रतिनिधि सभा विघटनअघि संविधानको धारा ७६ (५) अनुसार पाँच दलले गठबन्धन बनाएर १ सय ४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा वैकल्पिक सरकारको दाबी गरेका थिए ।आफूहरूले समर्थन गरेका नेपाली कांग्रेसका सांसद शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त नगरेको उल्टै प्रतिनिधि सभा विघटन गरेको विरोधमा विपक्षी गठबन्धनका सांसद अहिले सर्वोच्च अदालतमा रिट हाल्न गएका छन्।नेकपा एमालेका सांसद झपट रावलल

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 1,488 पटक पढिएको
  • नेपाल पक्षका २३ सांसद संसद विघटनको विपक्षमा

    काठमाडौं  / संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न नेकपा एमाले माधवकुमार नेपाल समूहका २३ जना सांसदले हस्ताक्षर गरेका छन् ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गरेका २६ सांसदमध्ये संसद विघटनविरुद्ध रिट दिन २३ जनाले हस्ताक्षर गरेका हुन् ।हस्ताक्षर गर्ने सांसदहरुमा झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन र झपट रावल रहेका छन् ।त्यस्तै निरादेवी जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, कलिला खातुन, पुष्पाकुमारी क

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 179 पटक पढिएको
  • प्रदेशसभाको आठौँ अधिवेशन जेठ १६ गतेका लागि आह्वान

    वाग्मती / वाग्मती प्रदेशका प्रमुख विष्णु प्रसाईंले प्रदेशसभाको आठौँ अधिवेशन आह्वान गरेका छन् । प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार भएको सिफारिसमा अधिवेशन अह्वान गरिएको हो । प्रदेश प्रमुख प्रसाईंले संविधानको धारा १८३ को उपधारा १ बमोजिम आठौँ अधिवेशन यही जेठ १६ गते आइतबार अपराह्न ३ः०० बजेका लागि आह्वान गरेको उनको सचिवालयले जनाएको छ । आठौँ अधिवेशनको पहिलो दिनमै सरकारले प्री बजेट प्रस्तुत गर्ने र क्रमशः नीति तथा कार्यक्रम एवं बजेट प्रस्तुत गर्ने जनाइएको छ । संविधानमा व्यवस्था भएअनुरुप प्रदेश सरकारले आगामी असार १ गते बजेट प्रस्तुत गर्नेछ । असार १ गते प्रस्त

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 88 पटक पढिएको
  • एमाले स्थायी कमिटी बैठक चार बजे बस्दै

    काठमाडौँ / नेकपा (एमाले)ले स्थायी कमिटी बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजे बैठक बोलाइएको हो । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बैठकमा आगामी बजेट, पार्टीले सोधेको स्पष्टीकरण तथा सुदूरपश्चिम प्रदेश सरकारका विषयमा छलफल हुने बताए । उनले बैठकमा विपक्षी गठबन्धनका तर्फबाट सरकारको दावीसहित सर्वोच्च अदालतमा दायर गरिएको रिटमा हस्ताक्षर गर्ने सांसदलाई पनि स्पष्टीकरण सोधिने बताए । “विपक्षी कांग्रेसको नेतृत्वमा सरकारको दावी गर्दै सर्वोच्च अदालतमा दायर गर्ने रिटमा आज पार्टीका नेता तथा सांसद कसकसले हस्ताक्षर गर्छन् । ती हस्ताक्षर गर्नेलाई थप स्पष्टीकरण सोधिने छ

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 105 पटक पढिएको
  • योगेश लगायतका नेता नेपाल पक्षमै पर्किए

    काठमाडौं / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षमा लागेको भनिएका योगेश भट्टराई लगायतका नेताहरू फेरि माधव नेपाल पक्षमै फर्किएका छन् । भट्टराई लगायत घनश्याम भुषाल, सुरेन्द्र पाण्डेल गायतका नेताहरू फेरि नेपाल पक्षमै फर्किएका हुन् ।माधव पक्षका सांसदले जेठ ७ गते प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्दै हस्ताक्षर गरे पनि भट्टराई, भुषाल, पाण्डेलगायतका नेताहरूले हस्ताक्षर गरेका थिएनन् । त्यसपछि उनीहरूलाई ओली पक्षमा लागेको आंकलन गरिएको थियो ।तर, देउवाको पक्षमा हस्ताक्षर गर्न अस्वीकार गरेको राति नै ओलीले फेरि संसद विघटन गरेकोले उनीहरूले ओलीलाई साथ दिन नसक्ने र नेपाल पक्षमै लाग्न

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 1,130 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.