राजनीति

    Showing 9,291-9,300 of 10,447 items.
  • आज विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै मुख्यमन्त्री आचार्य

    बिर्तामोड / प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतका लागि प्रदेशसभामा प्रस्ताव पेस गर्ने भएका छन् ।प्रदेशसभाको आज (शुक्रबार) दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने भएका हुन् । नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रदेशका पूर्वमन्त्री हिक्मतकुमार कार्कीले आजको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत सम्बन्धी प्रस्ताव टेबल गर्ने बताए । मुख्यमन्त्री आचार्यले विश्वासको मत सम्बन्धी प्रस्ताव टेबल गरेपछि छलफलको प्रक्रियामा जाने छ । नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आज नै सबै प्रकृया टुङ्ग्याउनु

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • 100 पटक पढिएको
  • शंकास्पद भेट : चोलेन्द्र _प्रचण्ड भेट के का लागि ?

    सत्ता भागबन्डाको आरोप खेपिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सत्तारुढ दलका शीर्ष नेतासँगको भेटका कारण फेरि विवादमा तानिएका छन् । प्रधानन्यायाधीश राणा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच राणाकै निवासमा वार्ता भएको विषय सार्वजनिक भएपछि उनी फेरि विवादमा तानिएका हुन् ।  राणाको बालुवाटार स्थित निवासमा नै प्रचण्ड र उनीबीच करिव आधा घण्टा वार्ता भएको विषय सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि राणा थप समस्यामा परेका छन् । यसअघि सत्तारुढ गठबन्धनसँग मन्त्री पद मागेको विषय सार्वजनिक भएपछि उनी समस्यामा परेका थिए । वितगमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा समेत संवैध

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • 75 पटक पढिएको
  • राष्ट्रपतिद्वारा राहत, क्षतिपूर्ति र पुनर्निर्माणमा समन्वयात्मक रूपमा अघि बढ्न आग्रह

    काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले हालैको अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानले भएको जनधनको ठूलो क्षतिप्रति दुःख प्रकट गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेकी छन्।राष्ट्रपतिले प्रकोप पीडितको उद्धार तथा व्यवस्थापन, घाइतेको उपचार, राहत वितरण र बेपत्ता भएकाको खोजीमा राज्यका संयन्त्रलाई परिचालन गराउने कार्यमा सम्बद्ध निकायको ध्यान पुग्नेछ भन्ने विश्वास व्यक्त गरेकी छन्।यसैगरी प्रकोपबाट कृषि क्षेत्र खासगरी धान बाली र विविध भौतिक पूर्वाधारको विनाशका सन्दर्भमा राहत, क्षतिपूर्ति र पुनर्निर्माण सम्बन्धमा समन्वयात्मकरूपमा अघि बढ्न राष्ट्रपतिले आग्रह गरेको राष्

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • 115 पटक पढिएको
  • भष्ट्राचार विरुद्ध आक्रोश : जनकपुरमा खानेपानीका हाकिमलाई नाङ्गै बजार घुमाइयो (भिडियाे सहित)

    जनकपुरधाम / केहि दिनदेखि जारी अविरल वर्षाका कारण जनकपुर जलमग्न भएको विषयमा ढल निर्माणमा अनियमितताका कारण जनकपुर डुबेको भन्दै डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले खानेपानी कार्यालय जनकपुरका प्रमुख राजेश्वर कुशवाहामाथि भौतिक आक्रमण गरेका छन् ।जनमत पार्टीका कार्यकर्ताले ढल निर्माणमा अनियमितता गरेको भन्दै कुशवाहालाई कुटपिट गरी कालोमोसो दलेर जनकपुर बजार परिक्रमामा समेत गराएका छन् ।लाठी र मुङग्रा सहितका घरेलु सामाग्री बोकेका जनमत पार्टीका कार्यकर्ताले कुशवाहालाई आफ्नो कार्यकक्षबाटै निकालेर कुटपिट गर्दै कालोमोसो दलेर नगर परिक्रमा गराएका हुन् । कुशवाहाले लगाएका कपडा समेत च्यातेर नाङ्गो श

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • 119 पटक पढिएको
  • प्रधानमन्त्री सहितको टोली बाढी प्रभावित क्षेत्रमा

    डोटी / प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी प्रभावित नागरिकलाई तत्काल उद्धार तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन्।बाढीबाट प्रभावित भएकालाई सरकारले राहत दिने तथा बाढी(पहिराले घर भत्किएकाको घर निर्माणका लागि आर्थिक सहयोग दिने प्रधानमन्त्री देउवाले बताए।उनले भने, बाढी प्रभावितको स्वास्थ्योपचारदेखि आवास निर्माणमा सरकारले सहयोग गर्नेछ, विपत्तिका बेला सबैले सहयोग गर्न आवश्यक रहेको छ, तपाईंहरूले प्रभावितलाई चुस्तरूपमा सेवा दिनुहोला।आज बाढी प्रभावित क्षेत्र सुदूरपश्चिमको डोटी आइपुगेका प्रधानमन्त्री देउवाले यहाँका बाढी प्रभावित क्षेत्रका व्

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • 100 पटक पढिएको
  • कांग्रेसमा शेरबहादुर र रामचन्द्र भनेर ट्याग लगाउन जरूरी छैन : पौडेल

    गलकोट / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औँ महाधिवेशनपछि पार्टीमा गुटउपगुटको अन्त्य भएर जाने बताएका छन्। गुटउपगुटले कांग्रेस कमजोर भएको भन्दै यसको अन्त्य गरी पार्टी एकजुट भएर अगाडि बढ्ने उनले बताए।बागलुङस्थित ग्रेस काठेखोला गाउँपालिका–५ बिहुँले चाडपर्वका अवसरमा बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा पौडेलले कांग्रेसलाई अब गुटको हिसाबले नभएर सिङ्गो कांग्रेसको हिसाबले हेर्न आम कार्यकर्तालाई आग्रह गरेका थिए।‘हामी १४ औँ महाधिवेशनमा छौँ, अहिले शेरबहादुर देउवा पक्ष, रामचन्द्र पक्ष भनिए पनि यो गुट हैन। महाधिवेशनपछि कांग्रेस झनै सशक्त भएर अगाडि

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • 140 पटक पढिएको
  • आज एमालेको स्थायी कमिटी बैठक बस्दै

    बिर्तामोड / नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन् । ओलीले आज (बिहिबार) दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बैठक बोलाएका हुन् । बैठकमा विधान महाधिवेशनको समीक्षा, वडा र पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशन र वर्षाका कारण भएको धनजनको क्षतिलगायतका विषयमा छलफल हुने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । एमालेले आगामी कात्तिक ६ गतेदेखि वडा अधिवेशन र ९ गतेदेखि पालिका अधिवेशन गर्ने तालिका बनाएको छ ।एमालेले असोज १५ गतेदेखि १७ गतेसम्म ललितपुरको गोदावरीमा विधान महाधिवेशन गरेको थियो । विधान महाधिवेशन समापन समारोहमा अध्यक्ष केप

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • 106 पटक पढिएको
  • गगन थापा विश्व बैंक बोर्ड सदस्यमा चयन

     काठमाडौं//नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापा दुई वर्षका लागि विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको बोर्ड सदस्यमा निर्वाचित भएका छन्।  उनि सन् २०२३ सम्मका लागि विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संसदीय सञ्जालको बोर्ड सदस्यमा निर्वाचित भएका हुन् । १ सय ४० भन्दा बढी देशका सांसद रहने उक्त सञ्जालको बोर्डमा दुई वर्षसम्म समावेशी विकासका लागि काम गर्न आफू उत्साहित रहेको नेता थापाले बताएका छन् ।

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • 113 पटक पढिएको
  • सरकारद्वारा बाढी पहिरोमा मृत्यु भएका परिवारलाई २ लाख दिने

    बिर्तामोड / सरकारले बाढी पहिरोबाट मृत्यु भएकाको परिवारलाई सहयोग स्वरुप दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बाढीपहिरोमा परी एक जनाको मृत्यु भएको परिवारलाई दुई लाख र दुई वा सो भन्दा बढिको मृत्यु भए प्रत्येकका लागि थप एक–एक लाख दिने घोषणा गरेको हो । बैठकमा बाढीपहिरोबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने निर्णय भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिए ।बाढीपहिरोले घरबारविहीन भएकालाई तत्काल गुजाराका लागि पाँच जनासम्मको परिवार छ भने प्रतिपरिवार १५ हजार र पाँचभन्दा बढी सदस्य रहेका परिवार छन् भने प्रतिपरिवार २० हजार

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • 140 पटक पढिएको
  • बिहीबार विश्वासको मत लिँदै मुख्यमन्त्री शाक्य

    हेटौंडा / वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बिहीबार विश्वासको मत लिने भएकी छिन् । विहीबार बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने भएकी हुन् । मुख्यमन्त्री शाक्यले भोलिको बैठकमा नेपालको संविधानको धारा–१८८ को उपधारा १ बमोजिमको प्रावधानअनुसार विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ । वाग्मती प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्ष गरी हाल १०९ सदस्य छन् ।

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • 118 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.