समाचार

    Showing 10,361-10,370 of 26,675 items.
  • रातो नदीको बाढीले तटबन्ध भत्किँदा व्यापक क्षति, १५ करोडभन्दा बढीको क्षति

    जनकपुर— रातो नदीको हालैको बाढीले तटबन्ध भत्काउँदा रु १५ करोड बराबरको क्षति भएको छ । नदीका दुवै किनारमा बनाइएका एक हजार ६१० मिटर तटबन्धमा क्षति हुँदा उक्त रकम बराबरको हानि भएको हो ।करिब रु १५ करोड बराबरको तटबन्ध बगाएको जनकपुरस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयका इञ्जिनियर सुरेश मण्डलका अनुसार रातो नदीले बञ्चौरीको दुई स्थानमा ७० र ८० मिटर, लोहारपट्टीको दुवैतर्फ तीन सय मिटर डाम्हीमा १५० मिटर तटबन्ध भत्काएको छ । नदीले तटबन्ध भत्काएपछि जिल्ला सदरमुकाम जलमग्न भएको थियो ।बाढीबाट जलेश्वरका एक हजार ५०० परिवार विस्थापित भएका छन् भने जिल्लाको एकडारा, महोत्तरी गाउँपालिका, पिपरा गाउँपालिका,

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 582 पटक पढिएको
  • आज रास्वपाको सचिवालय बैठक बस्दै

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज बुधबार बस्दै छ।रास्वपा प्रवक्ता मनीष झाका अनुसार बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ।बैठकका लागि ४ एजेन्डा तय गरिएको उनले जानकारी दिए।ती यसप्रकार छन:१. विस्तारित बैठकको एजेण्डा तथा व्यवस्थाबारे ।२. विपद् व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियानबारे।३. सद्भाव यात्राको कार्यसूचीबारे।४. विविध।

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 647 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका पश्चिमी भूभाग तथा बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको केहि स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 429 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा कायम भएको छ।युरोपियन युरो एकको खरिदर १६५ रुपैयाँ २५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिदर १९० रुपैयाँ र बिक्रीदर १९० रुपैयाँ ८१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ७७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३० पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिदर ९३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९३ रुपैयाँ ७७, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०१ रुपैयाँ

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 407 पटक पढिएको
  • आज २०८२ साल असोज २२ गते बुधबारको राशिफल

    मेष - आजको समय अनुकूल रहनेछ। नयाँ अवसरको सम्भावना प्रबल छ। सामाजिक भेटघाट तथा विशेष समारोहमा सहभागी हुने अवसर मिल्नेछ। वृष - निर्णय गर्दा विशेष सतर्कता आवश्यक छ। अवसरको नाममा प्रलोभन दिने व्यक्तिलाई पहिचान गर्नुपर्छ। आर्थिक लाभ अपेक्षाकृत सीमित रहने देखिन्छ।मिथुन - आम्दानीमा वृद्धि हुने संकेत छ। व्यवसायमा लाभप्रद परिणाम मिल्नेछ। साझेदारीमा सकारात्मक प्रगति सम्भावित छ।कर्कट - कार्य सम्पन्न गर्न दोहोरिएको प्रयास आवश्यक हुनेछ। स्वास्थ्यमा साना चुनौतीहरू आउन सक्ने भएकाले सचेत रहनु उपयुक्त हुनेछ।सिंह - आजको श्रमले भविष्यमा प्रतिष्ठा अभिवृद्धि गर्नेछ। साथीभाइको सहयोगले

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 708 पटक पढिएको
  • मेयर बालेन्द्र र सुधनविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी

    काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूले जाहेरी दिएका छन् ।मंगलबार काठमाडौं प्रहरी परिसरमा पुगी उनीहरु विरुद्ध जाहेरी दिएको अखिलका पूर्वअध्यक्ष समीक बडालले जानकारी दिए । कानूनी राज्यको पक्षधर भएकोले आफूहरुले जाहेरी दिएको बताए । ‘हामीले जाहेरी दिएका छौं । २४ घण्टाभित्र सरकारी वकिलसँग सल्लाह गरेर निर्णय लिन्छौं भन्नुभएको छ,’ उनले भने, ‘हामी कानूनी राज्यको पक्षधर विद्यार्थी संगठन भएको नाताले मुलुकको विधिको शासनको वकालत गर्दै आएको यसलाई प्रशय दिनुहुँदैन भन्ने भएकाले यहाँ उपस्थित भएक

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 507 पटक पढिएको
  • जिरी–खाडिचौर सडकखण्डमा बस दुर्घटना हुँदा २० यात्रु घाइते

    सिन्धुपाल्चोक— सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७, पाँचकिलोस्थित जिरी–खाडिचौर सडकखण्डमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा २० जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये तीन जना बालबालिका छन्।रामेछापबाट चरिकोट हुँदै काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख २५२१ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो।घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी लामोसाँघुबाट प्रहरी नायब निरीक्षक अशोक महतोको नेतृत्वमा टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो।सबै घाइतेहरूलाई उपचारका लागि सिन्धु सदाबहार अस्पताल, खाडीचौर पठाइएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिक

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 595 पटक पढिएको
  • चुनावको वातावरण निमार्ण गर्न सरकारले राजनीतिक दलसँग छलफल गर्नुपर्नेः प्रवक्ता भट्टराई

    काठमाडौं—  निर्वाचन आयोगले फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा चुनावको विषयमा राजनीतिक वातावरण निर्माण गर्न सरकारले राजनीतिक दलसँग छलफल गर्नुपर्ने बताएको छ । मंगलबार सरोकारवालाहरुसँगको बैठकपछि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आसन्न प्रतिनिधिसभा चुनावको विषयमा निर्वाचन आयोग तयार रहेको भन्दै सरकारले दलसँग छलफल गर्नुपर्ने बताए । उनले भने, ‘राजनीतिक वातावरण निर्माण गर्ने विषयमा राजनीतिक दलहरुसँगको छलफल लगायतको विषयमा सरकारले अगाडि बढाउन पर्यो। छलफल भन्ने विषयमा सँगसँगै सँगसँगै अगाडि बढ्छौं। यसको प्राविधिक पाटो तयारीको पाटोमा निर्वाचन आयोगले सरोकार तहमा छलफल गर्छ।’निर्वा

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 688 पटक पढिएको
  • जनकपुरधाम तनावग्रस्त, हिन्दूवादी समूहको सडकमा आक्रोश

    जनकपुर— जनकपुरधाममा विभिन्न हिन्दूवादी संगठनका युवा तथा सदस्यहरुले विरोध प्रदर्शन गरेका छन् ।मंगलबार उनीहरुले धनुषाका एसपी मुर्दावाद, हिन्दुलाई रिहा गर, जय श्रीराम लगायतका नारा लगाउँदै मोटरसाईकलमा नगर परिक्रमा गरेका छन् ।केही दिन अघि जनकपुरधाम उपमहानगरपालिका २० रुपेठामा दुर्गा माताको मुर्ती विसर्जन गर्ने क्रममा हिन्दू र मुस्लिम समुदायबीच विवाद भएको थियो ।विवादको क्रममा मुस्लिम समूदायले सीसाको बोतल, ढुंगा, ईँटालगायत हिन्दू समुदायमाथी प्रहार गरेका थिए । हिन्दू समुदायले विवादित तेलीया पोखरीको छेउमा मुस्लिम समूदायले निर्माण गरेको टहरा जलाएका थिए । त्यसपछि विवाद झन चर्किएको थियो ।धनुषा प्रहरील

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 784 पटक पढिएको
  • जेन–जी समूहले पूर्वप्रधानमन्त्री र नेताहरूलाई पक्राउको लागि दिएको जाहेरी प्रहरीद्वारा अस्वीकार

    काठमाडौं— सुदन गुरुङको नेतृत्वमा रहेको जेन–जी समूहले पूर्वप्रधानमन्त्री तथा प्रमुख दलका नेताहरूलाई पक्राउ गर्न माग गर्दै दिएको जाहेरी प्रहरीले अस्वीकार गरेको छ । मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौँले प्रधानमन्त्रीबाट लिखित जवाफ नआएसम्म जाहेरी दर्ता गर्न नसकिने भन्दै समूहलाई फर्काएको हो।परिसरबाट बाहिरिने क्रममा समुहका युवा ओजस्वी थापाले भोली र पर्सि गर्ने भनिएको जेनजी आन्दोलनमा आफूहरुको कुनै संलग्नता नरहेको स्पष्ट पारे । हिजोको सरकारले दमन गरेर चाहिँदै नचाहिएको रक्तपात दिएको भन्दै उनले अब फेरी त्यो रक्तपात आफूहरुले नचाहेकोले आन्दोलनमा आफूहरुको सहभागीतालाई लिएर भ्रममा नपर्न आग्रह गरे ।&nbs

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 690 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.