समाचार

    Showing 10,561-10,570 of 26,676 items.
  • आज २०८२ साल असोज १८ गते शनिबारको राशिफल

    मेष - आजको दिन अनुकूल रहनेछ। अवरोध हट्नेछन्, सहयोग प्राप्त हुनेछ, र व्यवसायिक क्षेत्रमा लाभ हुने संकेत छ। नयाँ योजनाहरू प्रारम्भ गर्ने अवसर जुर्न सक्छ।वृष - स्वास्थ्यमा सुधार आउनेछ। रोकिएको धन प्राप्त हुने सम्भावना छ। मेहनतअनुरूप सफलता पाइनेछ, र परिवार तथा मित्रको सहयोगले आत्मबल उच्च रहनेछ।मिथुन - मिश्रित दिन रहनेछ। स्वास्थ्यसम्बन्धी समस्या देखिनसक्छ, जसले कार्यक्षमता प्रभावित पार्न सक्छ। यद्यपि ढिलाइ भए पनि व्यवसायिक क्षेत्रमा परिणाम लाभदायक रहनेछ।कर्कट - समस्याहरू दोहोरिन सक्ने संकेत छ। कार्य समयमा सम्पन्न नहुन सक्छ। स्वास्थ्यप्रति सजग रहनुहोस्, विशेष गरी यात्रामा अतिरिक्

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 552 पटक पढिएको
  • चितवन, धादिङ र तनहुँ जिल्लाको सार्वजनिक अपिल– असोज २० गते सम्म यात्रा नगर्नू

    काठमाडौं— चितवन, धादिङ र तनहुँका जिल्ला प्रशासन कार्यालयले शुक्रबार संयुक्त सूचना जारी गर्दै असोज २० गतेसम्म अत्यावश्यक बाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। यात्रा गर्नुपरेको अवस्थामा पनि रातको समयमा नगर्न अनुरोध गरिएको छ।मौसम पूर्वानुमान महाशाखाले गरेको प्रक्षेपण अनुसार पानी परेको खण्डमा राजमार्गहरूको आवागमन बन्द गर्नुपर्ने भएकाले यसतर्फ सचेत र सतर्क रहन अपिल गरिएको छ।त्यस्तै, यात्रा गर्नुपर्ने अवस्थामा सुरक्षा निकायहरूबाट आवश्यक जानकारी लिएर मात्र यात्रा गर्न भनिएको छ।असोज २० गतेसम्म अत्यावश्यक बाहेक मालवाहक ठूला सवारी साधन नचलाउन पनि यी तीन जिल्लाका प्रशासन कार्यालयले आग्रह गरेका

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 729 पटक पढिएको
  • सङ्खुवासभामा आफन्तको खुकुरी प्रहारबाट १ जना गम्भीर घाइते

     सङ्खुवासभा— सङ्खुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका–४ माङ्तेवामा खुकुरी प्रहारबाट एक जना शिक्षक गम्भीर घाइते भएका छन्। जीवन ज्योति माध्यमिक विद्यालयमा कार्यरत शिक्षक राजेन्द्र राईमाथि आफन्त फुपूका छोराहरूले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।घटनामा शिक्षक राईको टाउको, हात र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। उनलाई सुरुमा जिल्ला अस्पताल खाँदबारी लगिएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको न्यूरो अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार सामान्य विवादपछि जाँडरक्सी सेवन गरेका आफन्त स

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 825 पटक पढिएको
  • राजेश महतो भन्छन् : जेनजी आन्दोलनमा भाईलाई गोली लाग्यो, दुईवटै खुट्टा नचल्ने भयो

    काठमाडौं । जेनजी आन्दोलनका कारण घाइते भएकाहरु देशका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।गत भदौ २३ गते काठमाडौं बानेश्वरमा कम्मरमा गोली लागेर राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहेका महोत्तरीका २५ वर्षीय राकेश महतोको भने दुईवटै खुट्टा चल्न नसक्ने अवस्थामा पुगेको छ ।राकेशका दाजु राजेशका अनुसार गोली लागेका भाइको दुईवटै खुट्टा प्यारालाइसिस हुने संभावना बढेको जानकारी दिए ।‘भाईलाई काठमाडौंमा राखेर पढाइरहेका थियौं । सरकारी जागिरका लागि लोकसेवाको तयारी गरिरहेको थियो । उसको कम्मरमा गोली लागेकाले खुट्टै नचल्ने अवस्था पुगेको डाक्टरहरुले जानकारी दिनुभएको छ । घरमा आमा पनि विरामी हुनुहुन्छ, कमाइ गर्ने म

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 553 पटक पढिएको
  • गाउँमा नर्सरी, काठमाडौंमा व्यापार

    रामेछाप । रामेछापको मन्थली नगरपालिका–५, सुनारपानीका रामबहादुर साहीले गाउँमा नै फूल तथा इनडोर सजावटका बिरुवाको नर्सरी राखेर काठमाडौंमा बिक्री गरी त्यसबाट राम्रो आम्दानी लिएका छन् । भदौरे कालिका कृषि तथा पशुपन्छी फर्म मन्थलीले उत्पादन गरेका फूल, फलफूल तथा सजावटका बिरुवाहरू अहिले काठमाडौं लगायत देशभर पुगेका छन् । लामो समयसम्म बाँझे बसेको आफ्नै जमिनमा दुई वटा हाई टेक टनेल (प्लास्टिक घर) निर्माण गरी सो फर्मले व्यावसायिक रूपमा बिरुवा उत्पादन गरी बिक्री गरिहरेको छ । फर्ममा उत्पादित बिरुवा सबै काठमाडौं जाने फर्ममा काम गर्ने कर्मचारी बताउँछन् । आफ्नो जीवन नै फलफूल नर्सरीमा बितेको नर्सरीक

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 330 पटक पढिएको
  • वीरगन्जमा २७ वर्षीय युवकको शव फेला, दुर्घटनामा मृत्यु भएको अनुमान

    वीरगन्ज, १७ असोज । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–३ जयमंगलापुरमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।शुक्रबार बिहान गाउँपालिकाको टिहुनी झलमहिया–भिष्ण सडकखण्डमा अवस्थित वडा कार्यालयभन्दा करिब सय मिटर पश्चिमतर्फको पुलनजिकै जयमंगलापुरका २७ वर्षीय रमेश साह कानु मृत अवस्थामा भेटिएका हुन् ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार कानुले चलाएको भारतीय नम्बर प्लेट  ( १२७३) रहेको मोटरसाइकल पुलबाट पोखरीमा खस्दा डुबेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।मोटरसाइकल शव नजिकै फेला परेको र मृतकको शरीरमा कुनै चोटपटक नदेखिएको कारण मृत्यु दुर्घट

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 359 पटक पढिएको
  • जेनजी आन्दोलनका घाइते दौलत अझै अचेत, सरकारले सहयोग नगरेको गुनासो

    काठमाडौं –  गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका सिन्धुपाल्चोकका ३२ वर्षीय दौलत थापा अझै वेहोस छन् ।भक्तपुरको मध्यपुर अस्पतालमा उपचार असंम्भव भएपछि काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार जारी रहेपनि उनी अझै अचेत अवस्थामा छन् । तर सरकारले आन्दोलनबाट घाइते भएको होइन भन्दै उपचारमा सहयोग गर्न असमर्थ रहेको परिवारले जानकारी दिएको छ ।घाइते थापाकी श्रीमती यमकला ठकुरी भन्छिन्, ‘२४ गतेको आन्दोलनमा उहाँको टाउकोमा गम्भीर चोट लागेको छ । दोब्बर अपरेशसन भइसकेपनि होस खुलेको छैन् । एक महिना हुन लागिसक्यो बेहोस नै हुनुहुन्छ । सरकारले उहाँलाई आन्दोलनकारी नभएको भनिरहेको छ तर उहाँसँग र

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 478 पटक पढिएको
  • पर्साको जयमंगलापुरमा युवकको शव फेला, दुर्घटनाको आशंका

    पर्सा— पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–३ जयमंगलापुरमा एक युवक मृत अवस्थामा फेला परेका छन्। शुक्रबार बिहान झलमहिया र भिस्वा जोड्ने सडकखण्डको कल्भर्टमुनि २७ वर्षीय रमेश साह कानुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।मृतक रमेश सोही वडाका स्थायी बासिन्दा हुन्। उनी भारतीय नम्बर प्लेट वीर आर २२ ए एल १२७३ भएको मोटरसाइकलसहित कल्भर्टमुनि पानीमा फेला परेका थिए।जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले घटनास्थलको प्रारम्भिक निरीक्षण र मृतकको शारीरिक अवस्था हेर्दा मोटरसाइकल दुर्घटनाका कारण मृत्यु भएको अनुमान गरिएको जानकारी दिए। यद्यपि घटनाबारे थप अनुसन्धान जारी रह

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 652 पटक पढिएको
  • जडिबुटीको मूल्य नपाएपछि भोजपुरका किसानको गुनासो

    भोजपुर— भोजपुरका कृषकहरूले उत्पादन गरेको जडिबुटीको उचित मूल्य नपाएको गुनासो गरेका छन्। जिल्लाको माथिल्लो भेगमा चिराइतो, सतुवा, अलैंची, टिमुरलगायतका बहुमूल्य जडिबुटी व्यावसायिक रूपमा उत्पादन हुँदै आएको छ। तर, बजार मूल्य नपाउँदा किसानहरू मारमा परेका छन्।स्थानीय किसानहरूका अनुसार जडिबुटीको मूल्य निर्धारणबारे स्पष्ट जानकारी नहुँदा र सरकारी निकायले मूल्य तोक्ने प्रक्रिया नल्याउँदा विचौलियाहरूले मनपरी मूल्यमा जडिबुटी खरिद गरिरहेका छन्।कृषक निमा शेर्पाले चिराइतो, सतुवा र अलैंचीको व्यावसायिक खेती गरे पनि मूल्य निर्धारण नभएको कारण घाटामा बेच्न बाध्य भएको बताइन्। “विचौलियाकै भर पर्नुपर्छ, हामीले उत्पादन

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 663 पटक पढिएको
  • अविरल वर्षापछि आएको बाढी र पहिरोले राजमार्ग अवरुद्ध हुँदा नेपाल–चीन नाका बन्द

    काठमाडौं— अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न पाँच स्थानमा राजमार्ग अवरुद्ध हुँदा यातायात ठप्प छ । आज बिहानसम्म संखुवासभा, रसुवा र सिन्धुपाल्चोकका मुख्य सडक बन्द भएपछि नेपाल–चीन जोड्ने सीमा नाका समेत सञ्चालनमा आउन नसकेको प्रहरीले जनाएको छ ।जसनुसार संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवामा कोशी राजमार्ग अवरुद्ध भएको छ । रसुवाको गोसाइँकुण्ड नगरपालिका–२ मा बाढीले सडक बगाउँदा पासाङल्हामु राजमार्गमार्फत चीनसँगको सीमा नाका समेत ठप्प छ ।त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलामा खसेको ठूलो पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 656 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.