समाचार

    Showing 10,581-10,590 of 26,676 items.
  • बस दुर्घटना हुदा १ जनाको मृत्यु, २० जना घाइते

    महोत्तरि । महोत्तरीको बर्दिबास नगरपालिका खैरमारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ ।काठमाडौं–खैरमारा चल्ने ना ६ ख १४६३० नम्बरको बस आज बिहान काठमाडौंतर्फ जाने क्रममा दुर्घटना भएको हो । दुर्घटनामा स्थानीय करिब ८० वर्षीय चुल्हाइ चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।प्रहरी घटनास्थलमा टोली पुगेर घाइतेहरुको उद्धार गर्दै अस्पताल पठाएको छ । दुर्घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 409 पटक पढिएको
  • आज पनि दशैंको टीका लगाउने र आशीर्वाद लिनेक्रम जारी

    काठमाण्डौ । आश्विनशुक्ल एकादशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप दशैंको टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनको घरमा जानेक्रम जारी रहेको छ।नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ। पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिनमात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीयरुपमा नै उल्लेख गरिएको छ।पहिलो दिन मान्यजनकहाँ जान नपाएकाहरु पूर्णिमाक

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 587 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  हाल देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग लगायत मधेश प्रदेशका केहि स्थानमा हल्का वर्षा भइरहेको छ।दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराइका केही भू-भागहरू र मधेस प्रदेश लगायत देशका बाँकी प्रदेशका पहाड र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराइ, कर्णाली प्रदेश र बागमती प्रदेशको पहाडी भूभागका केहि स्थानमा भारी वर्षाको

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 504 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।   नेपाल राष्ट्र बैंकले आज असोज १७, शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।अमेरिकी डलर, चिनियाँ युआन, साउदी अरेबियन रियालको मूल्य स्थिर बस्दा युरोपियन युरो, स्विस फ्रयाङ्क, सिंगापुर डलर, जापानी येनको मूल्य बढेको छ भने अस्ट्रेलियन डलर, क्यानेडियन डलरको भाउ केही घटेको छ। अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा छ। युरोपियन युरो १ को खरिददर १६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६७ रुपैयाँ १३ पैसा कायम गरिएको छ।  यूके पाउन्ड स्टर्लिङ १ को खरिददर १९० रुपैयाँ ८२ पैसा र बिक्रीदर १९१ रुपैयाँ ६३ पैसा कायम गरिएको छ। स्व

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 449 पटक पढिएको
  • आज २०८२ साल असोज १७ गते शुक्रबारको राशिफल

    मेष - परिवारको सहयोग प्राप्त हुने तथा शैक्षिक क्षेत्रमा प्रगति गर्ने समय छ। परीक्षा शुभ परिणाम ल्याउने सम्भावना प्रबल छ। आन्तरिक लगानी लाभदायी रहनेछ, तर विदेश यात्रा वा त्यहाँको लगानीमा सावधानी अपनाउनु हितकर हुनेछ।वृष - सामाजिक क्षेत्रमा सफलता पाउने तथा सेवामुखी कार्यमा अवसर प्राप्त हुने दिन हो। पारिवारिक प्रेम–सम्बन्ध प्रगाढ बन्नेछन्। विदेशप्रतिको आकर्षण बढे पनि साथीसँगको सहकार्यबाट ठोस लाभ मिल्नेछ।मिथुन - मन केही चञ्चल भए पनि सोच विचार गरी बोल्दा फाइदा हुनेछ। ठूला काम वा नयाँ सुरुवात घरपरिवारसँग परामर्श गरेर गर्दा सफल हुनेछ। प्रेम जीवनमा सन्तुष्टि र आत्मीयता अनुभव हुनेछ।कर्कट

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 706 पटक पढिएको
  • कुमारी आर्यतारा शाक्यद्वारा सर्वसाधारणलाई विजयादशमीको टीका

    काठमाडौं— विजयादशमीको अवसरमा कुमारी आर्यतारा शाक्यले आज सर्वसाधारणलाई टीका र जमरा लगाइदिएकी छन्। ऐतिहासिक तथा धार्मिक परम्पराअनुसार हरेक वर्ष विजयादशमीका दिन कुमारीले टीका दिनु विशेष रूपमा मानिन्छ।बिहानैदेखि कुमारीगृहमा श्रद्धालुहरूको भीड लागेको थियो। विभिन्न उमेर समूहका महिला, पुरुष, बालबालिकाहरू कुमारीबाट टीका र आशीर्वाद लिन आएका थिए।कुमारी आर्यताराले रातो टीका, जमरा र प्रसाद दिँदै आशीर्वाद स्वरूप शान्ति, समृद्धि र दीर्घायुको कामना गरिन्।कुमारीगृहका अनुसार आज विशेष रूपमा आम नागरिकलाई टीका लगाइने कार्यक्रम तय गरिएको थियो। 'हामीले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सर्वसाधारणलाई दर्शन र टीका दि

    • प्रकाशित मितिः असोज १६, २०८२
    • 680 पटक पढिएको
  • प्रधानमन्त्री कार्कीले भेटिन् जेनजी आन्दोलनमा ज्यान गुमाएका परिवारहरू, दसैंमा टीका नलगाउने अठोट

    काठमाडौं— यस वर्षको दसैं प्रधानमन्त्री सुशीला कार्कीका लागि उत्सव होइन, सम्झनाको अवसर बन्यो। राज्यको उपेक्षा विरुद्ध उठेको जेनजी आन्दोलनमा ज्यान गुमाएका नागरिकहरूका परिवारलाई भेट्दै उनले दसैंमा टीका नलगाउने अठोट पुनः दोहोर्याइन्।आज विहानैदेखि प्रधानमन्त्री कार्की राजधानीका विभिन्न स्थानमा रहेका मृतकका परिवारसँग व्यक्तिगत रूपमा भेटघाट गर्न निस्किइन्।सबैभन्दा पहिला उनले बागलुङका सौरन किशोर श्रेष्ठका परिवारलाई वनस्थलीस्थित घरमा पुगेर भेटिन्। प्रधानमन्त्रीले शोकाकुल परिवारसँग केहीबेर समय बिताइन्, चुपचाप सुनेर, कहिलेकाहीं समवेदना जनाउँदै।त्यसपछि उनी नागर्जुन–३ की कान्छी नगरकोटीको घर पुगिन्। त्यहाँ

    • प्रकाशित मितिः असोज १६, २०८२
    • 649 पटक पढिएको
  • मुख्यमन्त्री कार्की भन्छन बडादशैँले राष्ट्रिय एकतालाई सबल बनाउनेछ

    बिराटनगर— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजयादशमी, २०८२ का अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।  मुख्यमन्त्री कार्कीले बिहीबार विजयादशमीको उपलक्ष्यमा शुभकामना दिँदै बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषताले सम्पन्न नेपालको ऐतिहासिक परम्परा र सामाजिक विविधतालाई आत्मसात गर्दै आएको यस पर्वले राष्ट्रिय एकता, आपसी सद्भाव र सामाजिक सहकार्यलाई अझ सबल बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका हुन् ।मुख्यमन्त्री कार्कीले मौलिक परम्परा र सांस्कृतिक विविधताको संरक्

    • प्रकाशित मितिः असोज १६, २०८२
    • 695 पटक पढिएको
  • काठमाडौं उपत्यकामा चहलपहल बढ्यो, टीका लगाएर फर्किनेहरुको संख्या बढ्दो

    काठमाडौं— हिन्दुहरुको महान पर्व वडादशैंको मुख्य दिन आज(विहीबार) साइतको टीका सकिएपछि सडकहरुमा मानिसहरुको चहलपहल देखिन थालेको छ ।काठमाडौं उपत्यका नजिकका जिल्लाबाट काठमाडौं फर्किने र टीका एव आशिर्वाद लिन हिडडुल गर्ने मानिसहरुको चाप बढेको छ । तीन दिनयता सुनसान देखिएका काठमाडौंका सडकमा मानिसहरुको उपस्थिति देखिन थालेको हो । सडकहरूमा सवारी चाप बढेको छ । सडकमा हिँड्डुल गर्ने मानिसहरुको संख्या पनि बढेको छ ।  विशेषगरी काठमाडौंको कोटेश्वर, कलंकी, गंगबु, महाराजगन्ज साथै भित्रि सडकहरुमा पनि मानिसहरुको भीड बढ्दै गएको छ ।बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रू

    • प्रकाशित मितिः असोज १६, २०८२
    • 670 पटक पढिएको
  • शर्मा नेतृत्वको समितिले एनआरएनए एकताका लागि सुरु गर्यो वार्ता

    काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए)को उच्चस्तरीय न्यायिक तथा मेलमिलाप समितिले संस्थाभित्र बृहत् एकताका लागि वार्ता सुरु गरेको छ ।गत  मे ३–४  मा काठमाडौँमा भएको एकताको महाधिवेशनबाट २०२५–२७ कार्यकालका  लागि  निर्वाचित महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले एकता महाधिवेशनमा सहभागी नभएको पक्षलाई समेत समेट्न  लागि वार्ता सुरु गरेको हो। राजेन्द्रकुमार (आरके)शर्माको  संयोजकत्वमा गठित ५ सदस्यीय समितिलाई पूर्णता दिइए लगत्तै वार्ता प्रक्रिया सुरु भएको हो ।समितिको सदस्यमा जानकी गुरुङ, सुनील शाह, नारायण आचार्य र शनि ओली रहेका छन् ।समितिको पहिलो बैठकले एकताको प्रयासलाई

    • प्रकाशित मितिः असोज १६, २०८२
    • 644 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.