बिराटनगर— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजयादशमी, २०८२ का अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री कार्कीले बिहीबार विजयादशमीको उपलक्ष्यमा शुभकामना दिँदै बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषताले सम्पन्न नेपालको ऐतिहासिक परम्परा र सामाजिक विविधतालाई आत्मसात गर्दै आएको यस पर्वले राष्ट्रिय एकता, आपसी सद्भाव र सामाजिक सहकार्यलाई अझ सबल बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरेका हुन् ।
मुख्यमन्त्री कार्कीले मौलिक परम्परा र सांस्कृतिक विविधताको संरक्षण र सम्बर्द्धनका पक्षमा कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट गरेका छन् ।
दशैँ पर्वले नयाँ उमङ्ग, उत्साह र राष्ट्रिय एकतालाई अझ सबल बनाइ आपसी सद्भाव र समृद्धिको मार्ग प्रशस्त गर्न महत्त्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गरेको मुख्यमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ ।