समाचार

    Showing 10,611-10,620 of 26,676 items.
  • राजदेवी मन्दिरमा १४ हजार ९ सय ३ बोकाको बलि प्रदान

    जनकपुर— जनकपुरधामको राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ९ सय ३ वटा बोकाको बलिप्रदान भएको छ ।हिजो राति महापूजा पश्चात सुरु भएको बोकाबली कार्यक्रम बिहान ३ बजेर ५५ मिनेटमा समाप्त भएको थियो । बोकाबलीका लागि चारवटा ठेहा राखिएको थियो । यस वर्ष पनि नेपालका विभिन्न भागबाट भाकल पूरा भएकाहरु बोका चढाउन आएका थिए । भारतको सीमावर्ती क्षेत्रहरुबाट पनि श्रद्धालुभक्तजनहरु बोका चढाउन आएका थिए ।अष्टमीको राती राजदेवीमा बोका बलि दिने परम्परा छ । स्थानीय महावीर युवा कमिटी, गणेश युवा कमिटी, राम युवा कमिटीले बोका बलिको व्यवस्थापन गरेका थिए ।बलि दिन युवा कमिटीहरूले संयुक्त रूपमा उल्लेखनीय सङ्ख्यामा स्वयंसेवक परिचालन गरे

    • प्रकाशित मितिः असोज १५, २०८२
    • 565 पटक पढिएको
  • बढी भाडा असुल्ने यातायात व्यसायीलाई तत्कालै कारबाही गर्ने मन्त्री घिसिङको चेतावनी

    काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले स्वीकृत एवम् कानूनको प्रतिकूल हुनेगरी निर्धारितभन्दा बढी भाडादर असुल्ने यातायात व्यसायीलाई तत्कालै कारबाही गरिने बताएका छन् ।चाडबाडको मौका छोपी बढी भाडादर असुल्ने गरेको, टिकटको कालोबजारी गरेकोलगायतका गुनासा यात्रुबाट निरन्तर आइरहेको उल्लेख गर्दै मन्त्री घिसिङले कानून विपरीतका त्यस्ता क्रियाकलाप तत्काल बन्द गर्न आग्रह गरे ।हालको देशको विषम परिस्थितमा यातायात व्यवसायीलगायत सबै पक्ष जिम्मेवार बन्नु पर्नेमा यात्रुलाई अनावश्यक दुःख दिएर चाडबाडलाई कमाउने मौका रुपमा प्रयोग नगर्न, स्वीकृत भाडा दरभन्दा ब

    • प्रकाशित मितिः असोज १५, २०८२
    • 530 पटक पढिएको
  • मनकामना केबलकार तीन दिन बन्द

    चितवन— मनकामना केबलकार आज बुधबारदेखि तीन दिन बन्द गरिने भएको छ । केबलकारका व्यवस्थापक उज्ज्वल शेरचनले आजदेखि १७ गतेसम्म केबलकार सेवा बन्द गरिने जानकारी दिए । असोज १८ गतेदेखि पुनः नियमित सेवा सञ्चालनमा आउने उनको भनाइ छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित मनकामना माई मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना केबलकार सञ्चालन भइरहेको छ । यो नेपालको पहिलो केबलकार हो ।      

    • प्रकाशित मितिः असोज १५, २०८२
    • 568 पटक पढिएको
  • जाजरकोटमा जिप दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

    जाजरकोट— जाजरकोटको नलगाड नगरपालिका–५ कालिमाटीबाट पोख्रा जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।कर्णाली प्रदेश ०२००१च१२५५ नम्बरको जिप आज बिहान पोख्राको भेगमा दुर्घटनामा परेको हो। दुर्घटनामा नलगाड नगरपालिका–५ का २२ वर्षीय निसान वली गम्भीर घाइते भएका थिए। उपचारका लागि लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त कुमार शर्माले जानकारी दिए।घाइते हुनेहरूमा सोही ठाउँका रविन्द्र वली, हिरालाल कुसारी र दीपेश वली रहेका छन्। तीमध्ये दुई जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने एक जनालाई रुकुमपश्चिमको

    • प्रकाशित मितिः असोज १५, २०८२
    • 537 पटक पढिएको
  • राहदानी रोक्काको निर्णयप्रति कांग्रेसको आपत्ति, सरकारलाई 'राजनीतिक प्रतिशोध' नगर्न चेतावनी

    काठमाडौं— नेपाली कांग्रेसले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखकसहित पाँच जनाको राहदानी रोक्का गर्ने सरकारको निर्णयप्रति कडा आपत्ति जनाएको छ।पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'सरकारले पूर्वप्रधानमन्त्रीलगायत नेताहरूको राहदानी रोक्का गर्नु र देशभित्रै पनि आवतजावतमा रोक लगाउनु स्पष्ट राजनीतिक प्रतिशोध हो।'गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि भएको घटनाको छानबिनका लागि गठित आयोगको सिफारिसमा सरकारले उक्त निर्णय गरेको हो। राहदानी रोक्का गरिएका अन्य व्यक्तिमा गृहमन्त्रालयका पूर्वसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानक

    • प्रकाशित मितिः असोज १५, २०८२
    • 501 पटक पढिएको
  • केपी शर्मा ओली र महेश बस्नेतको आरोपपछि जेनजीको फेरि प्रदर्शनको तयारी

    काठमाडौं— पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र एमाले नेता महेश बस्नेतले जेनजीहरूलाई ‘आतंककारी’ भनेपछि राजनीतिक माहोल फेरि तातिएको छ।यसैबीच, जेनजीहरूले अक्टोबर ९ (असोज २३) मा राजधानीमा प्रदर्शन गर्ने घोषणा गरेका छन्। जेनजीहरूको भनाइअनुसार, सहिदको बलिदानबाट आएको परिवर्तनलाई केही शक्तिहरूले हाइज्याक गर्ने प्रयास गरेका छन्।उनीहरूले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, संघीयताको खारेजी र आन्दोलनका क्रममा भएको दमन तथा हत्या घटनामा संलग्नलाई तत्काल कारबाही गर्न माग राखेका छन्। यसअघि ओली सरकारले सामाजिक सञ्जालमा आफ्ना मान्छेहरूलाई प्रभाव नजमाएपछि फेसबुकलगायतका प्लेटफर्मलाई बन्द गराएर दमन गरेको

    • प्रकाशित मितिः असोज १५, २०८२
    • 677 पटक पढिएको
  • वेस्ट इन्डिज र नेपालबीचको अन्तिम खेल आज हुँदै

    काठमाडौं—  दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिज र नेपालबीचको टी– २० सिरिज युनिटी कपअन्तर्गत अन्तिम खेल आज हुँदैछ । खेल आज राति सवा ८ बजे यूएईस्थित शाहजाह क्रिकेट स्टेडियममा हुनेछ ।नेपालले सिरिजको उपाधि जितिसकेको छ । लगातार दुई खेलमा शान्दार जित दर्ता गर्दै उपाधि जितिसकेको नेपाललाई आज सिरिज ‘क्लिन स्विप’ गर्ने मौका रहेको छ । टी– २० विश्वकप छनोटको तयारीमा रहेको नेपालले पहिलोपटक टेस्ट राष्ट्रसँग सिरिज खेलको हो ।

    • प्रकाशित मितिः असोज १५, २०८२
    • 635 पटक पढिएको
  • फिलिपिन्समा भूकम्प जादा १९ जनाको मृत्यु

    काठमाण्डौ ।  अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार फिलिपिन्समा ६.९ म्याग्निच्यूडको भूकम्प गएको छ। स्थानीय समय अनुसार राति १० बजे भूकम्प गएको हो।बिबिसीका अनुसार हालसम्म भूकम्पमा परेर १९ जनाको मृत्यु भएको छ। अहिले उद्धारको काम भइरहेको बताइएको छ।

    • प्रकाशित मितिः असोज १५, २०८२
    • 393 पटक पढिएको
  • नवरात्रको अन्तिम दिन, आश्विन शुक्ल नवमी, महानवमी पर्व मनाइँदै

    काठमाण्डौ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ।महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ। दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजाआराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ।पशुबलि नदिने र शाकाहारीले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन्। अधिकांश स्थानमा महाष्टमीको दिनमा

    • प्रकाशित मितिः असोज १५, २०८२
    • 476 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का वर्षा भइरहेको छ।दिउँसो सबै प्रदेशमा साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभाग, मधेश प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने देखिएको छ।राति पनि सबै प्रदेशमा साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभाग, मधेश प्रदेशका केही स्थानमा र बाँकी प्रदे

    • प्रकाशित मितिः असोज १५, २०८२
    • 442 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.