जाजरकोट— जाजरकोटको नलगाड नगरपालिका–५ कालिमाटीबाट पोख्रा जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।

कर्णाली प्रदेश ०२००१च१२५५ नम्बरको जिप आज बिहान पोख्राको भेगमा दुर्घटनामा परेको हो। दुर्घटनामा नलगाड नगरपालिका–५ का २२ वर्षीय निसान वली गम्भीर घाइते भएका थिए। उपचारका लागि लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त कुमार शर्माले जानकारी दिए।

घाइते हुनेहरूमा सोही ठाउँका रविन्द्र वली, हिरालाल कुसारी र दीपेश वली रहेका छन्। तीमध्ये दुई जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने एक जनालाई रुकुमपश्चिमको आठबिसकोट नगर अस्पताल लगिएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।