समाचार

    Showing 13,571-13,580 of 24,841 items.
  • मेवाका बिरुवाको माग बढ्दो

    चितवन । जिल्लामा सरकारीस्तरमा उत्पादन गरिएको मेवाको बिरुवाको माग बढ्दै गएको छ । व्यावसायिक कीट विकास फार्म भण्डारले उन्नत जातको मेवाका बिरुवा उत्पादन गरेर बिक्री गर्न थालेपछि माग बढेको हो ।कार्यालयका सूचना अधिकारी कमलनयन पन्तका अनुसार फार्मको जग्गामा लगाइएका बिरुवा बिक्रीका लागि तयार भएका छन् । उनले भने, ‘थोरै बिरुवा उत्पादन गरिएको भए पनि माग उच्च छ ।’ अहिले चार हजार बीउ लगाइएकामा तीन हजार हाराहारी बिरुवा उत्पादन भएका छन् । उनका अनुसार रेड लेडी जातको मेवाका बिरुवा उत्पादन गरी बिक्री गर्न थालिएको हो । यो ताइवानको बीउ हो । यो मेवा फल धेरै लाग्ने र छोटो समयमा खानका लागि तयार हुने गर्दछ । गत

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • 436 पटक पढिएको
  • लगातार सात कारोबार दिन घटेको नेप्से परिसूचकमा आज दोहोरो अङ्कको वृद्धि

    काठमाडौँ । पछिल्लो सात कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव २८ अङ्कले बढेर दुई हजार सात सय ३६ दशमलव ४८ को विन्दुमा कायम भएको हो ।आज विभिन्न तीन सय २३ कम्पनीका दुई करोड २९ लाख ४१ हजार तीन सय ६५ कित्ता शेयर ७९ हजार दुई सय ३६ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब २३ करोड ५२ लाख ६८ हजार सात सय ५५ बराबरको कारोबार भएको छ ।आजको कारोबारमा विकास बैंक समूह शून्य दशमलव ३३ र लघुवित्त समूह शून्य दशमलव २७ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै लगानी समूह एक दशमलव ७६ र अन्य समूह एक दशमलव ५७ प

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • 298 पटक पढिएको
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा–छेन्दु उडान हुँदै

    गण्डकी । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको प्रयासस्वरुप यही चैत ५ गते पोखराबाट मित्रराष्ट्र चीनको छेन्दुसम्म पहिलो व्यवसायिक चार्टर्ड उडान गरिने भएको छ ।लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्षसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका अवस्थामा पहिलोपटक व्यावसायिक चार्टर्ड उडान गर्न लागिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।‘पोखराबाट अन्तर्राष्ट्रिय विमान सुचारु गर्नको लागि पटकपटक राज्यका सम्बन्धित उच्च निकायमा ध्यानाकर्षण गर

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • 204 पटक पढिएको
  • सुनको भाउ सामान्य बढ्यो

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो । सुन तोलाको १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, चाँदीको मूल्य पनि बढेको छ । तोलामा ३० रुपैयाँले बढेर चाँदी २ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • 339 पटक पढिएको
  • जोमसोम बजार जोगाउन धमाधम तटबन्धन गरिँदै

    मुस्ताङ । बर्सेनि कालीगण्डकीले जोमसोम बजार कटान गरेपछि तटबन्ध निर्माण प्रारम्भ भएको छ । सङ्घीय सरकारअन्तर्गतको  जलस्रोत तथा सिँचाइ विभागको अगुवाइमा ‘जोमसोम बजार संरक्षण योजना’ अन्तर्गत नदी नियन्त्रण थालिएको हो । योेजनाअन्तर्गत घरपझोङ गाउँपालिका–४ काठेपुलबाट जिल्ला प्रशासन कार्यालय र नेपाली सेनाको क्याम्प रहेको स्थानमा आरसिसीसहितको ‘ग्यावियन वाल’ ‘पल्मकङ्क्रिट वाल’, तटबन्धको बेस धमाधम निर्माण भइरहेको छ । संरक्षण योजनाका निर्माण कम्पनीका मुख्य प्रतिनिधि शिवकुमार श्रेष्ठका अनुसार हालसम्म ५५ प्रतिशत भौतिक र ४२ प्रतिशत वित्तीय प्रगति भएको छ । कालीगण्डकी नदी कटान र बर्सेनि वृद्धि

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • 293 पटक पढिएको
  • मुगुमा पाइने बहुमूल्य जडीबुटी पछिल्लो समय घट्दो

    मुगु । जडीबुटीको खानीका रूपमा परिचित मुगु जिल्ला लगायत कर्णाली प्रदेशका अन्य जिल्लाहरुमा पाईने  बहुमूल्य जडीबुटी पछिल्ला बर्षहरुमा घट्दै गएको छ ।कर्णालीका १० वटै जिल्लामा ५ हजारभन्दा बढी प्रजातिका जडीबुटी पाइने भण्डार प्रदेश भए पनि मुगु लगायत हुम्ला ,कालीकोट,जुम्ला, डोल्फा,जाजरकोट,रुकुम लगायतका जिल्लाहरुका अहिले पाइने जडीबुटीको संख्या घट्दै गएको हो ।बनपाखामा पाईने बहुमूल्य यार्सागुम्बा, टिमुर, सतुवा, पाखनबेद, पदमचाल, सिताल्चिनी, डाले चुक, चिराइतो, कयर, कुरिलो, कटुको, बायजडी, बोजो,घुच्चीच्याउ,सुगन्धवाल,सेतकचीनी धुपी,वन लसुन,राताच्याउ,कालादान,जिम्बु , अतिस,जटामसी,बिषजरा,लगायतका जडीबुटीहरु&n

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • 228 पटक पढिएको
  • यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २२, आलु रातो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ६३, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु २५, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु २०, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोक

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • 423 पटक पढिएको
  • सामूहिक मकैखेती गर्दै ताप्लेजुङका किसान

    फुङ्लिङ (ताप्लेजुङ) । जिल्लाका किसान क्रमशः सामूहिक खेतीप्रति आकर्षित भएका पाइएको छ । मिक्वाखोला गाउँपालिका–२ का किसानले सूर्यज्योति कृषक समूह गठन गरी सामूहिक मकैखेती थालेका हुन् । बाह्र परिवारले एक सय ४० रोपनीमा मकैखेती गरिरहेका छन् । स्थानीय किसान इन्द्रकुमारी तामाङका अनुसार पारम्परिकबाट सामूहिक खेतीतर्फ रूपान्तरण हुँदै गएका किसान आफ्नो इच्छाअनुसार फरक–फरक प्रकारका बालीनाली लगाउने गर्थे । कसैले आलु, कसैले धान, कसैले कोदो वा मकैखेती गर्थे । तर अहिले भने योजनाबद्ध रूपमा सामूहिक खेती गर्ने प्रवृत्ति बढ्दै गएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले मकै जोन कार्य

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • 358 पटक पढिएको
  • देशका अधिकांश भागमा आज मौसम सफा रहने

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय  वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने बाँकी भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम  सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना  छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानका साथै बाँकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा ह

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • 297 पटक पढिएको
  • पोखरा महानगर क्षेत्रको फोहरपानी व्यवस्थापन सम्बन्धी गुरूयोजना तयार

    गण्डकी । पोखरा महानगर क्षेत्रको फोहरपानी व्यवस्थापनसम्बन्धी गुरूयोजना तयार गरिएको छ ।पोखरा महानगरपालिकाले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), याचियो इञ्जिनियरिङ कम्पनी लिमिटेड, निहोन सुइडो कम्पनी लिमिटेड र एनजेएस कम्पनी लिमिटेड जापानको प्राविधिक सहयोगमा उक्त गुरूयोजना तयार गरेको हो ।महानगरपालिकाका चार वटा क्षेत्रहरूमा प्रशोधन केन्द्रहरू नै निर्माण गरी फोहर पानी प्रशोधनमार्फत पुनः प्रयोगका लागि योग्य बनाएर नदी तथा तालहरूमा छोडिने गुरूयोजनामा उल्लेख गरिएको छ ।महानगरको पश्चिम क्षेत्र, मुख्य सहरी भाग, हेमजा क्षेत्र र पूर्वी भागमा फोहरपानी प्रशोधन केन्द्रहरू स्थापना गरिनेछन् । यी केन्द्रमार्

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • 342 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.