काठमाडौं । सरकारको नयाँ बजेट र शिक्षा नियमावलीप्रति निजी विद्यालयहरूले असन्तुष्टि जनाएका छन्। चार प्रमुख निजी शैक्षिक संस्थाले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै तीन प्रतिशत शिक्षा सेवा शुल्क खारेजदेखि शिक्षा नियमावली संशोधनसम्मका माग अघि सारेका छन्।प्याब्सन, एन–प्याब्सन, हिसान र अपेनले संयुक्त रूपमा विद्यार्थीको शुल्कमा लगाइएको ३ प्रतिशत समता शिक्षा सेवा शुल्क तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्।उनीहरूले हालैको शिक्षा नियमावली (दसौँ संशोधन) का केही प्रावधानले विद्यालय सञ्चालन, व्यवस्थापन र अनुशासनमा समस्या सिर्जना गर्ने दाबी गर्दै पुनरावलोकन गर्न आग्रह गरेका छन्।निजी विद्यालयहरूले
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज राति कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा धेरै भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मौसमविद्का अनुसार मनसुन प्रणाली सक्रिय भएकाले दिउँसोभन्दा रातिको समयमा वर्षा अझ तीव्र हुने अनुमान छ। विशेषगरी पहाडी भूभागसँगै केही तराई क्षेत्रमा पनि बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ।विभागले कोशी, बागमती, गण्डकी र मधेशका विभिन्न क्षेत्रमा सतर्कता संकेत जारी गर्दै नदी–खोला आसपास, पहिरो जोखिम भएका बस्ती र यात्रा गर्ने सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।पूर्वानुमान अनुसार भोलिसम्म व
काठमाडौं । कीर्तिपुर होल्डिङ सेन्टर डुबानमा परेपछि र जेनजी अभियन्ताको पक्राउको विरोधमा संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।प्रदर्शनकारीहरूले उचित पुनर्स्थापना नगरी सुकुम्बासीलाई जबर्जस्ती विस्थापित गरिएको आरोप लगाउँदै सरकारविरुद्ध नाराबाजी गरेका हुन्। उनीहरूले सुरक्षित आवासको सरकारी प्रतिबद्धता कार्यान्वयन गर्न र विस्थापित परिवारको दीर्घकालीन व्यवस्थापन गर्न माग गरेका छन्।प्रदर्शनका क्रममा सहभागीहरूले जेनजी अभियन्तामाथिको पक्राउलाई गैरन्यायिक र नागरिक अधिकारविपरीत कदम भन्दै तत्काल रिहाइ र निष्पक्ष व्यवहारको मागसमेत गरेका छन्। मोर्चाले डुबान, विस्थापन
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्बासी व्यवस्थापनमा सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाएका छन्।आइतबार जारी विज्ञप्तिमा उनले जोखिमबाट जोगाउने नाममा सुकुम्बासीलाई एक जोखिमबाट निकालेर अर्को अझ ठूलो जोखिममा पुर्याइएको टिप्पणी गरेका छन्। कीर्तिपुर होल्डिङ सेन्टर नै डुबानमा परेपछि सरकारको 'सुरक्षित स्थानान्तरण'को दाबी व्यवहारमै असफल भएको उनको भनाइ छ।आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहले सुकुम्बासीलाई सुरक्षित र व्यवस्थित बसोबासको सार्वजनिक प्रतिबद्धता जनाएको स्मरण गराउँदै "त्यो वाचा कहाँ हरायो?" भन्दै प्रश्न गरेका छन्।उनले अहिले सुकुम्बासीहरू फेर
काठमाडौं । डुबानबाट बचाउँछुु भन्ने सरकारकै आश्रय डुब्यो,डोजरले उजाड्यो, बाढीले बगायो,सुरक्षित भनिएको बास नै असुरक्षित किन भयो ? सरकारको वाचा मात्र डुबेन सुकुम्बासीका सपना पनि डुबे डुबानबाट उद्धार मान्ने कि डुबानतिरै स्थानान्तरण ? डुबानबाट बचाउँछु भन्ने सरकारकै व्यवस्थापन बाढीमा डुब्यो। डोजर चलाएर सुकुम्बासी बस्ती उजाड्ने सरकार आज आफ्नै होल्डिङ सेन्टर सुरक्षित राख्न असफल देखिएको छ। कीर्तिपुर होल्डिङ सेन्टरमा पानी पसेपछि ५६ परिवार फेरि सडकमा पुगेका छन्। प्रश्न उठेको छ-यो प्राकृतिक विपत्ति हो कि सरकारी लापरबाही?सरकारले बागमती किनारका बस्तीलाई जोखिम भन्दै खाली गरायो। डोजर चल्यो।हजारौं परिवार
काठमाडौं / नेपाली बजारमा आज आइतबार सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ८७ हजार ४०० मा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयामा कारोबार भएको छ ।
काठमाडौं / मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरु भएको छ । ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री विराजभक्त श्रेष्ठको सक्रियतामा शनिबार दिउँसो ३ बजेदेखि विद्युत् प्रवाह सुरु भएको ऊर्जा मन्त्रालयले जनाएको छ । मार्कीचोक भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनका लागि मन्त्री श्रेष्ठले फिल्डमै गएर पहल गरेका थिए । उनले स्थानीय पालिकाका जनप्रतिनिधि र स्थानीयसँग संवाद गरेका थिए । २२० केभी प्रसारण लाइन सञ्चालन आइ विद्युत् प्रवाह सुरु भएसँगै चितवन, हेटौँडा, बुटवल हुँदै कोहलपुरसम्मका नागरिकका लागि विद्युत् सेवा सहज हुनेछ । ‘यससँगै क्षेत्रीय विद्युत् प्रसारण थप सन्तुलित, भरपर्दो
काठमाडौं / काठमाडौंको काडाघारीस्थित पुरानो फोर्स पार्कबाट चिया खान भन्दै घरबाट निस्किएका एक व्यक्ति सम्पर्कविहीन भएका छन् । डोटी जिल्लाको सलेना गाउँपालिका वडा नम्बर ६ घर भएका करिब ५० देखि ५५ वर्षका रामवाहादुर बलायर सम्पर्कविहीन भएका हुन् ।उनी यही असार २६ गते बिहान करिब ५ बजे चिया खान भन्दै घरबाट निस्किएका थिए । उनी घर नफर्के पछि आफ्न्तहरुले खोजी कार्यसुरु गरेका थिए । तर उनको हालसम्म कुनै पनि खबर नआए पछि नजिकैको प्रहरी चैकीमा पनि खबर गरे । खोजी कार्य भए पनि उनको कुनै खबर पाएको छैन् ।उनले कालो टोपी, हल्का निलो टिसर्ट, कालो ट्राउजर तथा कालो जुत्ता लगाएका थिए ।उनीलाई कसैले देखेमा वा भेटिएमा न
सर्लाही / विज्ञान विषयमा स्नातकोत्तर एमएस्सी गरेका ३५ वर्षीय विवेक मण्डलले शुक्रबार आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेपछि अहिले काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटिया निवासी मण्डलको शरीरको अधिकांश भाग जलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शुक्रबार दिउँसो मण्डलले आफ्नै शरीरमा आगो लगाएका थिए । घटनालगत्तै उनलाई प्रादेशिक अस्पताल मलङ्गवामा पु¥याएर प्राथमिक उपचार गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि शुक्रबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको हो ।परिवारका अनुसार विवेकल
काठमाडौं— नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक लिमिटेडले आफ्नो स्थापनाको ४२औं वार्षिकोत्सव मनाउँदै गर्दा देशको वास्तविक अर्थतन्त्रलाई बलियो बनाउन आफ्नो लगानी केन्द्रित गरेको छ ।‘बैंकिङ्ग एण्ड बियोन्ड’ को मूल नाराका साथ अघि बढेको बैंकले परम्परागत बैंकिङ्गभन्दा माथि उठेर मुलुकको दिगो विकासमा टेवा पुग्ने क्षेत्रहरूमा आक्रामक रूपमा कर्जा विस्तार गरिरहेको छ ।आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको तथ्याङ्क अनुसार, बैंकले प्रवाह गरेको कुल ४ खर्ब ६४ अर्ब रुपैयाँ कर्जामध्ये ठूलो हिस्सा कृषि, ऊर्जा, र साना तथा मझौला उद्यममा रहेको छ ।बैंकले मुलुकको खाद्यान्न आत्मनिर्भरता र ग्राम
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.