समाचार

    Showing 1,581-1,590 of 16,893 items.
  • कोशी मन्त्रीको गाडीको ठक्करबाट घाइते बालिका अस्पतालबाट डिस्चार्ज

    कोशी— कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम राना सवार गाडीको ठक्करबाट घाइते भएकी बालिका उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छन् ।नेकपा (एमाले) को विधान महाधिवेशनमा सहभागी हुन आएका मन्त्री राना चढेको गाडीले शनिबार बिहान ललितपुरको हरिसिद्धि घुम्तीमा ११ वर्षीया बालिकालाई ठक्कर दिएको थियो । ठक्कर दिएपछि गाडी रोक्ने प्रयास नगरी अघि बढेको भन्दै सो घटना विवादित बनेको हो ।बालिकाको स्वास्थ्य अवस्थाबारे समाचार सार्वजनिक भएपछि एमालेले सम्पूर्ण उपचार खर्च व्यहोर्ने घोषणा गरेको थियो । साँघुरो सडकमा तीव्र गतिमा गाडी चलाइएको भन्दै स्थानीयवासीले मन्त्री रानाको आलोचना गर्दै सडक अवरुद्धसमेत गरेका थिए

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 314 पटक पढिएको
  • एमाले विधान महाधिवेशनः अध्यक्ष ओलीले जवाफ दिने

    काठमाडौं—  नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदै छ । ललितपुरको गोदावरीमा जारी महाधिवेशनमा विभिन्न प्रतिवेदनमाथि छलफल गर्न गठित समूहहरूले समूहगत सुझाव पेस गरेपछि अध्यक्ष केपी शर्मा ओलीसँगै जवाफ दिने कार्यतालिका रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनको अनुसार आज ८ बजेदेखि विधान महाधिवेशनको बन्दसत्रसुरु भएको छ । उनले बन्दसत्रमा सबै प्रदेश र भूगोलबाट प्रतिनिधित्व गर्ने समूह नेताहरुले आफ्नो प्रस्तुति राख्ने र त्यसको जवाफ पार्टी अध्यक्षले दिने समेत कार्यसूची रहेको बताए । उनले भने,‘आजदेखि ८ बजेदेखि बन्दसत्र आह्वान भएको छ । बन्दसत्रमा सबै प्रदेश र भूगोलबाट प्रतिनि

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 248 पटक पढिएको
  • अरूले कुहेको पिठो बेचिरहेका छन्, हामीले गरेका काम जनतालाई भन्न आएका हौंः अध्यक्ष प्रचण्ड

    लम्जुङ— नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारले जनतामुखी र ऐतिहासिक उपलब्धिहरू हासिल गरे पनि प्रचारप्रसारको कमजोरीका कारण त्यसको मूल्याङ्कन जनतासमक्ष पूर्ण रूपमा पुग्न नसकेको बताएका छन् । लम्जुङको मध्यनेपाल नगरपालिका, भोर्लेटारमा माओवादी केन्द्र नगर कमिटिले आयोजना गरेको स्वागतसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने,‘हामीले धेरै काम गरेका छौं तर प्रचारमा कमी भयो । अरूले कुहेको पिठो बेचिरहेका छन् । त्यसैले हामीले गरेका काम जनतालाई भन्न र जनसंग सम्बन्ध मजबुत बनाउन जनतामाझ आएका हौं ।’उनले हुलाकी मार्ग र मध

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 247 पटक पढिएको
  • सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको विरोध

    काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्ने सरकारको निर्णयको विरोध गरेका छन् । सामाजिक सञ्जाल प्लेटफर्ममाथि लगाइएको बन्देजप्रति गम्भीर चासो व्यक्त गर्दै सरकारको उक्त कदमको निन्दा गरेका हुन् ।बस्नेतले भने, ‘सरकारले उद्योग कलकारखानाहरु बन्द गर्यो । हामी मुखदर्शक भएर बस्यौँ । नेपाल सरकारले मुलकभित्र रोजगारीको सम्भावना बन्द गरिदियो । हामी चुप बस्यौं । आज सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकमाथि ठाडो हस्तक्षेप गर्यो, हामी मौन छौं ।’उनले सामाजिक सञ्जाल प्लेटफर्म निष्क्रिय पार्ने सरकारको स्वेच्छाचारी प्रशासन

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 229 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान  कोशी र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडका थोरै स्थानहरूमा र बाँकी भूभागका केहि स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशको पहाडी भूभागमा साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका केहि स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।राति कोशी र मधेस प्रदेशलगायत देशको पहाडी भूभागमा

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 186 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९० रुपैयाँ ७३ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७५ रुपैयाँ ४० पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २२ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ १६ पैसा र बिक्

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 179 पटक पढिएको
  • राष्ट्रपति पौडेलले गरे ईन्द्रजात्रा अवलोकन

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शनिबार ईन्द्रजात्रा अवलोकन गरेका छन् । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गई जात्रा अवलोकन गरेका हुन् ।सो अवसरमा उनलाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले स्वागत गरेका थिए । जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएका थिए । त्यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो । भाद्र शुक्ल द्वादशीका दिन शनिबार बिहान हनुमानढोका दरबार क्षेत्

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 169 पटक पढिएको
  • ग्रामीण क्षेत्रका महिलाहरु व्यवसायिक तरकारी खेतीमा आकर्षित

    सुर्खेत । कालिकोटको शुभ कालिका गाउँपालिका–३ की बुँदा शाहीको दैनिकी फेरिएको छ ।सँधै खाद्यान्न बाली लगाउने बुदाले गाउँमै तरकारी खेती थालेपछि उनको दैनिकी फेरिएको हो । बारीमा तरकारी गोडमेल गर्ने, तयार भएको तरकारी टिपेर जम्मा गर्ने अनी त्यही तरकारी बेच्नका लागि नजिकैका बजारमा पु¥याउनु बुदाको दैनिकी बनेको छ ।बुदाले गाउँमा तरकारी खेती गरेकी छन् । बारीमा फलेको तरकारी बिक्रिबाट घर खर्च चलेको छ । बुदाजस्तै शुभकालिका महिलाहरूले खेतबारीमा व्यवसायिक तरकारी खेती गर्दै आत्मनिर्भर बन्न थालेको बताएका छन् । स्थानीय स्तरमै तरकारी उत्पादन र बिक्री गरेर उनीहरूले राम्रो आम्दानी गर्दै आएका छन् ।तरकारी खेती पहिलेदेखि

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 158 पटक पढिएको
  • भेनेजुएलाले बनायो चीनसँग सम्बन्ध झल्काउने स्मारक

    एजेन्सी । चिनियाँ जनताको जापानी आक्रमण विरुद्दको युद्ध विजय र विश्व फासिष्ट विरुद्दको युद्द विजयको ८० औं वार्षिकोत्सव अवसरमा  भेनेजुएलाले बुधबार काराकसमा स्मारक प्लाजा र स्मारकको अनावरण गरेको छ ।जसमा राष्ट्रपति निकोलस मादुरो र देशका लागि चिनियाँ राजदूत लान हुको उपस्थिति थियो। सो अवसरमा राष्ट्रपति मादुरोले विश्व फासिस्ट विरोधी युद्धमा विजय हासिल गर्न चीनको महत्वपूर्ण भूमिकाप्रति गहिरो कृतज्ञता व्यक्त गरे।‘यहाँ, हामीले फासीवाद विरुद्ध चिनियाँ जनताको प्रतिरोधमा विजयको ८० औं वार्षिकोत्सवको श्रद्धांजलीस्वरूप यो स्मारक वा मूर्तिकला र यो भव्य वर्ग निर्माण गरेका छौं,’ उनले भने। उक्त स्मारक क्षेत्

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 212 पटक पढिएको
  • नेपाली समाजमा अहिले बेचैनी र व्यापक आक्रोश छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली राजनीतिक अवस्थालाई बिपी कोइरालाको विचारबाट मूल्यांकन गर्न आवश्यक रहेको बताएका छन् ।शनिबार जननेता विश्वेश्वरप्रसाद कोइरालाको ११२ औं जन्मजयन्तीको अवसरमा आयोजित वर्तमान ‘बिपीको विचार र वर्तमान नेपालको राजनीति’ विषयक गोष्ठीमा बोल्दै थापाले दक्षिण एसियाका मुलुकहरूसँग तुलना गर्दा नेपाल लोकतन्त्रको हिसाबले सहज अवस्थामा रहेको बताए ।‘पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, र भारतजस्ता मुलुकसँग तुलना गर्दा नेपाल लोकतन्त्रको दृष्टिले सहज अवस्थामा छ,’ थापाले भने, ‘लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण पक्ष आवधिक निर्वाचन हो र त्यही निर्वाचनबाट आएको शक्

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 166 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा