काठमाडौं / कम्प्युटर एशोसिएसन नेपाल महासंघ क्यान महासंघले स्वदेशी सफ्टवेयर उद्योगको विकास, रोजगारी सिर्जना र डिजिटल अर्थतन्त्रलाई सुदृढ बनाउन सरकारले स्पष्ट सफ्टवेयर खरिद निर्देशिका लागू गर्नुका साथै अनुगमन, मूल्यांकन तथा अनुसन्धान एवं विकासका लागि छुट्टै संस्थागत इकाइ स्थापना गर्नुपर्ने माग गरेको छ ।क्यान महासंघको सफ्टवेयर तथा सेवा समितिले प्रेसिडेन्सियल कलेजको सहकार्यमा काठमाडौंको थापागाउँस्थित प्रेसिडेन्सियल ग्राजुएट स्कुलमा आयोजना गरेको ‘केन्द्रीकृत सफ्टवेयर विकास कि खुला बजार रु नेपाली प्रविधि र रोजगारीको भविष्य’ विषयक नीतिगत अन्तरक्रियामा सहभागीहरूले सरकार र निजी क्षेत्रबीच प्
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मंगलबार गभर्नर डा।विश्वनाथ पौडेलले राष्ट्र बैंकको ६० औं मौद्रिक नीति सार्वजनिक गरेका हुन् । आर्थिक वर्ष २०८३/८४ मा निजी क्षेत्रतर्फ ११ प्रतिशतको कर्जा विस्तार हुने र १४ ब्रोड मनि स्पलाई हुने प्रक्षेपण गरिएको छ । यस्तो छ आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिको पूर्णपाठ १– नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम यस बैंकले आफ्नो उद्देश्य हासिल गर्ने गरी आर्थिक वर्ष २०५९/६० देखि मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । यस क्रममा आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति पच्चिसौं हो ।२– मौद्रिक नीति सार्वजनिक गर्
काठमाडौं / सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालका निर्देशक शिरोमणी ढुंगानाले अपाङ्गता भएका व्यक्तिको अधिकार, सम्मानजनक प्रतिनिधित्व र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताएका छन्।अपाङ्गता भएका आदिवासी महिला तथा किशोरीहरूको आवाजलाई मूलप्रवाहीकरण गर्न सामुदायिक रेडियोको भूमिका विषयक कार्यक्रममा बोल्दै उनले नेपालको संवैधानिक व्यवस्था, कानुनी प्रावधान, अपाङ्गता भएका व्यक्तिको अधिकार, भाषा प्रयोग तथा सामाजिक सोच निर्माणमा मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे । समाचार, लेख तथा अन्य सञ्चार सामग्री तयार गर्दा अपाङ्गता भएका व्यक्तिलाई कमजोर
काठमाडौं / काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीले प्रविधिमैत्री व्यवस्थापनलाई प्राथमिकता दिएको छ । सीसीटिभी क्यामेरामार्फत ट्राफिक निगरानी, ट्राफिक प्रवाहको विश्लेषण तथा नियम उल्लंघन गर्ने सवारीमाथि कारबाहीलाई तीव्र बनाउँदै प्रहरीले ‘फेसलेस ट्राफिकिङ’ प्रणाली विस्तार गरिरहेको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सुरेश काफ्लेका अनुसार हाल काठमाडौं उपत्यकामा हुने ट्राफिक कारबाहीमध्ये करिब ४० देखि ५० प्रतिशत सीसीटिभी निगरानीका आधारमा भइरहेको छ । प्रविधिको प्रयोगले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी र विवादरहित ब
जनकपुरधाम— चार महिनाअघि कार्यालयभित्रै सेवाग्राहीमाथि भएको कुटपिटको भिडियो अचानक सामाजिक सञ्जालमा भाइरल भएपछि बारा यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख चिन्तन आचार्य पक्राउ परेका छन्। लामो समयसम्म सार्वजनिक नभएको उक्त घटनाको भिडियो बाहिरिएसँगै जिल्ला प्रहरी कार्यालय बाराले आचार्यलाई पक्राउ गरी घटनाबारे अनुसन्धान सुरु गरेको हो। प्रहरीले सार्वजनिक भएको भिडियो सन् २०२६ मार्च १७ (गत फागुन तेस्रो साता) को भएको जनाएको छ।जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुवँरका अनुसार भिडियो सार्वजनिक भएपछि घटनाको वास्तविकता बुझ्न आचार्यलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार कार्यालय प्रमुखको क
काठमाडौं— कीर्तिपुरको होल्डिङ सेन्टरबाट पक्राउ परेका सुकुम्बासी डम्बरबहादुर तामाङ १० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका छन्।सरकारले सुकुम्बासीको उचित व्यवस्थापन नगरे सिंहदरबारमा खुकुरी लिएर जाने भनेर दिएको अभिव्यक्तिका कारण पक्राउ परेका तामाङलाई सोमबार धरौटीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।‘उहाँलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट हिजो १० हजार रुपैयाँ धरौटी माग भएको थियो। रकम बुझाएर छुट्नुभयो,’ उनले भने।तामाङविरूद्ध प्रहरीले सार्वजनिक शान्तिविरूद्धको कसुरमा अनुसन्धान अघि बढाएको थियो। उनले एक अन्तर्वार्ता दिने क्रममा सिंहदरबार प्रवेश गर्ने अभिव्
उदयपुर— उदयपुरगढी गाउँपालिका वडा नं. २ र ३ स्थितमा गाउँ गाउँ सुन सफा गर्दै हिँड्ने भारतीय नागरिकहरुले सुनको गहना सफा गर्ने बहानमा ठगी गरेको आरोपमा दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य, सहरसा जिल्ला, पुरिक पुरुषोत्तमपुर ग्राम पञ्चायत बस्ने २८ वर्षीय (विहान थाना) का गोविन्द कुमार साह र सोही राज्यको मधेपुरा जिल्ला, रहताग्राम पञ्चायत ३३ वर्षीय (कुमार थाना) का सचिन साह रहेका छन् । ती भारतीय नागरिकले उदयपुरगढी वडा नं २ र ३ का स्थानीय महिलाहरू पेशल कुमारी मगर र मनमाया तामाङले लगाएको सुनको गहना सफा गर्ने बहानामा ठगी गरेका थिए । उनीहरुलाई असार २२ गते प्रहरी चौक
मकवानपुर / करिब १६५ किलोग्राम गाँजा सहित दुई जना पक्राउ परेका छन् ।मनहरी गाउँपालिका-९ खरङगास्थित पर्सा राष्ट्रिय निकुन्ज कोर क्षेत्रबाट लागूऔषध गाँजा करिब १६५ किलोग्राम सहित २ जना सोमबार बिहान पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-३ पँलासे बस्ने ५१ वर्षीय बिक्रम स्याङ्तान र ४८ वर्षीय गोकर्ण मोक्तान रहेका हुन् । श्री सबुज गण प्रतापपुर सुरक्षा पोष्टबाट खटिएको नेपाली सेनाले उनीहरूलाई ११ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा सहित नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । यस सम्
काठमाडौं— गृहमन्त्री सुधन गुरुङले पूर्वसूचना नदिई सीमा नाका, जिल्ला प्रशासन कार्यालय तथा प्रहरी इकाइहरूमा आकस्मिक अनुगमनलाई तीव्र बनाएपछि सुरक्षा प्रशासनमा हलचल बढेको छ।तस्करी नियन्त्रण, सीमा सुरक्षाको वास्तविक अवस्था र सरकारी सेवा प्रवाहको प्रभावकारिता प्रत्यक्ष रूपमा बुझ्न गृहमन्त्री गुरुङ लगातार विभिन्न जिल्लाको स्थलगत निरीक्षणमा जुटेका छन्। पछिल्लो चरणमा उनले धनकुटा र झापाको काँकडभिट्टा सीमा नाकाको निरीक्षण गर्दै सुरक्षा व्यवस्था, राजस्व चुहावट रोकथाम तथा नागरिकलाई प्रदान गरिने सेवाबारे सम्बन्धित अधिकारीसँग जानकारी लिएका छन्।यसअघि उनले पर्सा–बारा सीमावर्ती क्षेत्रमा समेत गोप्य रूपमा पुगेर
काठमाडौं / प्रधानमन्त्री बालेन्द्र शाहसँग एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो कान्डाले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।नेपाल सरकार र एडीबीबीचको ६ दशक लामो विकास साझेदारीलाई अझ सुदृढ बनाउने सन्दर्भमा प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष कान्डाबीच भएको यस शिष्टाचार भेटमा दुवै पक्षले पारस्परिक सहकार्यप्रति प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार आधा घण्टा चलेको यस शिष्टाचार भेटमा प्रधानमन्त्री शाहले आगामी दिनमा सुशासन र पारदर्शितामार्फत नेपालको विकासको नयाँ फड्को मार्ने विश्वास व्यक्त गरिन् ।जलविद्युत् र पर्यटनलाई नेपालको अर्थतन
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.