काठमाडौं / कृषि, वन तथा पर्यावरण मन्त्रालयले सरकार गठन भएको १०० दिनमा कृषि, वन तथा पर्यावरण क्षेत्रमा भएको उपलब्धीहरु सार्वजनिक गरेको छ ।मन्त्रालयले कृषि बीमा, मल व्यवस्थापन तथा कृषि उत्पादनको संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न नीतिगत तथा प्रविधिमैत्री सुधारका काम अघि बढाएको जनाएको छ । मन्त्रालयका अनुसार कृषि तथा पशुपन्छी बीमालाई थप सरल, सहज र प्रभावकारी बनाउन कृषि तथा पशुपन्छी बीमाको प्रिमियम अनुदानसम्बन्धी कार्यविधि संशोधनको प्रक्रिया अघि उल्लेख गरेको छ । बीमा प्रिमियममा अनुदान वितरणलाई डिजिटल माध्यमबाट व्यवस्थापन गर्न विकसित एग्रिकल्चर एन्ड लाइभस्टक इन्स्योरेन्स सिस्टम संघीय निकायम
विराटनग— मोरङको मिक्लाजुङ गाउँपालिका–२ मा भिरबाट लड्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ४० वर्षीय राजकुमार राई रहेका छन्। शनिबार साँझ बाख्रा चराएर घर फर्किने क्रममा चुलीपोखरीस्थित भिरबाट लडेर उनको ज्यान गएको प्रहरीले जनाएको छ।घटनाबारे आइतबार बिहान मात्रै जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी चौकी टाँडीबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको छ।प्रहरीले घटनाको मुचुल्का उठाउने तथा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
काठमाडौँ। वर्तमान सरकार गठनको १०० दिन पुगेको छ । सुशासन र सेवा प्रवाहलाई मुख्य उद्देश्य बनाएर बनेको सरकारले यस अवधिमा अपेक्षित उपलब्धि हासिल गरेको जनाएको छ ।नेपाल सरकारले चालेको सुशासनको अभियानमा सेवा प्रवाहलाई सरल, सहज, पारदर्शी, जवाफदेही, प्रभावकारी र प्रविधिमैत्री बनाउने विषय प्रमुख आधारका रूपमा रहेको छ । परराष्ट्र मन्त्रालय र अन्तर्गतका निकायहरुबाट प्रदान गरिने सेवालाई थप सरल, सहज, प्रभावकारी, प्रविधि एवम् सेवाग्राही मैत्री बनाउने कार्यमा प्रभावकारी कदमहरू चालिएको र उपलब्धिहरू पनि हासिल भएका मन्त्रालयले जनाएको छ ।परराष्ट्र मन्त्रालयले पनि यस अवधिमा सरकारको १०० बुँदे कार्ययोजनाअन्तर्गका साथ
काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु ४०० र चाँदी रु १० ले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला रु दुई लाख ९० हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ६०५ कायम भएको छ ।गत शुक्रबार छापावाल सुुन प्रतितोला रु दुई लाख ९० हजार ७०० र त्यति नै परिमाणको सेतो धातु रु चार हजार ६१५ मा कारोबार भएको थियो । गत बिहीबार छापावाल सुुन प्रतितोला रु दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको चाँदीको रु चार हजार ४५० मा किनबेच भएको थियो ।अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बज
काठमाडौं— नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नाम र ब्युरो प्रमुखको परिचय दुरुपयोग गर्दै धम्कीपूर्ण इमेल पठाउने गिरोह सक्रिय भएको पाइएको छ। घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सीआईबीले सर्वसाधारणलाई यस्ता इमेलप्रति सचेत रहन आग्रह गरेको छ।सीआईबीले सोमबार जारी गरेको विज्ञप्तिअनुसार केही व्यक्तिले ब्युरोको नाम प्रयोग गर्दै विभिन्न व्यक्तिलाई कानुनी कारबाहीको त्रास देखाउने र तत्काल सम्पर्क गर्न दबाब दिने प्रकृतिका इमेल पठाइरहेका छन्।ती इमेलमा ‘यदि तपाईंविरुद्ध सीआईबीबाट कानुनी कारबाही हुन नदिन चाहनुहुन्छ भने तुरुन्त यस सन्देशको जवाफ दिनुहोस्, अन्यथा अदालतमा मुद्दा दायर गरिन
धनकुटा— धनकुटामा नेपाली कांग्रेसलाई ठूलो राजनीतिक झट्का लागेको छ। दोस्रो संविधानसभा सदस्य अञ्जना ताम्लीसहित १९ जना नेता तथा कार्यकर्ताले पार्टीको साधारण सदस्यसमेत नरहने गरी सामूहिक रूपमा कांग्रेस परित्याग गरेका छन्।उनीहरूले कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापालाई सम्बोधन गर्दै पत्र पठाएका छन्। पत्रमा पार्टीभित्र बसेर काम गर्ने वातावरण समाप्त भएको, वैचारिक असहमति बढ्दै गएको र संगठनले आफ्ना धारणा सुन्ने अवस्था नरहेकाले पार्टी छोड्न बाध्य भएको उल्लेख गरिएको छ।पार्टी छोड्नेमध्ये संविधानसभा सदस्य तथा कांग्रेस महासमिति सदस्य अञ्जना ताम्ली, कांग्रेस कोशी प्रदेश सदस्य मिना राई, क्षेत्रीय सदस्य यु
सुनसरी। वैदेशिक रोजगारीमा ११ वर्ष बिताउनुभएका बराहक्षेत्र नगरपालिका–१ चतराघाटका महेश साहले हाल पेडा व्यवसायबाट मासिक रु.८० हजारभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । मलेसियाबाट स्वदेश फर्किएपछि केही वर्ष धरान–चतरा–रामपुर सडकखण्डमा ट्याम्पो चलाउनुभएका उहाँ चतराघाटमा सञ्चालनमा रहेका पेडा पसलबाट प्रभावित भएर तीन वर्षअघि त्यसमा होमिनुभएको हो । “सुरुमा विभिन्न मिठाइ बनाएर बिक्री गर्थें। पछि पेडा बनाउन थालेँ। अहिले यही व्यवसाय राम्रोसँग चलिरहेको छ,” उहाँले भन्नुभयो।केही दशकअघि कोशी नदी किनारको चतराघाट ढिके नुनको व्यापारका लागि परिचित थियो। साहका पितापुर्खाले पनि त्यही स्थानमा ढिके नुनको व्यापार ग
काठमाडौं— चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा जंगली हात्तीले घरमै आक्रमण गर्दा आमा र छोराको मृत्यु भएको छ। शनिबार राति आफ्नै घरमा सुतिरहेका २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।रातिको समयमा जंगली हात्ती बस्तीमा पसेर कच्ची घरमा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवले जानकारी दिए । हात्तीलाई धपाउने प्रयासस्वरूप आशिकाका श्रीमान् पूर्ण बोटेले आगो बाल्दा घरमा समेत आगलागी भएको थियो।घटनापछि तत्काल प्रहरी र स्थानीयवासी घटनास्थलमा पुगेका थिए। उनीहरूको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइए पनि आमा र छोरा
नारायणगढ। भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणमा परी आमाछोराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार शनिबार राति घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परी २५ वर्षीया आशिका बोटे र उहाँकी चार वर्षीय छोरा भरतको घटनास्थलमा नै मृत्यु भएको हो । हात्ती धपाउन आशिकाका श्रीमान् पूर्णले आगो बाल्दा उहाँको कच्ची घरमा आगलागी भएको थियो । आगो प्रहरी र स्थानीयको सहयोगमा निभाइएको थियो ।
बरहथवा। यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा सर्पको बिगबिगी भएको छ । लालबन्दी नगरपालिका–१, नवलपुरमा रहेको सर्प दंश उपचार केन्द्रको तथ्याङ्कअनुसार विगतभन्दा यस वर्ष सर्पको बिगबिगी बढेको पाइएको छ । उपचार केन्द्रका स्वास्थ्य सहायक जगन्नाथ यादवका अनुसार असारको तेस्रो हप्तासम्म ३०५ जना सर्पले डसेर उपचारका लागि केन्द्रमा आइसकेका छन् । यो तथ्याङ्क गत वर्षको भन्दा धेरै हो । दैनिक तीनदेखि सात जनासम्म सर्पले डसेका बिरामी उपचारका लागि आउने गरेका केन्द्रका अध्यक्ष उद्धव पौडेलले बताउनुभयो । “अन्य समयमा पनि सर्पले डसेका बिरामी आउँछन्”, अध्यक्ष पौडेलले भन्नुभयो, “तर, फागुनबाट भदौ, असोजसम्म धे
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.