काठमाडौं— साताको सुरुवातसँगै स्थानीय बजारमा सुन-चाँदीको मूल्य उकालो लागेको छ। सोमवार सुनको मूल्य एकैदिन तोलामा १,३०० रुपैयाँले बढेको छ ।छापावाल सुनको मूल्य बढेर प्रतितोला ३ लाख ५०० रुपैयाँ पुगेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । आइतवार भने यही सुन २ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको थियो ।सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। चाँदी प्रतितोला ५० रुपैयाँले बढ्दै ५ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौं— रवि लामिछाने र बालेन शाह ले सुदन गुरुङ लाई पुनः गृहमन्त्री पदमा स्वागत गरेको विषयले राजनीतिक वृत्तमा विशेष चर्चा पाएको छ।विभिन्न राजनीतिक धार र पृष्ठभूमिबाट आएका नेतृत्वहरूबीच देखिएको यस्तो स्वागत र सहकार्यको संकेतलाई धेरैले सकारात्मक रूपमा व्याख्या गरिरहेका छन्।यस घटनाले देशको राजनीतिक परिवेशमा सहकार्य, समझदारी र साझा उद्देश्यतर्फ अघि बढ्ने सम्भावनालाई उजागर गरेको छ। राष्ट्रको आन्तरिक सुरक्षा, सुशासन र जनहितका महत्वपूर्ण विषयहरूमा एकजुट भएर काम गर्ने सन्देश यसबाट प्रवाहित भएको देखिन्छ। विभिन्न विचारधाराका नेताहरूबीचको यस्तो समन्वयले राजनीतिक स्थायित्व र प्रभावकारी शासनतर्फ मार्ग प्र
काठमाडौं— काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सुकुम्बासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गाको संरक्षणका लागि काम थाल्न निर्देशन दिएकी छन् ।थापाथलीस्थित वागमती नदी किनारामा शनिबार खाली गराइएको स्थानको निरीक्षण गर्दै उनले आइतबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई अहिले तथा यसपछि खाली गराइने ठाउँहरुको सुरक्षा र संरक्षणका लागि तारबार लगाउन अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिलगायत सरोकारवाला कार्यालयसँग समन्वय गर्न र सार्वजनिक निर्माण विभागबाट तारबार लगाउने काम थाल्न निर्देशन दिएका हुन् ।आइतबार कार्यवाहक प्रमुख डंगोलले नागार्जुनको इचङ्गुस्थित कोलोनीको भौत
कैलाली— कैलालीको टीकापुरमा सरकारी जग्गामा भएको अतिक्रमण हटाउन थालिएको छ । टीकापुर नगरपालिकाले आजदेखि सरकारी जग्गा अतिक्रमण गरेर बसेको बस्ती तथा संरचना हटाउन डोजर चलाएको हो ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालका अनुसार नगर क्षेत्रमा अतिक्रमित भएका जग्गाहरू हटाउने अभियान आजदेखि सुरु गरिएको जानकारी दिए । ‘टीकापुर नगरपालिका– १ स्थित जमरा पुल क्षेत्रबाट बसपार्कसम्म अतिक्रमण गरिएका संरचना हटाइरहेका छौँ,’ उनले भने ।प्रमुख प्रशासकीय अधिकृत धितालका अनुसार टीकापुरको कयौँ क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी संरचना बनाइएको छ ।‘सरकारी जग्गा खाली गराउनका लागि अहिले हामी वडावडामा तथ्यांक संकलनको क
काठमाडौं— प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलय सिंहदरबारमा बस्दै छ ।बैठकका एजेन्डाबारे नखुलाइए पनि सरकारका नियमित काम कारबाहीबारे छलफल हुनेछन् । उनका अनुसार सम्भव त संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउनेबारे बैठकमा छलफल हुनेछ ।
काठमाडौं— प्युठानमा चट्याङ लागेर बाबुछोराको मृत्यु भएको छ । गौमुखी गाउँपालिका–६ लिबाङ बस्ने ७० वर्षीय केदार बोहरा क्षेत्री र उनकै छोरा २८ वर्षीय रामु बोहरा क्षेत्रीको चट्याङ लागेर मृत्यु भएको छ । आइतबार दिउँसो चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको क्रममा राति मृत्यु भएको हो ।साथै, चट्याङ लागेर घाइते भएका एकजनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं— सरकारले काठमाडौंको तीनकुनेस्थित गैरीगाउँको सुकुम्बासी बस्तीका पक्की घरहरुमा डोजर चलाएको छ ।गत शनिबार दिउँसो काठमाडौं महानगरपालिकाले गैरीगाउँको सुकुम्बासी बस्तीका टहरा भत्काउन डोजर चलाएको थियो भने पक्की घरहरु बाँकी राखेको थियो । सोमबार बाँकी रहेको उक्त पक्की घरहरु डोजरको प्रयोगगरी भत्काइएको हो ।शनिबार नै थापाथलीस्थित सुकुमबासी बस्तीमा डोजर लगाएको थियो भने मनोहरास्थित सुकुम्बासी बस्ती पनि खाली गराएको थियो ।
काठमाडौं— तेहरानले क्षेत्रीय तनाव कम गर्ने उद्देश्यले पाकिस्तानमार्फत अमेरिकासमक्ष एउटा नयाँ प्रस्ताव पेश गरेको छ । एक्सियोसको रिपोर्ट अनुसार, इरानले हर्मुज जलमार्ग पुनः खोल्न र जारी युद्ध अन्त्य गर्न एउटा ढाँचा तयार गरेको छ, जसलाई लामो समयदेखि जारी द्वन्द्वमा सम्भावित सफलताको रूपमा हेरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले वार्ता गर्न चाहेमा सिधै कल गर्न सक्ने बताए पनि इरानले आणविक हतियार राख्न नपाउने आफ्नो दृढ अडान कायमै राखेका छन् ।इरानले प्रस्ताव गरेको दुई–चरणीय योजनामा सबैभन्दा पहिले समुद्री संकट र अमेरिकी नौसेनाको नाकाबन्दीलाई सम्बोधन गर्ने उल्लेख छ । यो प्रस्तावले दीर्घकाली
काठमाडौं— नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय संयोजन समितिको बैठक आज बस्ने भएको छ ।बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । बैठकमा संयोजक पुष्पकमल दाहाल र सह-संयोजक माधव कुमार नेपालले तयार पारेको विशेष निर्णय प्रस्ताव पेस हुने कार्यक्रम रहेको छ ।यस्तै, बैठकले नेताहरूको कार्य विभाजन, विभागीय जिम्मेवारी तथा सचिवालयका विषयमा छलफल हुने छ ।
सुर्खेत— कालिकोटको तिलागुफा नगरपालिकाका सबै घरधुरीलाई धुँवा मुक्त बनाईने भएको छ । पालिकालाई भान्साबाट निस्कने धुवाँबाट मुक्त गर्न सुधारिएको चुलो वितरण गरिएको छ । ‘एक घर, एक सुधारिएको चुलो’ अभियान अन्तर्गत चुलो चुलो वितरण गरिएको नगरप्रमूख शंकर प्रसाद उपाध्ययले बताए । विभिन्न गैरसरकारी संस्थाहरुसंगको साँझेदारीमा तिलागुफामा सुधारिएको चुलो वितरण गरिएको हो ।खाना पकाउँदा भान्सामा हुने धुँवाले नागरिकहरुको स्वास्थ्यमा पु¥याउने असर न्युनिकरण गर्न पालिकाले सुधारिएको चुलो वितरण अभियान थालेको उनको भनाई छ । तिलागुफा नगरपालिकाको साझेदारी, वैकल्पिक ऊर्जा केन्द्र तथा जलवायु संरक्षणका लागि कर्णाली उत्थानशील अभ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.