नारायणगढ। जिल्ला हुलाक कार्यालय चितवनले गत आर्थिक वर्षमा रु एक करोड नौ लाख १७ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले हुलाक टिकट बिक्री, काउन्टर अटोमेसन, पार्सल तथा रोयल्टीलगायतका विभिन्न सेवा शुल्कबाट उक्त राजस्व सङ्कलन गरेको हो । कार्यालय प्रमुख शालिकराम बस्यालका अनुसार समीक्षा अवधिमा सङ्कलित कुल राजस्वमध्ये हुलाक टिकट बिक्रीबाट रु ५८ लाख ७२ हजार तथा काउन्टर अटोमेसन, पार्सल र रोयल्टीलगायतका अन्य सेवा शुल्कबाट रु ५० लाख ४४ हजार सङ्कलन भएको हो । गत आवमा कार्यालयले ९१.११ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । विनियोजित कुल रु छ करोड ३३ लाख ६१ हजार वार्षिक बजेटमध्ये रु पाँच करोड ७७ लाख ३२ ह
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २७ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०५ रुपैयाँ १६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४५ पैसा र ब
भद्रपुर। झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब रु दुई करोडबराबरको क्षति भएको छ । डिभिजन वन कार्यालय झापाले आर्थिक वर्ष २०८२÷८३ मा हात्तीपीडितलाई रु एक करोड ९९ लाख ९० हजार ६८६ राहत वितरण गरेको हो । कार्यालयका अनुसार हात्तीको आक्रमणबाट यस अवधिमा छ जनाको मृत्यु भएको थियो भने १७ जना सख्त घाइते भएका थिए । मृतकका परिवारलाई जनही रु १० लाखका दरले रु ६० लाख र सख्त घाइतेलाई रु २६ लाख ६० हजार ८६२ राहत दिइएको कार्यालय प्रमुख नथुनी गोइवार यादवले जानकारी दिनुभयो ।त्यस्तै, १५ पशुधनमा क्षति पुगेबापत रु एक लाख ५० हजार, १९१ वटा भण्डारण गरेको अन्नको क्षति भएबापत रु १५ लाख २० हजार २६४, २६८ घरगोठम
काठमाडौं / परराष्ट्र मन्त्रालयले नयाँ राहदानी प्रणाली लागू भएसँगै राहदानी सेवा क्रमशः सहज, व्यवस्थित र नागरिकमैत्री बन्दै गएको जनाएको छ। मन्त्रालयले दैनिक दुई हजारसम्म राहदानी आवेदनको स्लट खुला गरिएको र सोही हाराहारीमा राहदानी छपाइ तथा वितरण भइरहेको जानकारी दिएको छ। शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले राहदानी सेवा सुधारलाई मन्त्रालयको प्रमुख प्राथमिकतामध्ये एक रहेको बताए। उनका अनुसार नयाँ प्रणाली लागू भएसँगै राहदानीका लागि आवेदन दिने सेवाग्राहीको संख्या उल्लेख्य रूपमा बढेको छ। सोही चापलाई व्यवस्थापन गर्न विभाग
निर्मल पौडेल,पर्वत । अविरल वर्षापछि आएको बाढी र पहिरोले पर्वतको फलेवास नगरपालिका–११ पाङराङ का विभिन्न बस्तीमा ठूलो भौतिक क्षति पु-याएको छ। श्रावण २० र २१ गते परेको लगातार वर्षाका कारण खोरियाखर्क, श्रीकाङ, कर्नास, अम्डी, लौकेलगायत क्षेत्रमा पहिरो जाँदा धार्मिक सम्पदा, निजी घर, कृषि बगैँचा, सडक तथा विद्युत् पूर्वाधारमा व्यापक क्षति पुगेको हो।स्थानीय तथा शिक्षक नेत्र बरालका अनुसार हालसम्म प्राप्त जानकारीअनुसार कर्नासस्थित नारायणस्थान मन्दिर, देवीस्थान तथा ट्रस्ट भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सोही स्थानमा भोला श्रेष्ठको घर जगदेखि माथिसम्म चर्किएर बस्नै नमिल्ने अवस्थामा पुगेको छ।श्रीकाङ (खो
काठमाडौं । बहुप्रतीक्षित कालीगण्डकी लोकमार्गअन्तर्गत पर्वतको मोदीबेनी–फलेवास सडकखण्ड निर्माणले नयाँ गति लिने भएको छ । लामो समयदेखि अलपत्र बनेको सडक निर्माणलाई अघि बढाउने विषयमा सिंहदरबारमा सरकारी अधिकारी र निर्माण कम्पनीबीच भएको छलफल सकारात्मक निष्कर्षमा पुगेको हो । लोकमार्गअन्तर्गतको सडकखण्ड अब मोदीबेनीबाटै निर्माण सुरु हुने भएको हो । संघीय सांसद सागर भुषालका अनुसार सिंहदरबारमा भएको छलफलमा नव कान्तिपुर निर्माण सेवाका सञ्चालक तथा प्रतिनिधि र कालीगण्डकी लोकमार्ग आयोजनाका सरकारी अधिकारी सहभागी भएका थिए। छलफलपछि मोदीबेनीतर्फबाटै निर्माण कार्य तत्काल सुरु गर्ने सहमति भएको उनले जानकारी दिएका छ
पर्वत। पर्वतको कुश्मा नगरपालिका–६ स्थित बसपार्कमा सबै प्रकारका सार्वजनिक सवारीसाधन अनिवार्य रूपमा प्रवेश गर्नुपर्ने तथा यात्रु चढाउने–ओराल्ने कार्य बसपार्कबाटै गर्नुपर्ने व्यवस्थाको विरोधमा यातायात व्यवसायी र चालक आन्दोलनमा उत्रिएका छन्।कुश्मा नगरपालिकाले बसपार्क व्यवस्थापनलाई प्रभावकारी बनाउन लागू गरेको नयाँ व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै व्यवसायीहरूले शुक्रबार विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले उक्त निर्णयले सञ्चालन खर्च बढ्ने, समय व्यवस्थापनमा समस्या आउने तथा यात्रु सेवामा समेत असर पर्ने दाबी गरेका छन्।आन्दोलनरत व्यवसायीहरूले बसपार्क प्रवेश अनिवार्य गर्ने निर्णय तत्काल पुनर्विचार गर्न मा
काठमाडौं / सार्वजनिक सडकमा मालवाहक सवारी साधनले क्षमताभन्दा बढी भार बोक्ने क्रम नियन्त्रण गर्न तौल परीक्षण अनिवार्य गर्ने प्रस्ताव गरिएको छ। प्रतिनिधिसभामा प्रस्तुत ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा मालवाहक सवारीको वजन परीक्षणलाई अनिवार्य गर्ने व्यवस्था समेटिएको हो। विधेयकमा तोकिएको सीमाभन्दा बढी भार बोकेको मालवाहक सवारीलाई तौल पुलमा परीक्षण गर्नुपर्ने र बढी भएको भार तत्काल अनलोड गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। यसबाट ओभरलोड नियन्त्रण गर्नुका साथै सडक संरचनामा पर्ने अतिरिक्त भार कम गर्ने उद्देश्य राखिएको छ।नेपाल ट्रक यातायात व्यवसायी महासंघले सडक सुरक्षा, दुर्घट
काठमाडौं / प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले वैशाखदेखि असारसम्म तीन महिनाको अवधिमा २१ वटा मन्त्रिपरिषद् बैठक सम्पन्न गरी ३८४ वटा निर्णय गरेको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचनाको हकसम्बन्धी ऐन तथा नियमावलीअनुसार चौमासिक प्रगति विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो। चौमासिक प्रतिवेदन भनिए पनि सार्वजनिक विवरणमा वैशाख, जेठ र असार गरी तीन महिनामा भएका काम समेटिएका छन्। प्रतिवेदनअनुसार उक्त अवधिमा मन्त्रिपरिषद्का विभिन्न समितिका आठ वटा बैठक सम्पन्न भएका छन्। ती बैठकबाट १२ वटा निर्णय भएको उल्लेख छ।सरकारले यस अवधिमा नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ तर्जुमा ग
काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ। बोर्डले बिहीबार राति परीक्षाको नतिजा सार्वजनिक गरेको हो। बोर्डका अनुसार मौका परीक्षामा ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ५७ हजार ८९७ परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। यो कुल परीक्षार्थीको ८१.१९ प्रतिशत हो।बोर्डले परीक्षामा सहभागीमध्ये तीन परीक्षार्थीको परीक्षाफल भने रद्द गरेको जनाएको छ। प्राविधिक कारणले नतिजामा कुनै त्रुटि देखिएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखका आधारमा आवश्यक सुधार गरिने बोर्डले जनाएको छ। कक्षा १२ को मौका परीक्षा यही साउन २ र ३ गते सञ्चालन
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.