मकवानपुर— जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुवास चन्द्र बोहरा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिसमा परेका छन् ।नेपाल प्रहरी संगठनको कार्यसम्पादन, नेतृत्व क्षमता, अनुशासन र जिम्मेवारीप्रतिको प्रतिबद्धताको आधारमा गरिएको बढुवा प्रक्रियामा एसपी बोहरा एसएसपीमा सिफारिस भएका हुन् ।मकवानपुरमा रहँदा उनले शान्ति–सुरक्षा मजबुत बनाउने, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, सामुदायिक प्रहरी साझेदारी तथा विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएका थिए ।बोहराको कार्यकालमा मकवानपुर जिल्लामा प्रहरी–नागरिक सम्बन्ध सुधार, संवेदनशील घटनाको छिटो छरि
काठमाडौं— होटल फरेष्ट इन लिमिटेडले आगामी माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।नेपाल धितोपत्र बोर्डबाट गत पुस २० गते अनुमति प्राप्त गरेअनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित दरमा कुल ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता साधारण शेयर निष्कासन गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि छुट्याइएको छ ।वैदेशिक रोजगारीमा रहेका नेपाली लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछ
काठमाडौं— संघीय संसदअन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दैछ ।राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्न लागेको हो ।विधायन व्यवस्थापन समितिको १५३ औं बैठक बिहान ११ः३० बजे सिंहदरवारस्थित समितिको बैठक कक्षमा बस्दैछ ।आजको बैठकमा पर्यटन विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गरिने कार्यसूची तय गरिएको छ ।यस्तै बिहानको ११ः३० बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हलमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१५औँ बैठक बस्दैछ ।बैठकमा अध्यागमन ऐन २०४९ को कार्यान्वयन र प्रत्यायोजित विधायन समेतको अवस्था सम्वन्धी अध्ययन प्र
काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केहि र तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।राति तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५७ पैसा, स्विस फ्र्यांक एकको खरिददर १८० रुपैयाँ २६ पैसा र बिक्रीदर १८१ रुपैयाँ १ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९७ रुपैयाँ १४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४१ पैसा, सिङ्ग
मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)समय दिन नसक्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुहोला। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। महत्त्वाकांक्षा पूरा नभए पनि पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ। आर्थिक स्थितिमा सुधार आउनेछ। गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ। नियमित काम र व्यवसायमा सामान्य लाभ हुनेछ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)अवसरले पछ्याए पनि प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ। सहयोगीहरूले साथ दिन छाड्नेछन् र प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि
काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरस्थित मधेशी आयोग र मुस्लिम आयोगमा पुगी आयोगका पदाधिकारीहरुसँग भेटघाट तथा समसामयीक विषयमा छलफल गरेका छन् ।मन्त्री अर्याललाई ललितपुर जावलाखेलमा रहेको मुस्लिम आयोगमा आयोगका कार्यवाहक अध्यक्ष मा. महमदिन अलि तथा आयोगका अन्य पदाधिकारीहरुले र मधेशी आयोग ज्वागलमा आयोगका कार्यवाहक अध्यक्ष मा। जीवछ साह तथा आयोगका अन्य पदाधिकारीहरुले स्वागत गरे ।पछिल्ला दिनमा तराई मधेशका केहि जिल्लामा सतहमा देखिएका साम्प्रदायीक असहिष्णुताका घटनाक्रमबारे छलफल केन्द्रीत भएको हो ।त्यस्तै संविधानले संवैधानिक निकायको रुपमा व्यवस्था गरेका दुवै आयोगहरुको काम, कर्तव्य, अधिकार,
रौतहट— रौतहटका विभिन्न स्थानमा एकैदिन छाडा छोडिएका कुकुरको टोकाइबाट ५० जनाभन्दा बढी सर्वसाधारण घाइते भएका छन् ।जिल्लाका विभिन्न पालिकाहरूमा बुधबार बिहानैदेखि कुकुरले एक्कासि मानिसहरूलाई आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दाहरूमा त्रास फैलिएको छ ।गढीमाईको वडा नं. १, ४, ६ र ८ का साथै फतुवा विजयपुर नगरपालिका र राजपुर नगरपालिकाका केही गाउँका बासिन्दाहरू कुकुरको निशानामा परेका छन् । घाइतेहरूलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइएको छ । अस्पतालका सूचना अधिकारी कपिलदेव झाका अनुसार हालसम्म २७ जनाभन्दा बढी घाइतेलाई रेबिजविरुद्धको खोप लगाइसकिएको छ ।‘घाइते आउने क्रम अझै जारी छ, हामीले उपलब्
काठमाडौं— बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन निरन्तर बढेर बन्द भएको बजार यस दिन भने गिरावटतर्फ मोडिएको हो ।यस दिन नेप्से परिसूचक १३.३५ अंक घट्दै २६३५.९४ विन्दुमा झरेको छ । साथै, सेन्सेटिभ इण्डेक्स २.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७४ अंकले ओरालो लागेको छ ।परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार ३२३ स्टकको ७२ हजार ४७४ पटकको कारोबारमार्फत ५ अर्ब १७ करोड ५० लाख ९१ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ३३ हजार कित्ता शेयर किनबेच भएको छ ।यस दिन नाराय
काठमाडौं— संयुक्त राज्य अमेरिकाले पर्यटक तथा व्यवसायिक प्रयोजनका लागि जारी हुने बी १/बी २ भिसामा नयाँ ‘भिसा बन्ड’ व्यवस्था लागू गरेको छ । अमेरिकी विदेश मन्त्रालयले जनवरी मंगलबार जारी गरेको पछिल्लो अपडेट अनुसार यो व्यवस्था अमेरिकी आप्रवासन ऐनको धारा २२१(न) (३) तथा अस्थायी अन्तिम नियम अन्तर्गत पाइलट कार्यक्रमका रूपमा कार्यान्वयनमा ल्याइएको हो ।नयाँ व्यवस्थाअनुसार तोकिएका देशका नागरिक वा राष्ट्रियताका व्यक्तिहरू, जो बी १/बी २ भिसाका लागि अन्य सबै हिसाबले योग्य ठहरिन्छन, उनीहरूले ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलर बराबरको धरौटी (बन्ड) राख्नुपर्नेछ । धरौटीको रकम भिसा अन्तर्वार्ताका क्रममा कन्सु
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.