तेह्रथुम । देश–विदेशसम्म ख्याती कमाउन सफल तेह्रथुमे ढाका पछिल्लो समय तेह्रथुमको चिनो अर्थात् कोसेलीको रूपमा प्रयोग गर्ने प्रचलन बढेको छ । तेह्रथुमको म्याङलुङ नगरपालिका–१ रतनपुरकी लक्ष्मी लिम्बूले विदेशमा रहेका आफ्ना आफन्तलाई हातले बुनेका तेह्रथुमे ढाका कपडाका सामान कोसेलीको रूपमा पठाउने गरेको बताइन् ।बेलायतमा रहेका नन्द र हङकङमा रहेकी बहिनीले विशेषगरी चाडपर्वको समयमा ढाकाको कपडाको माग गर्ने भएकाले कोसेलीस्वरूप पठाउने गरेको उनले सुनाइन् । तेह्रथुमे ढाका कपडाबाट बनेका साडी, चोली, कोट, लिम्बू जातिको जातीय पहिरन मेख्लीजस्ता सामग्री आफन्तलाई कोसेलीको रूपमा पठाउने गरेको लक्ष्मीले सुनाइन् ।जिल्लामा आ
मनाङ । हिमपात नभएपछि यस वर्ष हिउँदमा पनि हिमाली जिल्ला मनाङ घुम्न विदेशी पर्यटक आएका छन् । गत जनवरीमा चिसोको प्रवाह नगरी ४६ देशका छ सय १८ पर्यटकले मनाङ भ्रमण गरे । चिनियाँ नयाँ वर्षमा सार्वजनिक बिदा हुने भएकाले जनवरीमा सबैभन्दा बढी छिमेकी राष्ट्र चीनका पर्यटकको आगमन भएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) इलाका कार्यालय मनाङले जनाएको छ । चीनका मात्रै एक सय ९९ पर्यटक यहाँ घुम्न आएका छन् ।एक्याप मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार छिमेकी मुलुक भारतका एक सय छ नागरिकले भ्रमण गरेका छन् । गत वर्षहरुमा अफ सिजनमा खासै विदेशी पर्यटकको आगमन नहुने गरेकामा यस वर्ष बढ्दो क्रममा देखिएको हो ।
काठमाडौँ । कानुन व्यवसायीको अनुगमन र नियमन गर्ने संस्था नेपाल कानुन व्यवसायी परिषद्को पार्षद्का लागि शनिबार सातै प्रदेशमा निर्वाचन हुँदैछ ।परिषद्को ऐन, २०५० मा प्रत्येक प्रदेशमा कानुन व्यवसाय गर्ने वरिष्ठ तथा अधिवक्ताहरूको निर्वाचन मण्डलबाट एक जनाका दरले सात प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्षद्हरूको चयन गर्नुपर्ने व्यवस्थाअनुसार शनिबार निर्वाचन हुन लागेको हो ।बागमती प्रदेशको मतदान शनिबारबिहान १० बजेदेखि अपहरान्न ४ बजेसम्म सर्वोच्च अदालत परिसरमा निर्वाचन हुनेछ । बागमती प्रदेशका पार्षद् डा चन्द्रकान्त ज्ञवालीका अनुसार मुलुकभर परिषद्को पार्षद् छनोटका लागि ११ हजार मतदाताले मतदान गर्न पाउने छन् ।&n
काठमाडौँ । पश्चिमी वायुको सामान्य प्रभावका कारण कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको छ ।आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अन्य भूभागमा भने मौसम सफा रहने छ । बिहानीपख तराईका भूभागहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
रामपुर (पाल्पा) । एउटै खुकुरीको मूल्य रू एक लाख ११ हजारभन्दा पत्यार नलाग्न पनि सक्छ । यो सुन्दा आश्चर्य लाग्छ । सन्तोष विश्वकर्माले तीस किलो तौल भएको रू एक लाख एघार एक सय ११ मूल्य पर्ने खुकुरी तयार पारेका छन् ।उनले तयार पारेको खुकुरी रामपुरमा जारी चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा प्रदर्शनीमा राखिएको छ । खुकुरी यतिबेला मेलाको मुख्य आकर्षण बनिरहेको छ । नेपालीको शानको रूपमा लिइने खुकुरीको महत्त्व जोगाइराख्न र नयाँ पुस्तालाई जानकारी दिन ३० किलो तौल भएको खुकुरी तयार पारेको बताए ।उनले तयार पारेको ३० किलो खुकुरी आठ फिट लम्बाइ छ भने दापसहित ४२ किलोको छ । तीन जना व्यक्तिको सहायता लिएर २० दिनमा खु
महोत्तरी । महोत्तरीको उत्तरी भेगका वनक्षेत्र नजिकका बस्तीमा जङ्गली हात्तीले उपद्रो मच्चाएको छ । पूर्वपश्चिम राजमार्गक्षेत्र दायाँबायाँका वन नजिकका बस्तीमा पछिल्ला तीन दिनयता जङ्गली हात्तीको उपद्रो बढेको हो ।जिल्लाका गौशाला र बर्दिबास नगरपालिका क्षेत्रका बस्तीमा समूहमा पसेका जङ्गली हात्तीले उपद्रो मच्चाएका छन् । तीन वटाको समूहमा बस्ती पस्ने हात्तीले मध्यरातपछि उपद्रो मच्चाउने गरेको बर्दिबास–५ गणन्ताका ८५ वर्षीय धनबहादुर स्याङ्वा बताउँछन् । यसपालि पछिल्लो एक सातादेखि दिनभरि वनक्षेत्रमा लुकेर राति बस्ती पस्ने हात्तीले बर्दिबास नगरक्षेत्रभन्दा गौशालामा बढी क्षति गरेको छ ।बिहीबार रातीमात्र हात्तीले
राजापुर (बर्दिया) । यहाँस्थित राजापुर र कैलालीको टीकापुर सीमामा पर्ने कर्णाली नदीका कारण बर्सेनि आसपासको खेतीयोग्य जमिन बगरमा परिणत हुँदै आएको छ । यसरी बगरमा परिणत भएको क्षेत्रमा अहिले पनि बालुवा नै बालुवा थुप्रिएका देखिन्छन् । धेरैजसो बगर उपयोगविहीन छ । राजापुरसँग जोडिएको कैलालीको टीकापुर–८ फाँटाका किसानहरूले भने त्यही बगरलाई पसिना सिञ्चित गरी जीविकोपार्जनका लागि उपयोग गरिरहेका छन् । ३ वर्षअघिसम्म मरुभूमि झैँ देखिने यो क्षेत्र अचेल यहाँका किसानका लागि आम्दानीको स्रोत बनेको छ । हिजो बालुवा नै बालुवा देखिने यो बगरमा अचेल मौसमअनुसार तरकारीखेती गरी किसानले आम्दानी गरिरहेका छन् । यो बगर
पोखरा । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवार्ड र राजकुमारी डचेस सोफी पोखरामा छन् । उनीहरुले गोर्खा सेनामार्फत बेलायत–नेपाल मित्रताको गहिरो सम्बन्ध रहेकोबारे चर्चा समेत गरे ।बेलायती सेनामा औपचारिक रुपमा सामेल भएका २७४ नेपाली युवाहरुको वार्षिक प्रमाणीकरणमा सहभागि भएका उनीहरुले गोर्खा सैनिकमा नेपालीहरुको सक्रियताको प्रसंशा गरेका थिए । त्यसक्रममा बेलायती सेनामा नयाँ भर्ना भएका केही युवाका परिवारका सदस्यहरूसँग भेटघाट पनि गरेका थिए । अत्यधिक प्रतिस्पर्धात्मक भर्ती प्रक्रिया पछि २७४ जना प्रशिक्षार्थी राइफलम्यानहरू बेलायती सेनामा सामेल हुनेछन् । गोर्खा सेनाको ब्रिगेड ब्यान्डको नेतृत्वमा परे
मुगु । माघ महिनाको तेस्रो साता बितिसक्दा पनि मुगुलगायत जुम्ला, डोल्पा, कालीकोट, हुम्ला जस्ता हिमाली जिल्लामा हिमपात नहुँदा कृषकले लगाएको हिउँदे अन्नबाली खेतमै सुक्न थालेको छ । जसका कारण भोकमरीको त्रास थपिएको छ । मुगुसहित हिमाली जिल्लाका कृषकहरुले लगाएको हिउँदे अन्नबाली जै, गहुँ, उवा, तरकारी स्याउका बिरुवा खडेरीका कारण केही किसानले बाली नउम्रने जग्गा खाली भएका छन् भने उमे्रको अन्नबाली खेतबारीमै सुक्न थालेको छ ।बिगतका बर्षहरुमा पुुस, माघ महिनामा धेरै हिउँपर्ने भएकाले खेतबारी ओसिलो भइरहने र अन्नबाली फस्टाउने गरेको थियो । तर यसबर्ष हिउँ नपर्दा खेतबारीमा लगाएको अन्नबालीसहित ,बनजङ्खल समेत सुख्ख
सुन्दरहरैँचा । ‘हातहातमा मोबाइल, गाउँगाउँमा सामाजिक सञ्जाल’ सुन्दरहरैँचामा हिजोआज एउटै आवाज सुनिन्छ, सुन्दरहरैँचा विराट एक्स्पो–४ । माघ महिनाको शीतलहर तथा कठङ्याग्रिँदो चिसोको कुनै परवाह नगरी सामाजिक कार्य गर्ने हेतुले यहाँ महोत्सवको चर्चा छ । कोही ‘टिकटक’ तथा कोही ‘भिडियो’मा एक्स्पोको प्रचारप्रसार गर्न व्यस्त छन् । महोत्सवको एउटै उद्देश्य हो, नगरको पहिचान बढाउने, व्यापार व्यवसायको प्रवर्द्वन गरी सुविधासम्पन्न पुस्तकालयसहितको आधुनिक सार्वजनिक शौचालय निर्माण गर्नु । नगरका विभिन्न स्थानमा विदेशी मापदण्डको आधुनिक सुविधासम्पन्न पुस्तकालयसहितको सार्वजनिक शौचालय निर्माण सहयोगार्थ सुन्दरहरैँचा व
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.