समाचार

    Showing 4,881-4,890 of 26,562 items.
  • अब निजी क्षेत्रले घुस खुवाउनु पर्दैन, ढुक्क भएर लगानी बढाउनुस : अर्थमन्त्री वाग्ले

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रले अब कामका लागि घुस खुवाउनुपर्ने, प्रशासनिक झमेलामा लाइन लाग्नुपर्ने र फौजदारी कसुर झैँ थुनिनुपर्ने अवस्थाको अन्त्य हुने घोषणा गरेका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँगको भेटघाटमा अर्थमन्त्री वाग्लेले सरकार निजी क्षेत्रको बाधक नभई सहयात्री बन्ने प्रतिबद्धता जनाएका हुन् ।आफ्नो कार्यकालमा सुशासनलाई मुख्य प्राथमिकता दिने बताउँदै डा।वाग्लेले भने, ‘म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ । म अर्थतन्त्रको जहाजलाई सही दिशामा मोडेर देशलाई नयाँ गति दिन आएको हुँ ।’ उनले निजी क्षेत्रलाई अब कुनैपनि बहानामा दुःख नदिइने

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 212 पटक पढिएको
  • अध्यक्ष साम्पाङ भन्छन् : कोठे बैठकमा हामी जाँदैनौँ, संसद् बोलाउनुपर्यो

    काठमाडौं । प्रधानमन्त्री बालेन शाह९बालेन्द्र०ले सांसदहरूसँग छलफल थालेका छन् । प्रधानमन्त्री शाहले प्रदेशगत रूपमा सांसदहरूलाई सिंहदरबारमा बोलाएर छलफल गरेका हुन् । जारी छलफलमा आज कोशी र सुदूरपश्चिमका सांसद सहभागी छन् ।तर, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले भने बहिष्कार गरेको छ । अध्यक्ष साम्पाङले आफूहरू कोठे बैठकमा सहभागी नहुने बताएका छन् ।उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्रीले संसद्को पहिलो बैठक बोलाउनुपर्छ । संसद् नबोलाएर गरिने कोठे बैठकमा हामी जाँदैनौँ । हप्ताको एक पटक कम्तीमा पनि संसद् बैठक राख्नुपर्छ । जनताको प्रश्नदेखि सरकार भाग्न पाउँदैन।’

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 191 पटक पढिएको
  • चालकहरूमाथि श्रम शोषण भएको भन्दै राइडरहरू सडकमा

    काठमाडौं— राइड सेयरिङ कम्पनीहरूले चालकहरूमाथि श्रम शोषण गरेको आरोप लगाउँदै चालकहरू सडक आन्दोलनमा उत्रिएका छन्।‘स्वतन्त्र चालक फाउन्डेसन नेपाल’को आयोजनामा सोमबार काठमाडौंको माइतीघर मण्डलामा भेला भएका चालकहरूले विभिन्न स्थानमा प्रदर्शन गरेका हुन्। मोटरसाइकल र स्कुटरसहित ठूलो संख्यामा सहभागी भएका चालकहरूले कम्पनीहरूको नीतिप्रति असन्तुष्टि जनाउँदै नाराबाजी गरेका थिए।प्रदर्शनकारीहरूले आफूहरूलाई उचित पारिश्रमिक नदिइएको, सेवा शुल्क अत्यधिक काटिएको तथा कामको समय र सुरक्षासम्बन्धी कुनै स्पष्ट व्यवस्था नभएको गुनासो गरेका छन्। उनीहरूले श्रम अधिकार सुनिश्चित गर्न, पारदर्शी नीतिहरू लागू गर्न र कम्पनीहरूसँग

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 470 पटक पढिएको
  • स्थापना दिवसको अवसरमा रामेछापका पत्रकारद्वारा रक्तदान र फलफूल वितरण

    रामेछाप— नेपाल पत्रकार महासंघको ७१ औँ स्थापना दिवसको अवसरमा रामेछापका पत्रकारहरूले रक्तदान तथा फलफूल वितरण गरेका छन् ।नेपाल पत्रकार महासंघ रामेछापको आयोजनमा सोमबार बिहान मन्थलीको देवकोटा चोकमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा पत्रकार सहित १२ जनाले रक्तदान गरेका नेपाल पत्रकार महासंघ रामेछापका सचिव नवराज श्रेष्ठले जानकारी दिए ।स्थापना दिवसकै अवसरमा मन्थलीमा रहेका विभिन्न अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ । मन्थलीको मन्थली नगर अस्पताल, तामाकोसी अस्पताल र मन्थली सामुदायिक अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको थियो ।

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 474 पटक पढिएको
  • सर्भाइकल क्यान्सरबारे सचेतना अभिवृद्धि गर्न समयमै परीक्षण आवश्यकः सुनिता डंगोल

    काठमाडौं— काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सर्भाइकल क्यान्सरबारे सचेतना अभिवृद्धि गर्न समयमै परीक्षण आवश्यक रहेको बताएकी छन् ।सोमबार आयोजित स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्क्रिनिङ शुभारम्भ कार्यक्रममा बोल्दै डंगोलले विश्वभर धेरै महिलामा सर्भाइकल क्यान्सर देखिने गरेको उल्लेख गरिन् ।उनले भनिन्, ‘हरेक दिन संसारभर सर्भाइकल क्यान्सरका कारण महिलाहरूको ज्यान गइरहेको छ । तर क्यान्सर भनेको तत्काल मृत्यु हुने रोग होइन, यसको समयमै उपचार सम्भव छ भन्ने कुरा बुझाउन जरुरी छ ।’उनले समयमै रोग पहिचान भएमा उपचार प्रभावकारी हुने बताउँदै नियमित परीक्षणको महत्वमा जोड दिइन् । डंगोलले कतिप

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 519 पटक पढिएको
  • नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा ‘युसिन–एआरटी’ जेभीलाई, एक अर्ब १० करोडमा ठेक्का

    काठमाडौं— लामो समयदेखि प्रतीक्षामा रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन, व्यवस्थापन र मर्मतसम्भारका लागि ठेकेदार कम्पनी छनोट भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले चिनियाँ र नेपाली कम्पनीको संयुक्त उपक्रम र युसिन–एआरटीलाई यसको जिम्मेवारी दिने निर्णय गरेको हो ।आयोजनाले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै चिनियाँ कम्पनी चोङकिङ युसिन रोड एन्ड ब्रिज डेभलपमेन्ट र नेपाली कम्पनी ‘एआरटी कन्स्ट्रक्सन’ को जेभीलाई छनोट गरिएको जनाएको छ । यो कम्पनीले २.६५ किलोमिटर लामो सुरुङमार्गको आगामी ५ वर्षसम्म सञ्चालन र मर्मतसम्भार गर्नेछ ।युसिन–एआरटी जेभीले भ्याट र प्रोभिजलनल सहित कुल १ अर्ब १० करोड ४

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 454 पटक पढिएको
  • २५ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं— नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।आज सुन तोलामा २५ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको नेपाली सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन आएतबार दुई लाख ८६ हजारमा कारोबार भएको थियो ।यस्तै, चाँदी पनि २० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला चार हजार ७२० रुपैयाँ रहेको चाँदी आज चार हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ ।

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 478 पटक पढिएको
  • रौतहटमा तस्करीको कुखुरासहित बोलेरो नियन्त्रणमा

    रौतहट— भारतबाट अवैध रूपमा चोर बाटो हुँदै भित्र्याइएको बोइलर कुखुरा लोड गरिएको एक गाडीलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ ।रौतहट कुखुरा व्यवसायी संघको विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय गंगापिपराको टोलीले दुर्गा भगवती गाउँपालिका–३, मत्सरीस्थित गौर–गंगापिपरा सडक खण्डबाट उक्त गाडी नियन्त्रणमा लिएको हो ।सोमबार बिहान ६ः४० बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना ५ च ३५६५ नम्बरको बोलेरो गाडीलाई प्रहरीले रोकेर खानतलासी गरेको थियो । उक्त गाडीमा ३५० पिस (करिब ७५० केजी) अवैध भारतीय बोइलर कुखुरा लोड गरिएको पाइएको छ ।प्रहरीले अनुसन्धानका क्रममा उक्त कुखुरा राजपुर नगरपालिका–५ स्थित मुस्कान पोल्ट्

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 446 पटक पढिएको
  • तेहरानमा दुई चरणको हवाई आक्रमण, केही स्थानमा ब्ल्याकआउट

    एजेन्सी— आइतबार राति इरानको राजधानी तेहरानमा दुई चरणको हवाई आक्रमण भएको छ ।चाइना मिडिया ग्रुप (सीएमजी)द्वारा खिचिएको भिडियो फुटेजमा राजधानी माथिको रातको आकाश लगातार विस्फोटहरूले उज्यालो भएको देखाइएको छ । जसमा साइरन बजिरहेको थियो, आगमन क्षेप्यास्त्रहरूको चेतावनी दिइएको थियो।हवाई आक्रमणले राजधानी शहरका केही क्षेत्रहरूमा ब्ल्याकआउट पनि गरिएको थियो । ‘म अहिले इरानको राजधानी तेहरानको उत्तरपूर्वमा छु। मार्च २९ मा स्थानीय समय अनुसार राति २१ः०५ र राति २१ः१८ बजे तेहरानमा दुई राउन्ड ठूलो मात्रामा हवाई आक्रमण गरिएको थियो। विस्फोट पछि आकाशमा अझै पनि धुवाँ उडिरहेको छ। मार्च २९ मा राति २१ः०५ बजे भएको विस्फो

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 481 पटक पढिएको
  • कांग्रेसमा खड्का–डा.कोइराला समूहको अलग्गै कार्यक्रम, दुई दिनका लागि बैठक आब्हान

    काठमाडौं— नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा.शेखर कोइराला समूहले प्रतिनिधि सभामा निर्वाचित सांसदहरुलाई छुट्टै बधाई कार्यक्रमको आयोजना गर्दैछ ।धुम्बाराहीस्थित स्मार्ट मलमा आयोजित कार्यक्रम दिउँसो एक बजेलाई तय भएको छ । ‘आजको कार्यक्रमलाई मिडियामा अलग्गै बैठक भनिएको छ, तर बैठक भन्दापनि बधाई कार्यक्रम राखिएको हो,’ डा.कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने ।उक्त कार्यक्रममा समसामयिक वा आन्तरिक राजनीति र सर्वोच्च अदालतमा दायर गरेको रिटबारे छलफल समेत हुने जनाइएको छ । सर्वोच्चमा दायर रिटको पेसी चैत २२ गतेका लागि तोकिएको छ ।गत पुसमा

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 478 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.