मुगु । माघ महिनाको तेस्रो साता बितिसक्दा पनि मुगुलगायत जुम्ला, डोल्पा, कालीकोट, हुम्ला जस्ता हिमाली जिल्लामा हिमपात नहुँदा कृषकले लगाएको हिउँदे अन्नबाली खेतमै सुक्न थालेको छ । जसका कारण भोकमरीको त्रास थपिएको छ । मुगुसहित हिमाली जिल्लाका कृषकहरुले लगाएको हिउँदे अन्नबाली जै, गहुँ, उवा, तरकारी स्याउका बिरुवा खडेरीका कारण केही किसानले बाली नउम्रने जग्गा खाली भएका छन् भने उमे्रको अन्नबाली खेतबारीमै सुक्न थालेको छ ।बिगतका बर्षहरुमा पुुस, माघ महिनामा धेरै हिउँपर्ने भएकाले खेतबारी ओसिलो भइरहने र अन्नबाली फस्टाउने गरेको थियो । तर यसबर्ष हिउँ नपर्दा खेतबारीमा लगाएको अन्नबालीसहित ,बनजङ्खल समेत सुख्ख
सुन्दरहरैँचा । ‘हातहातमा मोबाइल, गाउँगाउँमा सामाजिक सञ्जाल’ सुन्दरहरैँचामा हिजोआज एउटै आवाज सुनिन्छ, सुन्दरहरैँचा विराट एक्स्पो–४ । माघ महिनाको शीतलहर तथा कठङ्याग्रिँदो चिसोको कुनै परवाह नगरी सामाजिक कार्य गर्ने हेतुले यहाँ महोत्सवको चर्चा छ । कोही ‘टिकटक’ तथा कोही ‘भिडियो’मा एक्स्पोको प्रचारप्रसार गर्न व्यस्त छन् । महोत्सवको एउटै उद्देश्य हो, नगरको पहिचान बढाउने, व्यापार व्यवसायको प्रवर्द्वन गरी सुविधासम्पन्न पुस्तकालयसहितको आधुनिक सार्वजनिक शौचालय निर्माण गर्नु । नगरका विभिन्न स्थानमा विदेशी मापदण्डको आधुनिक सुविधासम्पन्न पुस्तकालयसहितको सार्वजनिक शौचालय निर्माण सहयोगार्थ सुन्दरहरैँचा व
कोशी प्रदेश सरकारले आगामी वर्ष २०८२ लाई पर्यटन वर्षको रुपमा मनाउने तयारी थालेको छ । ‘८२ का लागि ८२ गन्तव्य’ सूचि सार्वजनिक गर्दै कोशी सरकारले १० करोड रुपैंयाँ बजेट विनियोजन गरेर तयारी गरिरहेको छ । उत्कृष्ट पर्यटकीय गन्तब्यहरु रहेको कोशीका पहाडी जिल्लामा विश्वकै दुर्लभ प्राणी रेडपाण्डा पनि पाइन्छ । पर्यटन वर्ष र रेडपाण्डा संरक्षणका लागि भइरहेको कदमका विषयमा कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेसँग गरिएको कुराकानीः–२०८२ लाई पर्यटन वर्षको रुपमा मनाउने घोषणा गर्नुभएको छ । तयारी कसरी भइरहेको छ ? कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम र
भोजपुर । खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडक कालोपत्र थालिएको छ । मध्यपहाडी लोकमार्गको शून्यविन्दुबाट कालोपत्र थालिएको हो । यो सडकखण्डको करिब २५ किलोमिटरमध्ये पहिलो खण्डमा शून्यविन्दुबाट रु दुई करोड ६१ लाख ७१ हजार ६३१ लागतमा कालोपत्र थालिएको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयले जनाएको छ । ‘खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडकखण्डको शून्यविन्दुबाट कालोपत्रको काम थालेका छौँ’, टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले भने, ‘यो सडकको करिब २५ किलोमिटरमध्ये डेढ किलोमिटर कालोपत्र हुन्छ ।’यही सडकको दोस्रो खण्ड हुँगे गाउँ पुछारबाट पाँचधारेसम्म स्तरोन्नतिको काम पनि भइरहेको छ । यहाँ सडक डिभिजन
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ ।महाशाखाका अनुसार आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।त्यसैगरी, आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली हुनेछ भने बाँकी भागमा मौसम सफा रहनेछ ।शनिबार बिहान तराई भेगमा हुस्सु लाग्ने जनाउँदै महाशाखाले त्यसका प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा
लमजुङ । बेँसीसहर नगरपालिका वडा नंं ८ फुलबारी चोकस्थित जिल्ला मालपोत कार्यालयमा कार्यालय प्रमुख नहुँदा कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन् भने यहाँबाट प्रवाह हुने सेवा प्रभावित भएको छ । कार्यालय प्रमुख बिहिन हुँदा यस कार्यालयका कर्मचारीले पुस र माघ महिनाको तलब पाउन सेकेका छैनन् । गत मङ्सिरमा भीष्मकुमार मल्ल कार्यालय प्रमुख भएर आएका थिए । उनी गत पुस १४ गते सरूवा भएर गएपछि करिब एक महिनाअघि पोखराबाट रामचन्द्र अधिकारीलाई यस मालपोतमा प्रमुखका रूपमा तोकिए पनि उनी हालसम्म हाजिरी हुन आएका छैनन् ।कर्मचारीले तलब नपाउने मात्र होइन कार्यालय प्रमुख नहुँदा नामसारी, घरजग्गासम्बन्धी अन्य कामहरू एवं आ
बेलबारी(मोरङ) । सडक सञ्जालमार्फत एसियाली राष्ट्रहरूलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ निर्माणले गति लिन थालेको छ । निर्माण सम्झौता भएको एक वर्षमा १२ प्रतिशत काम सकिएको छ । एसियन राजमार्ग नम्बर २ अन्तर्गत काँकरभिट्टाबाट लौकहीसम्मको एक सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६ किमी सडक मात्र ठेक्का लागेर काम भइरहेको छ ।पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको छ । काँकरभिट्टादेखि सीतापुरसम्मको ४५ किमी सडक दमकस्थित रहेको कार्यालयले र सीतापुरबाट इटहरी पश्चिम पचरूखीसम्मको सडक इटहरी कार्यालयले हेर्नेछ । दुवै कार्यालयका अनुसार यस एक वर्
झापा । भूमि समस्या समाधान आयोग झापाले कार्यालय स्थापना गरे तापनि काम सुरु गर्न नसकेको जनाएको छ । जिल्ला समन्वय समिति चन्द्रगढीको माथिल्लो तलामा कार्यालय स्थापना गरिएको छ । पहिलाको आयोगले गरेको कामलाई नै निरन्तरता दिने आयोगका जिल्ला अध्यक्ष मदन अधिकारीले बताए ।विगत एक महिना अघि सरकारले आयोगका जिल्ला अध्यक्ष नियुक्ति गरे तापनि सदस्यहरुको नियुक्ति र कर्मचारी व्यवस्थापन हुन नसक्दा काम सुरुवात गर्न नसकेको उनले बताए । उनले भने ‘विगतमा राष्ट्रिय भूमि आयोगले जहाँ पुर्याएर काम रोकिएको छ त्यहीबाट निरन्तरता दिने हामीलाई सरकारको निर्देशन छ ।’उनले हाल भूमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुको
गण्डकी । गण्डकी प्रदेश सरकारले सुरु गरेको ‘स्याटेलाइट सिटी’को योजना स्पष्ट नीति र बजेट अभावमा सुस्ताएको छ । प्रदेशका छ स्थानीय तहमा ‘स्याटेलाइट सिटी’ बनाउने घोषणा गरेको वर्षौँ वितिसक्दा पनि पूर्वाधार निर्माणले गति लिन सकेको छैन । स्रोतसाधनको सीमितताका कारण उक्त योजना कार्यान्वयनमा चुनौती थपिएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । ‘घना बस्ती भएका ठूला सहरको नजिकमा अन्य नयाँ सहर विकास गर्ने अवधारणाअनुसार यो कार्यक्रम ल्याइएको हो’, मन्त्रालयको योजना अनुगमन, मूल्याङ्कन तथा अन्य पूर्वाधार महाशाखाका प्रमुख डा महेन्द्र बानियाँले भने, ‘तर, सोचेजस्तो ढङ्गले स्याटेलाइट
काठमाडौँ । सरकारले नेपालमा पहिलो पटक अभौतिक सांस्कृतिक सम्पदाको सूचिकरणका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ । यसरी सूचिकरणको प्रक्रिया थालिएको यो पहिलो हो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यविधि नै जारी गरी ती सांस्कृतिक सम्पदाको सूचीकरणका लागि काम थालेको हो । अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी ऐन नभएकाले ऐन निर्माण प्रक्रिया पनि थालिएको छ । मन्त्रालयका सांस्कृतिक महाशाखा प्रमुख डा सुरेश सुरज श्रेष्ठले पहिलो पटक सूचीकरणका लागि आवेदन आह्वान गरिसकेको जानकारी दिए । उनले यो युनेस्कोमा लैजानका लागि पहिलो प्रयास पनि भएको बताए । युनेस्कोको सन् २००३ को ‘कन्भेन्सन’अनुसार यस्ता सम्
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.