समाचार

    Showing 4,981-4,990 of 26,562 items.
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले गरे पदबहाली

    काठमाडौं— भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले पदबहाली गरेका छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेका हुन् ।उनी रुपन्देही १ बाट निर्वाचित सांसद हुन् ।

    • प्रकाशित मितिः चैत १३, २०८२
    • 493 पटक पढिएको
  • सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले गरे पदबहाली

    काठमाडौं— नवनियुुक्त सञ्‍चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले पदबहाली गरेका छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेका हुन् ।उनी नुवाकोट १ बाट निर्वाचित सांसद हुन् । अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालय र क्विन्सल्याण्ड विश्वविद्यालयमा अध्ययन गरेका तिमिल्सिना शिक्षा र सञ्चारको क्षेत्रमा १५ वर्षदेखि क्रियाशील छन् ।

    • प्रकाशित मितिः चैत १३, २०८२
    • 480 पटक पढिएको
  • खबरदारी गर्दै रचनात्मक भूमिका निर्वाह गर्छौंः कुलमान घिसिङ

    काठमाडौं—  उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन शाह (बालेन्द्र)लाई बधाई दिएका छन् ।शुक्रबार शीतल निवासमा शपथ लिएलगत्तै घिसिङले प्रधानमन्त्रीमा नियुक्त भएकोमा बालेनलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।साथै, सरकारलाई आवश्यक सल्लाह सुझाव दिन र सरकारको कामकारबाहीमा खबरदारी गर्दै रचनात्मक भूमिका निर्वाह गर्न उज्यालो नेपाल पार्टी दृढतापूर्वक प्रतिबद्ध रहेको पनि घिसिङले उल्लेख गरेका छन् ।उनले सामाजिक संजालमा लेखेका छन्,‘प्रतिनिधि सभामा झण्डै दुई तिहाई बहुमतसहित राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा

    • प्रकाशित मितिः चैत १३, २०८२
    • 509 पटक पढिएको
  • घरको छतबाट खसेर एमाले नेतृ कोमलका बुवाको मृत्यु

    काठमाडौं—  नेकपा (एमाले) केन्द्रीय सदस्य तथा चर्चित गायिका कोमल वलीका पिता ललितबहादुर वलीको निधन भएको छ।शुक्रबार दाङको तुलसीपुरस्थित आफ्नै निवासको छतमा घाम ताप्न जाने क्रममा लडेर ८५ वर्षीय ललितबहादुर वलीको निधन भएको हो। छतबाट खसेपछि उनलाई अञ्चल अस्पताल, दाङ लगिएको थियो। अस्पताल पुर्‍याएको केही समयमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।नेतृ वलीका अनुसार उनका बुबाको पार्थिव शरीर अन्तिम दर्शन तथा श्रद्धाञ्जलीका लागि तुलसीपुरमा राखिएको छ।

    • प्रकाशित मितिः चैत १३, २०८२
    • 540 पटक पढिएको
  • यस्तो छ बालेनको जीवनीः र्यापरबाट मेयर हुँदै प्रधामनमन्त्रीसम्म

    काठमाडौं— र्यापर, इञ्जिनियर र समाजसेवी बालेन शाह(बालेन्द्र) नेपालको ४३औं प्रधानमन्त्री बनेका छन् । उनका लागि यो यात्रा केवल राजनीतिक पदमात्रै होइन, आन्दोलन, संघर्ष र परिवर्तनको कथापनि हो ।नेपाली राजनीतिक नेतृत्वमा बालेन शाहको नाम युवाप्रेमी र नवप्रवर्तनकारी सोचका प्रतिनिधिका रुपमा लिइने गरिन्छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सामाजिक संजालमार्फत अभिव्यक्ति दिएका कारण उनी आलोचित बनेका थिए । त्यसक्रममा उनलाई केही नेताहरुले ‘लुसिफर’को संज्ञासमेत दिएका थिए ।र्यापर, इञ्जिनियर, सामाजिक सञ्जालको प्रभावशाली प्रयोगकर्ता र युवाहरुको रोजाइमा परेका बालेनले काठमाडौं महानगरपालिका मेयर पद पूरा नगरी

    • प्रकाशित मितिः चैत १३, २०८२
    • 545 पटक पढिएको
  • शंखनादसँगै सुरु भयो प्रधानमन्त्री बालेनको शपथ समारोह

    काठमाडौं—  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथग्रहण समारोह सुरु भएको छ ।राष्ट्रपति भवन शीतलनिवासमा सात शंखबाट शंखनाद गर्दै शपथ समारोह अघि बढाइएको छ । यति बेला स्वस्तिवाचन सुरु भएको छ ।

    • प्रकाशित मितिः चैत १३, २०८२
    • 448 पटक पढिएको
  • बालेन नेतृत्वको मन्त्रिपरिषद् १६ सदस्यीय, सीता बादीसहित ५ महिला

    काठमाडौं—  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा १६ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने निर्णय गर्दा ५ जना महिलालाई समेटेको छ । जसमा दलित समुदायकी सीता वादीसमेत छिन् । रास्वपाले सोबिता गौतमलाई कानुन, प्रतिभा रावललाई सामान्य प्रशासन, गीता चौधरीलाई कृषि, निशा मेहतालाई स्वास्थ्य र सीता वादीलाई महिलामन्त्री बनाएको हो । प्रधानमन्त्रीमा नियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आज दिउँसो १२ः३४ बजे पद तथा गोपनीयताको शपथ लिँदै छन् । यसै दिन मन्त्रिपरिषद् विस्तारको तयारी छ ।बालेन प्रधानमन्त्रीमा नियुक्तबालेन

    • प्रकाशित मितिः चैत १३, २०८२
    • 539 पटक पढिएको
  • दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

    घोराही। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति भएको दुर्घटनामा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका–१२ का ३० वर्षीय बेलबहादुर पुनको मृत्यु भएको हो । गम्भीर घाइते हुनुभएका मोटरसाइकल चालक घोराही–१० का धनबहादुर घर्तीको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेकोे छ । 

    • प्रकाशित मितिः चैत १३, २०८२
    • 364 पटक पढिएको
  • भिरबाट लडेर वडासदस्यको मृत्यु

    गोदावरी। चुरे गाउँपालिका–५ भासु गाउँमा भिरबाट लडेर वडासदस्यको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार चुरे गाउँपालिका–५ का वडासदस्य ४७ वर्षीय दुर्गा अर्खालीको मृत्यु भएको हो । उहाँ घर नजिकैको जङ्गलमा बाख्रा चराउन जानुभएको थियो तर साँझसम्म पनि घर नफर्किएपछि खोजतलास गर्दा निजको शव फेला परेको थियो । यो घटना गए रातिको हो ।

    • प्रकाशित मितिः चैत १३, २०८२
    • 89 पटक पढिएको
  • भिरबाट लडेर वडासदस्यको मृत्यु

    गोदावरी। चुरे गाउँपालिका–५ भासु गाउँमा भिरबाट लडेर वडासदस्यको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार चुरे गाउँपालिका–५ का वडासदस्य ४७ वर्षीय दुर्गा अर्खालीको मृत्यु भएको हो । उहाँ घर नजिकैको जङ्गलमा बाख्रा चराउन जानुभएको थियो तर साँझसम्म पनि घर नफर्किएपछि खोजतलास गर्दा निजको शव फेला परेको थियो । यो घटना गए रातिको हो ।

    • प्रकाशित मितिः चैत १३, २०८२
    • 285 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.