समाचार

    Showing 5,031-5,040 of 26,562 items.
  • चीनले गर्यो लङ मार्च–२ डी रकेट प्रक्षेपण

    एजेन्सी । चीनले बिहीबार लङ मार्च–२डी क्यारियर रकेट प्रक्षेपण गरेको छ । जसले दुई नयाँ उपग्रहहरू अन्तरिक्षमा राख्न सफल भएको छ ।रकेटले उत्तरी चीनको शान्सी प्रान्तको ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट बिहान ६ः५१ बजे (बेइजिङ समय) प्रक्षेपण गरेको हो । सिवेई गाओजिङ–२ ०५ र सिवेई गाओजिङ–२ ०६ उपग्रहहरूको जोडीलाई तिनीहरूको पूर्वनिर्धारित कक्षमा पठाएको हो ।यो लङ मार्च शृङ्खलाका रकेटहरूको ६३४ औं उडान मिसन थियो। 

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 178 पटक पढिएको
  • चीनमा चमत्कार गर्दै रोबोट ट्राफिक

    एजेन्सी । चीनको प्रविधि केन्द्र शेन्जेनमा रोबोट ट्राफिक अधिकारीहरू थप स्मार्ट बन्दै गएका छन् ।हुनत दक्षिणी चीनको ‘टेक हब’का रुपमा मानिने शेन्जेनमा, रोबोट ट्राफिक अधिकारीहरू असामान्य दृश्य भने होइनन् । तिनीहरू भीडको समयमा ट्राफिक प्रवाहलाई निर्देशित गर्न हात उठाएर चौबाटोहरूमा भेट्टाउन सकिन्छ ।तर तिनीहरूलाई शक्ति प्रदान वा परिचालन गर्ने एआई प्रविधिले अझ चुस्त र सटीक हुँदै गएका छन् र तिनीहरूको क्षमतामा सुधार हुँदै गइरहेको छ ।हालैको एउटा परिदृश्यमा, एक रोबोट अधिकारीले एक मोटर चालित सवारी चालकले हेलमेट नलगाएको देखेपछि चेतावनी दिएको थियो ।शेन्जेन ट्राफिक प्रहरीका अनुसार, रोबोट अधिकारीहरूले यस वर्ष म

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 227 पटक पढिएको
  • जुम्लामा धान दिवस :‘काली मार्सी’ संरक्षण र प्रवद्र्धनमा जोड

    मुगु । कर्णाली प्रदेश सरकारद्वारा चैत १२ गतेलाई ‘धान दिवस’ का रूपमा सार्वजनिक बिदा दिइएको अवसरमा जुम्लामा ‘धान दिवस २०८२’ विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।‘जुम्लाको मूल्यवान धानखेती संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नारासहित कार्यक्रम आयोजना गरिएको हो ।कार्यक्रमको आयोजना कृषि विकास कार्यालय जुम्लाले गरेको थियो भने किर्डाक नेपाल, पेस नेपाल, वल्भिजन र लिबोड चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लगायतका निकायहरूले समन्वय गरेका थिए ।त्यस्तै कार्यक्रममा चन्दननाथ नगरपालिकाका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईं सामाजिक संञ्जालमा लेखेका छन, कर्णाली प्रदेशमा चैत १२ लाई सार्वजनिक बिदा दि

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 160 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।आज सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ९२० रुपैयामा कारोबार भएको थियो

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 442 पटक पढिएको
  • दार्चुलामा भूकम्पको धक्का

    काठमाडौं— दार्चुलाको मुराई आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान ८:३२ बजे ४.० म्याग्निच्युडको भूकम्प गएको हो ।भूकम्पको धक्का दार्चुला जिल्लाका विभिन्न स्थानका साथै आसपासका क्षेत्रहरूमा समेत महसुस गरिएको थियो ।

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 498 पटक पढिएको
  • ऐतिहासिक सेतो मच्छिन्द्रनाथ जात्रा आजदेखि सुरु

    काठमाडौं— ऐतिहासिक सेतो मच्छिन्द्रनाथको जात्रा आजदेखि सुरू हुँदै छ । हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि यो रथयात्रा सुरु हुन्छ ।तीनधारा पाठशालाबाट सुरु हुने रथजात्रा ती दिनपछि लगन पुगेर सम्पन्न हुन्छ ।चैत्र शुक्ल प्रतिपदाका दिनदेखि दरबारमार्गस्थित तीनधारा पाठशालामा ३२ हात अग्लो नौ तले रथ बनाउन सुरु गरिन्छ । काठ, बेत र डोरीका सहायताले रथ बनाइन्छ ।यो रथमा चैते दशैंका दिन सेतो मच्छिन्द्रनाथको मूलदेवता विराजमान गराएपछि जात्रा सुरु हुने परम्परा छ । केल टोलको मच्छिन्द्र बहालको मन्दिरमा रहेको लोकेश्वरको मूर्तिलाई केल टोल, इन्द्रचोक, बाङ्गेमुढा, असन कमलाक्षी हुँदै जमलको तीनधारा पाठशालामा ल्याइ रथमा

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 453 पटक पढिएको
  • रास्वपा केन्द्रीयसमिति बैठक बस्दै

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीयसमिति बैठक बस्ने भएको छ । बैठक आज दिउँसो ४ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने भएको हो ।बैठकमा संसदीय दलको नेता छनोट र विविध एजेण्डबारे छलफल गर्न लागेको जनाएको छ । बैठकपछि संसदीय दलको बैठक बसेर नेता चयन गरिनेछ ।रास्वपाले केन्द्रीय समिति र संसदीय दलको बैठक गरेर संसदीय दलको नेतामा बालेन्द्र साहलाई नेता चयन गर्ने बताइएको छ ।आज संसदीय दलको नेता चयन भएपछि भोलि शुक्रबार बालेनले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने छन् ।

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 465 पटक पढिएको
  • कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने

    काठमाडौं— नेपाली कांग्रेसले पार्टीको महाधिवेशन आगामी असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । सभापति गगन थापाको सभापतित्वमा मंगलबार र बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले १५औँ महाधिवेशन आगामी असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो ।साथै, विशेष महाधिवेशनको निर्णय एवं कांग्रेसको विधान २०१७ को धारा ४३ बमोजिम १५औँ महाधिवेशन सम्पन्न नभएसम्म पार्टीका तह तथा निकायको पदावधि कायम रहने बताइएको छ ।यस्तै, कांग्रेसले महाधिवेशनका अन्य कार्यक्रम तय गर्नुका साथै विभिन्न १६ वटा निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दु

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 427 पटक पढिएको
  • प्रधानमन्त्री कार्कीद्वारा तीन वटा महत्त्वपूर्ण दस्ताबेज सार्वजनिक गर्ने निर्णय

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले तीन वटा महत्त्वपूर्ण दस्ताबेज सार्वजनिक गर्ने निर्णय गरेकी छन् । प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन, नेपाल बाल संगठन र बाल मन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र, २०८२ सार्वजनिक गर्ने निर्णय गरेकी हुन् ।प्रधानमन्त्री कार्कीले आज भदौ २३ र २४ को घटनाका सम्बन्धमा जाँचबुझ आयोगले दिएको प्रतिवेदन संघीय संसद् सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गरेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार रामबहा

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 455 पटक पढिएको
  • आज देशभर चैते दशैँ मनाइँदै

    काठमाडौं— हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै छ ।चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ छोराका रूपमा रामको जन्म भएकाले राम नवमीका रूपमा मनाउने गरिन्छ ।बडादशैँमा जस्तै चैते दशैँमा पनि परिवारका सदस्यबिच जमघट हुने गर्छ । काठमाडौं उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालीकास्थान, बज्रयोगिनी लगायत उपत्यका बाहिरका पीठमा विशेष पूजा हुन्छ । शक्ति पीठमा गएर पूजा आराधना एव

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 529 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.