एजेन्सी । चीनले बिहीबार लङ मार्च–२डी क्यारियर रकेट प्रक्षेपण गरेको छ । जसले दुई नयाँ उपग्रहहरू अन्तरिक्षमा राख्न सफल भएको छ ।

रकेटले उत्तरी चीनको शान्सी प्रान्तको ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट बिहान ६ः५१ बजे (बेइजिङ समय) प्रक्षेपण गरेको हो । सिवेई गाओजिङ–२ ०५ र सिवेई गाओजिङ–२ ०६ उपग्रहहरूको जोडीलाई तिनीहरूको पूर्वनिर्धारित कक्षमा पठाएको हो ।

यो लङ मार्च शृङ्खलाका रकेटहरूको ६३४ औं उडान मिसन थियो।