समाचार

    Showing 5,041-5,050 of 26,562 items.
  • पदमार्ग पर्यटन परियोजनामा तीव्र प्रगति, कोशीलाई दिगो गन्तव्य बनाउने लक्ष्य

    विराटनगर— कोशी प्रदेशमा सञ्चालन भइरहेको पदमार्गमा आधारित पर्यटन विकास परियोजना (टिटिडिपी) ले उल्लेखनीय प्रगति हासिल गरेको छ । परियोजनालाई दिगो पर्यटन प्रवद्र्धनमार्फत प्रदेशलाई आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित अघि बढाइएको छ ।पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत सञ्चालित परियोजनाको तेस्रो परियोजना निर्देशक समिति बैठक बुधबार सम्पन्न भएको हो ।पर्यटन मन्त्री भीम पराजुलीको अध्यक्षता तथा मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्य तामा सम्पन्न बैठकमा नेपालका लागि स्विस राजदूत डा. डानियेल म्युवलीको विशेष उपस्थिति रहेको थियो ।नेपाल र स्विट्जरल्यान्ड सरकारबिचको द्विपक्षीय सम्झौ

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 512 पटक पढिएको
  • तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    दमौली। जिल्लामा उत्पादित मह अन्तरराष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन् । यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाममा उत्पादित महको अन्तरराष्ट्रिय रूपमा बजारीकरण हुन थालेपछि यहाँका किसान उत्साहित हुनाका साथै मौरीपालनतर्फ थप आकर्षित हुन थालेका हुन् ।  सूर्य नेपाल प्रालिको हिमालयन ट्रेजरले यहाँ उत्पादित मह किसानसँग खरिद गरी बजारीकरण गर्न थालेको छ । प्रारम्भिक चरणमा दुई हजार १०० किलो मह प्रतिकिलो रु दुई हजारका दरले खरिद गरिएको छ ।  कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत किसानलाई कफीका बिरुवा वितरण गर्दै बहुआयामिक कृषि प्रणालीलाई प्रोत्साहन गरेपछि यसले

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 252 पटक पढिएको
  • गत वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

    काठमाडौँ। गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का ती घटनाबाट १३ हजार ९८ परिवार प्रभावित भएका छन् । यस अवधिमा चार सय ७९ जनाको निधन भएको छ भने ३८ जना घाइते भएका छन् । यस्तै, एक हजार ८०० जना घाइते भएका छन् । प्राधिकरणले दिएको जानकारीअनुसार यस अवधिमा तीन हजार ४८० वटा आगलागीका घटना भएका छन् । यस्तै, बाढीका ३२१, पहिरोका ६०४, भारी वर्षा ४४२,  चट्याङ ४०६ र सर्पदशका ६०० घटना भएका छन् । यसैगरी, वन डढेलो २७९, हुरीबतासका ४५१, जनावर आक्रमणका ५०४, लेक लागेका १२३ र  हिउँपहिरोका

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 281 पटक पढिएको
  • जलेर नष्ट भएका तेह्र हजारभन्दा बढी लालपुर्जाको स्रेस्ता कायम

    राँझा। नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा)को स्रेस्ता कायम गरेको छ ।आन्दोलनका क्रममा भदौ २४ गते कार्यालयमा गरिएको आगजनीबाट कार्यालय भवन र कागजपत्र जलेर नष्ट भएपछि असोज र कात्तिकमा सेवा सेवा बन्द भई मङ्सिर १ गतेदेखि भाडाको कार्यालयबाट सेवा सञ्चालन भएको थियो । गत मङ्सिरदेखि चैत ८ गतेसम्म जलेर नष्ट भएका १३ हजार ४०९ जग्गाको जग्गाधनी प्रमाणपुर्जाको स्रेस्ता कायम गरिएको कार्यालयका प्रमुख मालपोत अधिकृत सबिनसिंह चौधरीले जानकारी दिनुभयो ।“जेनजी आन्दोलनका क्रममा भएको आग

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 243 पटक पढिएको
  • रविको मुद्दामा आज सुनुवाइ हुदै

    काठमाण्डौ  ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरणमा आज (चैत १२) पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले मंगलबार (चैत १०) भएको बहस नसकिएपछि आज सुनुवाइ गर्ने तय गरेको हो ।रिट निवेदकको तर्फबाट बहस सकिएको छ । आजको बहसमा सरकारी वकिल र रवि पक्षका वकिलले प्रतिवाद गर्नेछन् ।महान्यायाधिवक्ता सविता भण्डारी बरालले रवि लामिछानेको हकमा मात्रै आरोपपत्र संशोधन हुने निर्णय गरेपछि विवादको रूप लिएको थियो । भण्डारीले गत २ माघमा लामिछानेसहित अरु सबै आरोपितहरूको हकमा आरोपपत्र संशोधन हुने निर्णय

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 215 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    कामठाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल,डिजेल र मट्टीतेलमा समान १५ रुपैयाँ बढाइएको जानकारी दिएकाे हो। विगत एक महिनादेखि पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइरहेको जारी विज्ञप्तिमा उल्लेख रिएकाे छ । सो युद्धका कारण १५ दिन (१६ देखि ३१ मार्च सम्म) मा रु. ५ अब घाटा हुने देखिएकाे निगमले जनाएकाे छ । पछिल्लो समयको मूल्य वृद्धिको प्रक्षेपणलाई आधार मान्दा आगामी १५ दिनमा थप १५ अर्ब घाटा हुने देखिएको छ।

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 356 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाको अनुसार  कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग तथा बागमती प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ । बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहको छ। दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ।  कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भूभागका केहि स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।राति हिमाली, पहाडी तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेश

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 229 पटक पढिएको
  • प्रधानमन्त्रीको शपथ साइत १२:३४ मा, २ बजेपछि सिंहदरबार प्रवेश

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहको शपथग्रहणको साइत चैत १३ गते शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा निस्किएको छ ।सोही समयमा बालेनले प्रधानमन्त्रीको शपथ लिने तयारी छ । बालेन टिमले राष्ट्रपति कार्यालयलाई उक्त समय प्रस्ताव गरेको र राष्ट्रपति कार्यालयले आयोजना गरेको बालेननिकट स्रोतले बताएको छ ।१२ः३४ मा शपथग्रहण गरेपछि २ः१५ मा सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने भएका छन् ।शपथग्रहणका क्रममा बटुकले स्वस्ति वाचन गराउने कार्यक्रमसमेत तय भएको उनीनिकट स्रोतको भनाइ छ ।

    • प्रकाशित मितिः चैत ११, २०८२
    • 509 पटक पढिएको
  • इटहरी आगलागी, ३५ लाख बढी क्षतिको अनुमान

    विराटनगर— सुनसरीको इटहरीस्थित न्यू पूर्वाञ्चल आइसक्रिम पार्लर एण्ड कफी सपमा बुधबार बिहान आगलागी हुँदा करिब ३५ लाख रुपैयाँभन्दा बढी क्षति भएको अनुमान गरिएको छ।इटहरी उपमहानगरपालिका–६ मा रहेको उक्त क्याफेको भान्सा कोठाबाट आगो सुरु भएको प्रहरीले जनाएको छ। मर्मत गर्ने क्रममा निस्किएको आगोको झिल्को उछिटिएर भान्सामा सल्किँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालका अनुसार आगलागी अहिले पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।आगो नियन्त्रणका लागि सुनसरीका धरान, दुहवी, रामधुनी, इनरुवा तथा मोरङका विराटनगर र सुन्दरहरैंचा लगायतका

    • प्रकाशित मितिः चैत ११, २०८२
    • 501 पटक पढिएको
  • राप्रपा केन्द्रीय सदस्य ऋषिबाबु परियारले छाडे पार्टी

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय कार्यसम्पादन समिति सदस्य, निर्देशन समिति सदस्य तथा केन्द्रीय सदस्य ऋषिबाबु परियारले पार्टी परित्याग गरेका छन्। उनले राप्रपाको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका हुन्।उनले 'राजाको एजेन्डा लिने, राज आज्ञा पालन नगर्ने, दलित समस्याप्रति संवेदनशील नभएको, समानुपातिक ४ सिटमा १ जना खसआर्य र १ जना दलित मिलाउन सकिनेमा नराखेको' लगायत कुरा उल्लेख गरेका छन्।साथै राप्रपाको राजनीतिक र वैचारिक स्पष्टता नभएको उनको आरोप छ। 

    • प्रकाशित मितिः चैत ११, २०८२
    • 476 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.