काठमाडौं— अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले इरानमा सम्भावित स्थल सेना परिचालनका लागि व्यापक रणनीतिहरू तयार पारेको छ । विभिन्न स्रोतहरूलाई उद्धृत गर्दै सीबीएस न्यूजले जनाए अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलबीचको जारी द्वन्द्वका सन्दर्भमा थप सैन्य कदम चाल्ने सम्भावनालाई दृष्टिगत गर्दै उच्च सैन्य कमाण्डरहरूले पूर्व तयारीका लागि विशेष रणनीतिहरू अघि सारेका हुन् ।राष्ट्रपति ट्रम्पले मध्यपूर्वमा स्थल सेना तैनाथ गर्ने विषयमा विचार गरिरहनुभएको भए तापनि कुन निश्चित परिस्थितिमा उनीहरूको प्रयोग गर्ने भन्नेबारे अहिलेसम्म ठोस निर्णय भने भइसकेको छैन । संवेदशनशील सैन्य योजना भएका
काठमाडौं— सानिगाड हाइड्रो लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन खुला गरेको छ ।कम्पनीले जारी पूँजीको ३० प्रतिशत बराबर ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन अनुमति पाएकोमा यस चरणमा २८ लाख ५० हजार कित्ता स्थानीयका लागि र ५ लाख ७० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएको छ । स्थानीयतर्फ बझाङको बुंगल नगरपालिकाका वडा नं. १, २ र ४ का अति प्रभावित तथा अन्य वडाका बासिन्दाले आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।स्थानीयका लागि आईपीओ छिटोमा चैत २२ गतेसम्म खुला रहनेछ भने
काठमाडौं— रामचन्द्र पौडेलले पानी जीवन, स्वास्थ्य, समृद्धि र सामाजिक न्यायको आधार भएको बताएका छन् ।विश्व पानी दिवस २०२६ (२२ मार्च) का अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले मानव सभ्यताको विकासदेखि हालसम्म पानीले जीवनका हरेक पक्षलाई दिशानिर्देश गर्दै आएको उल्लेख गरे ।उनले पानीको संरक्षण, दिगो उपयोग र समान पहुँच सुनिश्चित गर्न सरकारी निकाय, विकास साझेदार, संघसंस्था र आमनागरिकबीच सहकार्य र प्रतिबद्धता आवश्यक रहेको बताए। साथै, खानेपानी व्यवस्थापनमा लैङ्गिक समानता, समानुपातिक सहभागिता र न्यायोचित पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।राष्ट्रपति पौडेलले भूमिगत जलस्रोत महत्वपूर्ण प्राकृतिक सम
काठमाडौं— याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत बराबर २८ लाख कित्ता शेयरमध्ये ७ लाख कित्ता स्थानीयका लागि र २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएको छ ।स्थानीयतर्फ सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका वडा नं.१ देखि ७ सम्मका बासिन्दाले आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्ता आवेदन दिनुपर्नेछ भने अधिकतम स्थानीयका लागि ७ हजार र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २१ हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।स्थानीयका लाग
ललितपुर— हायर ग्राउन्ड नेपालद्वारा आयोजित फन रन २०२६ शनिबार जावलाखेल फुटबल मैदानमा सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रममा २,००० भन्दा बढी सहभागीको उत्साहजनक उपस्थिति रहेको थियो ।अन्तर्राष्ट्रिय महिला महिनाको अवसरमा आयोजना गरिएको ५ किलोमिटर फन रनरवाकले विभिन्न उमेर समूह र पृष्ठभूमिका व्यक्तिहरूलाई एकै ठाउँमा ल्याउँदै महिला सशक्तीकरण, समावेशिता, समानता र सामाजिक एकताको सन्देश प्रवाह गरेको छ ।कार्यक्रमले लैङ्गिक असमानता न्यूनीकरण तथा सामाजिक र संरचनात्मक अवरोधहरू हटाउने विषयमा सचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको थियो ।मञ्जली शाक्य बज्राचार्य, ललितपुर महानगरपालिकाकी उपमेयरले आफ्नो गरिमामय उपस्थ
काठमाडौं— आज विश्व पानी दिवस मुलुकभर मनाइँदै छ ।पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आइतबार विश्व पानी दिवस मुलुकभर मनाइने भएको हो ।जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पेयजलको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे सर्वसाधारणमा चेतना जगाउन सरकारी नियकाय र विभिन्न सामाजिक सङ्घसंस्थाले विविध कार्यक्रम आयोजना गरी पानी दिवस मनाउन लागेको हो ।विश्वभर पानीका स्रोत क्रमशः सुक्दै गएकाले तिनको संरक्षणमा संसारका सबै राष्ट्र अग्रसर हुनुपर्नेमा जोड दिँदै राष्ट्रसंघीय वातावरण तथा विकास महासभाले सन् १९९२ को मार्च २२ तारिख अर्थात् आजकै दिन विश्व पानी दिवस मन
मुगु— मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर ६ र ७ का ज्येष्ठ नागरिकहरूलाई न्यानो कपठा ब्ल्याङ्केट वितरण गरिएको छ ।शनिबार ‘नगर प्रमुखसँग ज्येष्ठ नागरिक कार्यक्रम’ अन्तर्गत नगर प्रमुख श्री विष्णु कुमार भामको विशेष उपस्थितिमा ज्येष्ठ नागरिकलाई चिसो मौसमबाट जोगिन सहयोग पुग्ने उद्देश्यले ब्ल्याङ्केट प्रदान गरिएको हो ।कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा नगरवासीहरूको समेत सहभागिता रहेको थियो ।नगरपालिकाले ज्येष्ठ नागरिकहरूको सम्मान, सुरक्षा तथा हेरचाहलाई प्राथमिकतामा राख्दै हरेक वर्ष यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । चिसो मौसममा ज्येष्ठ नागरिकलाई आवश्यक सहयोग पुयाउने उद्देश्यले गरिएको यो पहल
काठमाडौं— उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक कठिन अवस्थाबाट सुरक्षित अवतरण सम्भव भएको भन्दै बधाई ज्ञापन गरेको छ ।पार्टीका अध्यक्ष कुलमान घिसिङ नेतृत्वको प्रतिनिधिमण्डलले शनिबार बालुवाटारमा भेट गरी प्रधानमन्त्री कार्कीको निष्ठा र प्रतिबद्धताका कारण नै शान्तिपूर्ण निर्वाचन सम्भव रहेको भन्दै बधाई ज्ञापन गरेको हो ।चुनाव हुनेमा धेरैतिरबाट आशंका व्यक्त भइरहेका बेला सबैलाई विश्वासमा लिएर देशैभर एकै पटक स्वच्छ र धाँधलीरहित तरिकाले निर्वाचन सम्पन्न गराउन सक्नु चानचुने सफलता नभएको भन्दै उक्त प्रतिनिधिमण्डलले सरकारको प्रशंसा गरेको थियो ।‘चुनौतीपूर्ण परिस्थितिमा पनि नेतृत
काठमाडौं— काठमाडौं महानगरपालिका वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गीले शिक्षक, अभिभावक, समुदाय र जनप्रतिनिधिबीचको समन्वयबाट मात्र शिक्षामा दिगो सुधार सम्भव हुने बताएका छन् ।वडा २७ द्वारा आयोजित एक दिने “शिक्षक पुनर्ताजगी कार्यक्रम” लाई सम्बोधन गर्दै उनले शिक्षकलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा उल्लेख गरे। उनका अनुसार शिक्षकले पाठ्यपुस्तकमा सीमित नभई विद्यार्थीमा नैतिकता, अनुशासन र जीवनोपयोगी सीप विकास गरिरहेका छन् ।संघीय संरचनापछि माध्यमिक शिक्षा स्थानीय तहको मातहतमा आएसँगै वडा र विद्यालयबिचको सहकार्य अझ सुदृढ हुनुपर्ने उनले जोड दिए । साथै, शिक्षकको क्षमता अभिवृद्धि, तालिम तथा आवश्यक
वीरगञ्ज । वीरगञ्जस्थित सुख्खा बन्दरगाहामा कोइला ह्यान्डलिङ गर्ने तरिकामा आएको परिवर्तनले समस्या थपिएको छ । अहिले कोइला सीधै नेपालभित्रै अनलोड हुन थालेपछि त्यहाँ वरपरका बासिन्दाहरू समस्यामा परेका छन् ।यसअघि रेलमार्फत आउने कोइला भारतको रक्सौल रेल्वे यार्डमा अनलोड हुन्थ्यो । तर, अहिले सो प्रणाली परिमार्जन गर्दै कोइला सीधै बन्दरगाह वीरगञ्जमै अनलोड गर्न थालिएको छ, जसले गर्दा धुलो प्रत्यक्ष रूपमा मानव बस्ती नजिक फैलिरहेको छ ।स्थानीय प्रकाश तिवारीले बताए अनुसार, दैनिक रूपमा घर, सडक र वरपरका क्षेत्रमा कालो धुलो जमिरहेको छ। हावामा लगातार प्रदूषण रहँदा सास फेर्न गाह्रो हुने समस्या बढेको छ ।यस विषय
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.