समाचार

    Showing 5,201-5,210 of 26,562 items.
  • ढोरपाटनमा भारी हिमपात

    ढोरपाटन। नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । शुक्रबार दिउँसोदेखि भएको हिमपातले ढोरपाटन सेताम्य हिउँले ढाकिएको हो । हिमपातले स्थानीयको जनजीवन प्रभावित बनेको छ । हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्य भएको ढोरपाटन नगरपालिका–९ का स्थानीय धनबहादुर विकले जानकारी दिनुभयो । हिमपातले गर्दा वस्तुभाउलाई घाँस दान हाल्नसमेत गाह्रो भएको स्थानीय विकले बताउनुभयो । केही दिन अगाडिदेखि सामान्य वर्षा भएको उहाँको भनाइ छ । अहिले पनि निरन्तर हिमपात भइरहेको भन्दै स्थानीयलाई हिँडडुल गर्नसमेत समस्या भएको उहाँले बताउनुभयो । आलु रोप्नका लागि

    • प्रकाशित मितिः चैत ७, २०८२
    • 264 पटक पढिएको
  • दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

    काठमाडौँ। जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन् । पछिल्लो अध्ययनले यस क्षेत्रमा सन् २००० यता हिउँ पग्लने दर दोब्बर भएको देखाएको छ ।अन्तरराष्ट्रिय एकीकृत पर्वत विकास केन्द्र (इसिमोड)ले गरेको पछिल्लो अध्ययन प्रतिवेदनअनुसार सन् १९७५ यता हिमनदीको मोटाइ २७ मिटरसम्म घटेको छ । यसले ‘एसियाका वाटर टावर’ (पानीका स्रोत) बाट बग्ने पानीमा निर्भर तल्लो तटीय क्षेत्रका झन्डै दुई अर्ब मानिसका लागि खतराको सङ्केत देखाएको छ ।प्रतिवेदनहरूले यस क्षेत्रमा भइरहेको हिमनदी परिवर्तनको हालसम्मकै सबैभन्दा विस्तृत प्रमाण प्रस्तुत गरेका छन

    • प्रकाशित मितिः चैत ७, २०८२
    • 311 पटक पढिएको
  • बैतडीमा ट्रक दुर्घटनाः चालकसहित चारजना घाइते

    बैतडी। जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् ।   नेपालगञ्जबाट सिमेन्ट बोकेर बझाङतर्फ जाँदै गरेको सुपप्र ०१००१ ख २८०९ नम्बरको ट्रक गए राति २ः०० बजे राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८  झ्याउलेक मोडमा दुर्घटनामा परेको हो ।दुर्घटनामा परेर घाइते हुनेमा चालक पाटन नगरपालिका–८ का ३६ वर्षीय कृष्ण विष्ट, सोही ठाउँका २५ वर्षीया निर्मला विष्ट,  निर्मलाका सात वर्षीय  छोरा  अभिषेक र चार वर्षीय छोरा प्रयान्स रहेका बैतडीका प्रहरी प्रवक्ता सुरज सिंहले जानकारी दिनुभयो । घाइते चारै जनालाई उपचारको लागि डडेल्धुरा अस्पताल लगिएको छ । दुर्घटन

    • प्रकाशित मितिः चैत ७, २०८२
    • 293 पटक पढिएको
  • बिपी राजमार्गमा अवरुद्ध, सवारीसाधन ‘होल्ड’

    काभ्रेपलाञ्चोक। अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक रोशी क्षेत्रमा खोलाको पानीको बहाव बढेपछि आज बिहानदेखि बिपी राजमार्ग अवरुद्ध भएको छ । उक्त क्षेत्रमा गतसाल बाढीपहिरोले राजमार्ग क्षतिग्रस्त बनाएपछि खोलामै अस्थायी सडक बनाएर सञ्चालनमा ल्याइएको थियो । आज बिहान ३ः३० बजे रोशी गाउँपालिकाको चारसयबेँसी, गिम्दी, बाउन्ने र कालढुङ्गामा सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय प्रमुख शुनिल धाँजूले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि खोलाबाटै सडक सञ्चालनमा ल्याइएकाले पानीको बहाव घटेपछि मात्रै सडकलाई सञ्चालनमा ल्याउन सकिने देखिएको छ । यद्यपि, सडक विभागमार्फत सुरक्षाकर्मीको समन्वयमा सडक खुलाउने प्

    • प्रकाशित मितिः चैत ७, २०८२
    • 345 पटक पढिएको
  • भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    रुकुम पूर्व। रुकुम पूर्वमा भारी हिमपातको कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि निरन्तर भइरहेको हिमपातका कारण रुकुम पूर्वको भुमे गाउँपालिका १ मा पर्ने लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको हो । लोकमार्ग अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधनसहित यात्रुहरू अलपत्र परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । अहिले सो खण्डमा काठमाडौँबाट छुटेका रात्रिबसहरू फसेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक केशवराज ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार लुकुम–पातिहाल्ना क्षेत्रमा ७ वटा बस, एउटा जिप र ५ वटा मोटरसाइकल फसेका छन् भने २५० जनाभन्दा बढी यात्रुहरू अल

    • प्रकाशित मितिः चैत ७, २०८२
    • 327 पटक पढिएको
  • पाथीभरामा पाँचौँ पटक हिमपात

    ताप्लेजुङ। ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ । शुक्रबार साँझदेखि भएको वर्षासँगै हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुभयो ।उहाँका अनुसार केही दिनदेखि पाथीभरा क्षेत्रको मौसम धुम्मिएको थियो । आजको हिमपातसँगै यस वर्ष पाथीभरामा पाँच पटक हिउँ परिसकेको छ । हिउँ परेसँगै पाथीभरामा दर्शनार्थीहरूको घुइँचो लागेको छ । पाथीभराको दर्शनसँगै हिउँ खेल्न पाइने भएकाले नजिकका क्षेत्रका मानिसहरू पनि त्यहाँ पुगेका छन् ।हिमपातसँगै जिल्लाभर चिसो बढेको छ । जिल्लाका उत्तरी उच्च भेगहरूमा समेत हिउँ परेको स्थानीयहरूले बताएका छन् ।

    • प्रकाशित मितिः चैत ७, २०८२
    • 317 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली भूभागमा अधिकांश बादल लागेको छ । देशका बाँकी भूभागमा साधरणतया बादल लागेको छ । दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। कोशी, मधेस,  बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको  केही स्थानहरूमा चट्याङ्ग, असिना, हावाहुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। राति देशभर साधरणतया बादल लाग्नेछ। कोशी प्रदेश लगायत बाँकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका केहि स्थान

    • प्रकाशित मितिः चैत ७, २०८२
    • 371 पटक पढिएको
  • सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा यूएईमा ७ जना नेपाली पक्राउ

    काठमाडौं— सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाएको आरोपमा संयुक्त अरब इमिरेट्स (यूएई) मा हालसम्म ७ जना नेपाली नागरिक पक्राउ परेका छन्।इजरायल–अमेरिका र इरानबीचको तनाव बढेसँगै इरानले यूएईतर्फ मिसाइल तथा ड्रोन आक्रमण गर्दै आएको बताइएको छ। यस्ता आक्रमणपछि खसेका ड्रोन तथा मिसाइलका तस्बिर र भिडियो खिची सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।मन्त्रालयले यसअघि नै यस्ता संवेदनशील सामग्री खिच्न वा सामाजिक सञ्जालमा पोस्ट नगर्न सबैलाई आग्रह गर्दै आएको छ।पक्राउ परेकामाथि अनुसन्धान जारी रहेको जनाउँदै दोषी ठहर भएमा एक वर्षसम्म कैद सजाय हुनसक्ने

    • प्रकाशित मितिः चैत ६, २०८२
    • 524 पटक पढिएको
  • सभापतिबाट राजीनामा गरेका थापा नगएको कांग्रेस बैठकमा पेश भए दुई प्रस्ताव

    काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा दुई प्रस्ताव पेश भएका छन्।सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएको र निर्वाचनको समिक्षा सन्दर्भमा दुई प्रस्ताव पेश भएका हुन्। ति लिखित प्रस्ताव नेता उदय शमशेर राणाले सार्वजनिक गरेका हुन्।

    • प्रकाशित मितिः चैत ६, २०८२
    • 482 पटक पढिएको
  • पेरिसडाँडा बैठकमा मागियो प्रचण्डको राजीनामा

    काठमाडौं— नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेताहरूले संयोजक पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेका छन् । बिहीबार पेरिसडाँडामा आयोजित नेकपाका जनवर्गीय संगठनहरूको बैठकमा अखिल क्रान्तिकारीका उपाध्यक्ष विराज थापाले प्रचण्डको राजीनामा मागेका हुन् । अहिलेको नेतृत्वले राजीनामा नदिए नेकपा अगाडि बढ्न नसक्ने उनको भनाइ थियो । बैठकमा सहभागी एक नेताका अनुसार थापाले अब प्रचण्डले देशको अभिभावक भएर बस्नुपर्ने बताएका हुन् । 'सानो पार्टीको नेतृत्वमा बसेर ऊर्जा खर्च गर्नु हुँदैन । देशको अभिभावक बन्नुपर्छ । पार्टी राजनीतिबाट बिदा लिने समय आएको छ, बिदा लिनुपर्छु, बैठकमा थापाले भने । बैठकमा थापा

    • प्रकाशित मितिः चैत ६, २०८२
    • 533 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.