समाचार

    Showing 5,241-5,250 of 26,562 items.
  • चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

    चितवन। त वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ ।  चालु आर्थिक वर्षको ११ महिनामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनहरुमा घुम्न आउने पर्यटकको सङ्ख्या १२ हजार ४१२ ले बढेको हो ।गत आर्थिक वर्षको सोही अवधिमा एक लाख ५६ हजार २८३ पर्यटक आएका थिएभने  यो वर्ष एक लाख ६८ हजार ६९५ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार फागुन मसान्तसम्ममा निकुञ्जमा एक लाख चार हजार ९६ जना नेपाली पर्यटक  आएका थिए । यो सङ्ख्या गत वर्ष ८१ हजार २४६ रहेको थियो । यस्तै सार्क मुलुकका नौ हजार ५४४ जना, अन्य देशका ५५ हजार ५५ जनाले यस वर्ष निकुञ्

    • प्रकाशित मितिः चैत ६, २०८२
    • 305 पटक पढिएको
  • धनगढी–दीपायल द्रुतमार्गः दुई पक्की पुल निर्माण

    गोदावरी। धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन् ।    सडक योजना कार्यालयका इन्जिनियर दीपक देवकोटाका अनुसार उक्त सडकखण्डअन्तर्गत जोनापुर रसुकुटी खोलामा पक्की पुल निर्माण भएका हुन् । दुवै पुल रु तीन करोड १५ लाखको लागतमा बनेका हुन् । पुल निर्माणभएसँगै त्यहाँ कालोपत्र र खोला किनारमा  तटबन्ध पनि गरिएको छ । निर्माण कम्पनीेले दुवै पुल धनगढी–खुटिया–विपीनगर–दीपायल सडक आयोजना कार्यालयलाई गत साता हस्तान्तरण गरेको इन्जिनियर देवकोटाले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः चैत ६, २०८२
    • 224 पटक पढिएको
  • जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले जेनजी आन्दोलनका घाइते व्यक्तिको वर्गीकरणका लागि अन्तिमपटक आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार जेनजी प्रदर्शनका घाइतेको वर्गीकरणसम्बन्धी कार्यविधि, २०८२ बमोजिम प्रमुख जिल्ला अधिकारीको संयोजकत्पवमा रहेको वर्गीकरण सहजीकरण समितिले गत मङ्सिर ५ र १२ र १८ गते अधिकांश घाइतेको वर्गीकरण भइसकेको छ ।जिल्ला प्रशासन कार्यालयले ती दिनमा विविध कारणले वर्गीकरण लागि उपस्थित हुन नसकनी छुट भएका घाइतेको अन्तिम वर्गीकरण यही चैत २० गते शुक्रबार हुने सूचनामा उल्लेख छ । त्यस दिन जिल्ला प्रशासन कार्यालय काठमाडौँ

    • प्रकाशित मितिः चैत ६, २०८२
    • 296 पटक पढिएको
  • सशस्त्र प्रहरी गुल्मभित्रै डीएसपीमाथि हातपात

     धनगढी  ।  कैलालीको टीकापुरस्थित खक्रौला भन्सारमा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्मभित्र प्रवेश गरेर स्थानीय व्यापारीको समूहले डीएसपी प्रदीप पौडेलमाथि हातपात गरेको छ।भन्सार छली गरी ल्याइएको करिब ५६ हजार रुपैयाँ बराबरको सामान सशस्त्रले बरामद गरेपछि आक्रोशित बनेका १५ जनाभन्दा बढी व्यापारीले गुल्मको गेट तोडफोड गर्दै बुधबार ब्यारेकभित्र प्रवेश गरेका थिए।घटनाको छानबिनका लागि एसपी अनिल कार्कीको संयोजकत्वमा समिति गठन गरिएको छ भने गुल्ममा कार्यरत टोली फेरबदल गर्ने तयारी गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः चैत ६, २०८२
    • 237 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाको अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागमा र बाँकी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ। कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।दिउँसो देशभर अधिकांश क्षेत्रमा बादल लाग्नेछ ।  कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू, गण्डकी , लुम्बिनी प्रदेशलगायत कोशी प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशको थोरै स्थानमा चट्याङ्ग र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कर्णाली र  सुदूरपश्

    • प्रकाशित मितिः चैत ६, २०८२
    • 247 पटक पढिएको
  • आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू,नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले दिने निर्देशन नमान्ने घोषणा

    काठमाडौं— धादिङका १३ वटै स्थानीय निकायहरूले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले दिने निर्देशन नमान्ने घोषणा गरेका छन् ।बिहीबार नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाको अध्यक्षतामा बसेको १३ वटै स्थानीय तहका पालिका प्रमुखहरूको बैठकले यस्तो निर्देशन र प्रशासनमार्फत हुने हस्तक्षेपको कडा प्रतिवाद गर्ने निर्णय गरेको हो।धादिङ–१ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले पछिल्लो पटक धादिङका स्थानीय तहहरूलाई दिएको निर्देशनलाई लक्षित गर्दै उनीहरुले यस्तो निर्णय गरेका हुन् ।आशिकाले बेनीघाट रोराङ गाउँपालिका–९ मा अवैध रूपमा त्रिशूली नदीबाट बालुवा तथा गिट्टी उत्खनन भइरहेको भन्दै उक्त कार्य तत्क

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 452 पटक पढिएको
  • नगरकोटमा मोटरसाइकल चालकलाई कुटपिट गर्ने कार चालक पक्राउ

    भक्तपुर— जिल्लाको नगरकोटमा दुई जना मोटरसाइकल चालकलाई कुटपिट गरेको आरोपमा कार चालकलाई पक्राउ गरिएको छ। बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कार चालक गणेशबहादुर तामाङलाई पक्राउ गरेको हो। भक्तपुरको चागुनारायण नगरपालिका-६, नगरकोटका ४१ वर्षीय तामाङलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। केही दिनअघि कार चालक तामाङले दुई जना मोटरसाइकल चालकलाई कुटपिट गरेको भिडिओ सार्वजनिक भएको थियो। मोटरसाइकल चालकलाई कुटपिट गर्ने कार चालकलाई कारबाही गर्न सामाजिक सञ्जालमार्फत दबाब सिर्जना भएको थियो। 

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 479 पटक पढिएको
  • रेशम चौधरीलाई आममाफी विरुद्ध मुद्दाको सुनुवाइ स्थगित

    काठमाडौं— रेशम चौधरीलाई आममाफी विरुद्ध मुद्दाको सुनुवाइ स्थगित भएको छ । टीकापुर नरसंहारमा चौधरीलाई दोषी ठहर गरेकोमा कैद सजाय पूरा नहुँदै राष्ट्रपतिबाट कैद सजाय छुट दिएपछि सो उपर शारदा बोहरा कडायतले मुद्दा दर्ता गरेकी थिइन्।शारदा बोहरा कडायतले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीश अव्दुल अजीज मुसलमान र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।शारदा सो घटनामा परी मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी हुन् । पेसी सूचीको दोस्रो नम्बरमा रहेको उक्त मुद्दा विपक्षी रेशम चौधरीका कानुन व्यवसायीले निवेदन दिएर स्थगित गरेका हुन् ।टीका

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 475 पटक पढिएको
  • बालेनले छोडेपछि काठमाडौं महानगरमा विकृति बढ्दै

    काठमाडौं— बालेन शाहको कार्यकालमा हटाइएका अवैध होर्डिङ बोर्डहरू पुनः काठमाडौंका विभिन्न क्षेत्रमा देखिन थालेका छन्। महानगरकी  कार्यवाहाक प्रमुख सुनीता डंगोलले नेतृत्व  सम्हालेपछि सो निगरानी कमजोर बन्दै जाँदा शहर फेरि अनियन्त्रित विज्ञापनतर्फ फर्किएको संकेत देखिएको छ।कोटेश्वर, सिनामंगल, नक्साल र एयरपोर्ट क्षेत्रजस्ता स्थानमा पुनः ठूला विज्ञापन बोर्ड राखिएको पाइएको छ। यसअघि महानगरले यस्ता बोर्डमा कडाइ गरेको भए पनि अहिले कार्यान्वयन फितलो देखिएको छ।महानगर प्रहरी प्रमुख विष्णु जोशीले सो विषयमा आफुलाई जानकारी नभएको बताएका छन् भने राजस्व प्रमुख प्रविण कोइरालाले अनुगमन कमजोर भएको संकेत दिएका

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 443 पटक पढिएको
  • चन्द्रपुरको चाँदी खोलामा सशस्त्र प्रहरीको छापाः अवैध बालुवा उत्खननमा संलग्न ८ ट्र्याक्टर र चालक नियन्त्रणमा

    रौतहट— रौतहटको चन्द्रपुर नगरपालिकास्थित चाँदी खोलामा भइरहेको अवैध प्राकृतिक दोहन नियन्त्रण गर्न सशस्त्र प्रहरीले सक्रियता देखाएको छ ।बिहीबार बिहान चाँदी खोलाको दुई फरक स्थानबाट अवैध रूपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले आठवटा ट्र्याक्टरसहित चालकहरूलाई नियन्त्रणमा लिएको हो ।विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस सन्तपुरबाट खटिएको टोलीले उक्त सफलता प्राप्त गरेको हो । बिहीबार बिहान करिब ७ः२० बजेको समयमा चन्द्रपुर नगरपालिका–५ राजपैडा र वडा नम्बर ८ मोतीपुरस्थित चाँदी खोलाको बगरमा ट्र्याक्टरहरूले रूपमा बालुवा लोड गरिरहेको सूचना सुरक्षा निकायलाई प्राप्त भएको थियो ।सूचना

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 433 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.