समाचार

    Showing 7,031-7,040 of 26,628 items.
  • देशमा निर्वाचनको वातावरण छैन भन्नु निर्वाचन भाँड्ने षणयन्त्र मात्रै होः गणेश पराजुली

    काठमाडौं— मुलुक यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारीमा छ । विभिन्न दलहरुले आ–आफ्नै किसिमले तयारी गरिरहेका छन् । यसै सिलसिलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तयारीबारे नेता गणेश पराजुलीसँग संवाद गरेको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीले अगामी निर्वाचनको लागि कस्तो तयारी गरिरहेको छ ?फागुन २१ मा हुने निर्वाचनमा न्यूनतम बहुमत ल्याउने नभए दुई तिहाइ ल्याउने गरी तयारी गरिराखेका छौं । यही बीचमा बालेन्द्र शाहजीसँग समायोजन गरेका छौं । त्यसपछि कुलमान घिसिङसँग पनि समायोजन गरेका थियौं, त्यसमा थोरै समस्या आयो । उहाँहरूका केही आफ्ना मागहरू, आकांक्षाहरू पूरा हुन नसकेको अथवा फरक सोच भएका कारण समस्या आएको

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 566 पटक पढिएको
  • निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च अदालत जाने

    काठमाडौं— निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्णयविरुद्ध शेरबहादुर देउवा समूह आज सर्वोच्च अदालत जाने भएको छ ।शनिबार बसेको देउवा समूहको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो ।बैठकले कानुनी पाटोको जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको थियो ।खड्काले रिट तयार पार्नका लागि कानुन व्यवसायीहरुसँग छलफल समेत गरिसकेका छन् । त्यसमा बरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसी लगायतले साथ दिने बताइएको छ ।गगन थापा र विश्वप्रकाश शर्मा समूहले गरेको व

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 437 पटक पढिएको
  • पुस सम्म ४७५ उद्योगमा ३९ अर्ब २३ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता

    काठमाडौं— पुस महिना सम्म नेपालका ४७५ उद्योगमा ३९ अर्ब २३ करोड ६१ लाख ६४ हजार रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।उद्योग विभागले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी मासिक प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको पहिलो ६ महीनामा उक्त लगानी प्रतिबद्धता आएको हो । यसअघि असोज सम्म ३११ ओटा उद्योगमा ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको थियो ।विभागका अनुसार हालसम्म प्रत्यक्ष वैदेशिक लगानीको कुल प्रतिबद्धता ७ हजार ७१३ ओटा उद्योगमा ६ खर्ब ७५ अर्ब ४३ करोड ३३ लाख रुपैयाँ पुगेको छ । चालू आवमा प्राप्त लगानी प्रतिबद्धतामध्ये ७ ओटा

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 467 पटक पढिएको
  • काठमाडौंमा आजदेखि आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट

    काठमाडौं— नेपालले महिला क्रिकेटतर्फ अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गर्दै आजदेखि आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिता सुरु गर्दैछ।नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको यो प्रतियोगिताको उद्घाटन खेलमा नेपाली महिला क्रिकेट टोलीले आइतबार घरेलु मैदानमा थाइल्याण्डको सामना गर्नेछ।नेपाल–थाइल्याण्डबीचको खेल बिहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा हुनेछ ।प्रतियोगिताको पूर्वसन्ध्यामा शनिबार साँझ क्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली टोलीले यसपटक अघिल्लो संस्करणभन्दा सुधारिएको प्रदर्शन गर्ने विश्वास व्यक्त गरिएको छ।टोलीकी कप्तान इन्दु वर्माले घरेलु मै

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 543 पटक पढिएको
  • राष्ट्रियसभाको अधिवेशन आजदेखि

    काठमाडौँ। राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदैछ । नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय सिंहदरबारमा अधिवेशन सञ्चालन गर्ने तयारी गरिएको छ । बैठक आज बिहान ११ः०० बजे बस्दैछ ।अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिसक्नुभएको छ । अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र हालै निधन हुनुभएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।सङ्घी

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 257 पटक पढिएको
  • सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं—  सोलु हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पुस २९ गतेदेखि यो आईपीओको निष्कासन तथा बिक्री खुला गरेको थियो ।कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो । यसमध्ये १ करोड कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र १० लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वी

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 527 पटक पढिएको
  • होटल फरेष्ट इन लिमिटेडको आईपीओ आजदेखि निष्कासनमा

    काठमाडौं— होटल फरेष्ट इन लिमिटेडले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ ।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत पुस २० गते प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता साधारण शेयर निष्कासन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशत अर्थात् ४ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि छुट्याइएको छ ।वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्ता शेयरसम्मका लागि आवेदन दिन सक्नेछन् ।यस आईपीओको आवेदन प्रक्रिया छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गतेसम्म ख

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 473 पटक पढिएको
  • रौतहटमा निर्वाचन १५२ मतदानस्थल अतिसंवेदनशील सूचीमा, सुरक्षा व्यवस्था कडा पारिँदै

    रौतहट— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै रौतहटमा सुरक्षा रणनीतिलाई तीव्र पारिएको छ।जिल्ला सुरक्षा समितिले जिल्लाका कुल २७७ मतदानस्थलमध्ये १५२ वटालाई ‘अतिसंवेदनशील सूचीमा राखेर विशेष सुरक्षा योजना तयार पारेको छ।जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार भौगोलिक अवस्था, विगतका घटना र सुरक्षा चुनौतीका आधारमा मतदानस्थलहरूको वर्गीकरण गरिएको हो।१५२ स्थल अतिसंवेदनशील मानिएका छन् भने १०० वटालाई संवेदनशील र बाँकी २५ वटालाई सामान्य सूचीमा राखिएको छ।जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासले यसपटक रौतहटमा मतदान केन्द्रको संख

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 524 पटक पढिएको
  • सवारी दुर्घटनामा एकका मृत्यु, एकजना घाइते

    चन्द्रपुर। रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने कछुअवा पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छभने अर्का एक जना गम्भीर घाइते भएका छन् ।गौर–गङ्गापिपरा सडकखण्डअन्तर्गत पर्ने कछुअवा पुलबाट बिआर३०एई ५१३८ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना हँुदा भारत विहार राज्यको जिल्ला पिपराढी थानाअन्तर्गतको महनपुर–६का मिन्टु पासवानको मृत्यु भएको हो ।उक्त र्दुघटनामा अर्का गम्भीर घाइते सोही गाउँका रमेश पासवान रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिनुभएको छ । दुवै जना मदिरा सेवन गरेर अत्यधिक तीव्रगतिमा मोटरसाइकल चलाउँ

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 275 पटक पढिएको
  • कछुअवा पुलमा मोटरसाइकल दुर्घटनाः एक भारतीय नागरिकको मृत्यु, अर्का गम्भीर घाइते

    रौतहट— रौतहटको दुर्गा भगवती गाउँपालिकास्थित कछुअवा पुलमा शनिबार साँझ मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्।गौर–गंगापिपरा सडक खण्ड अन्तर्गत दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ र ५ को बीचमा पर्ने कछुअवा पुलबाट बिआर ३० एई ५१३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई तल खस्दा दुर्घटना भएको हो।दुर्घटनामा परी मृत्यु हुनेमा भारत बिहार राज्य, शिवहर जिल्लास्थित पिपराढी थाना अन्तर्गत महनपुर गाउँका मिन्टु पासवान रहेको पहिचान खुलेको छ। उनीहरूले मोबाइलमा परिवारजनले फोन गरेपछि प्रहरीले मृतकको पहिचान पुष्टि गरेको हो ।सोही दुर्घटनामा परेर सोही गाउँका राज

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 560 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.