सुर्खेत— नेपाली कांग्रेस कालिकोटले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १२ जना उम्मेद्वार सिफारिस गरेको छ ।प्रतिनिधी सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पाँच जना, समानुपातिकतर्फ पाँच जना र राष्ट्रिय सभाका लागि दुई जनाको नाम उम्मेद्वारका लागि सिफारिस गरेको नेपाली काँग्रेस कालिकोटका उपसभापति मीनबहादुर बोगटीले बताए ।मंसिर २४ गतेदेखि सुरु भएको काँग्रेस कालिकोटको बैठकले शनिबार उम्मेद्वार सिफारिस टुङ्गो लगाएको हो । काँग्रेस कालिकोटले गरेको उम्मेद्वार सिफारिसअनुसार प्रत्यक्षतर्फ पार्टी पूर्वसभापति हर्षबहादुर वम, महासमिति सदस्य नारायणप्रसाद भट्टराई, डिएलएका केन्द्रीय सदस्य दमनराज व
काठमाडौं— प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जेनजी आन्दोलनले अभिव्यक्त गरेको विचार मुलुकभरी सुशासनको माग रहेको बताएका छन् ।आइतबार ललितपुर सातदोबाटोस्थित प्रहरी वृत्त तथा ट्राफिक प्रहरी परिसरको भवन पुननिर्माण पश्चात भवन हस्तान्तरण कार्यक्रममा बोल्दै उनले सुशासन हुनको लागि कानुनको शासन आवश्यक रहेको भन्दै यसको लागि प्रहरी मात्र पर्याप्त नभई नागरिकहरुको पनि उत्तिकै भूमिका रहने धारणा राखे ।उनले भने,‘जेनजी आन्दोलनले अभिव्यक्त गरेको विचार चाँही मुलुकभरी सुशासनको माग हो । सुशासन हुनको लागि कानुनको शासन चाहिन्छ । सुशासनको अभिन्न अंग चाँही कानुनको शासन नै हो । यसको लागि फेरी प्रहरी मात्र पर्याप
रामेछाप— वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले विकासको काम गर्ने मुख्य सरकार नै प्रदेश सरकार भएको बताएका छन् ।नुवाकोटको ढाँडेखोला सडक पुल निर्माण कार्यको शिलान्यास तथा सुपारी खोल्सीमा बेलकोटगढी नगरपालिका–१३ र लिखु गाउँपालिका–३ लाई जोड्ने मोटरेबल पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बानियाँले केन्द्र सरकारले नीति बनाउने, स्थानीय सरकारले जनतालाई आवश्यक सेवा दिने र विकासको काम प्रदेश सरकारले गर्ने परिकल्पना संविधानले गरेको बताए ।गाउँमुखी, आयमुखी, न्यायमुखी काम गर्ने वाग्मती प्रदेश सरकारको प्रतिबद्धता रहेको उनले बताए । गणतन्त्र स्थापना भएपछि नेपालेले विकासमा फड्को मारेको पनि उनले प्रत
काठमाडौं— नेकपा एमालेको ११ औं महाधिवेशनको दोस्रो दिन काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सञ्चालनको तयारी पूरा गरिएको छ। पार्टीको महत्वपूर्ण आन्तरिक छलफल हुने बन्दसत्रलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ।बन्दसत्र स्थलको सुरक्षाका लागि नेपाल प्रहरीले दुई सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै भृकुटीमण्डप चौर क्षेत्रको चारै दिशाबाट सर्वसाधारणको आवतजावतमा रोक लगाइएको छ।महाधिवेशनको बन्दसत्रमा पार्टीको सांगठनिक तथा राजनीतिक एजेन्डामाथि गहन छलफल हुने बताइएको छ।
काठमाडौं— काठमाडौं महानगरपालिका–१५ डल्लुमा जुवातास खेलिरहेको अवस्थामा ६ जना व्यक्ति पक्राउ परेका छन्। प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले रौतहट राजपुर नगरपालिका–४ निवासी २१ वर्षीय ईमरोज खानसहित ६ जनालाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ।प्रहरीका अनुसार रौतहट वृन्दाबन नगरपालिका–६ स्थायी घर भएका २८ वर्षीय शेख नाजिरले डेरा गरी बस्दै आएको कोठाबाट उनीहरूलाई शनिबार राति नियन्त्रणमा लिइएको हो।पक्राउ परेकाहरूको साथबाट नगद ५७ हजार ४ सय रुपैयाँ र तीन बुक तास बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
झापा— जिल्लामा १३ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ डुडामारी निवासी ५२ वर्षीय सन्तवीर लिम्बु सम्वाहाम्फे रहेका छन्।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पीडितको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय झिल्झिलेबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार नियन्त्रणमा लिएको हो।घटनासम्बन्धी उजुरी दर्ता भएपछि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाका बारेमा थप अनुसन्धान जारी राखेको छ।
काभ्रे— काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका–२ पात्लेगाउँमा यात्रुबाहक बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटना आइतबार बिहान करिब ९ बजेको समयमा बीपी राजमार्गअन्तर्गत धुलिखेल–भकुण्डे खण्डमा भएको हो।प्रहरीका अनुसार धुलिखेलबाट भकुण्डेतर्फ गइरहेको बा प्र ०१–००६ ख ४८०८ नम्बरको बसले ठक्कर दिँदा स्थानीय ८२ वर्षीय पोत बहादुर कटुवालको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक बेदनारायण श्रेष्ठले उक्त जानकारी दिएका छन्।दुर्घटनापछि आक्रोशित स्थानीयले केही समय राजमार्ग अवरुद्ध गरेका थिए। प्रहरीका अनुसार पीडित परिवार तथा यातायात व्यवसायीसँग समन्वय गरी सडक खुलाउने
पोखरा— कास्कीको पोखरामा निर्माणाधीन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको मेडिकल भवन निर्माण पाँच वर्षमा पनि निर्माण हुन सकेको छैन ।माघ २०७७ मा २० महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको हालसम्म ५१ प्रतिशतमात्र भौतिक प्रगति रहेको छ । तेस्रो पटक थपिएको समयावधि पनि गत साउनमा सकिएको छ ।शहरी विकास मन्त्रालय मातहतको संघीय शहरी भवन कार्यालय पोखराबाट निर्माणाधीन उक्त भवन १० करोड ५५ लाख (कर बाहेक)मा निर्माण गर्न लागिएको हो ।ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार भवन निर्माणस्थलको अनुगमन गरी निर्माण प्रगतिका बारेमा जान
काठमाडौं— साताको कारोबारको पहिलो दिन आज सुनको मूल्य दुई हजार दुई सय रुपैयाँले बढेको छ ।कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन, आज २२ सय रुपैयाँले बढेर दुई लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै, चाँदीको मूल्य ८० रुपैयाँले घटेर प्रतितोला तीन हजार आठ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।
काठमाडौं— पर्वत जिल्लाको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीमा शनिबार आयोजना गरिएको एकदिने निःशुल्क मुटुरोग परीक्षण शिविरमा साढे चार सयभन्दा बढीले सेवा लिएका छन्। कुश्मा आधारभूत अस्पताल ठुलीपोखरीको आयोजनामा तथा सेभ द हार्ट र नेपाल कार्डियोको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो।शिविरमा सहभागी ४५० भन्दा बढी सेवाग्राहीमध्ये पाँच जनामा गम्भीर मुटुसम्बन्धी समस्या देखिएकाले थप उपचार तथा शल्यक्रियाका लागि काठमाडौं पठाइएको वडा नम्बर १२ का अध्यक्ष झलक रिमालले जानकारी दिए।आर्थिक अभावका कारण लामो समयदेखि मुटुरोगको उपचार गर्न नसकेका ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गर्दै शिविर सञ्चालन गरिएको थियो। शिविरमा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.