काठमाडौं— उचित पुनर्स्थापना र दीर्घकालीन व्यवस्थापनको माग गर्दै सुकुम्वासीहरूले शुक्रबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। होल्डिङ सेन्टरबाट वैकल्पिक व्यवस्था नगरी बाहिरिन निर्देशन दिइएको भन्दै सुकुम्वासी केन्द्रीय संयुक्त संघर्ष समितिको नेतृत्वमा प्रदर्शन गरिएको हो।अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गर्दै होल्डिङ सेन्टर खाली गर्न दिइएको समय असार १९ गतेसम्म थप गरेको छ। उपत्यकाका नदी किनारका बस्तीहरू गत वैशाखमा हटाइएपछि प्रभावित परिवारहरूलाई अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखिएको थियो।समितिले घरभाडाको व्यवस्था गरिने जानकारीसहित होल्डिङ सेन्टर खाली गर्न भन
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्रीसमेत रहेका स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अन्य नेताको उम्मेदवारी नपरेपछि रास्वपाको निर्वाचन आयोगले शुक्रबार वाग्लेलाई उपसभापति पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।पुरुषतर्फको एक उपसभापति पदका लागि उम्मेदवारी दिएका विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता लिएपछि वाग्ले सर्वसम्मत रूपमा चुनिएका हुन्। आफ्नो दाबी फिर्ता लिएका श्रेष्ठ नै वाग्लेको प्रस्तावक बसेका थिए।रास्वपाको विधानअनुसार उपसभापति ३ जना रहनेछन्। जसमा चुनावबाट एक
काठमाडौं— धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक दुई अंकले ओरालो लागेर दुई हजार ६४९ दशमलव ५१ मा पुगेको छ।ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव ५५ अंकले ओरालो लागेर ४५७ दशमलव ६८ मा पुगेको छ।कूल ३५९ कम्पनीको ७७ लाख २७ हजार ६४९ कित्ता शेयर तीन अर्ब ९४ करोड ५८ लाख चार हजार ५५२ मूल्यमा खरिद बिक्री भएको छ।कारोबारका आधारमा ग्लोबल आईएमई बैंकको डिबेञ्चर २०८६/८७ शीर्ष स्थानमा छ। यस्तै, ग्लोबल आईएमई बैंकको डिवेञ्चर, २०८४/८५,नेपाल बैंकको डिवेञ्चर २०८७, आँखुखोला जलविद्युत् कम्पनी र सिटी होटल
काठमाडौं । रोटरी इन्टरनेशनलका निर्देशक बासुदेव गोल्यानले रोटरी जर्नो अवार्ड २०२५–२०२६ को अवसरमा पत्रकारहरूको योगदानको सम्मान गर्न रोटरी प्रतिबद्ध रहेको बताएका छन् ।कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशक गोल्यानले रोटरी जर्नो अवार्डको मुख्य उद्देश्य मेहनतपूर्वक पत्रकारिता गरिरहेका उत्कृष्ट पत्रकारहरूलाई प्रोत्साहन गर्दै सम्मान गर्नु रहेको बताए । उनले रोटरीले विगतदेखि नै पत्रकारहरूलाई सम्मानित गर्दै आएको उल्लेख गर्दै यो कुनै एक व्यक्तिको निर्णय नभई संस्थाका सम्पूर्ण सदस्यहरूको सामूहिक सहभागितामा प्रदान गरिने सम्मान भएको स्पष्ट पारे ।उनले भने, ‘रोटरी जर्नो अवार्डको मुख्य उद्देश्य मेहनत गरेर काम गरिर
काठमाडौं । ललितपुर महानगरपालिकाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले सीप तथा रोजगार मेला आयोजना गरेको छ ।शुक्रबार रोजगार सेवा केन्द्र, ललितपुर महानगरपालिकाको आयोजना तथा जीविको इजिसिएटिभ्सको प्राविधिक सहकार्यमा ‘ललितपुर समृद्धि र सुशासनको आधार, सम्पदा–संस्कृतिसहितको स्मार्ट सेवा र पूर्वाधार’ भन्ने नारासहित मेला आयोजना गरिएको हो। मेलामा विभिन्न सरकारी तथा गैरसरकारी संस्था, तालिम प्रदायक संस्था र रोजगारदाताले सहभागिता जनाएका छन्। रोजगार सेवा केन्द्रका रोजगार संयोजक लक्ष्मी कार्कीले मेलाको उद्देश्य युवालाई आन्तरिक रोजगारी र सीप विकासका अवसरबारे जानकारी गराउनु रहेको बताइन् ।&nbs
काठमाडौं— विगत २४ घण्टाको अवधिमा विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ८७ जना घाइते भएका छन्। यस अवधिमा मधेस प्रदेशमा सबैभन्दा बढी ३ जनाको सवारी दुर्घटनामा ज्यान गएको छ। त्यसैगरी कोसीमा २, बागमती र लुम्बिनीमा १ १ जनाको सवारी दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ। यसअवधिमा मधेसमा २९, कोसीमा १८, बागमतीमा ७, काठमाडौँ उपत्यकामा २०, कर्णालीमा ४, सुदूरपश्चिममा २, लुम्बीनीमा ७ र मधेसमा २९ जना घाइत भएका छन्।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा मतदान प्रक्रिया सुरु भएको छ ।उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएसँगै मतदान सुरु भएको हो । प्रारम्भिक सूची प्रकाशित भएपछि दाबी–विरोधको प्रक्रिया, अन्तिम उम्मेदवार सूची प्रकाशन तथा विद्युतीय मतदान प्रणालीमा उम्मेदवारको विवरण प्रविष्ट गर्ने काम बाँकी रहेकाले मतदान ढिला सुरु भएको हो । यसअघि सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् । खुला उपसभापतिमा विराजभक्त श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि डा।स्वर्णिम वाग्ले पनि निर्विरोध निर्वाचित भएका छन्।यस्तै, महामन्त्री
काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।शक्रबार दिउसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने भएको हो । बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने जनाइएको छ।
काठमाडौं— पत्रकार विनोद ढकाललाई साइबर अपराधसम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेको छ। उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो।प्रहरीका अनुसार ढकालविरुद्ध इलाका प्रहरी कार्यालय, इटहरीमा दर्ता भएको उजुरीका आधारमा सुनसरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। सोही पुर्जी कार्यान्वयन गर्दै उनलाई पक्राउ गरिएको हो।ढकालले आफ्नो फेसबुकमार्फत प्रहरी महानिरीक्षक दानबहादुर कार्की, इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेललगायत व्यक्तिहरूविरुद्ध विभिन्न टिप्पणी गरेको आरोप छ।क्यानडा नेपाल डटकमसहित विभिन्न सञ्चारमाध्यमसँग आबद्ध रहेका ढकाललाई थप अनुसन्धानका लागि सुनसरी पठ
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा लागुऔषधको उत्पादन, बिक्री–वितरण, भण्डारण, ओसारपसार तथा सेवनको असर र प्रभाव बढ्दै गएको भन्दै यसलाई राष्ट्रिय चुनौतीका रूपमा लिनुपर्ने बताएका छन्।शुक्रबार गृहमन्त्रालयमा अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले लागुऔषध नियन्त्रण कानुन कार्यान्वयनको मात्र विषय नभई जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको गम्भीर चुनौती भएको बताए। उनले भने, ‘लागू औषधको उत्पादन, बिक्री–वितरण, भण्डारण, ओसारपसार तथा सेवनको असर र प्रभाव नेपालमा वृद्धि भएको तथ्यांकले पनि स्पष्ट गरिसकेको छ। यसको रोकथाम, न्यूनीकरण र निय
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.