काठमाडौं— सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ ।मुद्दा सुनुवाइको लागि आज पेसी चढाइएको उच्च अदालत बुटवलका सूचना अधिकारी राम बहादुर कुवरले बताए । यसअघि दुई पटक रवि पक्षका कानुनी व्यवसायीहरूले निवेदन दिएपछि बहस रोकिएको थियो । बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ रुपन्देहीले र
काठमाडौं— डडेल्धुराबाट काठमाडौंतर्फ यात्रु लिएर जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस आज बिहान दाङमा दुर्घटना परेको छ ।लमही नगरपालिका–१, कौडियापुल नजिकै पूर्व–पश्चिम राजमार्गमा करिब ३ बजे बस पुलबाट तल खोलामा खस्दा २२ जना यात्रु घाइते भएका हुन् ।वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी निरीक्षक रोशनराज पाण्डे नेतृत्वको टोलीले घाइतेहरूको उद्धार गरी तत्काल उपचारका लागि लमही अस्पताल पुर्याएको जनाएको छ ।अस्पतालका अनुसार सबै घाइतेको उपचार जारी रहेको छ भने तीमध्ये २ जनालाई थप जटिल उपचारका लागि बाहिर रेफर गर्नुपर्ने सम्भावना रहेको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए ।बसमा कुल ३८ जना सवार रहेको प्रारम्
काठमाडौं— नेकपा (एमाले) की सचिव पद्मा अर्यालले नेकपा एमालेको महाधिवेशन ऐतिहासिक र राष्ट्रिय दायित्वसँग जोडिएको कार्यक्रम भएकाले यसलाई अनुशासित, भव्य र सकारात्मक सन्देशसहित सम्पन्न गर्न पार्टी सचेत रहेको बताएकी छन् ।नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आउन चार दिन मात्र बाँकी रहेको जानकारी दिँदै उनले राष्ट्र, जनता तथा पार्टीसँग जोडिएका दायित्वहरुलाई कसरी निर्वाह गर्न सकिन्छ भन्ने कुरामा एमाले सचेत रहेको बताएकी हुन् ।उनले भनिन्, ‘राष्ट्रिय महाधिवेशनका ऐतिहासिक राष्ट्रिय दायित्व, पार्टीसँग जोडिएका दायित्व, जनतासँग जोडिएका दायित्व र राष्ट्र, जनता तथा पार्टीसँग जोडिएका दायित्वहरुलाई कसरी नि
काठमाडौं— नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्प कमल दाहाल प्रचण्डले राजा, महाराजाका आसेपासेहरुले युवा पुस्तालाई सम्मान गर्ने र अपमान गर्ने पार्टी उस्तै हुन् भन्ने प्रचार गरिरहेको बताएका छन् ।बुधबार काठमाडौंमा आयोजित जेनजी महोत्सव २०८२ उद्घाटन समारोहमा उनले युवा पुस्तालाई प्रेरित गर्ने र अपमान गर्ने पार्टी उस्तै उस्तै हुन् भन्ने प्रचार हिजोका राजा, महाराजा र उनका आसेपासे दलालहरुले गरिरहेको भन्दै यसलाई विचार गर्नु बताए ।उनले भने, ‘युवा पुस्तालाई अगाडि बढाउन चहाने, युवा पुस्तालाई प्रेरित गर्ने उनीहरुको भावनालाई सम्मान गर्ने पार्टी र उनीहरुको माग र भावनालाई अपमान गर्ने उस्तै उस्तै हुन् भन्ने कुर
काठमाडौं— बुधबार शेयर बजार नेप्से परिसूचक घटेर बन्द भएको छ । गत साताको पहिलो कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से मंगलबार सामान्य अंकले बढेको थियो, तर बुधबार पुनः घटेर २६०६.२० विन्दुमा झरेको छ, जसमा ७.८६ अंकको कमी आएको छ ।यसदिन सेन्सेटिभ इण्डेक्स ०.८६ अंक, फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंकले घटेको छ । कारोबार रकम पनि केही घटेको देखिएको छ । मंगलबार ३ अर्ब ७५ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको बजारमा बुधबार ३ अर्ब ७३ करोड ८७ लाख ७२ हजार रुपैयाँबराबरको ८६ लाख ४७ हजार कित्ता शेयर किनबेच भएको छ ।यस दिन ३ स्टकले सकारात्मक सर्किट हानेको देखिएको छ । स्वस्तिक लघुवि
गोरखा— धार्चे गाउँपालिका–२, रुन्चेतस्थित गण्डकी माध्यमिक विद्यालयमा ३७ वर्ष सेवा समर्पण गरेका प्रधानाध्यापक इन्द्रबहादुर उपरकोटीलाई विद्यार्थीहरूले हेलिकप्टरमार्फत बिदाइ गरी अद्वितीय उदाहरण प्रस्तुत गरेका छन्।उपरकोटीले लामो समयदेखि उत्तरी गोरखाका विद्यार्थीहरूलाई शिक्षादान गर्दै आएका थिए। भुईँबाट उड्ने सपना सिकाउने गुरुका रूपमा चिनिने उनले सेवाबाट निवृत्त हुँदै गर्दा विद्यार्थी, पूर्वविद्यार्थी तथा अभिभावकहरूले आकाशैबाट सम्मान प्रदान गरेका हुन्।फिनामा जन्मिएका र हाल परिवारसहित भरतपुरमा बसोबास गर्दै आएका उपरकोटीलाई रुन्चेतबाट काठमाडौं हुँदै भरतपुरसम्म पुर्याउने सम्पूर्ण यात्रा व्यवस्थापन पूर्व
बर्दिया— बर्दियाको बाँसगढीबाट प्रहरीले ठूलो परिमाणको अवैध टिमुर बरामद गरेको छ। प्रहरीले ४ क्विन्टल ६२ किलो अवैध टिमुरसहित ट्रक चालक तेजबहादुर जाग्रीलाई पक्राउ गरेको हो।उक्त टिमुर बाजुराबाट नेपालगञ्जतर्फ बिना अनुमति ल्याइँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका चालक र बरामद गरिएको टिमुरलाई राजस्व अनुसन्धान कार्यालय, कोहलपुरमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
काठमाडौं— मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले संक्रमणकालीन न्यायलाई यथाशिघ्र निष्कर्षमा पुर्याउन आवश्यक रहेको बताएका छन्। ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।दश वर्षे सशस्त्र द्वन्द्वको समयमा भएका मानव अधिकार उल्लंघनका घटनाका पीडितहरुको न्याय र परिपूरणको विषय सबैको साझा विषय भएको बताए। उनले नेपालको मानव अधिकारको कुरा गर्दा संक्रमणकालीन न्यायको विषयलाई अलग गर्न नमिल्ने बताए। उनले मानव अधिकार आयोगले मानव अधिकारको न्याय सुनिश्चितता गर्न अनुसन्धान गरी नेपाल सरकारलाई गरेको सिफारिसहरु कार्यान्वयन नहुनु चिन्ताको विषय भएक
काठमाडौं— स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा गौतमले सरकारले जेनजी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको बताएकी छिन्। बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो दाबी गरेकी हुन्। मन्त्री गौतमले जेनजी आन्दोलनले मुलुकलाई सुन्दर, भ्रष्टाचारमुक्त र शासन व्यवस्थालाई सुदृढ बनाउने लक्ष्य लिएको उल्लेख गर्दै उनले त्यसको सम्मानका साथ आफूहरूले एकचित्त भएर काम गरिरहेको बताइन्।सरकारले जेनजी आन्दोलनको मर्मलाई लक्ष्य बनाएर काम गरिरहेको मन्त्री गौतमको भनाई थियो। उनले सरकारले मानसिक स्वास्थ्यमा देखिएका समस्या समाधान हुनेगरी आवश्यक बजेटको समेत व्यवस्था गर्न लागेको समेत बताइन्। मन्त्री गौतमल
धुलिखेल— प्रधानमन्त्री सुशीला कार्कीले उच्च शिक्षामा राजनीतिकरण अन्त्यगर्न सरकार प्रतिबद्ध भएको बताएकी छन् । उनले ऐन संशोधनमार्फत विश्वविद्यालयको कुलपति पदमा प्राज्ञिक व्यक्ति नियुक्त गर्ने तयारी अघि बढेको बताएकी हुन् ।धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको ३१ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान संरचनाले उच्च शिक्षा क्षेत्रमा देखिएको दलीय हस्तक्षेप अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् ।उनले भनिन,‘लगानी वृद्धिसँगै उच्च शिक्षाको गैरराजनीतिकरण अहिलेको टड्कारो आवश्यकता हो । शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर पारेको बुझेर हा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.