काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशन लम्बिँदा प्रतिनिधिसभाको बैठक पुनः प्रभावित भएको छ ।महाधिवेशन नसकिएकै कारण बैठक दोस्रोपटक स्थगित गरिएको हो । आज दिउँसो १ बजे बस्ने तय भएको प्रतिनिधिसभा बैठक शनिबार बिहान ११ बजेसम्मका लागि सारिएको छ । यसअघि पनि बैठकको मिति दुईपटक परिवर्तन भइसकेको थियो । आजको बैठकमा पाँच वटा महत्त्वपूर्ण विधेयक तथा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची थियो ।कार्यसूचीअनुसार प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले महालेखा परीक्षकको ३९औँ वार्षिक प्रतिवेदन, २०८३ सदनमा पेस गर्ने कार्यक्र
काठमाडौं । सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई तत्काल बाहिरिन दिएको निर्देशनमा पछि हट्दै थप एक साताको समय दिएको छ। यसअघि असार १२ भित्र सेन्टर खाली गर्न भनिएकोमा अब असार १९ गतेसम्म बस्न पाउने व्यवस्था गरिएको हो।अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार सूचना जारी गर्दै घरभाडा व्यवस्थापनका लागि दिइएको समय पर्याप्त नभएको गुनासो आएपछि म्याद थप गरिएको जनाएको छ।सरकारले नदी किनारका बस्ती हटाएपछि प्रभावित परिवारलाई अस्थायी रूपमा विभिन्न होल्डिङ सेन्टरमा राखेको थियो। अहिले भने उनीहरूलाई प्रतिपरिवार २५ हजार रुपैयाँ उपलब्ध गराएर सेन्टरबाट विदा गर्ने तयारी भइरहेको छ। उक्त रकम
हेटौंडा— जिल्ला प्रशासन कार्यालय मकवानपुर कार्यसम्पादनका आधारमा देशभरका जिल्ला प्रशासन कार्यालयमध्ये पाँचौं उत्कृष्ट प्रशासन कार्यालयको रूपमा स्थापित भएको छ ।गृह मन्त्रालयले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन नतिजाअनुसार मकवानपुर पाँचौं स्थान हासिल गर्न सफल भएको हो। मूल्याङ्कनमा मनाङ पहिलो, म्याग्दी दोस्रो, भक्तपुर तेस्रो तथा रसुवा चौथो स्थानमा रहेका छन् । यसैगरी काठमाडौं ७६औँ तथा धनुषा ७७औँ स्थानमा रहेका छन् ।मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार सेवा प्रवाह, सुशासन, शान्ति सुरक्षा, विपद् व्यवस्थापन, मुद्दा फछ्र्यौट लगायतका सूचकहरूको आधारमा गृह मन्त्रालयले कार्यसम्पादन
काठमाडौं— खर्च अभावका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई शुक्रबार बिहानको चिया मात्र उपलब्ध गराइएको छ । व्यवस्थापनले आर्थिक स्रोतको अभाव देखाउँदै आज प्रतिनिधिहरूका लागि भोजनको व्यवस्था नगरेको जनाएको छ ।ढिलाइ र विभिन्न विवादका कारण छैटौं दिनसम्म लम्बिएको महाधिवेशन आज नयाँ पदाधिकारी चयनसँगै सम्पन्न गर्ने तयारी गरिएको छ । आर्थिक व्यवस्थापनमा देखिएको कठिनाइका बीच महाधिवेशन सञ्चालन भइरहेको हो ।महाधिवेशनको अन्तिम दिन आज नयाँ पदाधिकारी चयनसँगै कार्यक्रम सम्पन्न गर्ने तयारी गरिएको छ ।
काठमाडौं— विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीलाई सरकारले दिएको रकम बुझेर सेन्टर खाली गर्न आग्रह गरेपछि, सरकारले अव्यवस्थित ढंगमै छोडे सुकुम्बासीले पुरानै ठाउँमा गएर छाप्रो हालेर बस्ने चेतावनी दिएका छन्।विभिन्न नदी किनारका सुकुम्बासी बस्तीबाट हटाइएका परिवारलाई सरकारले असार १५ गतेभित्र सम्पर्कमा आउन आग्रह गरेको हो।अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले वैशाख १२, १३, १८, १९ र २० गते जोखिमयुक्त नदी किनारका बस्ती हटाउने क्रममा दशरथ रङ्गशालामा प्रारम्भिक दर्ता गराई हाल विभिन्न स्थानमा बसोबास गरिरहेका परिवारलाई ‘भूमिहीन तथा अव्यवस्थित बसोबासी लगत प्रणाली’मा डिजिटल लगत सङ्कलनका ला
काठमाडौं— आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ । लागूऔषधको दुरुपयोगले व्यक्ति, परिवार र समाजमा पार्ने गम्भीर असरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष जुन २६ मा यो दिवस मनाइन्छ । राष्ट्रसङ्घको महासभाले सन् १९८७ डिसेम्बर ७ मा प्रस्ताव पारित गर्दै हरेक वर्ष जुन २६ लाई यस दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।संयुक्त राष्ट्रसङ्घका अनुसार पछिल्ला दशकमा विश्वभर लागूऔषधको प्रयोग र यसको अवैध कारोबार दुवै बढ्दो क्रममा छन् । विशेषगरी कोकिनको उत्पादन, बरामद र प्रयोगमा उल्लेखनीय वृद्धि भएको छ । लागूऔषध दुरुपय
काठमाडौं— काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले यस वर्षको बर्खा याम प्रारम्भसँगै डेङ्गी नियन्त्रणका लागि तालिम प्राप्त १६ सय ५० जना जनशक्ति परिचालन गर्ने भएको छ । स्वास्थ्य प्रवर्धन केन्द्रका प्रमुख र स्वास्थ्यकर्मीलाई क्षमता विकास कार्यक्रम गर्दै असार महिनाभित्र नै कार्यक्रमको पहिलो चरण अन्तर्गत सबै वडामा लार्भा खोज र नष्ट गर कार्यक्रम सञ्चालनको रणनीति तयार पारिएको छ । यो क्षमता विकासपछि केन्द्रका इञ्चार्ज र स्वास्थ्यकर्मीले वडामा ५० जनालाई तालिम प्रदान गर्नुहुनेछ । महिला स्वास्थ्य स्वयमसेविका, स्थानीय क्लव, टोल सुधार समिति, आमा समूह लगायतका संघसंस्थाका प्रतिनिधिलाई तालिमको लक्
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पाटीको (रास्वपामा) सभापतिपछिको महत्वपुर्ण मानिएको महामन्त्री पदमा शक्तिशाली नेताहरुले उम्मेदवारी घोषणा गरेका छन् । केन्द्रीय सदस्यको नतिजा आएसँगै पदाधिकारीमा उम्मेदवारी घोषणाको प्रतिस्पर्धा देखिएको छ ।अहिलेसम्म ६ जनाले महामन्त्रीमा उम्मेदवारी सार्वजनिक गरिसकेका छन् । अझै सबै केन्द्रीय सदस्यको पूरा नतिजा सार्वजनिक गरिएको छैन । तर खुला केन्द्रीय सदस्यमा जितेकाहरूले महामन्त्रीमा उम्मेदवारी घोषणा सामाजिक सन्जालबाटै गरेका हुन् ।खुला केन्द्रीय सदस्यमा तेस्रो नम्बरमा मत ल्याएका शिशिर खनाल, चौथो नम्बरमा मत ल्याएका सागर ढकाल, छैठौँ नम्बरमा मत ल्याएकी रन्जु दर्शना, सात
कालीकोट । कर्णाली करिडोरअन्तर्गत सान्नित्रिवेणी गाउँपालिका–१ को शान्तिघाट–आम्तडा सडक खण्डमा भिरबाट खसेको ढुंगा लागेर एक डोजर चालकको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालयका अनुसार रास्कोट नगरपालिका–८ का १८ वर्षीय बाबुराम टमटा डोजर सञ्चालन गरिरहेका बेला माथिबाट खसेको ढुंगा लाग्दा घटनास्थलमै ज्यान गएको हो।प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। मनसुन सुरु भएसँगै पहाडी क्षेत्रमा ढुंगा खस्ने र पहिरो जाने जोखिम बढेकाले सडक निर्माण तथा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
काठमाडौं— कक्षा १२ को नतिजालाई लिएर विद्यार्थी आन्दोलन चर्किरहेका बेला शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र व्यवस्थित रहेको बताएका छन्। उनले नतिजा हतारमा नभई आवश्यक जनशक्ति थप गरी र प्रशासनिक प्रक्रिया सहज बनाएर समयमै सार्वजनिक गरिएको स्पष्ट पारे।विद्यार्थीको असन्तुष्टिलाई सम्मान गर्दै मन्त्री पोखरेलले लोकतान्त्रिक समाजमा शान्तिपूर्ण विरोधको अधिकार सुरक्षित रहेको उल्लेख गरेका छन्। साथै, आन्दोलनरत विद्यार्थीप्रति सामाजिक सञ्जालमा गालीगलौज वा असम्मानजनक टिप्पणी नगर्न सबैलाई आग्रह गरेका छन्।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.