कालीकोट । कर्णाली करिडोरअन्तर्गत सान्नित्रिवेणी गाउँपालिका–१ को शान्तिघाट–आम्तडा सडक खण्डमा भिरबाट खसेको ढुंगा लागेर एक डोजर चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार रास्कोट नगरपालिका–८ का १८ वर्षीय बाबुराम टमटा डोजर सञ्चालन गरिरहेका बेला माथिबाट खसेको ढुंगा लाग्दा घटनास्थलमै ज्यान गएको हो।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। मनसुन सुरु भएसँगै पहाडी क्षेत्रमा ढुंगा खस्ने र पहिरो जाने जोखिम बढेकाले सडक निर्माण तथा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।




































