काठमाडौं— कञ्चनपुरमा सार्वजनिक कार्यक्रममा वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उनलाई आइतबार नियन्त्रणमा लिएर अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि हातपात भएको घटना आइतबार महेन्द्रनगरस्थित एक होटलमा आयोजित कार्यक्रममा भएको थियो। कार्यक्रममा दुवै पक्षबीच विवाद र भनाभन भएपछि स्थिति तनावपूर्ण बनेको बताइएको छ।घटनाको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। भिडियोमा पत्रकार कुँवरले वडाध्यक्ष देवकोटामाथि हातपात गरेको दृश्य देखिएपछि
काठमाडौं— विभिन्न वित्तीय तथा आर्थिक कसुरसम्बन्धी मुद्दामा ठूला व्यवसायीहरू मुछिएपछि नेपाली कर्पोरेट क्षेत्र दबाबमा परेको छ। विवादित व्यवसायी दीपक भट्टसहित प्रभावशाली व्यावसायिक समूहका सञ्चालक र प्रवर्द्धकहरूविरुद्ध अदालतमा मुद्दा दायर भएपछि उनीहरू आबद्ध कम्पनीहरूको एक खर्ब रुपैयाँभन्दा बढीको ऋण तथा लगानी जोखिममा परेको आकलन गरिएको छ।यसैबीच, इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले ती व्यवसायीहरूसँग सम्बन्धित १८ कम्पनीलाई ‘क्रेडिट वाच विथ नेगेटिभ इम्प्लिकेसन्स’ सूचीमा राखेको छ। कानुनी विवादका कारण कम्पनीहरूको व्यवस्थापन, वित्तीय अवस्था, संस्थागत सुशासन र भविष्यको व्यावसायिक स्थायित्वमा असर पर्न सक्ने
काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेर सुन तोलामा १ हजार ४०० र चाँदीको मूल्य ४० रुपैयाँले बढेको हो । आज सुनको मूल्य २ लाख ८८ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ८७ हजार ३०० रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य ४० रुपैयाँले बढेर ४ हजार ७३० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ६९० रुपैयाँ रहेको थियो ।
धनुषा— धनुषाको सहिदनगर नगरपालिका–३ यदुकुहाका पूर्ववडाध्यक्ष नागेन्द्रप्रसाद मण्डल एक सातादेखि सम्पर्कविहीन भएका छन्। गत आइतबार औषधी लिन जनकपुर जाने भन्दै घरबाट निस्किएका मण्डल त्यसयता घर नफर्किएको र मोबाइल फोनसमेत सम्पर्कमा नआएको परिवारले जनाएको छ। परिवारका अनुसार उनी केही समयदेखि अनिद्राको समस्याका कारण नियमित औषधी सेवन गर्दै आएका थिए।मण्डलकी भाउजू पार्वती मण्डलले घरपरिवारमा कुनै विवाद वा मनमुटाब नरहेको बताउँदै उनको सुरक्षित खोजीका लागि सहयोगको अपिल गरेकी छन्। मण्डलले प्रयोग गर्ने मोटरसाइकल र हेल्मेट भने जनकपुरको पुलचोकस्थित घरमा फेला परेको छ। स्थानीयका अनुसार उनी जनकपुर पुगेकै दिन रेलमार्फत
काठमाडौं— कैलालीको धनगढीमा प्रहरीले लागुऔषधविरुद्ध सञ्चालन गरेको विशेष अभियानअन्तर्गत एकै दिन ११ जनालाई पक्राउ गरेको छ। विभिन्न स्थानमा गरिएको छुट्टाछुट्टै कारबाहीका क्रममा खैरो हेरोइन, चरेस र गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–७ मनेहराबाट खैरो हेरोइनजस्तो देखिने ९२ ग्राम ३०३ मिलिग्राम पदार्थसहित ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा शिवनारायण राना, रामअवतार राना, सुवास राना, जस्मन्त राना लगायतका व्यक्ति तथा एक १८ वर्षीय किशोर रहेका छन्।त्यसैगरी, वडा नम्बर–३ स्थित फाप्ला क्रिकेट मैदान नजिकबाट २ ग्राम ६३ मिलिग्राम चरेससहित
चितवन— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज बिहान ८ः३० बजेदेखि बन्दसत्र सुरु हुँदैछ। उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा आयोजना हुने बन्दसत्रका लागि दुई वटा ठूला हल तयारी अवस्थामा राखिएका छन् भने अर्को हलमा प्रतिनिधिहरूका लागि खानपानको व्यवस्था गरिएको छ।पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको प्रारम्भ अनुशासन आयोगको प्रतिवेदन प्रस्तुतिबाट हुनेछ। आयोगका सदस्य रमाकान्त रिमालले प्रतिवेदन पेश गरेपछि त्यसमाथि छलफल गरिने कार्यक्रम छ। त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने र प्रतिनिधिहरूले त्यसबारे धारणा राख्नेछन्।बिहान १० बजेद
सिरहा— रास्वपाले मधेस प्रदेशबाट महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको सूची टुंगो लगाएको छ । यसअघि विवादका कारण ६ प्रदेश र प्रवासका प्रतिनिधिको मात्रै नमावली टुंगो लगाएको रास्वपाले आइतबार मध्यरातमा मधेसको सूची पनि टुंगो लगाएको हो । रास्वपाका अनुसार मधेस प्रदेशबाट चितवन महाधिवेशनमा ५९२ जना प्रतिनिधि सहभागी छन् ।
सिरहा— सिरहा प्रहरीले विशेष अपरेशन सञ्चालन गर्दै एक कुख्यात भारतीय लागू औषध कारोबारीलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । आइतबार साँझ सिरहा नगरपालिका–२१ लगडीगोठ क्षेत्रमा भएको कारबाहीमा भारतको मधुवनी जिल्ला पदमाहा ग्राम पञ्चायत–२ निवासी २८ वर्षीय छोटु भनिने रञ्जित कुमार पासवान पक्राउ परेका हुन् ।इलाका प्रहरी कार्यालय महेशपुर पतार, जिल्ला प्रहरी कार्यालय सिरहा तथा लागू औषध नियन्त्रण ब्युरो गोल बजार शाखाको संयुक्त टोली विशेष सूचनाका आधारमा उनलाई पक्राउ गर्न पुगेको थियो। पक्राउ गर्ने क्रममा पासवानसहितको समूहले प्रहरीमाथि ढुंगामुढा गर्दै भारततर्फ भाग्ने प्रयास गरेपछि प्रहरीले एक राउन्ड हवाई फा
काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २२ पैसा कायम गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ४३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ ३३ पैसा र बिक्रीदर २०० रुपैयाँ १२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ ।राष्ट्र बैंकले अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ०५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ४१ पैस
काठमाडौं— हाल कोशी प्रदशको केहि स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायू, स्थानीय वायू प्रभाव रहेको छ।कोशी प्रदेश सहित देशका हिमाली र पहाडी साधारणतया बादल लागेको छ । मधेश र बागमतीको तराईमा आंशिक बादल र लुम्बिनी र कर्णाली प्रदेशको तराई भूभागमा मौसम मूख्यतया सफा रहेको छ। कोशी, बागमती,गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा स्थानमा हल्का वर्षा भइरहेको छ ।दिउँसो देशका हिमाली र पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ । मधेश, बागमती, गण्डकी प्रदेशमा आंशिक बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.