काठमाडौं । पूर्वसञ्चारमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदिश खरेलले ललितपुरका विभिन्न क्षेत्रका बासिन्दा संविधानले सुनिश्चित गरेको सम्पत्तिको मौलिक हक प्रयोग गर्नबाट वञ्चित भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संविधानको धारा २५ ले सम्पत्तिको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरेको भए पनि ललितपुर क्षेत्र नम्बर २ अन्तर्गत ग्वार्को, लुभु, लामाटार, लाकुरीभञ्ज्याङदेखि दाहालटारसम्मको सडक क्षेत्रका नागरिकहरू उक्त अधिकारबाट वञ्चित भएको बताए। उनका अनुसार उक्त ४५ किलोमिटर लामो सडकलाई राष्ट्रिय राजमार्गको ‘एनएच–१५’ मापदण्डभित्र समेटिएपछि सडक आसपासका जग्गाधनीहरू समस
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सडक सुरक्षाजस्तो संवेदनशील विषयमा सरकार र सम्बन्धित मन्त्रालय गम्भीर नभएको बताएका छन् । मंगलबार बसेको समितिको बैठकमा बोल्दै उनले संसद्को आकस्मिक बैठकमा सडक दुर्घटनाका कारण हुने मृत्युका विषयले ठाउँ लिइरहेको भएपनि मन्त्रालयले आवश्यक चासो नदिएको बताएका हुन् । उनले सडक सुरक्षा विधेयक तयार भएको पाँच–छ वर्ष बितिसक्दा पनि संसद्मा पेस हुन नसक्नु गम्भीर विषय भएको बताए । उनले भने, ‘संसद्को आकस्मिक बैठकमा धेरै भन्दा धेरै सडक सुरक्षामा मृत्यु भएको विषयले ठाउँ लिइरहेको छ । यस्तो संवेदनसिल विषयमा पनि मन्त्रालय गम्भीर नहुनु द
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र पदाधिकारी बन्ने आकांक्षीहरूको संख्या उल्लेख्य रूपमा बढेको छ। सहमतिको प्रयास भए पनि आन्तरिक प्रतिस्पर्धा भने झन् तीव्र बन्दै गएको देखिएको छ।प्रस्तावित विधानअनुसार रास्वपामा १६ सदस्यीय पदाधिकारी संरचना रहनेछ। जसमा सभापतिसहित १० जना महाधिवेशनबाट निर्वाचित हुनेछन् भने ६ जना सभापतिबाट मनोनीत गरिने व्यवस्था छ।सभापति पदमा रवि लामिछाने निर्विरोध चयन हुने सम्भावना देखिए पनि उपसभापति, महामन्त्री र सह–महामन्त्री पदमा कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ।उपसभापति पदतर्फ महिला समूहमा सोबिता गौतम, इन्दिरा राना मगरल
काठमाडौं । सांसद रेखा यादवले सरकारमाथि विभिन्न संवेदनशील विषयमा जानकारी लुकाउने र संसदप्रति गैरजिम्मेवार व्यवहार गरेको आरोप लगाएकी छन्।मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मानव अधिकारसम्बन्धी प्रतिवेदन लुकाइएजस्तै गृहमन्त्रीसँग सम्बन्धित प्रतिवेदन पनि सरकारले लुकाएको आरोप लगाइन् । सांसद यादवले अर्थमन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति पनि कडा आपत्ति जनाइन्। उनले मन्त्रीले संसदको रोष्टमबाट सांसदहरूलाई धम्क्याउने शैलीमा बोल्नु उपयुक्त नभएको बताइन्। उनले भनिन्,‘मानव अधिकारको रिपोर्ट जसरी लुकाइयो त्यसरी नै गृहमन्त्रीको रिपोर्ट पनि लुकाइएको छ । त्यस्तै,अर्थमन्त्रीज्यूको अभिव्यक्तिप्रति घोर आ
रुपन्देही— रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका चार सामुदायिक विद्यालयका १९० जना किशोरीले आत्मरक्षा तालिम सम्पन्न गरेका छन्। सामाजिक विकास डिभिजन कार्यालयको आयोजना तथा भैरहवा तेक्वान्दो क्लबको व्यवस्थापनमा वैशाख १७ गतेदेखि जेठ ३० गतेसम्म सञ्चालन भएको तालिममा किशोरीहरूको सहभागिता रहेको हो।तालिमअन्तर्गत भैरहवा नमूना माध्यमिक विद्यालय, रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालय र पक्लिहवा माध्यमिक विद्यालयबाट ५०–५० जना तथा सूर्यदेव माध्यमिक विद्यालयबाट ४० जना किशोरी सहभागी भएका थिए।भैरहवा तेक्वान्दो क्लबका सचिव तथा प्रशिक्षक प्रकाशमान राजभण्डारीका अनुसार तालिमको उद्देश्य किशोरीहरूलाई आत्मरक्षा
कैलाली। कैलालीको गोदावरीमा एक महिलाको जीविकोपार्जनको आधार बनेको टेम्पो भिरबाट खसालिएको घटनाले देशभर तरंग ल्यायो। सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि अन्ततः प्रहरी सक्रिय बनेको छ।घटनामा संलग्न १२ जना वन कर्मचारीमध्ये वरिष्ठ वन अधिकृत कृष्णबहादुर बोहरा र जमदार चेतराज फूलाराविरुद्ध शान्ति विरुद्धको कसुरमा मुद्दा दर्ता गरिएको छ भने अन्य १० जनालाई रिहा गरिएको छ। तर यो घटनाले केवल दुई कर्मचारीमाथिको मुद्दाभन्दा ठूलो बहस जन्माएको छ। राज्यको कानुन कार्यान्वयन गर्ने निकायले अतिक्रमण हटाउने नाममा नागरिकको सम्पत्तिमाथि यस्तो व्यवहार गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न अहिले उठिरहेको छ।पीडित धनादेवी धामी व
काठमाडौं— मध्य इन्डोनेसियामा मंगलबार ६.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ भने हाल सम्म कुनै हताहत वा क्षतिको रिपोर्ट गरएको छैन ।मध्य सुलावेसी प्रान्तको पालुको दक्षिणपूर्वमा बिहान १०ः२७ बजे भूकम्प गएको जनाइएको छ ।इन्डोनेशियाको मौसम विज्ञान, जलवायु विज्ञान र जियोफिजिक्स एजेन्सीका अनुसार भूकम्प पालू र सिगीमा भूकम्पको ठूलो झड्का महसुस गरिएको थियो, तर सुनामीको खतरा भने नरहेको जनाइएको छ ।दक्षिणपूर्वी एशियाली राष्ट्र इन्डोनेसियाको विशाल द्वीपसमूह, प्रशान्त रिंग अफ फायर लगायतमा यसको अस्थितिको कारण बारम्बार भूकम्प आउने गरेको जनाइएको छ ।यसअघि सन् २०१८ मा पालू
काठमाडौं— बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय सोभालाल चौधरी रहेका छन् ।राति करिब १ः३० बजे आफ्नै एकतले पक्की घरको छतबाट खसेर चौधरी गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । । टाउको र मुखमा गम्भीर चोट लागेका चौधरीको उपचारका क्रममा बिहान परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा मृत्यु भएको हो ।चौधरीलाई कोल्हवीस्थित तामागढी अस्पतालबाट थप उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको थियो । उनको बिहान करिब ५ः०० बजे मृत्यु भएको बाराका प्रहरी प्रवक्ता मीनबहादुर घलेले जानकारी दिए।
काठमाडौं— चर्चित नेपाली सेफ सन्तोष साह हाजिर जमानीमा रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार उनी सोमबार साँझ हाजिर जमानीमा रिहा भएका हुन्।प्रहरीका अनुसार सन्तोष साहले ठगीसम्बन्धी विवादमा पीडित पक्षलाई रकम फिर्ता गर्ने सहमति जनाएपछि हाजिर जमानीमा रिहा गरिएको हो। घटनासम्बन्धी थप अनुसन्धान भने जारी रहेको प्रहरीले जनाएको छ।यस घटनाले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ भने कानुनी प्रक्रिया पूरा भएपछि मात्रै अन्तिम निष्कर्ष आउने सम्बन्धित निकायले जनाएको छ।
विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–३ स्थित सगरमाथा टोलका स्थानीयवासीले वर्षौंदेखि जीर्ण र हिलाम्मे बनेको सडकप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउन मंगलबार सडकमै धान रोपेर विरोध जनाएका छन् ।वर्षाको समयमा सडक हिलाम्मे र जोखिमपूर्ण बनेपछि आवतजावतमा समस्या भोग्दै आएका स्थानीयले पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको भन्दै सांकेतिक विरोधस्वरूप सडकलाई नै खेत बनाएर रोपाइँ गरेका हुन् । स्थानीय विजय ओझाले टोलको मुख्य सडक लामो समयदेखि जीर्ण अवस्थामा रहे पनि मर्मतका लागि वडा कार्यालयमा मौखिक तथा लिखित रूपमा पटक–पटक अनुरोध गर्दा कुनै पहल नभएको बताए । उनका अनुसार सडकमा हिँडडुल गर्नसमेत कठिन हु
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.