रौतहट— जिल्लाको बौधीमाई नगरपालिका–१ स्थित भुवाली चोक नजिक सोमबार बिहान भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ।पिपरियाबाट अजगैबियतर्फ जाँदै गरेको बा प्र ०३–००१ ज ७६६ नम्बरको विद्युतीय सवारीसाधन (ईभी) ले ‘अन टेस्ट’ प्लेटिना मोटरसाइकललाई ठक्कर दिँदा बौधीमाई नगरपालिका–२, इनर्वा निवासी २३ वर्षीय दीपेन्द्र बैठाको मृत्यु भएको हो।सोमबार बिहान करिब ८ः४५ बजे दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका बैठालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।अस्पतालमा उपचारकै क्रममा बिहान १०ः१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। मृत
काठमाडौं— नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ ।भदौ २३ र २४ गते घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले सोमबार ओलीलाई तोकेको स्थान हद फुकुवा गरेको हो ।उनलाई विदेश जान र अनुमतिबिना काठमाडौं छाड्न रोक लगाएको थियो । आयोगले आइतबार ओलीसँग भदौ २३ र २४ गते घटनाबारे बयान लिएको थियो । उक्त घटनाका बेला ओली प्रधानमन्त्री थिए ।
रौतहट— रौतहटको बौधीमाई नगरपालिका–१ भुवाली चोक नजिकै सोमबार बिहान भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।पिपरियाबाट अजगैबियतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ज ७६६ नम्बरको विद्युतीय गाडीले ’अनटेस्ट’ प्लेटिना मोटरसाइकललाई ठक्कर दिँदा बौधीमाई नगरपालिका–२ इनर्वा निवासी २३ वर्षीय दीपेन्द्र बैठाको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार सोमबार बिहान पौने ९ बजे दुर्घटना भएको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएका बैठालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। उपचारकै क्रममा बिहान सवा १० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। मृतकको शव अहिले सोही अस्पतालमा राखिएक
काठमाडौं— निर्वाचन आयोगसहित विभिन्न सरकारी कार्यालयको साइट ह्याक गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। साइबर ब्युरोले ह्याक गरेको आरोपमा झापाका २० वर्षीय सन्तोष चिमरिया र १९ वर्षीय विकास पौडेललाई पक्राउ गरेको हो।उनीहरूमाथि नेपाल मेडिकल काउन्सिल, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग र निर्वाचन आयोग लगायतका साइटकमा पहुँच पुर्याएको आरोप छ। यी निकायबाट उजुरी निवेदन दिएपछि साइबर ब्युरोले अनुसन्धान अघि बढाएको एसपी दीपकराज अवस्थीले जानकारी दिए। पछिल्लो समय सिएमडी नेपाल, नेपाली फर नेपाल लगायतका समूहहरूले घटनाको जिम्मा लिएका थिए।यस्ता घटनामा चिमरिया र पौडेलको संलग्नता खुलेको प्रहरीले जनाए
काठमाडौं— नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक ओमबहादुर खड्कालाई अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले उक्त जानकारी दिएका हुन्।यस्ता छन्, पुष २१ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरुः१. राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अुनसन्धान निर्देशक पदमा अुनसन्धान निर्देशक ओम बहादुर खड्कालाई बढुवा गर्ने निर्णय भएको छ,२. समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्ने व्यवस्था
काठमाडौं— बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा हुन लागेको २०२६ को टि–२० विश्वकपमा सहभागि नहुने घोषणा गरेको छ । बीसीबीले सुरक्षाको चिन्ता जनाउँदै २०२६ टी–२० विश्वकपका आफ्ना खेलहरू भारतबाहिर अन्य स्थानमा सार्न आईसीसीसँग औपचारिक अनुरोध गरेको हो ।उक्त प्रतियोगिता भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने यसअघि नै तय भइसकेको छ । यद्यपी, पछिल्लो समय भारत र बाङ्ग्लादेशबीच राजनीतिक र कूटनीतिक तनाव बढ्दै गएको थियो । सोही अवस्थामा भारतीय क्रिकेट बोर्ड बीसीसीआईको अनुरोधमा आईपीएल टोली कोलकाता नाइट राइडर्स (केकेआर) ले शनिवार बाङ्ग्लादेशी बलर मुस्तफिजुर रहमानलाई टिमबाट हटाउने निर्णय गरेपछि यो विवाद
वीरगञ्ज— जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज मिति २०८२ पुस २१ गते दिउँसो १ः०० बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि यो निषेधाज्ञा जारी गरिएको हो ।प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचना अनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम शान्ति सुरक्षा कायम राख्नका लागि वीरगन्जका तोकिएका चार किल्लाभित्र कुनै पनि किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पाइने छैन् ।पूर्वमा बसपार्क क्षेत्र देखि पश्चिममा सिर्सिया पुल सम्म, उत्तरमा पावर हाउस चोक देखि दक्षिणमा शङ्कराचार्य गेट
काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले देशभर उम्मेदवार सिफारिस गर्ने प्रक्रिया तीव्र पारेको छ ।पार्टी केन्द्रको निर्देशनअनुसार जिल्ला र निर्वाचन क्षेत्रीय कमिटीहरूले उम्मेदवार सिफारिस गरिरहेका छन् । सिफारिसको क्रममा कतिपय जिल्लाबाट एकल नाम पठाइएको छ भने केही जिल्लाबाट एकभन्दा बढी आकांक्षीको नाम सिफारिस गरिएको छ । केही जिल्लाले सबै इच्छुक उम्मेदवारको नाम समेत केन्द्रमा पठाएका छन् ।एमाले सचिव महेश बस्नेतका अनुसार हालसम्म २४ वटा निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भइसकेको छ । जसमा केपी शर्मा ओली – झापा–५, विष्णु पौडेल – रुपन्देही–२, शंकर पोखरेल – दाङ–२, लेखरा
ओखलढुंगा— जिल्लामा हत्या तथा लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चिसाङ्ग गाउँपालिका–३ दियालेका २८ वर्षीय संगम राई (मिलन), गाउँपालिका–४ रातमाटेका ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र चिसाङ्ग गाउँपालिका–८ माम्खाका ३० वर्षीय अशोक भुजेल (दोर्जे) रहेका छन्।गत मंगलबार चिशंखुगढी गाउँपालिका–६ भदौरे गैरीगाउँमा किराना पसल सञ्चालन गर्दै आएका ६० वर्षीय शोभितमान थापा मगर र उनकी श्रीमती ६० वर्षीया रत्नमाया थापा मगरको हत्या गरी नगद १ लाख रुपैयाँ, २ तोला सुनका गरगहना तथा ६ तोला काँचो सुन लुटिएको थियो। सोही घटनाको अनुसन्धानका क्रममा केन्द्रीय अनुसन्धान
काठमाडौं— टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई सरकारले दिएको आममाफीविरुद्ध दायर रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। दुई वर्षदेखि सुनुवाइ हुन नसकेको उक्त रिटमा आजका लागि पेसी तोकिएको हो।रेशम चौधरीलाई आममाफी दिइएको भोलिपल्ट २०८० जेठ १६ गते टीकापुर घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। त्यसपछि २०८० जेठ २३ गते सर्वोच्चले कारण देखाऊ आदेशसहित मुद्दालाई अग्राधिकारमा राखेको थियो।सरकारका सम्बन्धित निकायले समयमै लिखित जवाफ पेस गरे पनि अहिलेसम्म मुद्दाको नियमित सुनुवाइ हुन सकेको छैन।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.