समाज

    Showing 391-400 of 11,005 items.
  • सानिमा बैंकको वितरणयोग्य नाफा ३४.६६ प्रतिशतले बढ्यो, खुद नाफा ३ अर्ब ५५ करोड

    काठमाडौं / सानिमा बैंक लिमिटेडको वितरणयोग्य नाफा उल्लेख्य रूपमा बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य नाफा २ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब १० करोड रुपैयाँभन्दा बढी थियो । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ३४ दशमलव ६६ प्रतिशतले वृद्धि भएको हो । बैंकको खुद नाफामा समेत उल्लेख्य सुधार देखिएको छ ।अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी खुद नाफा

    • प्रकाशित मितिः साउन ११, २०८३
    • 319 पटक पढिएको
  • सुरुङमार्गको उद्देश्य दूरी घटाउनु र इन्धन बचत गर्नु हो: मन्त्री लम्साल

    काठमाडौं / भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले सुरुङमार्ग निर्माणको मुख्य उद्देश्य सडक दूरी छोट्याउनु, इन्धनको खपत घटाउनु तथा यात्रालाई सुरक्षित र सहज बनाउनु रहेको बताएका छन् ।सोमबार नागढुंगा सुरुङमार्ग उद्घाटन समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लम्सालले सुरुङमार्ग निर्माणको आवश्यकता सडकको दूरी, सवारीसाधनको चाप भायबिलिटी र भौगोलिक जोखिमका आधारमा निर्धारण हुने बताए । उनले लामो दूरी घुमेर यात्रा गर्दा इन्धनको बढी खपत हुने भएकाले सुरुङमार्गले यात्रा छोट्याएर इन्धन तथा यातायात लागत बचत गर्ने उल्लेख गरे । उनका अनुसार सुरुङमार्गले समयको बचतसँगै यातायातलाई थप प्रभावकारी बन

    • प्रकाशित मितिः साउन ११, २०८३
    • 265 पटक पढिएको
  • मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउने कार्य तीव्र गतिमा भइरेको छ: शिक्षामन्त्री पोखरेल

    जनकपुर / शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउन सरकारले तीव्र गतिमा कार्य गरिरहेको जानकारी दिएका छन् ।सोमबार जनकपुरधामको संकटमोचन विद्यालयमा विद्यार्थीहरुलाई खेलकुद सामग्री वितरण गर्न पुगेका मन्त्री पोखरेलले सञ्चारकर्मीहरुसंग कुरा गर्दै साक्षर प्रदेशको संरचना निर्माण गर्न प्रदेश सरकारलाई प्रतिवेदन बुझाईसकेको बताए । उनले मधेश प्रदेश सरकारलाई बुझाईएको प्रतिवेदन अनुसार कार्य पनि तीव्र गतिमा भइरहेको जानकारी दिए । मन्त्री पोखरेलले प्रदेश प्रमुख तथा इकाइ कार्यालयहरुसंग तथ जानकारी लिएर मात्र आफू फकिर्ने बताए ।मन्त्री पोखरेलले खासगरी जनकपुरधामस्थित राजर्षी जन

    • प्रकाशित मितिः साउन ११, २०८३
    • 652 पटक पढिएको
  • नागढुंगा सुरुङमार्ग सञ्चालनको औपचारिक शुभारम्भ

    काठमाडौं / नागढुंगा सुरुङमार्गको उद्घाटन समारोह आज भएको छ । आज सोमवार नागढुंगा सुरुङमार्गको उद्घाटन समारोहमा पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र जापानीज राजदुतले समग्र रुपमा सुरुङमार्गको औपचारिक उद्घाटन गरेका हुन ।लामो समयदेखि प्रतिक्षा गरिएको यो राष्ट्रिय गौरवको आयोजना सञ्चालनमा आएसँगै काठमाडौं उपत्यका र देशका विभिन्न भागबीचको सडक आवागमन थप सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ । उद्घाटन समारोहमा सरकारी अधिकारी, निर्माण कम्पनीका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको छ । 

    • प्रकाशित मितिः साउन ११, २०८३
    • 82 पटक पढिएको
  • भैंसेपाटी मन्त्री निवासलाई बाल आश्रयमा रूपान्तरण गर्न रविन्द्र मिश्रको आग्रह

    काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पूर्वनेता रविन्द्र मिश्रले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिता बादीलाई भैंसेपाटीस्थित मन्त्री निवासलाई बाल आश्रयमा रूपान्तरण गर्न प्रधानमन्त्रीसमक्ष प्रस्ताव राख्न आग्रह गरेका छन् ।सोमबार सामाजिक सञ्जालमार्फत उनले भैंसेपाटीमा करिब तीन अर्ब रुपैयाँ लागतमा निर्माण गरिएको र हाल करिब ४० करोड रुपैयाँ खर्चेर पुनर्निर्माण भइरहेको मन्त्री निवासलाई दक्षिण एशियाकै नमुना बाल आश्रयका रूपमा विकास गर्नुपर्ने बताए । ‘भैंसेपाटीमा झण्डै तीन अर्ब रूपैयाँको लागतमा निर्माण गरिएको र अहिले झण्डै ४० करोड रूपैयाँको लागतमा पुनर्निर्माण हुँदैगरेको

    • प्रकाशित मितिः साउन ११, २०८३
    • 239 पटक पढिएको
  • श्रमदानबाट मर्मत गरियो ३९ वर्ष पुरानो झोलुङ्गे पुल

    मुगु / मुगुको सोरु गाउँपालिका–९ स्थित कालै–कुलाहा झोलुङ्गे पुल आठ वर्षदेखि जीर्ण अवस्थामा रहेर स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य भइरहेका बेला स्थानियहरुको श्रमदानबाट पुनः मर्मत गरिएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा मुगु र स्थानियहरुको श्रमदानमार्फत पुल मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको हो । वि।सं। २०४४ सालमा निर्माण भएको उक्त पुल जीर्ण बन्दै गएपछि सोरु गाउँपालिकाको केन्द्र सोरुकोट आवतजावत गर्ने वडा नं. ९, १० र ११ का स्थानीय प्रत्यक्ष प्रभावित हुँदै आएका थिए । वडा नं. ६ र ७ का बासिन्दाले पनि घाँस, दाउरा तथा पशुचौपाया लैजान यही पुल प्रयोग गर्दै आएका थिए ।त्यस्तै, तातोपानी र ता

    • प्रकाशित मितिः साउन ११, २०८३
    • 136 पटक पढिएको
  • भारतबाट बिजुली आयात शून्य, आन्तरिक उत्पादनले धान्दै विद्युत माग

    काठमाडौं / देशको विद्युत् प्रणालीले आन्तरिक उत्पादनबाटै माग धान्दै अतिरिक्त ऊर्जा भारततर्फ निर्यात गरिरहेको छ । नेपाल प्राधिकरणका अनुसार हाल साँझको सर्वाधिक माग पिक आवर ३ हजार २४८ मेगावाट पुगेको छ भने दैनिक कुल ऊर्जा माग ७३ हजार ६२९ मेगावाट घण्टा रहेको छ । यस अवधिमा भारतबाट कुनै पनि विद्युत् आयात गर्न नपरेको र उल्टै २२ हजार १०२ मेगावाट घण्टा बराबरको बिजुली निर्यात भइरहेको प्राधिकरणले जनाएको छ । बिजुली उत्पादनतर्फ निजी क्षेत्रको योगदान सबैभन्दा ठूलो छ ।प्राधिकरणको विद्युत् प्रणालीमा निजी ऊर्जा उत्पादकहरूले ४७ हजार ५६३ मेगावाट घण्टा बराबर ऊर्जा आपूर्ति गरिरहेका छन् । प्राधिकरणका आफ्नै आयोजन

    • प्रकाशित मितिः साउन ११, २०८३
    • 192 पटक पढिएको
  • तीन संसदीय समितिको बैठक बस्दै

    काठमाडौं / तीन वटा संसदीय समितिको बैठक आज बस्दै छ । सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ को कार्यान्वयनको अवस्थाका बारेमा छलफल हुने कार्यक्रम रहेको छ ।त्यसैगरी, बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्नेछ । बैठकमा समितिको आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना सम्बन्धमा विस्तृत छलफल हुनेछ ।यस्तै, बिहान ११ः३० बजे बस्ने सार्वजनिक नीति तथ

    • प्रकाशित मितिः साउन ११, २०८३
    • 178 पटक पढिएको
  • २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १३११ जनालाई कारबाही

    काठमाडौं— ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार ३११ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ ९मापसे० सेवन गरी सवारी चलाउने २३, राइड सेयरिङमा ६५, रातोबत्तीमा ८२ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा १६२, हर्न निषेधमा ५३, लेन क्रसमा १६, अवस्था ठिक नभएको ४४, एकतर्फीमा ३७ र अन्यमा ८२१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः साउन ११, २०८३
    • 480 पटक पढिएको
  • श्रमदानबाट मर्मत गरियो ३९ वर्ष पुरानो झोलुङ्गे पुल

    मुगु— मुगुको सोरु गाउँपालिका–९ स्थित कालै–कुलाहा झोलुङ्गे पुल आठ वर्षदेखि जीर्ण अवस्थामा रहेर स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य भइरहेका बेला स्थानियहरुको श्रमदानबाट पुनः मर्मत गरिएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुगु र स्थानियहरुको श्रमदानमार्फत पुल मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको हो । वि.सं. २०४४ सालमा निर्माण भएको उक्त पुल जीर्ण बन्दै गएपछि सोरु गाउँपालिकाको केन्द्र सोरुकोट आवतजावत गर्ने वडा नं. ९, १० र ११ का स्थानीय प्रत्यक्ष प्रभावित हुँदै आएका थिए ।वडा नं. ६ र ७ का बासिन्दाले पनि घाँस, दाउरा तथा पशुचौपाया लैजान यही पुल प्रयोग गर्दै आएका थिए । त्यस्तै, तातोपानी र तातोपा

    • प्रकाशित मितिः साउन ११, २०८३
    • 440 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.