काठमाडौं— देशको विद्युत् प्रणालीले आन्तरिक उत्पादनबाटै माग धान्दै अतिरिक्त ऊर्जा भारततर्फ निर्यात गरिरहेको छ । नेपाल प्राधिकरणका अनुसार हाल साँझको सर्वाधिक माग (पिक आवर) ३ हजार २४८ मेगावाट पुगेको छ भने दैनिक कुल ऊर्जा माग ७३ हजार ६२९ मेगावाट घण्टा रहेको छ ।यस अवधिमा भारतबाट कुनै पनि विद्युत् आयात गर्न नपरेको र उल्टै २२ हजार १०२ मेगावाट घण्टा बराबरको बिजुली निर्यात भइरहेको प्राधिकरणले जनाएको छ । बिजुली उत्पादनतर्फ निजी क्षेत्रको योगदान सबैभन्दा ठूलो छ ।प्राधिकरणको विद्युत् प्रणालीमा निजी ऊर्जा उत्पादकहरूले ४७ हजार ५६३ मेगावाट घण्टा बराबर ऊर्जा आपूर्ति गरिरहेका छन् । प्राधिकरणका आफ्नै आयोजनाबाट
काठमाडौं— बहुप्रतीक्षित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउँदैछ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रतिनिधिहरूको उपस्थितिमा आज बिहान १०ः३० बजे उक्त सुरुङमार्ग उद्घाटन गर्न लागिएको हो ।काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारमा निर्माण गरिएको नेपालकै पहिलो सडक सुरुङमार्गसँगै अब सवारी चालकले नगद होइन, आरएफआईडी प्रणालीमार्फत टोल शुल्क तिर्नुपर्ने व्यवस्था लागू भएको छ ।उद्घाटनपछि सुरुङमार्गमा सीमित सवारीसाधनलाई मात्र प्रवेश दिइनेछ । प्रारम्भिक चरणमा कार, जीप, भ्यान, पिकअप, बस तथा अन्य चारपाङ्ग्रे सवारी सञ्चालन हुनेछन् भने
विराटनगर— सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबिच भएको झडपपछि जिल्ला प्रशासन कार्यालयले पाँच क्षेत्रमा अनिश्चित कालीन कफ्र्यु आदेश जारी गरेको छ । घटनामा सशस्त्र प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ भने सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन् ।प्रहरीका अनुसार आइतबार राति करिब १०ः१५ बजे साउने सोमबारको बोलबम यात्राका लागि हिन्दु धर्मावलम्बीहरू कोशी ब्यारेजबाट जल लिएर डिजे बजाउँदै कप्तानगञ्ज चोकतर्फ जाँदै थिए । सोही क्रममा डिजेको आवाजलाई लिएर अर्को समुदायका केही व्यक्तिसँग विवाद सुरु भई झडपमा परिणत भएको थियो ।स्थिति नियन्त्रणबाहिर गएपछि नेपाल प्रहरी र सशस्त्र
काठमाडौं— आज साउन महिनाको दोस्रो सोमबार शिवको पूजा आराधना गरी मनाउँदैछन् ।हिन्दू धर्मावलम्बीहरुका लागि वर्षकै पवित्र दिनको रूपमा लिइने दोस्रो साउने सोमबारमा शिवको पूजा आराधना गर्ने गर्दछन् । साउन महिनाको सोमबार भगवान् शिवको विशेष पूजा आराधना गर्ने परम्परा छ । यस दिन नदी तथा तलाउमा गई स्नान गर्ने र शिवलिङ्ग तथा शिव मन्दिरमा जल तथा बेलपत्र चढाउने प्रचलन छ । साउन महिनाको सोमबार शिवको व्रत तथा पूजा गर्दा विशेष फलदायी हुने जनविश्वास छ ।
धनगढी— शहीद दशरचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उप कुलपति र रजिष्ट्रारको नियुक्ति बदर लगायत विभिन्न ७ बुँदे माग राखेर गत बिहीबार देखी सत्याग्रहमा बसेका डा। गोविन्द केसी र सरकारबिच भएको वार्ता सहमति नजिक पुगेको दाबी छ । वार्ता सहमति नजिक पुगे पनि आइतबार हस्ताक्षर हुन सकेन ।आइतबार दिनभरि दुई पक्षबिच वार्ता भए पनि सहमति भने नभएको डा. केसीका तर्फबाट वार्तामा बसेका डा. अमृत जैसीले बताए । ‘वार्ता सहमति नजिक पुगेर टुंगिएको छ,’ जैसीले भने, ‘आज (सोमबार) थोरै गृहकार्य गरे पछि टुंगिनसक्छ ।’ उनले के–के विषयमा सहमति भयो भन्ने विषयमा खुलाएका छैनन् । तर स्वास्थ्य क्षेत्रको सुधारका लागि सहमति
काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा कायम गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०६ रुपैयाँ २६ पैसा तथा स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८९ रुपैयाँ २२ पैसा तोकिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको
काठमाडौं— हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ।देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशको एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यमसम्मको वर्षा भैरहेको छ।आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बागमती, गण्डकी ,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा पनि साधारणतया बादल लाग्नेछ । मधेश तथा कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा तथा पहाडी भूभागका धेरै स्थ
दाङ । दाङको राजपुर गाउँपालिका–२ मा माटो उत्खननका क्रममा भएको दुर्घटनामा १३ वर्षीय दीपेश चौधरीको ज्यान गएको छ भने १८ वर्षीय सुमित यादव घाइते भएका छन्।प्रहरीका अनुसार शनिबार राति करिब ९ बजे दुर्गा सामुदायिक वन क्षेत्रमा ट्याक्टरसहित माटो लिन गएका बेला माथिबाट माटोको ढिस्को खस्दा दुवै जना पुरिएका थिए। स्थानीयको सहयोगमा उद्धार गरी लमही अस्पताल पुर्याइए पनि चिकित्सकले दीपेशलाई मृत घोषणा गरेका थिए। घाइते सुमितको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ।घटनापछि ट्याक्टर चालक २८ वर्षीय रामप्रताप यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक बयानमा चालकले माथिबाट ढिस्को खसेर घटना भएको दाबी गरेक
काठमाडौं। देशका विभिन्न जिल्लामा लागूऔषधविरुद्ध प्रहरीले एकै रात सञ्चालन गरेको अपरेशनमा ठूलो परिमाणमा गाँजा बरामद हुनुका साथै तीन जना पक्राउ परेका छन्। काठमाडौं, पर्सा र मोरङमा भएका छुट्टाछुट्टै कारबाहीले लागूऔषध तस्करी र ओसारपसारविरुद्ध सुरक्षा निकायले निगरानी कडा बनाएको संकेत दिएको छ।काठमाडौंको सुन्दरीजल क्षेत्रमा प्रहरीले मोटरसाइकलमा गाँजा ओसार्दै गरेका दुई जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट करिब ३० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनामाथि प्रहरी वृत्त बौद्धमा लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।उता पर्साको छिपरमाई गाउँपालिका–१ मिर्जापुर स्
काठमाडौं— अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने सरकार र आफ्नो पार्टीको मान्यतामा विश्वस्त रहन आग्रह गरेका छन् । उनले विदेशमा रहेका नेपालीहरूलाई नेपालको आर्थिक विकास र लगानी विस्तारका महत्त्वपूर्ण साझेदारका रूपमा अघि आउन पनि आह्वान गरेका छन् ।अस्ट्रेलियास्थित नेपाली युवा उद्यमीहरूले आयोजना गरेको एक सम्मेलनलाई शनिबार भर्चुअल सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकारले गैरआवासीय नेपालीसँगको सम्बन्धलाई थप सुदृढ बनाउने नीति लिएको बताए ।‘एक पटकको नेपाली, सधैँको नेपाली भन्ने हाम्रो मान्यता स्पष्ट छ । त्यसमा ढुक्क हुनुहोस्,’ उनले भने । उनले
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.